Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

हावापानी आधारमा नेपालको वर्गीकरण

  • Ajnabee Khadka
  • August 29, 2023
  • 2394

हावापानी आधारमा नेपालको वर्गीकरण

हावापानी आधारमा नेपालको वर्गीकरण

विशिष्ट प्रकृतिको धरातलिय स्वरुप भएको नेपाल समुद्र सतहबाट ५९ मि.को उचाईदेखी विश्वको सर्वोच्च शिखर सगरमाथाको ८८४८ मि.को उचाईमा विभिन्न धरातलिय स्वरुपमा निर्माण भएकोले नेपालको हावापानीमा विविधता छ । भुमध्यरेखादेखी हावापानीदेखी धु्रविय हावापानीसम्मको नमुना पाइने भएकाले नेपाललाई हावापानीको स्वरुप अनुसार निम्न बमोजिम ५ भागमा विभाजन गरेको छ ।

फरक–फरक उचाई र स्वरूपका कारण क्षेत्रफलका दृष्टिले सानो मुलुक नेपालमा पनि विविध प्रकारकोहावापानी पाइन्छ । यसलाई निम्न अनुसार ५ प्रकारमा वर्गीकरण गर्ने गरिएको छ:

१. उष्ण मनसुनी हावापानीः समुन्द्री सतहदेखि १२०० मिटरसम्मको उचाईमा

२. न्यानो समशीतोष्ण हावापानी: १२०० मिटरदेखि २१०० मिटरसम्म

३. ठण्डा समशीतोष्ण हावापानी: २१०० मिटरदेखि ३३०० मिटरसम्म

४. लेकाली हावापानी: ३३०० मिटरदेखि ५००० मिटरसम्म

५. हिमाली/टुण्ड्रा हावापानी: ५००० मिटरदेखि ८८४८ मिटरसम्म

 

क) उपोष्ण हावापानी वा उष्ण मनसुनी हावापानी:

  • १२०० मिटरसम्मको होचो समथर भुभागमा पाइने हावापानी हो ।
  • गर्मीमा यसको सरदर तापक्रम १५ डिग्री सेन्टीग्रेड देखी ४० डिग्री सेन्टीग्रेडसम्म हुन्छ ।
  • गर्मीमा सरदर वर्षाको परिमाण २०० से.मी. सम्म हुन्छ ।
  • जाडोमा अति जाडो गर्मीमा अति गर्मी हुने गर्दछ ।
  • यो हावापानी ज्यादै उष्ण र शुष्क हुने हुँदा स्वास्थ्यको लागि उपयोगी नभएपनि कृषि कार्यको लागि उपयोगी हुन्छ ।
  • अन्य क्षेत्रभन्दा बढी गर्मी हुने हुँदा गृष्म ऋतुमा राँके हावा (लु) चल्ने गर्दछ ।
  • भैरहवा, नेपालगञ्ज, केैलाली जस्ता उपोष्ण क्षेत्रका तातो क्षेत्र तराई, भावर, भित्री मधेश, पहाडका गहिरा उपत्यका टार, बेँसी, खोचहरुमा यस्तो तापक्रम पाइन्छ ।

ख) न्यायो समशितोष्ण हावापानी वा उष्ण प्रदेशिय हावापानी:

  • चुरे तथा मध्य भुमीको माथिल्लो भागमा १२०० देखी २१०० मि.सम्मको भागमा पाइन्छ ।
  • यसको तापक्रम जाडो समयमा ० डिग्री सेन्टीग्रेड हुन्छ । गर्मीमा २४ देखी ३० डिग्री सेन्टीग्रेडसम्म हुन्छ।
  • गमीैको समयमा सरदर वर्षा १२५ से.मीे. हुन्छ ।
  • यो हावापानी अत्यन्त मनोरम र स्वास्थ्य हुन ।
  • काठमाडौं , पोखरा, लुम्ले जस्ता क्षेत्रहरुमा यसप्रकारको हावापानी पाइन्छ ।
  • पोखराको लुम्ले क्षेत्रमा सबभन्दा बढी पानी पर्छ ।

ग) शितोष्ण हावापानी वा ठण्डा समशितोष्ण हावापानी:

  • महाभारत लेकको माथिल्लो भाग तथा हिमालय श्रृंखला भन्दा मुनिको क्षेत्रमा २१०० देखी ३३०० मि. सम्मको क्षेत्रमा पाइने हावापानी हो ।
  • गर्मीमा १५ देखी २० डिग्री सेन्टीग्रेड र जाडोमा ० डिग्री सेन्टीग्रेड भन्दा तल झर्ने गर्छ ।
  •  गर्मीमा १०० से.मी. सम्म वर्षा हुन्छ ।
  • हिउँदमा पश्चिम क्षेत्र अत्याधिक जाडो हुन्छ ।
  • जीवन कष्ठकर भएपनि स्वास्थको दृष्टिकोणले राम्रो रहेको छ ।

घ) लेकाली हावापानी:

  • ३३०० मि. देखी ५००० मि.सम्मको उचाईमा पाइने हावापानी हो ।
  • गर्मीमा १० देखी १५ डिग्री सेन्टीग्रेड तापक्रम हुने र जाडोमा ० भन्दा तल तापक्रम पुग्ने तथा जाडोको ठण्डा धेरै समयसम्म रहने गर्छ ।
  • वर्षको झण्डे ३÷४ समय हिउँदले ढाक्ने हुँदा वर्षा ४० से.मी.सम्म मात्र हुन्छ ।
  • नेपालको उत्तरी खण्डको हिमरेखाभन्दा तल्लो भुभाग र हिमाली उपत्यका नै लेकाली हावापानी पाइने क्षेत्र छ ।
  • मनाङ, मुस्ताङ, डोल्पा जस्ता क्षेत्रहरुमा यो हावापानी पाइन्छ ।
  • यस क्षेत्रमा यासाँगुम्बा, पाँचऔले, जटामसी जस्ता बहुमुल्य जडिबुटी पाइन्छ ।

ङ) टुण्ड्रा हावापानी:

  • ५००० मि. भन्दा माथिको क्षेत्रमा पाइन्छ ।
  • सधैँ हिउँ परिरहने र जमिरहने हुँदा 0 डिग्री सेन्टीग्रेड भन्दा तल तापक्रम रहन्छ ।
  • वर्षा नगन्य हुने भएपनि हिउँवर्षा हुने गर्दछ ।
  • अत्यन्तै चिसो र शुष्क, यस हिमाली क्षेत्रको हावापानीलाई हिमाली, मरुभुमी, जलवायु, सुख्खा उजाड हिमाली हावापानी पनि भनिन्छ
  • बर्षैभरि नै हिउ परिरहने हुँदा यो क्षेत्र बसोबासको लागि अयोग्य छ ।

हावापानी विविध:

⦁        नेपालको चेरापुँजी भनेर लुम्ले (कास्की) लाई चिनिन्छ ।

⦁        नेपालमा मनसुनको प्रवेश वंगालको खाडीबाट हुन्छ ।

⦁        एउटै अक्षांश रेखामा पर्ने भएतापनि नेपालगंज र नाम्चे बजारमा फरक फरक हावापानी पाइन्छ । 

⦁        नेपालमा सबैभन्दा बढी जाडो हुने ठाउँ मुस्ताङ्ग हो ।

⦁        नेपालमा सबैभन्दा बढी गर्मी हुने ठाउँ नेपालगञ्ज हो ।

⦁        नेपालमा सबैभन्दा बढी वर्षा हुने स्थान लुम्ले कास्की हो ।

Categories

  • Current Affairs 687
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 85
  • Nepal Police 7

Latest Blogs

International Yoga Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय योग दिवस, २०२६

  • Jun 21, 2026
  • 91
International Father's Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६

  • Jun 21, 2026
  • 117
Nepal Army Civil Service Written Examination (2083/03/06)
Past Questions

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

  • Jun 21, 2026
  • 26
Gorkhapatra Institute: Accounts Officer (6th) - BS 2083/03/05
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 23
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 93
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA