आर्थिक विकासका संवाहकहरुः सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्र

पृष्ठभूमि
आर्थिक विकास बहुआयामिक तथा जटिल प्रक्रिया हो । मुलुकको कूल गार्हस्थ्य उत्पादन, कुल राष्ट्रिय उत्पादन, प्रति व्यक्ति आयको सकारात्मक वृद्धिका साथै सामाजिक, र संस्थागत विकास भई आमजनताको जीवनस्तरमा आएको बढोत्तरी आर्थिक विकास हो । यसले आर्थिक वृद्धिका साथै सामाजिक मूल्यमान्यता, सोच, संस्थाहरूको सबलीकरण, प्राविधिक सुधार र उन्नयन, विकासका विभिन्न पात्रहरूसँगको साझेदारी, प्राकृतिक स्रोतको महत्त्व उपयोग, मानव संसाधनको रणनीतिक परिचालन र प्रयोग, सबल र प्रभावकारी आर्थिक कूटनीति, अन्तर्राष्ट्रिय सम्बन्ध लगायतका तमाम विषयहरूको माग गर्दछ । यस्तो बहुविषय र बहुपात्रसँग जोडिएको आर्थिक विकासको कार्य सरकार एक्लैले गर्न, वर्तमान सन्दर्भमा सम्भव हुँदैन । यसैले मुलुकलाई आर्थिक विकासको बाटोमा हिँडाउन सरकार, निजी क्षेत्र, सहकारी क्षेत्र, सामुदायिक संघसस्था, गैरसरकारी संस्था, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय र आमजनताको सक्रिय भूमिका रहन्छ ।
(क) सार्वजनिक क्षेत्र:
आर्थिक विकासमा सार्वजनिक क्षेत्रको भूमिका
आर्थिक विकासमा सरकारको सक्रियता, संलग्नता र भूमिका महत्त्वपूर्ण हुन्छ । नेपालजस्तो आर्थिक रूपमा कमजोर मुलुकमा विकासका हरेक पक्षहरूमा सरकारको भूमिका अझै बढी रहन्छ । जसलाई देहायका बुँदाहरूबाट उल्लेख गर्न सकिन्छ ।
आर्थिक विकासको नेतृत्व गर्ने, सहजकर्ता, समन्वयकर्ता,
सार्वजनिक स्रोतको परिचालन गर्ने,
रणनीतिक महत्त्वका पूर्वाधारहरूको विकासद्धारा उच्च र दिगो विकासको आधार निर्माण गर्ने ,
समष्टिगत आर्थिक स्थायित्व कायम गर्ने,
नीतिगत, प्रक्रियागत, कानुनी र नियामक सुधार गरी आन्तरिक र बाह्य लगानीको वातावरण तयार गर्ने ,
सामाजिक सुरक्षा र संरक्षण सुदृढ गर्ने ,
सरकारी, निजी, र गैरसरकारी तथा सामुदायिक क्षेत्रलाई विकास प्रक्रियामा अघि बढाउने ,
योजना तथा नीति उत्पादन र कार्यान्वयन गर्ने,
मानव स्रोतको महत्त्व उपयोग र विकास गर्ने,
वैदेशिक सहायताको व्यवस्थापन गर्ने,
आधारभूत क्षेत्रमा आर्थिक सामाजिक पूर्वाधार निर्माण गर्ने,
कानुनको शासन, शान्ति सुव्यवस्था तथा अमन चयन कायम गर्दै सुशासनको प्रत्याभूति गराउने,
अनुसन्धान तथा विकासमा जोड दिने,
आर्थिक कूटनीतिको प्रवर्द्धन गर्ने,
सामाजिक न्यायसहितको आर्थिक प्रणालीको निर्माण गर्ने,
अर्थतन्त्रको दूर दृष्टि तयार गर्ने,
वित्तीय संस्थाहरूको सञ्चालनमार्फत वित्तीय सेवा प्रदान गर्ने (नेपाल बैङ्क लिमिटेड, राष्ट्रिय वाणिज्य बैङ्क, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान)
आर्थिक सामाजिक रूपमा विपन्न , सीमान्तकृत गरिब वर्गको जीवनस्तर सुधारका लागि लघु वित्तीय सेवाहरू प्रदान गर्ने,
व्यापारिक औद्योगिक पूर्वाधारहरूको विकासमा लगानी गर्ने( निर्यात प्रवर्द्धन क्षेत्र, विशेष आर्थिक क्षेत्र, व्यापार अवरोध हटाउने, सुख्खा बन्दरगाहको निर्माण)
कृषि क्षेत्रको आधुनिकीकरण, व्यवसायीकरण, वैज्ञानिकीकरण र बजारीकरण गर्ने,
निजी क्षेत्रको विकास र लगानी अभिवृद्धि गर्न आवश्यक नीतिगत, संस्थागत, र कानुनी व्यवस्था गर्ने,
मुलुकको विकास निर्माणका कार्यक्रमहरूको समन्वय, अनुगमन, तथा मूल्याङ्कन र दिशा निर्दिष्ट गर्ने ,
प्राकृतिक साधन स्रोतका संरक्षण, संवर्द्धन र उपयोग गर्ने,
विकासमा जनसहभागिताको लागि प्रोत्साहन गर्ने ।
(ख) निजी क्षेत्र:
कुनै व्यक्ति वा समूहद्धारा स्थापित र सञ्चालित नाफा कमाउने उद्देश्यसहितका व्यापारिक वा व्यावसायिक संस्थाहरू नै निजी क्षेत्र हुन् । निजी क्षेत्र आर्थिक वृद्धिको आधारशिला हुन् । निजी क्षेत्रसँग उद्यमशीलता, सृजनशीलता, नवीनतम प्रविधि, जोखिम वहन गर्ने क्षमता हुन्छ । यो नाफामुखी हुन्छ । निजी व्यवसाय, निजी उद्यम तथा निजी उद्यमशीलताको नामले निजी क्षेत्र चिनिन्छ ।
निजी क्षेत्रका पक्षहरु/निजी क्षेत्रभित्र के के पर्छन् ?
व्यक्तिगत व्यवसायहरू,
एक उद्योग समूहभित्रका पर्ने सबै उद्यमहरू,
एक आर्थिक क्षेत्रभित्रका सबै उद्यमहरू,
निजी क्षेत्रको परिधिभित्र सिर्जना भई कार्यान्वयनमा रहेका सबै उद्योगी व्यवसायी समुदायहरू,
कृषिजन्य वा गैरकृषिजन्य व्यापारिक क्रियाकलापहरू,
व्यक्ति वा समूहद्धारा स्थापित एवं व्यवस्थित उद्योग व्यवसायहरू,
साना तथा घरेलु, मझौला र ठुला उद्योग व्यवसायहरू,
बहुराष्ट्रिय कम्पनीहरू,
समग्रमा निजी क्षेत्रभित्र औद्योगिक, व्यापारिक र सेवाजन्य उद्योग व्यवसायहरू पर्दछन्।
निजी क्षेत्रका चरित्र/विशेषताः
१. उद्यमशीलता
कार्यक्षेत्रको पहिचान,
पुँजीको लगानी,
लगानी गरिएको पुँजीको सही उपयोग,
लगानीको उचित प्रतिफल हासिल र
नाफाबाट थप लगानी ।
२. प्रतिस्पर्धा र व्यावसायिक वातावरण
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा,
रणनीतिक कदम ।
३. नाफामखीः
नाफा हुने उद्यममा मात्रै लगानी ।
४. कार्यकुशलता
स्रोतसाधनको कुशल व्यवस्थापन गर्ने नीति र कार्यक्रम अवलम्बन ।
५. प्रभावकारिता
लगानी र प्रतिफल बिच सन्तुलन हुने गरी काम गर्ने ।
६. मितव्ययी
थोरै खर्चबाट धरै उत्पादन र वितरण गर्ने प्रयास ।
७. रणनीतिक योजना
रणनीतिक रूपले लगानी गर्ने र प्रतिफल हासिल गर्ने कार्यशैली ,
रणनीतिक योजना निर्माण र सोही आधारमा लगानी ।
८. कार्यसम्पादन व्यवस्थापनः
लगानी र उपलब्धिका बिचको अन्तरलाई मापन गर्ने सूचकहरूको निर्माण,
कर्मचारीहरूको मूल्याङ्कन गर्ने,
तलब र अन्य सुविधा कामको परिणामको आधारमा दिने ।
९. बजारोन्मुखः
वस्तु तथा सेवाको उत्पादन वा वितरण गर्दा बजारको माग र र्पूिर्तको अवस्थाको आकलन ।
१०. नतिजामुखी कार्यशैली
कति लगानी ग¥यो भने कति उत्पादन गर्न सकिन्छ र कति नाफा कमाउन सकिन्छ भनी अनुमान गरी साधनस्रोतको प्रयोग ।
११. सेवाग्राहीमुखीः
उत्पादनमा विविधता ।
१२. खोजमूलक कार्यशैली
नयाँ मोडल, नयाँ मूल्य, नयाँ आकर्षणको खोजी,
उपभोक्ताको मन जित्न चाहने ।
१३. लगानी, स्वामित्व, जोखिम, रोजगारीको व्यवस्था, संस्थागत सामाजिक दायित्व ।