Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

स्थानीय सरकार सञ्चालन ऐन, २०७४

  • Bijeta Kunwar
  • July 23, 2023
  • 2201

स्थानीय सरकार सञ्चालन ऐन, २०७४

स्थानीय सरकार सञ्चालन ऐन, २०७४
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लागु भएको : बि.सं. २०७४-०६-२९
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा रहेकापरिच्छेद र दफा : परिच्छेद १५ र दफा १२१
  • गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सिमाना निर्धारण गर्ने : संविधानको घारा २९५ (३) बमोजिम नेपाल सरकारले
  • गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सिमानाको हेरफेर गर्नुपरेमा निर्वाचन हुनुभन्दा कति समय अगाडि नै हेरफेर गरिसक्नु पर्ने : १ वर्ष
  • गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सिमानाको हेरफेर गर्नुपरेमा नेपाल सरकार समक्ष सिफारिस गर्ने सरकार : प्रदेश सरकार
  • गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र तोकिने विधि : नेपाल सरकारले प्रदेश सरकारको परामर्शमा
  • गाउँपालिका तथा नगरपालिकामा रहने वडाको सिमाना र सङ्ख्या निर्धारण गर्ने संस्था : नेपाल सरकारले
  • बडाको सङ्ख्या र सिमानाको हेरफेर गर्नुपरेमा निर्वाचन हुनुभन्दा येती समय अगाडि नै हेरफेर गरिसक्नु पर्ने : १ वर्ष
  • कुन क्षेत्रमा नगरपालिका हुन कति जनसङ्ख्या आवश्यक पर्दछ :
    • हिमाली क्षेत्रको हिमाली जिल्लामा: १० हजार
    • हिमाली क्षेत्रको पहाडी जिल्ला तथा पहाडी जिल्लामा: ४० हजार
    • भित्री मधेशका जिल्लामा: ५० हजार
    • तराईका जिल्लाहरुमा: ७५ हजार
    • उपत्यकाका जिल्लाहरुमा: १ लाख
  • उपमहानगरपालिका हुन कम्तीमा कति स्थायी बासिन्दा भएको हुन पर्ने : २ लाख
  • महानगरपालिका हुन कम्तीमा कति स्थायी बासिन्दा भएको हुन पर्ने : ५ लाख
  • नगरपालिका हुनका लागी पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कति हुनपर्ने : हिमाली क्षेत्रमा कम्तीमा १ करोड र अन्यमा ३ करोड
  • उपमहानगरपालीका हुनका लागी पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कति हुनपर्ने : २ कम्तीमा २५ करोड
  • महानगरपालिका हुनका लागी पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कति हुनपर्छ : कम्तीमा १ अर्ब रुपैया
  • नगरपालिका हुनका लागी कम्तीमा कति शैयाको अस्पताल सुविधा भएको हुनुपर्दछ : २५ शैया
  • उपमहानगरपालिका हुनका लागी कम्तीमा कति शैयाको अस्पताल सुविधा भएको हुनुपर्दछ : १ सय शैयाको एक अस्पताल सहित कम्तीमा २ सय शैयाको
  • महानगरपालिका हुनका लागी कम्तीमा कति शैयाको अस्पताल सुविधा भएको हुनुपर्दछ : विशेषज्ञ सेवा सहितको अस्पताल, १ सय शैयाको एक अस्पताल सहित कम्तीमा ५ सय शैयाको
  • गाउँपालिका तथा नगरपालिका वा सोको क्षेत्रलाई चार किल्ला खोली साँस्कृतिक वा पर्यटकीय क्षेत्र कसले घोषणा गर्न सक्नेछ : प्रदेश सरकारले
  • गाउँपालिका तथा नगरपालिकाको एकल अधिकार सूची संविधानको कुन अनुसूचीमा व्यवस्था गरिएको छ : अनुसूची ८
  • स्थानीय तहले कति बाटसम्मको एफ. एम रेडियो सञ्चालन अनुमति, नविकरण, नियमन र खारेजी गर्दछ : एक सय बाटसम्म
  • कार्यपालिकाको कार्यविभाजन र कार्यसम्पादन सम्बन्धी व्यवस्था गरेको नियमावली कसले स्वीकृत गर्छ : सम्बन्धित कार्यपालिकाले
  • कार्यपालिकाले बनाएको कार्यविभाजन तथा कार्य सम्पादन नियमावली स्वीकृत वा संशोधन भएको मितिले कति दिन भित्र प्रदेश तथा नेपाल सरकारमा पठाउनु पर्छ : १५ दिनभित्र
  • सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता कसले गर्दछ : अध्यक्ष वा प्रमुखले
  • अध्यक्ष बा प्रमुखको काम, कर्तव्य र अधिकार के-के हुन्‌ :
    • वन सभा तथा कार्यपालिकाको बैठक बोलाउने र बैठकको अध्यक्षता गर्ने,
    • सभा र कार्यपालिकाको बैठकमा बैठकको कार्यसूची तथा प्रस्ताव पेश गर्ने र गराउने,
    • वार्षिक कार्यक्रम तथा बजेट तयार गरी सभामा पेश गराउने,
    • सभाको अधिवेशन आह्वान र अन्त्य गर्ने,
    • सभा र कार्यपालिकाको निर्णय कार्यान्वयन गर्ने गराउने,
    • कार्यपालिकाकको दैनिक कार्यको सामान्य रेखदेख, निर्देशन र नियन्त्रण गर्ने,
    • उपाध्यक्ष वा उपप्रमुख, कार्यपालिकाका सदस्य तथा प्रमुख प्रशासकीय अधिकृतलाई काजमा खटाउने,
    • गाउँपालिका तथा नगरपालिकाको चल अचल सम्पत्ति हेरचाह तथा मर्मत सम्भार गर्ने गराउने र
      आम्दानी, खर्च, हिसाव र अन्य कागजपत्र सुरक्षित राख्न लगाउने,
    • सार्वजनिक सेवा प्रवाह सम्बन्धी गुनासो व्यवस्थापन गर्ने लगायतका अन्य कार्यहरु |
  • स्थानीय न्यायिक समितिको संयोजक भई कसले कार्य गर्दछ : उपाध्यक्ष वा उपप्रमुखले
  • उपाध्यक्ष बा उपप्रमुखको काम, कर्तव्य र अधिकार के-के हुन्‌ :
    • चन न्यायिक समितिको संयोजक भई कार्य गर्ने,
    • अध्यक्ष बा प्रमुखको अनुपस्थितिमा निजको कार्यभार सम्हाल्ने,
    • गैरसरकारी संघ संस्थाका क्रियाकलापको समन्वय गर्ने,
    • उपभोक्ता हित संरक्षण सम्बन्धी कार्यको समन्वय गर्ने,
    • योजना तथा कार्यकमको अनुगमन तथा सुपरिवेक्षण गरी सोको प्रतिवेदन बैठकमा पेश गर्ने,
    • सभा र कार्यपालिकाद्वारा गठित समितिहरुको काममा सहजीकरण र समन्वय गर्ने,
    • सात दिनभन्दा बढि समय गाउँपालिका बा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष बा प्रमुखलाई जानकारी गराउने,
    • सभा, कार्यपालिका तथा अध्यक्ष वा प्रमुखले प्रत्यायोजन गरेका वा तोकेका अन्य कार्य गर्ने ।
  • स्थानीय कार्यपालिकाका सदस्यहरुको काम, कर्तव्य र अधिकार के-के हुन्‌ :
    • वन कार्यपालिकाको बैठकमा भाग लिने,
    • अध्यक्ष वा प्रमुखले तोकेका विषयगत क्षेत्रको संयोजक वा प्रमुख भई तोकिएका कार्य गर्ने,
    • सात दिनभन्दा बढि समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा अध्यक्ष बा प्रमुखलाई जानकारी दिने, लगायत कार्यपालिकाले तोकेका अन्य कार्य गर्ने ।
  • कार्यपालिकाको बैठक कति संमयमा बस्नुपर्ने व्यवस्था रहेको छ : महिनाको एक पटक
  • कार्यपालिकाले आफुलाई प्राप्त केही अधिकार प्रमुख प्रशासकीय अधिकृत वा कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ
  • गाउँसभाको तथा नगरसभाको बैठक सामान्यतया वर्षमा कति पटक बस्ने गर्दछ : २ पटक
  • गाउँसभा तथा नगरसभाको बैठक कसले बोलाउने गर्दछ : अध्यक्ष वा प्रमुखले
  • सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको कति प्रतिशतभन्दा बढि सदस्यहरु उपस्थित भएमा बैठकका लागी गणपूरक संख्या पुगेको मानिन्छ : ५० प्रतिशतभन्दा वढि
  • सभाको बैठकको निर्णय कसले पारित गर्दछ : अध्यक्षता गर्ने व्यक्तिले
  • गाउँसभा तथा नगरसभाको सचिव भई कसले काम गर्दछ : प्रमुख प्रशासकीय अघिकृत
  • गाउँसभा तथा नगरसभामा पेश भएको बिधेयक सभामा तत्काल कायम रहेका सदस्य सङ्ख्याको बहुमतले पारित गरेमा कति दिनभित्र अध्यक्षले प्रमाणीकरण गर्दछ : १४ दिनभित्र
  • कसको पूर्व स्वीकृत नलिई भवनका लागी जग्गाको खण्डीकरण र प्लटिङ्ग गर्न पाइदैन : गाउँपालिका तथा नगरपालिका

Categories

  • Current Affairs 848
  • Gorkhapatra 352
  • Others 1198
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 132
Development of the Citizen/Public Charter in Nepal
Others

नेपालमा नागरिक/सार्वजनिक बडापत्रको विकासक्रम

  • Oct 29, 2026
  • 163
Madhya Pradesh, Civil Sub-Group, Assistant 5th – 2083/07/10
Past Questions

मदेश प्रदेश, सिभिल उपसमूह, सहायक ५औं – २०८३/०७/१०

  • Oct 28, 2026
  • 172
Interrelationship between forests and the environment: Thematic Q&A (11 Kartik 2083, Wednesday)
Gorkhapatra

वन र वातावरणबिच अन्तरसम्बन्ध: विषयगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 69
Public Service Preparation Materials: Objective Questions and Answers (11 Kartik 2083, Wednesday)
Gorkhapatra

लोक सेवा तयारी सामग्री: वस्तुगत प्रश्नोत्तर (११ कात्तिक २०८३, बुधबार)

  • Oct 28, 2026
  • 222
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA