Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • September 27, 2023
  • 490

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. राष्ट्रिय शिक्षा दिवस कहिले मनाइन्छ ?

 आश्विन २

– नेपाल सरकार, मन्त्रीपरिषद्बाट मिति २०८० जेठ ९ मा अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ जारी भएको दिन राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय भए अनुसार हरेक वर्ष आश्विन २ गते शिक्षा दिवस मनाउन थालिएको ।

– यस वर्ष (२०८०) को राष्ट्रिय शिक्षा दिवसको आदर्श वाक्य ‘समावेशी र सिपमूलक शिक्षा ः स्वदेशमै युवा राष्ट्रको इच्छा’ रहेको ।

– पहिलो शिक्षा दिवस २०३१ मा मनाइएको ।

– पहिलो शिक्षा दिवसको नारा : शिक्षाको उज्यालो घामबाट कोही पनि बञ्चित हुन नपरोस् ।

– राष्ट्रिय शिक्षा दिवस गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवस (सेप्टेम्बर ८) का दिन मनाउन थालिएको थियो ।

२. एसिया कप क्रिकेट, २०२३ को सञ्चालन मिति कुन हो ?

 सन् २०२३ अगस्ट ३०–सेप्टेम्बर १७

– आयोजक राष्ट्र ः पाकिस्तान र श्रीलङ्का संयुक्त रूपमा

– विजेता ः भारत (उपविजेता ः श्रीलङ्का)

– यससँगै भारत एसिया कपमा आठौँ पटक च्याम्पियन बनेको । भारतले यसअघि १९८४, १९८८, १९९१, १९९५, २०१०, २०१६ र २०१८ मा उपाधि जितेको थियो । गत संस्करणमा श्रीलङ्का च्याम्पियन बनेको थियो ।

– फाइनल खेलमा टस जितेर ब्याटिङ गरेको श्रीलङ्का १५.२ ओभर खेल्दै ५० रनमा अलआउट भएको थियो । जवाफमा भारतले ६.१ ओभरमै ५१ रन बनाएर जित हासिल गरेको थियो ।

– फाइनल खेलका म्यान अफ द म्याच : मोहमद सिराज (भारत)

– प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी : भारतीय स्पिनर कुलदीप यादव

– एसिया कपमा नेपालले पहिलो पटक (सन् २०२३ मा) सहभागिता जनाएको थियो । नेपालले प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तानसँग प्रतिस्पर्धा ग¥यो । पहिलो पटकको सहभागितामै नेपालले प्रभावशाली प्रदर्शन गरी मन जित्न सफल भएको ।

३. साइबर सुरक्षा फर्म थ्रेटनिक्सको आयोजनामा ह्याकरको सम्मेलन ‘थ्रेटकन थ्रेटकन २०२३’ कहिले सम्पन्न भएको हो ?

 विसं २०८० भदौ २५–२७

४. एसियाली विकास बैङ्क (एडिबी) द्वारा सन् २०२३ सेप्टेम्बरमा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

 ४.३

– गत आवमा १.९ प्रतिशतको आर्थिक वृद्धिदर रहेकोमा चालु आवमा सुधार हुने प्रक्षेपण एडिबीको रहेको ।

– नेपाल सरकारद्वारा भने चालु बजेटमार्फत ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखिएको ।

– एडिबीका अनुसार मुद्रास्फीति ६.२ प्रतिशत हुने ।

– सरकारले चालु आवमा मुद्रास्फीति ६.५ प्रतिशतभित्र कायम गर्ने लक्ष्य लिएको ।

५. नेपालमा पहिलो पल्ट सरकारी तवरबाट राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?

 विसं २०७५ असार २०

– (नारा : नसर्ने रोगमा प्राकृतिक चिकित्सा)

६. नेपालले बायो डाइभर्सिटी बियोन्ड नेसनल जुरिडिक्सन (बिबिएनजे) सम्बन्धी सम्झौतामा कहिले हस्ताक्षर गरेको हो ?

 विसं २०८० असोज ३ (सन् २०२३ सेप्टेम्बर २०)

– संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभाको सन्दर्भमा राष्ट्रसङ्घले प्रस्ताव गरेको यस सम्झौतामा पराराष्ट्रमन्त्री प्रकाशशरण महतद्वारा हस्ताक्षर भएको ।

– यो सम्झौताले सन् २०३० सम्ममा ३० प्रतिशत जमिन र समुद्रको प्रभावकारी संरक्षण र व्यवस्थापन गर्ने लक्ष्यको उपलब्धिलाई सहज बनाउने राष्ट्रसङ्घले जनाएको ।

– यो सम्झौतामा विश्वभरिका राष्ट्रलाई सन् २०२३ को सेप्टेम्बर २० तारिखदेखि सन् २०२५ को सेप्टेम्बर २० तारिखसम्म हस्ताक्षर गर्ने समय सीमा दिइएको ।

– नेपालले सम्झौतामा हस्ताक्षर भएको दिनमा नै हस्ताक्षर गरेको ।

७. सन् २०२३ सेप्टेम्बरमा सार्वजनिक फिफा वरीयतामा नेपाल कति औँ स्थानमा रहेको छ ?

 १७५ औँ

– शीर्ष पाँच स्थानमा रहेका राष्ट्रहरू : अर्जेन्टिना, फ्रान्स, ब्राजिल, इङ्ग्ल्यान्ड र बेल्जियम ।

दक्षिण एसियाली राष्ट्रहरूको स्थिति

भारत : १०२ औँ

माल्दिभ्स : १५५ औँ

नेपाल : १७५ औँ

भुटान : १८४ औँ

बङ्गलादेश : १८९ औँ

पाकिस्तान : १९७ औँ

श्रीलङ्का : २०२ औँ

८. भारतमा पहिलो पटक महिलाका लागि राजनीतिक आरक्षण प्रदान गर्ने विधेयक लोकसभाबाट कहिले पारित भएको हो ?

 सन् २०२३ सेप्टेम्बर २०

– अब माथिल्लो सदन राज्य सभाबाट पनि विधेयक पारित हुनुपर्ने छ ।

– महिला आरक्षण विधेयक अनुसार अब लोकसभा चुनावमा महिलाका लागि कम्तीमा ३३ प्रतिशत सिट आरक्षण हुने छ ।

– लोकसभाको ५४३ सिटमध्ये १८१ सिट महिलाका लागि आरक्षित हुने छन् ।

– भारतमा यससम्बन्धी विधेयक सन् १९९६ मा ल्याइएको थियो, तथापि पारित हुन सकेको थिएन ।

९. भैरव पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

 हास्यव्यङ्ग्यकार मुन पौडेल

– पुरस्कार राशि : एक लाख ११ हजार १११ रुपियाँ

– भैरव वाङ्मय पुरस्कार प्राडा अभि सुवेदीलाई प्रदान गरिएको । पुरस्कार राशि ः एक लाख एक हजार १११ रुपियाँ

– भैरव प्रतिभा पुरस्कार व्यङ्ग्यकार बद्रीप्रसाद दाहाल (भस्मासुर) लाई प्रदान गरिएको । यस पुरस्कारको राशि ५१ हजार १११ रुपियाँ रहेको ।

१०. रत्नपार्क–सूर्यविनायक द्रुत बस सेवा कहिलेदेखि सुरु भएको हो ?

 विसं २०८० असोज ३

– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा बस ¥यापिड ट्रान्जिट (बिआरटी) तथा द्रुत बस सेवा सञ्चालनमा ल्याइएको । रत्नपार्कस्थित शान्ति वाटिकाबाट

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाद्वारा उद्घाटन भएको ।

– सडक विभागको द्रुत बस सञ्चालनका लागि डेडिकेटेड लेन छुट्याइएको ।

११. इन्डोप्यासिफिक क्षेत्रका सेनाप्रमुखहरूको सम्मेलन–२०२३, कहाँ आयोजना गरियो ?

 नयाँ दिल्ली, भारत (१३ औँ संस्करण)

– भारतीय र अमेरिकी सेनाको संयुक्त आयोजनामा सन् २०२३ सेप्टेम्बर २५–२७ सम्म ।

– सम्मेलनको शीर्षक ‘शान्तिका लागि एकै साथ : हिन्द प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थायित्व’ ।

– सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, इन्डोनेसिया, जापान, मलेसिया, ब्रुनाई, कम्बोडिया, कोरिया, मङ्गोलिया, म्यानमार, न्युजिल्यान्डलगायतका देशहरूबाट प्रधान सेनापति सहभागी भएका ।

– नेपालबाट प्रधान सेनापति प्रभुराम शर्माको सहभागिता रहेको ।

१२. क्यानडाको थिङ्क ट्याङ्क फेजर इन्स्टिच्युटद्वारा जारी प्रतिवेदन अनुसार स्वतन्त्र अर्थतन्त्रसम्बन्धी विश्वव्यापी सूचीमा नेपाल विश्वमा कति औँ स्थानमा रहेको छ ?

 १०३ औँ

– प्रथम, द्वितीय र तृतीय स्थानमा क्रमशः स्विट्जरल्यान्ड, न्युजिल्यान्ड र अमेरिका रहेका ।

१३. गोपालदास पत्रकारिता पुरस्कार–२०८० कसलाई प्रदान गरियो ? 

 निर्मला शर्मा

– पुरस्कार राशि ः एक लाख ५१ हजार रुपियाँ रहेको ।

–  त्यस्तै एक लाख १० हजार रुपियाँ राशिको सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार खोटाङका दमन राईलाई

प्रदान गरिएको ।

१४. ‘जीवन्त सम्बन्ध’ नामक पुस्तकका लेखक को हुन् ?

 वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिल (२०८० असोज ५ मा लोकार्पण)

१५. एसियाली खेलकुद प्रतियोगितामा नेपाल कहिलेदेखि सहभागी हुँदै आएको हो ?

 सन् १९५१ (पहिलो एसियाडदेखि नै)

– सन् १९५१ मा नयाँ दिल्लीबाट सुरु भएको एसियाडदेखि नै नेपाल निरन्तर रूपमा सहभागी हुँदै आएको ।

– नेपालले हालसम्म एसियाडमा दुई रजत र २३ कांस्य पदक हासिल गरेको । नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १० औँ संस्करणमा पहिलो पटक पदक जितेको । तेक्वान्दोका विधान लामा, राजकुमार राई, राजकुमार वुचे र रामबहादुर घर्ती क्षेत्री एवं बक्सिङका दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कांस्य पदक जितेका ।

– नेपाललाई एसियाडमा पहिलो रजत सन् १९९८ को १३ औँ बैङ्कक एसियाडमा (तेक्वान्दोकी सविता राजभण्डारी) प्राप्त भएको । सोपश्चात् सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको १८ औँ एसियाली खेलकुदमा नेपालको प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको ।

– एसियाडमा लगातार दुई पटक कांस्य पदक प्राप्त गर्ने खेलाडी – दीपक विष्ट (सन् २००२ को बुसान र २००६ को दोहा एसियाड) ।

१६. प्रतिष्ठित ‘युएन ह्युमन राइट्स प्राइज, २०२३’ बाट सम्मानित हुने नेपाली संस्था कुन हो ?

 मानव सेवा आश्रम (केन्द्रीय कार्यालय : हेटौँडा)

१७. राहदानी विभागका अनुसार कहिलेसम्ममा सबै नेपालीको हातमा ई–पासपोर्ट पु¥याउने लक्ष्य रहेको छ ?

 सन् २०३०

१८. राष्ट्रकवि माधव घिमिरे पुरस्कार–२०८० बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

 प्राडा वासुदेव त्रिपाठी

– मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानले पहिलो पटक घोषणा गरेको एक लाख राशिको सो पुरस्कार राष्ट्रपति पौडेलद्वारा त्रिपाठीलाई प्रदान गरिएको ।

– राष्ट्रकवि घिमिरे परिवारद्वारा स्थापित अक्षयकोषबाट प्रतिष्ठानले नेपाली साहित्य र वाङ्मयका क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तिलाई बर्सेनि सो पुरस्कार प्रदान गर्ने ।

१९. मध्यपहाडी लोकमार्गमा सबैभन्दा बढी भाग पर्ने जिल्ला कुन हो ?

 बागलुङ

२०. २०७९ सालको पद्मश्री साहित्य पुरस्कार कसलाई प्रदान गरियो ?

 समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदी (उपन्यास : मनु)

– यसै गरी पद्मश्री साधना सम्मान कलाकार दुर्गा बराल (बात्स्यायन) लाई प्रदान गरिएको ।

– पद्मश्री गौरव पुरस्कार काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मालाई प्रदान गरिएको ।

– तीन वटै पुरस्कारको राशि तीन/तीन लाख रुपियाँ रहेको ।

– प्रदान गर्ने संस्था : खेमकला हरिकला समाज कल्याण प्रतिष्ठान ।

२१. विश्वमा हाल गैँडाको सङ्ख्या कति रहेको छ ?

 २७ हजार

– आइयुसिएनसहितका संरक्षण निकायले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार हाल विश्वमा गैँडाको सङ्ख्या २७ हजार पुगेको ।

– पछिल्लो समय गैँडा संरक्षणका लागि विश्वभर विभिन्न कार्यक्रम हुनुका साथै संरक्षणसम्बन्धी कानुनलाई प्रभावकारी ढङ्गले अघि बढाइएकाले गैँडाको सङ्ख्यामा सुधार आएको ।

हाल गैँडाको सङ्ख्या : २७,००० (पहिले : २६,२७२)

सेतो गैँडा (हाल) : १६,८०३ (पहिले : १५,९४२)

कालो गैँडा (हाल) : ६,४८७ (पहिले : ६,१९५)

सुमात्रान गैँडा : ८०

नेपाल र भारतमा : ४,०००

– सिकारीको आक्रमण र वासस्थानको क्षति गैँडा संरक्षणको चुनौतीका रूपमा रहेको । २० औँ शताब्दीमा एसिया र अफ्रिकामा गैँडाको सङ्ख्या लगभग पाँच लाख थियो ।

– पछिल्लो एक दशकमा केही प्रजाति पहिलो पटक पुनरुत्थानसमेत भएका । दुई प्रजाति जाभान र सुमात्रान भने लोप हुने अवस्थामा रहेका । विश्वमा यसअघि गैँडाको सङ्ख्या २६,२७२ रहेको अनुमान ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 58
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 294
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 240
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 282
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 393
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA