Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Bijeta Kunwar
  • July 19, 2023
  • 397

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. सय वर्षका लागि गोरखापत्रको अग्रिम ग्राहक बनी कीर्तिमानी रेकर्ड राख्ने संस्था कुन हो ?

 बसुन्धरा–मान प्रतिष्ठान

गोरखापत्र संस्थानको इतिहासमा प्रतिष्ठान पहिलो शताब्दी ग्राहक बन्न सफल भएको छ।

प्रतिष्ठानद्वारा एक सय वर्षका लागि ग्राहक बनेबापतको रकम विसं २०८० असार २९ मा संस्थानलाई भुक्तानी गरिएको हो।

आगामी एक सय वर्ष अर्थात् २१८० साल असार २९ गतेसम्म प्रतिष्ठानले गोरखापत्र नियमित प्राप्त गर्ने छ।

 प्रतिष्ठान विसं २०५६ फागुनमा स्थापना भएको हो।

२. सन् २०२३ मा सरकारद्वारा राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिमा कसलाई सिफारिस गरियो ?

 लोकबहादुर थापा

विसं २०८० असार २८ को मन्त्रीपरिषद् बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव थापालाई स्थायी प्रतिनिधिमा सिफारिस गरेको हो।

३. इतिहास शिरोमणि बाबुराम आचार्य राष्ट्रिय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

 चित्तधर नेपाली (राशि : दुई लाख रुपियाँ)

त्यस्तै आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार (राशि : एक लाख रुपियाँ) पोषराज पौडेललाई प्रदान गरिएको छ।

भगत सर्वजित मानव मर्यादा पुरस्कार मैना अछामी, नवराज लम्साल र चक्रमान विश्वकर्मालाई प्रदान गरिएको छ।

युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार (राशि : एक लाख रुपियाँ) मोहन सिटौला तथा शताब्दीपुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार (राशि ः एक लाख रुपियाँ) गोविन्द आचार्यलाई प्रदान गरिएको छ ।

४. विश्व जनसङ्ख्या दिवस कहिले मनाइन्छ ?

 जुलाई ११

सन् २०२३ को नारा : ‘लैङ्गिक समानतालाई बनाऔँ अपरिहार्य रिवाज : सम्भावनाका ढोका खोल्न सुनौँ महिलाका आवाज’ । 

५. नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन कहिले भएको हो ?

 विसं २०८० असार २७

६. बेलायतको प्रतिष्ठित एङ्गिलया रस्किन विश्वविद्यालयले प्रदान गरेको डाक्टर इन साइन्स विषयको मानार्थ विद्यावारिधि उपाधि प्राप्त गर्ने नेपाली को हुनुहुन्छ ?

 डा. सन्दुक रुइत (सन् २०२३ जुलाई)

७. नेपालबाट आधिकारिक रूपमा पहिलो पटक चीनमा प्रशोधित घाँस निर्यात सुरु कहिलेदेखि गरिएको हो ?

 विसं २०८० असार ३०

असार ३० मा पहिलो चरणमा चितवनको भरतपुरबाट कुल ८० टन प्रशोधित घाँस (हेलेज) रसुवाको केरुङ नाका हुँदै चीनतर्फ पठाइएको छ।

८. नेपाल वाङ्मय फाउन्डेसनद्वारा प्रकाशित ‘विश्वका राष्ट्रिय गान’ नामक पुस्तकमा कति देशका राष्ट्रिय गान समेटिएको छ ?

 १९५ (विसं २०८० असार ३० मा सार्वजनिक)

फाउन्डेसनले १९५ देशका राष्ट्रिय गानलाई नेपाली भाषामा अनुवाद गरी पुस्तक सार्वजनिक गरेको छ। अनुवाद प्रदीप निरौलाले गर्नुभएको हो।

राष्ट्रिय गान राष्ट्रिय विम्ब जस्तै हो। राष्ट्रगानले राष्ट्रको इतिहासलाई झल्काउँछ, राष्ट्र कसरी निर्माण भएको छ भन्ने पनि अभिव्यक्त गर्छ र राष्ट्रको भावी यात्रा पनि के हो भन्ने कुरालाई सीमित शब्दमा अभिव्यक्त गर्ने हुँदा राष्ट्रगान सङ्गृहीत यस पुस्तकले संसारलाई नियाल्ने आँखिझ्यालका रूपमा काम गर्ने विश्वास लिइएको छ ।

९. सातौँ प्रधानमन्त्री कप एनभिए राष्ट्रिय क्लब लिग, २०८० को उपाधि कसले जित्यो ?

 पुरुषतर्फ : हेल्प नेपाल र महिला तर्पm : नेपाल पुलिस

हेल्प नेपालले फाइनलमा नेपाल पुलिसको टोलीलाई हराउँदै उपाधि जित्न सफल भएको हो।

त्यस्तै महिलातर्फ पुलिसले अर्को विभागीय टोली सशस्त्र प्रहरी बललाई ३–१ को सेटमा हराउँदै उपाधि उचालेको हो।

विजेता दुवै टोलीले समान छ लाख रुपियाँ एवं उपविजेता टोलीले समान तीन लाख रुपियाँ प्राप्त गरेका छन्।

पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ न्यु डायमन्ड तेस्रो भएका छन्। दुवैले समान एक लाख ५० हजार रुपियाँ प्राप्त गरेका छन्।

नेपाल भलिबल सङ्घको आयोजनामा भएको लिगमा पुरुषतर्फ एमल खान (हेल्प नेपाल) र महिलातर्फ पुनम चन्द (पुलिस क्लब) उत्कृष्ट खेलाडी घोषित भएका छन्।

१०. भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म रेल सेवा कहिलेदेखि सञ्चालनमा आएको हो ?

 विसं २०८० असार ३१

भारतको जयनगरदेखि जनकपुर–कुर्थासम्म ३५ किलोमिटर ट्र्याकमा दैनिक दुई पटक सेवा दिँदै आएको नेपाल रेल सेवा असार ३१ (२०८०) देखि जयनगर–बिजुलपुरा (भङ्गहा) सञ्चालनमा आएको छ । 

अब महोत्तरीको पिपराढी, लोहारपट्टी, सिङ्गाही र भङ्गहाका नागरिकले रेलमा ओहोरदोहोर गर्न पाउने भएका छन्। यससँगै अब रेल ५२ किलोमिटर दुरीमा गुड्ने छ। 

रेल सेवाको शुभारम्भ भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्नुभएको थियो। 

११. अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ‘अनेसास’ ले प्रत्येक दुई वर्षमा प्रदान गर्ने ‘अनेसास डिल्लीराम तिम्सिना सर्वोत्कृष्ट उपन्यास पुरस्कार, २०२३’ कसलाई प्रदान गरियो ?

 कल्पना खरेल (उपन्यास : रानी तलाउ) 

(पुरस्कार राशि : एक हजार अमेरिकी डलर)

१२. नेपालले वन संरक्षण गर्दै कार्बन उत्सर्जन न्यूनीकरणसम्बन्धी सम्झौता कहिले गरेको हो ?

 विसं २०७७ फागुन

नेपालले वन संरक्षण गर्दै कार्बन न्यूनीकरण कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। 

नेपाल प्रशान्त एसिया क्षेत्रमा कार्बन सम्झौता गरेर लाभ लिने पाँचौँ मुलुक हो। विश्वमा भने नेपाल १२ औँ मुलुक अन्तर्गत पर्छ।

विश्वका औद्योगिक मुलुकले बढी कार्बन उत्सर्जन गर्दा कम उत्सर्जन गर्ने तथा उत्सर्जन नै नगर्ने मुलुकले पनि उत्तिकै प्रदूषणको हानि बेहोर्नु परेको छ। त्यो असन्तुलनलाई कम गर्न औद्योगिक मुलुकले नेपाल जस्ता कार्बन कम उत्सर्जन गर्ने र वन तथा वातावरण संरक्षणमा योगदान दिने मुलुकलाई क्षतिपूर्ति वा पुरस्कारबापतको रकम तिर्नुपर्ने अवधारणाको विकास भएको छ । सोही अनुसार विश्व बैङ्कमार्फत नेपालले पाँच अर्ब रुपियाँभन्दा बढी रकम पाउने भएको छ ।

१३. एउटै आय वर्षमा एकभन्दा बढी मुलुकमा कारोबार गर्ने व्यक्तिलाई कारोबार गरेको मुलुक वा बासिन्दा रहेको मुलुकमा मात्रै कर लिन सकिने व्यवस्थासम्बन्धी सम्झौतालाई के भनी चिनिन्छ ?

 दोहोरो कर मुक्ति सम्झौता

(एक आय वर्षमा आपूm बासिन्दा रहेको देशमा बसोबासका आधारमा तथा लगानी गरेको देशमा आयको स्रोतको आधारमा कर तिर्नुपर्ने हुन सक्छ। यस्तो परिस्थितिमा करदातालाई दोहोरो करको भारबाट मुक्ति दिलाउन र मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न सम्बन्धित देशको आयकर कानुनद्वारा अर्को देशमा तिरेको कर मिलान गर्न पाउने वा त्यस्तो कर खर्च लेख्न पाउने जस्ता व्यवस्था गरिएको हुन्छ । करदातालाई दोहोरो करबाट मुक्ति दिलाउन घरेलु आयकर ऐनमै कानुनी व्यवस्था गरी दुई देशबिच दोहोरो करमुक्ति सम्झौता गर्ने विश्वव्यापी प्रचलन रहेको छ ।)

१४. हाल (२०८० असार) सरकारले कति प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ ?

 ९८ आधारभूत स्वास्थ्य केन्द्र (स्वास्थ्य चौकी) मा ९८ मध्ये ९१ प्रकारका र प्राथमिक स्वास्थ्य केन्द्र तथा प्रादेशिक अस्पतालमा ९८ प्रकारकै औषधि निःशुल्क पाइने व्यवस्था रहेको छ ।

डब्लुएचओका अनुसार उपचारमा हुने व्यक्तिगत खर्चका कारण प्रत्येक वर्ष पाँच लाख ७४ हजार २९४ नेपाली गरिबीको रेखामुनि धकेलिने छन्।

१५. विश्व प्रसिद्ध पुस्तक ‘द वेल्थ अफ नेसन’ लाई के भनी चिनिन्छ ?

 आर्थिक म्याग्नाकार्टा

१६. प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमलाई सुव्यवस्थित र स्तरयुक्त गर्न एवं त्यस्ता तालिम दिने विभिन्न निकायका बिच समन्वय गर्ने तथा सिपको स्तर निर्धारण एवं प्रमाणीकरण गर्ने उद्देश्यका साथ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को गठन कहिले गरिएको हो ?

 विसं २०४५

१७. नेपालमा पहिलो ‘नेटवर्क आर्क ब्रिज’ को निर्माण कहाँ गरिएको छ ?

 काठमाडौँको बिजुलीबजारस्थित धोबीखोलामा

– यो प्रविधिको पुल बलियोका साथै सौन्दर्य प्रवर्धनको हिसाबले पनि राम्रो मानिएको छ। 

– यसलाई निर्माण गर्दा सुरुमा खोलाको वारिपारि सडकको चौडाइ बराबरकै ‘अब्युटमेन्ट’ अर्थात् बलियो जगसहितको संरचना निर्माण गरिन्छ। यो अब्युटमेन्ट पुलको भार थाम्ने प्रमुख संरचना हो। बिच बिचमा पिल्लर नराखी निर्माण गरिने आर्क ब्रिजमा अब्युटमेन्टको आधारमा पुलको वारपार आर्क फिक्सिङ गरिन्छ र माथिल्लो भागमा बाङ्गो आकारका आर्क राखिन्छ । आर्कलाई अब्युटमेन्टमा जोडिन्छ । आर्कमार्पmत नै पुलको भारलाई बोक्ने संरचना फिक्स गरिन्छ । पुलमा गाडी गुड्दा त्यसको भार आर्क हुँदै अब्युटमेन्टमा पर्छ । 

१८. नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो ?

 विसं १९०८

राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्किंदा यो प्रेस ल्याएका थिए।

प्रेसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्धे प्रेस भनिएको हो।

यस प्रेसलाई थापाथली दरबारमा स्थापना गरिएको थियो।

१९. राष्ट्रिय सूचना आयोगको गठन कहिले भएको हो ?

 विसं २०६५ वैशाख २२

(सूचनाको हकसम्बन्धी ऐन, २०६४ मा सूचनाको हकको संरक्षण, संवर्धन र प्रचलन गराउन एक स्वतन्त्र राष्ट्रिय सूचना आयोग रहने व्यवस्था भएबमोजिम सो आयोग गठन गरिएको हो।

२०. लक्ष्मी बैङ्क लिमिटेड र सनराइज बैङ्क लिमिटेड एक आपसमा मर्ज भई लक्ष्मी सनराइज बैङ्क लिमिटेडको नामबाट एकीकृत कारोबार कहिलेदेखि सुरु भएको हो ?

 विसं २०८० असार २९

१:१ अनुपातमा मर्जर भएका बैङ्कको मर्जरपश्चात् चुक्ता पुँजी २१ अर्ब ६७ करोड रुपियाँभन्दा बढी कायम हुने बताइएको छ। बैङ्कको केन्द्रीय कार्यालय हात्तीसार, काडमाडौँ रहेको छ।

२१. भण्डारखाल पर्वको पोल खोल्ने व्यक्ति को हुन् ?

 विजयराज पण्डित

विभिन्न पर्व/घटना तथा पोल खोल्ने व्यक्ति

पर्व/घटना घटना मिति पोल खोल्ने व्यक्ति

भण्डारखाल पर्व १९०३ 

कात्तिक १२ विजयराज पण्डित

३८ सालको पर्व १९३८ उत्तरध्वज खवास

मकै पर्व १९७७  रामहरि अधिकारी र भोजराज जोशी

लाइब्रेरी पर्व १९८७ रामचन्द्र अधिकारी

प्रचण्ड गोर्खा पर्व १९८८ लक्ष्मणराज

प्रजापरिषद् काण्ड १९९३ जेठ २० रामजी जोशी र मुरलीधर पण्डित

२२. नेपालको कुन ठाउँमा ठिमाहा प्रथा रहेको छ ?

 हुम्ला

नाम्खा गाउँपालिकाको लिमीमा यो प्रथा रहेको छ।

अविवाहित छोरीले जन्मघरमै बच्चा जन्माउँदा माइती पक्षले नै सबै व्यवस्था गरिराख्नुपर्ने अनौठो प्रथा नै ठिमाहा प्रथा हो। सुन्दा निकै अनौठो र अपत्यारिलो लागे पनि हुम्लाको लिमीमा यो परम्परा हालसम्म कायम छ। विवाह नगरी बसेका बेला गाउँको कुनै युवकसँग भएको सम्बन्धबाट बच्चा जन्मिएमा माइतीले नै वास बनाइदिनुपर्ने र भाँडावर्तन तथा जमिनको व्यवस्था मिलाउनुपर्र्ने सामाजिक मान्यता रहेको छ। 

यसरी जन्मिएको बच्चालाई पुम्ताम्बा भन्निछ। त्यस्तै बच्चालाई १८ वर्ष उमेर नपुग्दासम्म एक तह कमको दर्जामा राख्ने र १८ वर्ष पुगेपछि सो दर्जा हट्ने परिपाटी रहेको छ।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 98
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 87
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 96
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 55
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA