Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अनौपचारिक क्षेत्रका कामदारको न्यूनतम पारिश्रमिक वृद्धि

  • Ajnabee Khadka
  • August 25, 2023
  • 346

अनौपचारिक क्षेत्रका कामदारको न्यूनतम पारिश्रमिक वृद्धि

अनौपचारिक क्षेत्रका कामदारको न्यूनतम पारिश्रमिक वृद्धि

नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ को दफा १०६ बमोजिम संवत् २०८० साउन १ गते देखि लागू हुने गरी चिया बगान बाहेकका श्रमिक र चिया बगानका श्रमिकका लागि देहाय बमोजिम न्यूनतम पारिश्रमिक निर्धारण गरेकोले सोही दफाको उपदफा (३) को प्रयोजनको लागि यो सूचना प्रकाशन गरिएको छः-

(क) चिया बगान बाहेकका श्रमिकको हकमा:-

(ख) चिया बगानका श्रमिकको हकमा:-

  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन, २०७४ अनुसार २०८० साउन १ बाट लागु हुने गरी श्रमिकको न्यूनतम पारिश्रमिक बढाएको ।
  • यसअघि श्रमिकको मासिक न्यूनतम पारिश्रमिक १५ हजार रुपियाँ रहेको थियो ।
  • अहिले आधारभूत पारिश्रमिक १० हजार ८२० र महँगी भत्ता छ हजार ४८० रुपियाँ गरी १७ हजार ३०० रुपियाँ पुराएको । यसअघि आधारभूत पारिश्रमिक नौ हजार ३८५ र महँगी भत्ता ५,६१५ रुपियाँ रहेको थियो ।
  • श्रमिकको दैनिक पारिश्रमिक ६६८ रुपियाँ पुगेको । यसअघि यो ५७७ रुपियाँ थियो ।
  • आंशिक समय मात्र काम गर्ने कामदारको अब न्यूनतम पारिश्रमिक ९५ (यसअघि ७७ रुपियाँ रहेको) रुपियाँ प्रतिघण्टा पुगेको ।
  • चिया बगानका श्रमिकको मासिक पारिश्रमिक रु. १३,८९३ (यसअघि १२,०८१ रहेको) । चिया बगानका श्रमिकको दैनिक पारिश्रमिक ६६ रुपियाँ (यसअघि ५७ रुपियाँ) पुगेको।
  • यसअघि सरकारले २०७८ सालमा श्रमिकको पारिश्रमिक निर्धारण गरेको थियो ।
  • श्रम ऐन, २०७४ ले श्रमिकको न्यूनतम पारिश्रमिक हरेक दुई/दुई वर्षमा निर्धारण हुने व्यवस्था गरेको छ ।
  • श्रम ऐन, २०७४ लागु भएपछि पहिलो पटक विसं २०७५ मा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गरिएको थियो ।

Categories

  • Current Affairs 687
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 85
  • Nepal Police 7

Latest Blogs

International Yoga Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय योग दिवस, २०२६

  • Jun 21, 2026
  • 107
International Father's Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६

  • Jun 21, 2026
  • 127
Nepal Army Civil Service Written Examination (2083/03/06)
Past Questions

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

  • Jun 21, 2026
  • 28
Gorkhapatra Institute: Accounts Officer (6th) - BS 2083/03/05
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 23
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 96
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA