Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

टेलिभिजन

  • Bikash Shrestha
  • August 20, 2025
  • 142

टेलिभिजन

Television

 

  • आमसञ्चारका सबैभन्दा सशक्त माध्यममध्ये टेलिभिजन पनि एक हो। टेलिभिजनको प्रयोग सुरु गर्ने निर्णय भएपछि, २०४१ साल माघ १७ गते सरकारले प्रारम्भिक तयारीका लागि नेपाल टेलिभिजन परियोजना स्थापना गर्‍यो। यसलाई नै नेपालमा टेलिभिजन युगको पहिलो कदम मानिन्छ।
  • नेपाल टेलिभिजनले आफ्नो पहिलो सफल परीक्षण प्रसारण २०४२ साल साउन २९ गते गर्‍यो। सोही वर्ष संस्थानमा परिणत भएको नेपाल टेलिभिजनले त्यस दिनदेखि नै नियमित कार्यक्रमहरूको प्रसारण सुरु गर्‍यो।
  • परियोजनाले यु.एच.एफ. ब्यान्डमा भि.एच.एफ. ट्रान्समिटर प्रयोग गरी सुरुमा आधा घण्टा मात्र प्रसारण गर्थ्यो। पछि, २०४२ साल पुस १४ गतेदेखि बेलुकी ७ बजेदेखि ९ बजेसम्म २ घण्टाको नियमित प्रसारण सुरु गरियो।
  • २०४३ साल असार ११ गते राजा वीरेन्द्रबाट संसद भवनमा गरिएको सम्बोधनलाई प्रत्यक्ष प्रसारण गरिएको थियो। त्यो पहिलो प्रत्यक्ष प्रसारण थियो। त्यतिबेला प्रसारण सिग्नल सिंहदरबारस्थित भवनमा प्राप्त गरी पुनः १०० वाट ट्रान्समिटरमार्फत पुनःप्रसारण गरिएको थियो।
  • नेपाल टेलिभिजनका प्रसारणहरू विश्वभरिका राष्ट्रहरूमा भू–उपग्रहमार्फत पनि विस्तार भइसकेका छन्।
  • २०४४ साल कात्तिक २५ गते फूलचोकमा रिलेसन स्टेशन स्थापना गरियो र २०४६ साल वैशाख १ गतेदेखि बिहानको प्रसारण पनि सुरु गरियो।
  • २०४२ साल पुस १४ गतेदेखि नियमित प्रसारण सुरु गरेको नेपाल टेलिभिजनले २०६० साल असोज १० गते एन.टी.भी. मेट्रो को सह–प्रसारण पनि सुरु गर्‍यो।
  • आजका दिनमा नेपालमा टेलिभिजन प्रसारण क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको छ। २०७९ साल फागुनसम्म आइपुग्दा २४५ वटा नेपाली स्थानीय तथा राष्ट्रिय टेलिभिजनले प्रसारण अनुमति लिएका थिए भने १४२ विदेशी च्यानलका लागि डाउनलिङ्क अनुमति प्रदान गरिएको थियो।
  • साथै, २०८० साल फागुन मसान्तसम्म कुल १०६ वटा टेलिभिजन च्यानल नियमित प्रसारणमा रहेका छन्।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 56
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 29
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 108
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 54
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 61
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA