Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Bijeta Kunwar
  • May 31, 2023
  • 634

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. विसं २०८० जेठ १५ मा अर्थमन्त्री प्रकाशशरण महतद्वारा आव २०८०/८१ का लागि प्रस्तुत बजेटको राशि कति रहेको छ ? 

 रु. १७ खर्ब ५१ अर्ब ३१ करोड

बजेट :  सङ्क्षिप्त झलक

कुल बजेट :  १७ खर्ब ५१ अर्ब ३१ करोड

चालु :  ११ खर्ब ४१ अर्ब

पुँजीगत :  तीन खर्ब दुई अर्ब

वित्तीय व्यवस्थापन :  तीन खर्ब सात अर्ब

राजस्व :  १२ खर्ब ४८ अर्ब ६२ करोड

वैदेशिक अनुदान :  ४९ अर्ब ९४ करोड

वैदेशिक ऋण :  दुई खर्ब १२ अर्ब ७५ करोड

आन्तरिक ऋण :  दुई खर्ब ४० अर्ब

प्रदेश र स्थानीय तहलाई अनुदान

वित्तीय समानीकरण :  एक खर्ब ४६ अर्ब

प्रदेश :  ५८ अर्ब ६७ करोड

स्थानीय तह :  ८७ अर्ब ३५ करोड

ससर्त अनुदान :  दुई खर्ब २७ अर्ब

प्रदेश :  ३५ अर्ब ७२ करोड

स्थानीय तह : एक खर्ब ९१ अर्ब

समपूरक अनुदान : १३ अर्ब २७ करोड

प्रदेश : छ अर्ब २२ करोड

स्थानीय तह : सात अर्ब पाँच करोड

विशेष अनुदान : १३ अर्ब २३ करोड

प्रदेश : चार अर्ब ३६ करोड

स्थानीय तह : आठ अर्ब ७२ करोड ९६ लाख

राजस्व बाँडफाँट : दुवैलाई गरी एक खर्ब ७३ अर्ब ९२ करोड

बजेटका प्रमुख विशेषता

– आर्थिक वृद्धिदर ६ प्रतिशत हुने अनुमान 

– मुद्रास्फीति ६.५ प्रतिशतमा सीमित राखिने

– संसद् विकास कोष पुनः कार्यान्वयनमा ल्याइने

– सामाजिक सुरक्षा भत्ता यथावत्

–  गाँजा खेतीका लागि सम्भाव्यता अध्ययन गरिने

–  औचित्य नभएका २० वटा संस्था खारेज

– प्रोत्साहन भत्ता खारेज, नयाँ गाडी नकिन्ने, नयाँ भवन नबनाउने, आगामी वर्ष देशको सार्वभौम मूल्याङ्कन गर्ने

– ‘वाटर फ्रम द हिमालय’ नामले ब्रान्डिङ गरी पानी निर्यात गरिने

– फागुनभित्र बजेटको सिद्धान्त र प्राथमिकता संसद्मा पेस गरिने

– नवजात शिशुका लागि मिल्क बैङ्क सञ्चालन गर्ने

– सबै सरकारी भवन एकै डिजाइनका हुने, फरक डिजाइनलाई बजेट नदिने

–  नयाँ कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने, एक सय रुपियाँमा दर्ता गर्न सकिने

–  एक अर्बभन्दा बढीका कार्यव्रmममा अनुगमन समिति बनाउने

–  विद्यालयले दिवा खाजामा जङ्क फुड दिन नपाउने

–  ९८ प्रकारका औषधी निःशुल्क गरिने

–  आगामी आवमा लगानी सम्मेलन गर्ने

– सूचना प्रविधिमा वैदेशिक लगानीको सिमा हट्यो

– पाँचखालमा निर्माणाधीन औद्योगिक ग्रामको नाम महिला उद्यम ग्राम

– ११० स्थानीय तहमा २५ हजार भूमिहीनलाई लालपुर्जा

–  वातावरणी मूल्याङ्कन प्रतिवेदन ३० दिनभित्र स्वीकृति दिइने

–  दोधारा चाँदनीमा सुक्खा बन्दरगाह निर्माण सुरु हुने

–  २०२३ देखि २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाइने

–  ३६ प्रकारका निर्यातमा प्रदान गरिँदै आएको 

अनुदानमा निरन्तरता

– नागरिक उड्डयन प्राधिकरण टुक्रयाइने  र नेपाल वायुसेवा निगमको पुनर्संरचना

– आगामी दुई वर्षभित्र शतप्रतिशत जनतामा विद्युत् सेवा पु-याइने

–  हुलाक बचत बैङ्क खारेज

– सार्वजनिक संस्थानलाई कम्पनी ढाँचामा सञ्चालन गर्ने

–  रेमिट्यान्स बोन्ड जारी गर्ने, बैङ्क खातामा प्यान अनिवार्य

– पथलैया, सिमरा, गण्डक हुँदै वीरगन्जसम्मको कोरिडरलाई बारा पर्सा औद्योगिक कोरिडोरका रूपमा विकास गरिने

– थप १८ हजार चार सय हेक्टर जमिनमा सिँचाइ सेवा विस्तार गरिने

–  नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा 

थप गरिने, कुल विद्युत् उत्पादन तीन हजार छ सय मेगावाट पु¥याइने 

–  प्रतिव्यक्ति विद्युत् खपत ४५० किलोवाट घण्टा पु¥याइने

२. गीतकार सङ्घ नेपालले ‘गीतकार वर्ष अमर भावना सम्मान, २०७९’ बाट कसलाई सम्मानित ग-यो ?

 दुर्गालाल श्रेष्ठ

– सम्मानस्वरूप एक लाख ५१ हजार रुपियाँ र ताम्रपत्र 

प्रदान गरिएको ।

३. सरकारले राष्ट्रिय शिक्षा दिवस कहिले मनाउने निर्णय गरेको छ ?

 असोज २

– विसं २०८० जेठ ९ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको ।

– अनिवार्य तथा निःशुल्क शिक्षा ऐन–२०७५ प्रमाणीकरण गरिएको मितिका आधारमा सो दिवस मनाउने निर्णय गरिएको ।

– यसअघि अन्तर्राष्ट्रिय शिक्षा दिवस (सेप्टेम्बर ८ तारिख) का दिन राष्ट्रिय शिक्षा दिवस मनाइन्थ्यो ।

४. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतको चारदिने औपचारिक भ्रमणका व्रmममा कहिले त्यसतर्फ जाँदै हुनुहुन्छ ?

 विसं २०८० जेठ १७ (भ्रमण अवधि जेठ १७–२० सम्म)

५. विसं २०८० जेठ ४ मा राजधानीमा सम्पन्न ‘मिस हेरिटेज ग्लोबल नेपाल, २०२३’ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?

 मुना रिजाल

– भरतपुर चितवनकी मुनाले आगामी सेप्टेम्बर २३ मा दक्षिण अफ्रिकामा हुने मिस हेरिटेज ग्लोबलको ग्रान्ड फिनालेमा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।

– विश्वका ५५ देशका सुन्दरीहरूको सहभागिता रहने सो प्रतियोगितामा उहाँले नेपालको सम्पदा झल्कने सङ्क्षिप्त परिचयात्मक भिडियो प्रस्तुत गर्नुहुने छ ।

६. फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) ले रुसको सदस्यता कहिले रद्द गरेको हो ?

 सन् २०२३ फेब्रुअरी

– युक्रेनमा रुसले गरिरहेको सैन्य कारबाही एफएटिएफको आधारभूत सिद्धान्तविपरीत भएको सदस्यता रद्द गरेको हो ।

– युक्रेन  युद्धका कारण अमेरिकालगायत धेरै पश्चिमी देशले रुसमाथि थुप्रै प्रतिबन्ध लगाएका छन् । यसपछि रुसले आफ्नो अर्थतन्त्र कायम राख्न चीन, भारत, ताइवान जस्ता देशसँग सम्बन्ध सुधार्ने प्रयास गरेको छ । यदि एफएटिएफले रुसलाई कालो सूचीमा राखेमा यी देशलाई पनि रुससँग व्यापार जारी राख्न निकै कठिन हुने छ । यसले रुसी अर्थतन्त्रलाई ध्वस्त पार्न सक्छ ।

७. विश्व स्वास्थ्य सङ्गठनले प्रदान गरेको स्वास्थ्य पुरस्कार (सन् २०२३) प्राप्त गर्ने नेपाली संस्था कुन हो ?

 निक साइमन्स इन्स्टिच्युट

– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा निक साइमन्स इन्स्टिच्युटले सो पुरस्कार प्राप्त गरेको हो ।

– पुरस्कार राशि २० हजार डलर रहेको छ । 

– विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक वर्ष विश्वमा रहेका मानिसको स्वास्थ्य सुधार्न उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले सासाकावा स्वास्थ्य पुरस्कार प्रदान गर्दै आएको छ ।

८. मिस नेपाल वल्र्ड, २०२३ को उपाधि जित्ने सुन्दरी को हुनुहुन्छ ?

 श्रीच्छा प्रधान 

– मिस नेपाल विजेता प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डिएचआई’ क्याटेगोरीमा पनि अवार्ड जित्नुभयो ।

– रैना मजगैँयाले ‘मिस नेपाल अर्थ’ को उपाधि हात पार्नु भएको थियो ।

– त्यस्तै प्रसिद्धि शाहले ‘मिस नेपाल इन्टरनेसनल’ को उपाधि जित्नु भयो ।

९. सगरमाथाको चुचुरोमा पाइला टेक्ने पहिलो बझाङकी आरोही को हुनुहुन्छ ?

 सङ्गीता रोकाया 

– साइपाल गाउँपालिका–४ की रोकाया छाउपडी प्रथा अन्त्यको सन्देशसहित विश्वको सर्वोच्च शिखर पुग्नुभएको हो । 

– उहाँले विसं २०८० जेठ ३ मा सगरमाथा आरोहण गर्नुभएको थियो ।

१०. बिमा समितिलाई कहिले ‘नेपाल बिमा प्राधिकरण’ मा रूपान्तरण गरिएको हो ?

 विसं २०७९ कात्तिक २२ (बिमा ऐन, २०७९ अनुसार)

११. भारतको प्रतिष्ठित ‘दादासाहेब फाल्के फिल्म फाउन्डेसन अवार्ड, २०२३’ बाट सम्मानित नेपाली कलाकार को हुनुहुन्छ ?

 निर्देशक तथा अभिनेता आकाश अधिकारी र अभिनेतृ करिश्मा मानन्धर

– लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै दुवैलाई यो अवार्ड प्रदान गरिएको हो ।

– भारतीय चलचित्रका दिग्गज निर्देशक दादासाहेब फाल्केको नाममा स्थापित ‘दादासाहेब फाल्के फिल्म फउन्डेसन’ ले यो अवार्ड प्रदान गरेको हो ।

१२. विसं २०८० जेठमा काभा वुमन्स च्यालेन्ज कपमा नेपालले कुन स्थान हासिल गरेको हो ?

 तृतीय 

– उज्वेकिस्तानलाई ३–१ को सेटमा हराउँदै घरेलु टिम नेपाल तेस्रो भएको । डिफेन्डिङ च्याम्पियन नेपाल यस पटक तेस्रो स्थानमा सीमित बनेको ।

१३. नेपाल हरित हाइड्रोजन सम्मेलन कहिले सम्पन्न भएको हो ?

 विसं २०७९ आश्विन २४–२५

– (नारा : नेपाल हरित हाइड्रोजन सम्मेलन, पग्लँदै गरेको हिमालका लागि एन्टिडोट)

१४. सातौँ कृषि गणना कहिले सम्पन्न भएको हो ?

 विसं २०७९ वैशाख ६ देखि जेठ १९ सम्म

१५. काभ्रेको पनौती र ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत पर्ने गोदावरी फुलचोकी वनलाई नयाँ संरक्षण क्षेत्र कहिले तोकिएको हो ?

 विसं २०७९ असार २

– यससँगै नेपालमा संरक्षित क्षेत्रको सङ्ख्या सात पुगेको छ ।

– विसं २०७९ जेठ ३१ को मन्त्रीपरिषद् बैठकले यससम्बन्धी निर्णय गरेको हो ।

१६. नुवाकोटस्थित नेपालकै ठुलो सौर्य उत्पादनको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७९ भदौ १० (२५ मेवा)

१७. विसं २०८० जेठ १४ मा सार्वजनिक आर्थिक सर्वेक्षण, २०७९/८० अनुसार नाफामा रहेका सार्वजनिक संस्थान कति वटा छन् ?

 २५ वटा

– ४४ वटा संस्थानमध्ये २५ वटा नाफामा रहेका छन् ।

१८. आर्थिक सर्वेक्षण, २०७९/८० अनुसार २०७९ फागुनसम्म स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या कति रहेको छ ?

 ५३ लाख ४१ हजार १७८

– जसमध्ये व्यक्तिगत स्थायी लेखा नम्बर लिने ६४.६ प्रतिशत, व्यावसायिक लेखा नम्बर लिने ३४.९ प्रतिशत र करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर ०.५ प्रतिशत छ । 

– यसै गरी मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता तीन लाख सात हजार ७१० पुगेको । 

– अन्तःशुल्कमा दर्ता हुने करदाताको सङ्ख्या एक लाख २० हजार २९२ पुगेको ।

प्रस्तुतकर्ता : अर्जुन शर्मा

Source : Gorkhapatra

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 34
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 156
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 127
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 361
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA