Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालका जातजातिको बारे ५० तथ्यहरु

  • Ajnabee Khadka
  • August 30, 2023
  • 559

नेपालका जातजातिको बारे ५० तथ्यहरु

नेपालका जातजातिको बारे ५० तथ्यहरु

१. “नेपाल एसियाको जातीय गोलमेच हो” भनी उल्लेख गर्ने ब्यक्ती को हुन्? टोनी हेगन
२. नेपाललाई धर्म निरपेक्ष कहिले घोषणा गरिएको हो? वि सं २०६३ जेष्ठ ४ गते
३. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको स्थापना कहिले भएको थियो? वि सं २०५८ सालमा
४. नेपालमा सरकारद्वारा सूचीकृत आदिवासी जनजातिलाई कति समूहमा प्राथमिकीकरण तथा वर्गीकरण गरिएको छ? ५
५. सूचीकृत आदिवासी जनजातिलाई कुन निकायले 5 समूहमा प्राथमिकीकरण तथा वर्गीकरण गरेको थियो? आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
६. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानबाट आदिवासी जनजातिलाई 5 समूहमा प्राथमिकीकरण र वर्गीकरण गर्दा लिइएका आधारहरु कतिवटा छन्? ६
७. आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान बाट आदिवासी जनजातिलाई 5 समूहमा वर्गीकरण गर्दा लिएका छवटा आधारहरु कुनकुन हुन्? साक्षरता दर, घर तथा आवास सुविधा, पेशा, भाषा, शिक्षाको स्तर र जनसंख्याको आधार
८. हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये उन्नत समूहमा पर्ने जनजाति कुन हो? थकाली
९. हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये अति सीमान्तकृत समूहमा पर्ने जनजाति कति छन्? ३
१०. हिमाली क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरु मध्ये सुविधा बन्चित समूहमा पर्ने जनजाति कति छन्? ८
११. हिमाली क्षेत्रका सीमान्तकृत समूहमा परेका जनजाति कति छन्? ७
१२. पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये उन्नत समूहमा पर्ने जनजाति कुन हो? नेवार
१३. पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये सीमान्तकृत समूहमा पर्ने जनजाति कति छन्? ६
१४. पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये सुविधा बन्चित समूहमा पर्ने जनजाति कति छन्? ७
१५. पहाडी क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये लोपउन्मुख समूहमा पर्ने जनजाति कति छन्? ६
१६. तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये लोपोन्मुख समूहमा परेका जनजाति कति छन्? २
१७. तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिमध्ये सीमान्तकृत समूहमा परेका जनजाति कति छन्? ५
१८. तराई क्षेत्रमा बसोबास गर्ने आदिवासी जनजातिहरुमध्ये अति सीमान्तकृत समूहमा परेका जनजाति कति छन्? ३
१९. पृथ्वी नारायण शाह को पालामा  वीर रसका कथा गोरखा सेनाहरुलाई सुनाएर उत्साहित पारी एकीकरण अभियानमा सघाउने दलित को थिए? विसे नगर्ची
२०. तरालि मगरहरूको बसोबास कुन जिल्लामा रहेको छ? डोल्पा
२१. तामाङ समुदायको मुख्य व्यक्ति लाई के भनिन्छ? मुल्मी
२२. पूर्वका बासिन्दा भनेर चिनिने नेपालको कुन जाती हो? शेर्पा
२३. शेर्पा जातिका महिलाले लगाउने लुगालाई के भनिन्छ? पाङदेन
२४. चोनाम कुन जातिको मुख्य चाड हो? चेपाङ
२५. चेपाङहरुलाई प्रजा जातिको रुपमा नामाकरण कहिले गरिएको थियो? वि सं २०३४
२६. थकालीहरुले मनाउने धर्महरु कुनकुन हुन्? बौद्ध र बोन
२७. निर्देशक एरिक भेलीले कुन जातिको संस्कृतिमा आधारित चलचित्र caravan बनाएका थिए? डोल्पो
२८. व्यासी जातिको मुख्य चाड के हो? धवला
२९. मुस्ताङ जिल्लाको ल्होमन्थाङमा बसोबास गर्ने जाति कुन हो? ल्होपा
३०. कुन जातिमा ठूली छोरीको बडानी पूजा गरी व्रतबन्ध गर्ने प्रचलन रहेको छ? ब्यासी
३१. तारो हान्ने प्रतियोगिता कुन जातिमा प्रचलित छ? मनाङ्गे
३२. ठकुरी जातिको प्रमुख वासस्थानको रुपमा रहेको स्थान कुन हो? बैतडी
३३. लेप्चाहरुले कसलाई इष्टदेवता मान्दछन्? कञ्चनजङ्घालाई
३४. राई जातिको लोक बाजा केलाइ मानिन्छ? बिनायो
३५. कर्णाली अञ्चल खस जातिको कुल देवतालाई के भनिन्छ? मस्टो
३६. सुपारी बिवाहको चलन रहेको जाति कुन हो? धिमाल
३७. मगर जातिको धर्मग्रन्थलाई के भनिन्छ? फोग्यु
३८. दशै नाच कुन जातिले मनाउछन? सतार
३९. जनजातिहरु मध्ये सबैभन्दा धेरै संख्यामा रहेको जनजाति कुन हो? मगर
४०. नेपालमा भुँयार र दारेमष्टको पूजा गर्ने प्रचलन कुन जातिमा रहेको छ? झाँगड
४१. कुन योजनादेखि सबै आदिवासीलाई लक्षित गरी कार्यक्रमको तर्जुमा तथा कार्यान्वयन गरिएको थियो? नवौं योजनादेखि
४२. मेचे जातिका महिलाले लगाउने भेषभूषालाई के भनिन्छ? डोखना
४३. सतारहरुको मुख्य मानिसलाई के भनिन्छ? माझिमडाम
४४. मातृसत्तात्मक समाज भएको जाति कुन हो र कहाँ बसोबास गर्दछन्? पहरी, काभ्रे
४५. छोरी ज्वाईलाई अंश पाउने प्रथा कुन जातिमा प्रचलित रहेको छ? मतवाली क्षेत्री
४६. दुलहा प्रतिनिधीको रुपमा हतियार पठाएर विवाह सम्पन्न गर्ने जाति कुन हो? थारु
४७. चामलको पिठो लाई बाफमा पकाएर तयार पारेको परिकारलाई थारुहरुले के भन्दछन? ढिक्री
४८. चतारा जातिको बसोबास भएको जिल्ला कुन हो? गोरखा
४९. नेपालमा सबैभन्दा बढि बाहुल्यता भएको जाति कुन हो? क्षेत्री (१६.६%)
५०. कुन जातिमा मृत्युपछि “घेवा” गराउने चलन रहेको छ? तामाङ्ग

Categories

  • Current Affairs 687
  • Gorkhapatra 317
  • Others 1071
  • Vacancy 1
  • Past Questions 85
  • Nepal Police 7

Latest Blogs

International Yoga Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय योग दिवस, २०२६

  • Jun 21, 2026
  • 78
International Father's Day, 2026
Current Affairs

अन्तर्राष्ट्रिय बुवा दिवस, २०२६

  • Jun 21, 2026
  • 106
Nepal Army Civil Service Written Examination (2083/03/06)
Past Questions

नेपाली सेना अमलदार कर्मचारी लिखित परीक्षा (२०८३/०३/०६)

  • Jun 21, 2026
  • 24
Gorkhapatra Institute: Accounts Officer (6th) - BS 2083/03/05
Past Questions

गोरखापत्र संस्थान: लेखा अधिकृत (छैठाैँ) - वि.सं. २०८३/०३/०५

  • Jun 20, 2026
  • 21
Civil Sub-Engineer Examination (2083 Ashar 6)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 20, 2026
  • 93
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA