भारतको नोएडामा सम्पन्न प्रतिष्ठित एमएफएन च्याम्पियन १७ उपाधि जित्ने खेलाडी को हुन् ?

• रवीन्द्र ढाँट (बझाङ, नेपाल),
• फाइनल खेल : २ अगस्ट, २०२५
• भारतका चुनरेङ कोरेनलाई पराजित गर्दै रवीन्द्रले सो उपाधि जित्न सफल भएका ।
• उनी म्याट्रिक्स फाइट नाइट (एनएफएन) १७ मा बान्टमवेट च्याम्पियन बनेका । शक्तिशाली रेसलिङ र आक्रामक पावरका लागि चर्चित 'दी इन्डियन राइनो' उपनामले परिचित कोरेनले सुरुदेखि नै दबाब सिर्जना गर्ने प्रयास गरे पनि रवीन्द्रले शान्त संयोजन र कुशल रणनीतिका साथ जवाफ दिएका थिए ।
• रवीन्द्र उक्त उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका छन् ।