Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश – भारत

  • Ajnabee Khadka
  • August 24, 2023
  • 392

चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश – भारत

चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश – भारत
  • भारतको चन्द्रयान – ३ सफलतापूर्वक चन्द्रमाको दक्षिण धुव्रमा अवतरण भएको छ ।
  • अवतरणसँगै भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने चौंथो देश बनेको छ ।
१४ जुलाई २०२३ भारतले चन्द्रयान-3 मिसन प्रक्षेपण गरेको
५ अगष्ट २०२३ चन्द्रयान-3 चन्द्रमाको कक्षमा प्रवेश गरेको
२३ अगष्ट २०२३ चन्द्रयान-3 चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरेको
  • मन्जिनस सी (Manzinus C ) र सिम्पेलियस एन ( Simpelius N ) क्रेटरको बीचमा चन्द्रयान- 3 अवतरण भएको।
  • चन्द्रयान-3 भारतीय अन्तरिक्ष संस्था ISRO द्वारा आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट मार्क-3 (LVM3) नामक रकेटमार्फत प्रक्षेपण गरिएको थियो ।

 

चन्द्रमाको सतहमा सफलतापूर्वक अवतरण गर्ने मुलुकहरु (Soft Landing):

क्र.म. देश मिशन वर्ष (सन्)
१. रसिया Luna – 9 3 February 1966
२. अमेरिका Surveyor 1 2 June 1966
३. चीन Chang’e 3 14 Dec 2013
४. भारत Mission : Chandrayaan-3

Lander: Vikram

Rover: Pragyan

23 August 2023

 

  • चन्द्रयान-3 मा अर्बिटर, ल्यान्डर र रोभर गरी तीन महत्वपूर्ण भाग छन्। ल्यान्डरको नाम विक्रम राखिएको छ। इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो) का संस्थापक विक्रम साराबाईको नाममा ल्यान्डरको नाम राखिएको हो।
  • विक्रमले बोकेको रोभरको नाम प्रज्ञान राखिएको छ । प्रज्ञानको तौल २६ किलो छ । प्रज्ञान रोभरले अब चन्द्रमाको दक्षिणी ध्रुवको सतहको अध्ययन गर्नेछ।

 

चन्द्रयान- 3 मिशनको उद्देश्य :-

  • चन्द्रमाको सतहमा पानीको स्रोतको रुपमा बरफको खोजी गर्ने र भविष्यमा मानव बस्तीको सम्भावनाबारे खोज अनुसन्धान गर्ने ।

 

About ISRO (Indian Space Research Organisation)
★ स्थापना : 15 अगष्ट 1969
★ प्रधानकार्यालय : बैंगलोर
★ वर्तमान अध्यक्ष : श्रीधर सोमनाथ

पहिलो अध्यक्ष : विक्रम साराभाई (चन्द्रयान-3 को ल्यान्डरको नाम उहाँकै नाममा ‘विक्रम’ राखिएको)

भारतको हाल सम्मका चन्द्र मिशनहरु :-

मिशन मिति:
चन्द्रयान 1 २००८ अगष्ट २२
चन्द्रयान 2 २०१९ जुलाइ २२
चन्द्रयान 3 २०२३ जुलाइ १४

 

Categories

  • Current Affairs 687
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 85
  • Nepal Police 7

Latest Blogs

International Yoga Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय योग दिवस, २०२६

  • Jun 21, 2026
  • 121
International Father's Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६

  • Jun 21, 2026
  • 134
Nepal Army Civil Service Written Examination (2083/03/06)
Past Questions

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

  • Jun 21, 2026
  • 29
Gorkhapatra Institute: Accounts Officer (6th) - BS 2083/03/05
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 25
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 98
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA