Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राष्ट्रिय बाल दिवस: “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी”

  • Ajnabee Khadka
  • September 20, 2023
  • 308

राष्ट्रिय बाल दिवस: “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी”

राष्ट्रिय बाल दिवस: “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी”

नेपालले बालअधिकारसम्बन्धी महासन्धी १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिता जस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिवद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

– विसं २०८० को नारा – “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” 

नेपालको संविधानको धारा ३९ मा बालबालिकाको हकसम्बन्धी व्यवस्था रहेको, जसमा बालबालिकालाई राज्यबाट शिक्षा, स्वास्थ्य, पालनपोषण, उचित स्याहार, मनोरञ्जन, खेलकुद तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हकको व्यवस्थालगायत कुनै पनि बहानामा दुव्र्यवहार, उपेक्षा शारीरिक, मानसिक, यौनजन्य वा कुनै प्रकारको शोषणा गर्न नपाइने प्रावधान रहेको ।

सन् १८५७ मा म्यासेचुसेट्सको चेल्सीस्थित युनिभर्सलिस्ट चर्च अफ द रिडीमरका पादरी रेभरेन्ड डा चार्ल्स लियोनार्दले बाल दिवसको सुरुवात गरेका थिए। लियोनार्दले यस दिनको नाम गुलाफ दिवस राखेका थिए र त्यसपछि यसलाई बाल दिवसमा परिणत गरिएको थियो।

नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले शुरु गरेको इतिहासमा उल्लेख छ । भारत भ्रमण गर्ने क्रममा उनले भारतमा माहात्मा गान्धीको जन्मदिनमा बालदिवस मनाउने गरेको र भारतका प्रभावशाली राजनेताद्वारा समाजसेवामा सक्रियताबाट प्रभावित भएर आफ्नो जन्म दिनपारी नेपाल बाल संगठन स्थापना गरी आफ्नै जन्म दिनमा बालमन्दिर मार्फत टुहुरा अनाथ बालबालिकाको संरक्षणको थालनी गरेको दिनलाई नै राष्ट्रिय बालदिवसको घोषणा गरी सो समयदेखि नियमित रुपमा बालदिवस मनाउन थालिएको हो ।

Categories

  • Current Affairs 679
  • Gorkhapatra 315
  • Others 1063
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

International organizations and programs
Others

अन्तर्राष्ट्रिय संघ/संस्था र तिनका प्रमुख कार्यक्रमहरू

  • Jun 16, 2026
  • 90
Questions and answers related to international organizations/institutions
Others

अन्तर्राष्ट्रिय संघ/संस्था सम्बन्धित प्रश्नोत्तर

  • Jun 16, 2026
  • 128
Provincial Budget (Fiscal Year 2083/84)
Current Affairs

प्रदेशगत बजेट (आर्थिक वर्ष २०८३/८४)

  • Jun 16, 2026
  • 113
World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 181
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 192
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA