Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

टेलिभिजन

  • Bikash Shrestha
  • August 20, 2025
  • 384

टेलिभिजन

Television

 

  • आमसञ्चारका सबैभन्दा सशक्त माध्यममध्ये टेलिभिजन पनि एक हो। टेलिभिजनको प्रयोग सुरु गर्ने निर्णय भएपछि, २०४१ साल माघ १७ गते सरकारले प्रारम्भिक तयारीका लागि नेपाल टेलिभिजन परियोजना स्थापना गर्‍यो। यसलाई नै नेपालमा टेलिभिजन युगको पहिलो कदम मानिन्छ।
  • नेपाल टेलिभिजनले आफ्नो पहिलो सफल परीक्षण प्रसारण २०४२ साल साउन २९ गते गर्‍यो। सोही वर्ष संस्थानमा परिणत भएको नेपाल टेलिभिजनले त्यस दिनदेखि नै नियमित कार्यक्रमहरूको प्रसारण सुरु गर्‍यो।
  • परियोजनाले यु.एच.एफ. ब्यान्डमा भि.एच.एफ. ट्रान्समिटर प्रयोग गरी सुरुमा आधा घण्टा मात्र प्रसारण गर्थ्यो। पछि, २०४२ साल पुस १४ गतेदेखि बेलुकी ७ बजेदेखि ९ बजेसम्म २ घण्टाको नियमित प्रसारण सुरु गरियो।
  • २०४३ साल असार ११ गते राजा वीरेन्द्रबाट संसद भवनमा गरिएको सम्बोधनलाई प्रत्यक्ष प्रसारण गरिएको थियो। त्यो पहिलो प्रत्यक्ष प्रसारण थियो। त्यतिबेला प्रसारण सिग्नल सिंहदरबारस्थित भवनमा प्राप्त गरी पुनः १०० वाट ट्रान्समिटरमार्फत पुनःप्रसारण गरिएको थियो।
  • नेपाल टेलिभिजनका प्रसारणहरू विश्वभरिका राष्ट्रहरूमा भू–उपग्रहमार्फत पनि विस्तार भइसकेका छन्।
  • २०४४ साल कात्तिक २५ गते फूलचोकमा रिलेसन स्टेशन स्थापना गरियो र २०४६ साल वैशाख १ गतेदेखि बिहानको प्रसारण पनि सुरु गरियो।
  • २०४२ साल पुस १४ गतेदेखि नियमित प्रसारण सुरु गरेको नेपाल टेलिभिजनले २०६० साल असोज १० गते एन.टी.भी. मेट्रो को सह–प्रसारण पनि सुरु गर्‍यो।
  • आजका दिनमा नेपालमा टेलिभिजन प्रसारण क्षेत्रमा प्रतिस्पर्धा बढ्दै गएको छ। २०७९ साल फागुनसम्म आइपुग्दा २४५ वटा नेपाली स्थानीय तथा राष्ट्रिय टेलिभिजनले प्रसारण अनुमति लिएका थिए भने १४२ विदेशी च्यानलका लागि डाउनलिङ्क अनुमति प्रदान गरिएको थियो।
  • साथै, २०८० साल फागुन मसान्तसम्म कुल १०६ वटा टेलिभिजन च्यानल नियमित प्रसारणमा रहेका छन्।

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 41
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 32
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 36
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 35
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA