Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

विकास सहायता परिचालनमा गैससको भूमिकालाई प्रभावकारी बनाउने उपायहरू

  • Bijeta Kunwar
  • July 20, 2023
  • 328

विकास सहायता परिचालनमा गैससको भूमिकालाई प्रभावकारी बनाउने उपायहरू

विकास सहायता परिचालनमा गैससको भूमिकालाई प्रभावकारी बनाउने उपायहरू
  • गैससमार्फत सहायता परिचालन गर्दा राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा मात्र गर्ने,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैससले सहायता परिचालन गर्ने गरी आयोजना प्रस्तावतयार गर्दा नेपाल सरकारका विषयगत मन्त्रालयको समन्वयमा गर्ने,
  • आयोजना छनोट गर्दा सम्बन्धित स्थानीय तहको नेतृत्वमा आयोजना हुने सहभागितामूलक योजना तर्जुमा प्रक्रिया अवलम्बन गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने,
  • स्थानीय तहहरूसँग समन्वय गरेर मात्र आयोजना वा कार्यक्रमहरू सञ्चालन गर्ने,
  • सहायता परिचालनको आयोजनागत विवरण अर्थ मन्त्रालयमा रहेको सहायता सूचना व्यवस्थापन प्रणालीमा दोहोरो नपर्ने गरी प्रविष्टी गर्ने, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सोझै वा राष्ट्रिय गैससमार्फत सहायता परिचालन गर्दा धार्मिक एवं राजनीतिक संस्था तथा राष्ट्रिय संवेदनशीलताका क्षेत्रहरूबाहेकका विकासमूलक कार्यमा गर्नुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने,
  • भौगोलिक र कार्यक्षेत्रगत दोहोरोपना हटाउन अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सञ्चालन गर्ने आयोजनाको निश्चित विषयगत क्षेत्र र आयोजना सञ्चालन हुने भौगोलिक क्षेत्र तोक्ने,
  • नियामक निकायले यस्ता संस्थाहरूले सञ्चालन गरेका आयोजनाहरूको विद्युतीय नक्साङ्कन तयार गर्ने,
  • अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सम्पादन हुने कार्यलाई मितव्ययी र पारदर्शी बनाउने,
  • आयव्यय तथा क्रियाकलापको विवरण वार्षिक रूपमा सार्वजनिकीकरण गरी पारदर्शिता कायम गर्ने,
  • आफूले कार्यक्रम सञ्चालन गरेको स्थानीय तहमा वर्षको एक पटक तेस्रो पक्षद्वारा त्यस्ता कार्यक्रमको परीक्षण गराउनुका साथै सार्वजनिक सुनुवाइ तथा सामाजिक लेखापरीक्षणसमेत गराउनुपर्ने व्यवस्थाको कडाइका साथ कार्यान्वयन गर्ने,
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले आफ्नै प्रयासमा सहायता परिचालन गर्दा कानुनबमोजिम समाज कल्याण परिषद्मार्फत गर्ने,

गैरसरकारी संस्थाहरू विकासका साझेदार हुन्‌ । नागरिकअधिकारका पहरेदार पनि हुन्‌ । अन्तर्राष्ट्रिय विकास सहायता परिचालनमा गैरसरकारी संस्थाहरूलाई उपयोग गर्ने अम्यास बढेसँगै यी संस्थामा विकृतिहरूसमेत देखिएका छन्‌ । अतः माथि उल्लेख गरेबमोजिमका उपायहरू अवलम्बन गरी गैससलाई मुलुकको विकास र समृद्धिको विश्वासिलो साझेदारका रूपमा स्थापित गर्न सकिन्छ ।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1060
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 112
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 92
Elon Musk: The World's First Trillionaire
Current Affairs

इलन मस्क: विश्वकै पहिलो खर्बपति (Trillionaire)

  • Jun 14, 2026
  • 101
UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 55
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 49
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA