दिगो विकासका लक्ष्यहरू

संयुक्त राष्ट्रसंघको ७०औँ महासभाले सन् २०१५ सेप्टेम्बर २५ मा सन् २०१६ देखि २०३० सम्म विश्वलाई रूपान्तरण गर्ने उद्देश्यसहित “दिगो विकासका लक्ष्यहरू” (Sustainable Development Goals – SDGs) घोषणा गरेको हो। यसले “कसैलाई पनि पछाडि नछोड्ने” मूलमन्त्रलाई आत्मसात गर्दै विश्वव्यापी रूपमा दिगो विकासलाई प्रोत्साहन गर्ने संकल्प व्यक्त गरेको छ।
यसअन्तर्गत:
-
१७ वटा मुख्य लक्ष्य,
-
१६९ वटा उपलक्ष्य, र
-
३३२ वटा सूचकहरू निर्धारण गरिएको छ।
दिगो विकासका १७ लक्ष्यहरू
-
सबै स्थान र सबै प्रकारका गरिबीको अन्त्य
-
भोकमरी नियन्त्रण, खाद्य सुरक्षा र पोषणस्तर सुधार तथा दिगो कृषिको प्रवर्द्धन
-
सबैका लागि स्वस्थ जीवन र कल्याणको सुनिश्चितता
-
सबैका लागि समावेशी, समान र गुणस्तरीय शिक्षाको अवसर सुनिश्चितता
-
लैङ्गिक समानता स्थापना तथा महिला र बालिकाको सशक्तीकरण
-
सबैका लागि सुरक्षित खानेपानी र सरसफाइको दिगो उपलब्धता
-
सबैका लागि भरपर्दो, दिगो र वहनयोग्य ऊर्जाको पहुँच सुनिश्चितता
-
दिगो, समावेशी र उत्पादनशील आर्थिक वृद्धि तथा सबैका लागि रोजगारको अवसर
-
सबल पूर्वाधार, दिगो र समावेशी औद्योगीकरण तथा नवप्रवर्तनको प्रवर्द्धन
-
देशभित्र र देशहरूबीचको असमानताको न्यूनीकरण
-
सुरक्षित, समावेशी र दिगो सहर तथा मानव बस्तीहरूको विकास
-
दिगो उत्पादन र उपभोगको सुनिश्चितता
-
जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि तत्काल कार्य
-
समुद्र, समुद्री स्रोत र समुद्री किनारको संरक्षण तथा दिगो उपयोग
-
जैविक विविधताको संरक्षण, वन व्यवस्थापन तथा भूमि क्षय नियन्त्रण
-
शान्त, समावेशी र न्यायमा समान पहुँचसहितको समाज निर्माण तथा जवाफदेही संस्थागत संरचना
-
दिगो विकास कार्यान्वयनका लागि साझेदारी र संयन्त्र सबलीकरण