Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राजा त्रिभुवनको २००७ साल फागुन ७ गतेको शाही घोषणा

  • Ajnabee Khadka
  • September 17, 2023
  • 445

राजा त्रिभुवनको २००७ साल फागुन ७ गतेको शाही घोषणा

राजा त्रिभुवनको २००७ साल फागुन ७ गतेको शाही घोषणा

“आगे हाम्रो मुलुकका भाइ–भारदार, सन्त–महन्त, रैती–दुनियाँ, साहू महाजन गैह्रके यथोके यथोचित,उप्रान्त सम्वत् १९०३ सालमा त्यस समयमा यो राज्यको गद्दीमा राज भएको हाम्रा स्वर्गीय पूज्य जिज्युबुवाज्यू श्री ५ महाराजाधिराज सुरेन्द्रवीरविक्रम शाहदेवले धेरै गम्भीर र महìवपूर्ण कारणले आफ्नो र आफ्ना उत्तराधिकारीहरूका तर्फबाट यो मुलुकको शासनभार श्री ३ महाराज जङ्गबहादुर राणालाई सुम्पिबक्सेको हुनाले, उपरोक्त श्री ३ महाराज जङ्गबहादुर राणाका उत्तराधिकारीहरूले हाम्रा पूर्वजहरूका तर्फबाट मौसुफहरूका प्राइममिनिस्टरहरूको हैसियतमा यो राज्यको शासन चलाइआएकाले, औ वर्तमान समयमा श्री ३ महाराज मोहनशमशेर जङ्गबहादुर राणाले हाम्रो तर्फबाट औ हाम्रो नाममा यो राज्यको शासन चलाइ आएको हो, औ हाम्रा प्रजाको शासन अब उप्रान्त निजहरूले निर्वाचन गरेको एक वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रतात्मक विधानको अनुसार होओस् भन्ने अहिले हाम्रो इच्छा र निर्णय भएकोले, औ सो विधान तयार नभएसम्म अहिले हामीलाई हाम्रो कार्य–सम्पादन गर्नमा मद्दत र सल्लाह दिनाका निमित्त दुनियाँको विश्वास भएका दुनियाँका प्रतिनिधिहरूसमेत सम्मिलित भएको एक मन्त्रिमण्डलको सङ्गठन होओस् भन्ने हाम्रो इच्छा र निर्णय भएकोले, तसर्थ हामीबाट यो घोषणाद्वारा हामीलाई हाम्रो कार्यको सम्पादनमा मद्दत गर्न हाम्रा अति विश्वासपात्र र प्रिय श्री ३ महाराज मोहनशमशेर जङ्गबहादुर राणा हाम्रो प्राइममिनिस्टर र परराष्ट्रमन्त्री, (२) श्री मिनिस्टर बबरशमशेर जङ्गबहादुर राणा रक्षामन्त्री, (३) श्री विश्वेश्वरप्रसाद कोइराला गृहमन्त्री, (४) श्री सुवर्णशमशेर अर्थमन्त्री, (५) श्री चुडाराजशमशेर वन–विभागका मन्त्री, (६) श्री गणेशमान सिंह उद्योग–वाणिज्य मन्त्री, (७) श्री नृपजङ्ग राणा शिक्षामन्त्री, (८) श्री भद्रकाली मिश्र यातायातमन्त्री, (९) यज्ञबहादुर बस्न्यात स्वास्थ्य, स्वायत्त शासनमन्त्री, (१०) श्री भरतमणि शर्मा खाद्य र कृषिमन्त्रीसमेत अरू मन्त्रीहरू सम्मिलित भएको एक मन्त्रिमण्डल गठन र नियुक्त गरिबक्सेका छौँ । 

माथि उल्लेख गरिएका मानिसहरू हाम्रो इच्छाअनुसार आफ्नो ओहदामा रहनेछन् औ संयुक्त रूपमा हामीप्रति जिम्मेदार रहनेछन् । यो राज्यको शासनसम्बन्धी विषयहरूमा मन्त्रिमण्डलका सबै निर्णयहरू हामीलाई जाहेर गर्ने हाम्रो प्राइममिनिस्टरको कर्तव्य हुनेछ औ यो राज्यको शासनसम्बन्धी विषयहरूका बारेमा हामीले खोजिबक्सेका सबै समाचार पनि उनीले हामीलाई जाहेर गर्ने उनको कर्तव्य हुनेछ । 

औ हामी यसद्वारा हाम्रा सबै प्रजालाई हामी र हाम्रा उत्तराधिकारीप्रति सच्चा वफादारी धारण गर्नका निमित्त आमन्त्रण गर्दछौँ औ हाम्रा सबै जङ्गी, निजामती अफिसरहरू र यस राज्यका अरू बासिन्दाहरूलाई आज्ञाकारी भई हाम्रा मन्त्रीहरूलाई निजको कर्तव्यको सम्पादनमा मद्दत र सहायता गर्नलाई आदेश गरिबक्सेका छौँ । 

राजनैतिक अपराधमा परेका सबैलाई निजहरू २००७/१२/२०/२ अघि आफ्ना घर फर्की शान्तिमय कामकाजमा लागे भने निजहरूलाई माफी र विस्मृति दिने, औ त्यस्ता अपराधमा जफत भएका निजहरूका जायदाद तिनीहरूलाई फिर्ता दिने हाम्रो शाही इच्छा छ ।  यो हाम्रो आन्तरिक आशा छ कि यो नयाँ व्यवस्थामा सरकार र दुनियाँले मिलिजुली नेपालको उन्नति र समृद्धिका निमित्त प्रयत्न गर्नेछन् । परमेश्वरले हामीलाई र हाम्रा अधिकारीवर्गलाई हाम्रा प्रजाको हितका निमित्त उपरोक्त हाम्रा इच्छाहरू पालन गर्ने शक्ति दिऊन् ।”

Categories

  • Current Affairs 679
  • Gorkhapatra 315
  • Others 1063
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

International organizations and programs
Others

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

  • Jun 16, 2026
  • 89
Questions and answers related to international organizations/institutions
Others

अन्तर्राष्ट्रिय संघ/संस्था सम्बन्धित प्रश्नोत्तर

  • Jun 16, 2026
  • 128
Provincial Budget (Fiscal Year 2083/84)
Current Affairs

प्रदेशगत बजेट (आर्थिक वर्ष २०८३/८४)

  • Jun 16, 2026
  • 113
World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 181
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 192
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA