नेपालको निशान छाप
संवैधानिक तथा कानूनी व्यवस्थाहरू
- नेपालको संविधानको भाग–१, धारा ९ को उपधारा (२) मा नेपालको निशान छाप सम्बन्धी संवैधानिक व्यवस्था गरिएको,
- निशान छापको ढाँचा तथा रूपरेखा संविधानको अनुसूची–३ मा विस्तृत रूपमा उल्लेख गरिएको,
- दोस्रो संविधान संशोधन: लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको चुच्चे नक्सा निशान छापमा अद्यावधिक गर्न 'नेपालको संविधान (दोस्रो संशोधन), २०७७' मिति २०७७/०३/०४ मा प्रमाणीकरण र प्रकाशन गरिएको,
संरचना तथा मुख्य प्रतीकहरू:

- शीर्ष भागको प्रतीक: सबैभन्दा माथिल्लो भागमा नेपालको राष्ट्रिय झण्डा (द्वि-त्रिभुजाकार) अङ्कित
- भौगोलिक पहिचान र नक्सा: केन्द्रमा नेपालको सेतो नक्सा र पृष्ठभूमिका रूपमा सर्वोच्च शिखर सगरमाथा तथा हिमाली र पहाडी भू-बनोट समेटिएको,
- राष्ट्रिय फूलको सजावट: दायाँ-बायाँ दुवै किनारामा नेपालको राष्ट्रिय फूल लालीगुराँसको माला अङ्कित
- कृषिको प्रतीक: तल्लो भागमा नेपालको कृषिप्रधानता र समृद्धिको प्रतीकका रूपमा धानको बाला राखिएको,
- लैङ्गिक समानता र सहकार्य: धानको बालाको माथिल्लो भागमा महिला र पुरुषले हात मिलाएको चित्र अङ्कित छ, जसले लैङ्गिक समानता र सामाजिक सद्भाव दर्शाउँछ,
- मूल मन्त्र (मोटो): निशान छापको पिँधमा रहेको रातो रिबन (Ribbon) मा संस्कृत भाषामा "जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी (आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् छन्)" लेखिएको,
जानी राखौं है!:
- गणतन्त्रात्मक नेपालको पहिलो निसान छापको डिजाइनहरु: नविन्द्रराज भण्डारी, हिमालय गौतम र कृष्ण श्रेष्ठ
- लोकतन्त्रात्मक व्यवस्था अनुरूप परिमार्जन गरिएको निसान छाप लागू भएको ऐतिहासिक मिति: वि.सं. २०६३ साल पुस १५ गतेदेखि