Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कपिलवस्तुको शाक्यशासित राज्य

  • Bikash Shrestha
  • September 26, 2025
  • 134

कपिलवस्तुको शाक्यशासित राज्य

The Sakya-ruled kingdom of Kapilvastu

कपिलवस्तु जिल्लामा अवस्थित तिलौराकोट नामक स्थानलाई प्राचीन शाक्यहरूको राजधानी मानिन्छ। तथ्यहरूका आधारमा यही तिलौराकोट नै कपिलवस्तु राज्यको राजधानी थियो । प्राचीन गणराज्यहरूमध्ये शाक्यहरूको यो राज्य विशेष उल्लेखनीय थियो, किनभने यहाँ कै क्रकुच्छन्द, कनकमुनि, सिद्धार्थ गौतमलगायतका बुद्धहरूको जन्म भएको थियो। तीमध्ये सिद्धार्थ गौतम नै पछि महात्मा गौतम बुद्धका रूपमा विश्वभर प्रसिद्ध भए, जसले बौद्ध धर्मको प्रवर्तन गरे । प्राचीन कपिलवस्तु नगर पञ्चभुजाकार किल्लाको रूपमा व्यवस्थित गरिएको थियो। त्यतिबेला उत्तरबाट दक्षिणपूर्व हुँदै श्रावस्तीदेखि राजगृहसम्म पुग्ने मुख्य व्यापारिक राजमार्ग कपिलवस्तु राज्यभित्रै पर्दथ्यो । शाक्यहरूको राज्य गणराज्यको स्वरूपमा थियो। त्यसैले यहाँको शासन व्यवस्था प्राचीन उत्तर भारतीय गणराज्यहरूसँग मिल्दोजुल्दो थियो। शासन सञ्चालनका लागि दुई प्रमुख सभा हुन्थे—साधारण सभा र भारदारी सभा। साधारण सभाले कार्यकारी निकायको रूपमा काम गर्थ्यो। यस कार्यकारी सभाको प्रमुखलाई नै राजा भनिन्थ्यो । बुद्ध जन्मँदा कार्यकारी सभाका प्रमुख राजा शुद्धोधन थिए। पछि शुद्धोधनको निधनपछि महानामलाई राजा (कार्यकारी सभाको प्रमुख) को रूपमा निर्वाचित गरिएको थियो । अन्ततः, कपिलवस्तु राज्य छिमेकी कोशल राज्यका राजाको आक्रमणमा परेर पतन भएको थियो ।

Categories

  • Current Affairs 422
  • Gorkhapatra 249
  • Others 730
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Description of literary sources on the beginning of human settlement and statehood in Nepal
Current Affairs

नेपालमा मानव बसोबास र राज्य व्यवस्थाको आरम्भसम्बन्धी साहित्यिक स्रोतको वर्णन

  • Oct 13, 2025
  • 49
Which homestay village has been declared the best in the country?
Current Affairs

देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?

  • Oct 13, 2025
  • 64
The People's Movement of 1991 and subsequent politics
Others

२०४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीति

  • Oct 12, 2025
  • 54
Entrepreneur honored with Lifetime Achievement Award at NewBiz Business Women Summit & Awards 2025
Current Affairs

न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी

  • Oct 12, 2025
  • 71
Political developments after the Rana period
Others

राणाकालपछिको राजनीतिक विकासक्रम

  • Oct 10, 2025
  • 71
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA