Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

हेलो सरकार र यसको प्रभावकारिता

  • Ajnabee Khadka
  • September 12, 2023
  • 507

हेलो सरकार र यसको प्रभावकारिता

हेलो सरकार र यसको प्रभावकारिता

तीन सिफ्ट गरी २४ सै घण्टा सञ्चालनमा आएको हेलो सरकारले द्रुत गतिमा नागरिकका गुनासो सम्बोधन गरेको छ ।

कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोलखा जिल्लाको बिगु गाउँपालिकाको वडा नं.–४ सिंगटीमा मानव बस्तीभन्दा माथि रहेको ठूलो ढुंगोका कारण ३२ घरधुरी जोखिममा परेको गुनासो सुनेका थिए ।

– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हेलो सरकारको विस्तारित सेवाको उद्घाटन गरिएको ।

– नागरिकले गुनासो गर्ने ‘प्लेटफर्म’ हेलो सरकार विभिन्न उतारचढावबिच चौबिसै घण्टा सञ्चालनमा आएको ।

– २०६८ कात्तिक १७ देखि सञ्चालनमा रहेको हेलो सरकार लामो समययता निष्क्रिय अवस्थामा रहेको थियो ।

– यसअघि नेपाल टेलिकम मात्र रहेकामा अब ११११ मा एनसेलबाट पनि गुनासो टिपाउन सकिने ।

– फोन, इमेल, फेसबुक, ट्विटर, ह्वाट्स एपलगायतका डिजिटल माध्यमबाट समेत गुनासो टिपाउन सकिने ।

– गुनासोको प्रकृति हेरी सम्बन्धित निकायमा पढाइ समस्या समाधानमा सहजीकरणसमेत गर्ने व्यवस्था ।

– तत्काल समस्या समाधानका लागि ¥यापिड रेस्पोन्स टिम ।

– तीन सिफ्टको कार्यतालिका बनाई सोही अनुरूप कर्मचारी व्यवस्थापन गरिएको ।

– सरकार र नागरिकबिचको सम्बन्धलाई घनीभूत बनाउन र शासकीय प्रणालीमा जनताको सहभागितालाई सव्रिmय तथा सशक्त बनाउने अवधारणासाथ हेलो सरकार सञ्चालन गरिएको ।

जनगुनासो सम्बोधन गर्न २०६८ कात्तिक १७ गते हेलो सकार कक्ष स्थापना भएको थियो । विभिन्न चरणमा पोर्टल सुधार, गुनासो ट्रयाकिङ गरिँदै आएको हेलो सरकारले १२ वर्ष पुरा गरेको छ । भूकम्पपछि टहरोबाट दुई सिफ्टमा सञ्चालन भएको थियो । तर द्रुत गतिमा जन गुनासो सम्बोधन गर्न सरकारले २४ सै घण्टा सञ्चालनमा ल्याएको हो । पोर्टल विकास, मन्त्रालय र केन्द्रीय निकायका नोडल अधिकृत तोकिएको छ ।

सुशासन(व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ३१ र सुशासन नियमावली २०६५ नियम २० को व्यवस्था गरिएको छ । केही नियम परिमार्जन गरी सरकारले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०८० जारी गरेको छ ।

पछिल्लो समय आम नागरिकबीच लोकप्रिय बन्दै गएको हेलो सरकारमा आएका गुनासो द्रुत गतिमा सम्बोधन गर्नका लागि थप सुविधा ल्याएको छ ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 53
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 267
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 205
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 275
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 387
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA