Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • October 04, 2023
  • 648

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. बलिउड फिल्म नगरीको सबैभन्दा प्रतिष्ठित अवार्ड दादासाहेब फाल्के अवार्ड–२०२३ कसलाई प्रदान गरियो ?

 अभिनेतृ वहिदा रहमन

– अभिनय र नृत्यको खानी वहिदालाई बलिउडमा सुन्दर अभिनेत्रीको उपमा दिइन्थ्यो ।

– उनले यसभन्दा अघि भारतको राष्ट्रिय फिल्म अवार्ड, फिल्म फेयर अवार्ड, पद्मश्री अवार्ड, पद्म विभूषणलगायत दर्जनौँ पुरस्कार जितेकी ।

२. नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ कहिले जारी गरेको हो ?

 विसं २०८० असोज ७

– राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीद्वारा उक्त सिक्का सार्वजनिक गरिएको ।

– राष्ट्र बैङ्कको बबरमहलस्थित टक्सार महाशाखाले १० ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का निकालेको ।

– १० ग्राम सिक्काको एक हजार छ सय रुपियाँ र २५ ग्राम सिक्काको चार हजार रुपियाँ मूल्य निर्धारण गरिएको ।

– दुवै सिक्कामा ९९९ टचको चाँदी प्रयोग गरिएको ।

– दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई मेडालियन भनिन्छ ।

३. नेपाल राष्ट्र बैङ्कले नेपालमा एक सय दरभन्दा ठुला दरका भारतीय रुपैयाँका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोबार गर्न कहिलेदेखि रोक लगाएको हो ?

 विसं २०८० असोज ९

– भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा अमेरिकी डलर पाँच बराबरको भारु (एक सय वा सोभन्दा कम दरका नोट मात्र) ल्याउन÷लैजान सकिने ।

– भारत भ्रमणका लागि नगद २५ हजार रुपियाँसम्म र औषधोपचारका लागि नगद भारु ५० हजारसम्मको सटही सुविधा बैङ्क तथा वित्तीय संस्थाबाट नै प्राप्त गर्न सकिने ।

४. मदन पुरस्कार–२०७९ बाट सम्मानित साहित्यकार को हुन् ?

 विवेक ओझा (ऐँठन नामक औपन्यासिक

कृतिका लागि)

– यसै गरी २०७९ सालको जगदम्बाश्री पुरस्कार वरिष्ठ कलाकार टेकवीर मुखियालाई प्रदान गरिएको ।

५. माल्दिभ्सको नयाँ राष्ट्रपतिमा को निर्वाचित भएका छन् ?

 मोहम्मद मुइज्जु (सन् २०२३ सेप्टेम्बर)

– प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्सका नेता मुइज्जुले ५४ प्रतिशत मतसहित जित हासिल गरेका ।

– कार्यकाल सुरु ः सन् २०२३ नोभेम्बर १७

६. भारतको टेलिभिजन रियालिटी सो ‘इन्डियाज बेस्ट डान्सर’ सिजन–३ को उपाधि जित्ने नेपाली को हुन् ?

 समर्पण लामा

– ट्रफी चुम्दै उनले १५ लाख भारु नगदसहितका पुरस्कार जितेका ।

७. १९ औँ एसियाली खेलकुद अन्तर्गत टी–२० खेलमा ९ बलमै अर्धशतक प्रहार गरी अन्तर्राष्ट्रिय टी–२० मा विश्व कीर्तिमान कायम गर्ने नेपाली क्रिकेटर को हुन् ?

 दीपेन्द्र सिंह ऐरी

– उनले मङ्गोलियाविरुद्धको खेलमा ९ बलमै अर्धशतक बनाएका । १० बलमा ८ छक्काको सहयोगमा ५२ रन बनाएका ।

– यसअघि भारतका युवराज सिंहले टी–२०

मा इङ्गल्यान्डविरुद्ध १२ बलमा ५० रनको रेकर्ड राखेका थिए ।

– त्यसै गरी कुशल मल्लले अन्तर्राष्ट्रिय टी–२० मा ३४ बलमै शतक बनाएर विश्व कीर्तिमान कायम गरेका । यसअघि यो रेकर्ड संयुक्त रूपमा भारतका कप्तान रोहित शर्मा, दक्षिण अफ्रिकाका डेभिड मिलर र चेक रिपब्लिकका सुदेश विव्रmमासेखरको नाममा थियो । उनीहरूले समान ३५ बलमा शतक बनाएका थिए । कुशल मल्लले ९ छक्का र ६ चौकाको मद्दतमा शतक पूरा गरेका थिए । नेपालका लागि टी–२० आईमा व्यक्तिगत उच्च रन बनाउने कीर्तिमान पनि कुशल मल्लले बनाएका ।

– सर्वाधिक (३१४) रनको कीर्तिमानी योगफल पनि नेपालले बनाएको । यसअघि २३ फेब्रुअरी, २०१९ मा अफगानिस्तानले आयरल्यान्डविरुद्ध २७८/३ को रेकर्ड राखेको ।

– नेपालले मङ्गोलियालाई २७३ रनले हराउँदै अहिलेसम्मकै फराकिलो अन्तरको जित निकालेको । यसअघि ३० अगस्ट, २०१९ मा चेक रिपब्लिकले टर्कीलाई २५७ रनको अन्तरले हराएको थियो ।

– नेपालले सर्वाधिक छक्का (२६) प्रहारको रेकर्ड पनि बनाएको । यसअघि २०१९ मा चेक रिपब्लिकले टर्कीविरुद्ध, अफगानिस्तानले आयरल्यान्ड र वेस्टइन्डिजले दक्षिण अफ्रिकाविरुद्ध समान २२ छक्का प्रहार गरेका ।

– तेस्रो व्रिmकेटका लागि उच्चतम साझेदारी ः कुशल मल्ल र कप्तान रोहितकुमार पौडेल (१९३ रन) । यसअघि सन् २०२० मा न्युजिल्यान्डका डेभन कन्वे र ग्लेन फिलिप्सले तेस्रो व्रिmकेटका लागि वेस्टइन्डिजविरुद्ध १८४ रनको साझेदारी गरेका ।

– टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर ३१४ रनको योगफल बनाएको

थियो भने प्रत्युत्तरमा मङ्गोलिया १३.१ ओभरमा ४१ रनमै समेटियो ।

८. सन् २०२३ सेप्टेम्बरमा सपन्न साफ यू–१९ फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

 भारत

– भारतले पाकिस्तानलाई ३–० ले हराएर साफ यू–१९ च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको । २०१९ र २०२२ मा पनि भारत च्याम्पियन बनेको थियो ।

९. “म मरे मुलुक डुब्ने छैन तर भीमसेन थापा म¥यो भने मुलुक डुब्ने छ” भनी अभिव्यक्ति दिने राजा को हुन् ?

 रणबहादुर शाह

१०. राष्ट्रिय सुरक्षित गर्भपतन दिवस कहिले मनाइन्छ ?

 असोज १०

– नवौँ (२०८०) को नारा ः सुरक्षित गर्भपतन अधिकारको निम्ति ः निरन्तर सहकार्य, ऐक्यबद्धता र न्याय

– २०५९ साल असोज १० गते तत्कालीन मुलुकी

ऐनको ११ औँ संशोधितमार्पmत महिलाले गर्भपतन अधिकारको कानुनी प्रत्याभूति पाएको दिनको

सन्दर्भमा हरेक वर्ष असोज १० गते यो दिवस मनाउन थालिएको ।

११. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीनको औपचारिक भ्रमण कहिले सम्पन्न भयो ? 

 विसं २०८० असोज ६–१३

– सो सन्दर्भमा सेप्टेम्बर २५ मा नेपाल र चीनबिच विभिन्न १२ वटा सम्झौता र एउटा समझदारीपत्रमा हस्ताक्षर ।

– चीनको राष्ट्रिय विकास र सुधार आयोग तथा

नेपालको राष्ट्रिय योजना आयोगबिच सहकार्यका

लागि सम्झौता ।

– नेपालले उत्तर पहाडी क्षेत्रमा विभिन्न वस्तुको उत्पादन र वितरणसम्बन्धी सन् २०१७ को नेपाल–चीन समझदारीपत्र चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ र चिनियाँ अधिकारीबिच आदान प्रदान ।

– चीनको राष्ट्रिय विकास तथा सुधार आयोग र नेपालको अर्थ मन्त्रालयबिच डिजिटल अर्थतन्त्र बढाउने विषयमा सहकार्यका लागि सम्झौता ।

– हरित तथा न्यून कार्बन विकासका लागि

सहकार्य गर्ने विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबिच हस्ताक्षर ।

– कृषि, पशुपन्छी र माछापालनको विकासका लागि सहकार्य गर्नेसम्बन्धी सहमति ।

– सन् १९८१ मा भएको चीन नेपाल व्यापार र भुक्तानी सम्झौताको समीक्षा र परिमार्जनका लागि संयुक्त प्राविधिक कार्य समूह गठन गर्ने विषयमा सहमति ।

– नेपालबाट चीनमा औषधी उत्पादनका लागि वनस्पतिसम्बन्धी प्रोटोकलमा सहमति ।

– प्राचीन ग्रन्थ अनुवाद र प्रकाशन गर्ने विषयमा सहमति ।

– विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्य गर्ने विषयमा सम्झौता

– प्रकोप सामग्री मानव संशाधन र हिल्सा–सिमकोट सडक परियोजनाका विषयमा राजदूत श्रेष्ठ र चिनियाँ अधिकारीबिच सहमतिपत्रमा हस्ताक्षर ।

१२. राष्ट्रिय लेखक पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

 वैरागी काइँला

– पुरस्कार राशि ः रु. एक लाख

१३. काँडाका पूmलहरूका लेखक मनुजबाबु मिश्र हुन् भने नफुलेका पूmलहरूका लेखक को हुन् ?

 क्षेत्रप्रताप अधिकारी

१४. विश्व शान्ति सूचकाङ्क २०२३ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

 ७९ औँ

– सूचीको उच्च स्थानमा रहेका राष्ट्रहरू ः आइसल्यान्ड, डेनमार्क, आयरल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रिया

– सबैभन्दा अशान्त मुलुकहरू ः अफगानिस्तान, यमन, सिरिया, दक्षिण सुडान, कङ्गो

दक्षिण एसियाली राष्ट्रहरूको स्थिति

भुटान ः १७ औँ

नेपाल ः ७९ औँ

बङ्गलादेश ः ८८ औँ

श्रीलङ्का ः १०७ औँ

भारत ः १२६ औँ

पाकिस्तान ः १४६ औँ

१५. नेपालको पहिलो महिला प्रदेश प्रमुख को हुन् ?

 अनुराधा कोइराला

पहिलो महिला प्रदेश प्रमुख – अनुराधा कोइराला

पहिलो महिला मुख्यमन्त्री – अष्टलक्ष्मी शाख्य

पहिलो महिला उपकुलपति – भूषण श्रेष्ठ (सुदूरपश्चिम विश्वविद्यालय)

पहिलो महिला डेपुटी गभर्नर – निलम तिम्सिना ढुङ्गाना

मदन पुरस्कार विजेता – पारिजात

१६. PEN International को स्थापना कहिले भएको हो ?

 सन् १९२१

– PEN को पूरा रूप Poets, Essayists and Novelists  रहेको ।

– यस संस्थाको स्थापनामा योगदान गर्ने क्याथेरिन एमी डाउसन स्कट र जोन गयाल्सवर्दी रहेका ।

– यसको मुख्यालय लन्डनमा रहेको ।

– यस संस्थाले लेखकहरूबिच सहयोग र सामीप्यता बढाउने कार्य गर्ने ।

१७. नेपालमा छापाखानाको सुरुवात कहिले भएको हो ?

  विसं १९०८

– राणा प्रधानमन्त्री जङ्गबहादुर बेलायतबाट फर्किंदा यो प्रेस ल्याएका ।

– प्रेसको शिरमा गिद्धको चित्र भएकाले यसलाई गिद्दे प्रेस भनिएको ।

– यस प्रेसलाई थापाथली दरबारमा स्थापना गरिएको ।

१८. ‘रानाथारू’ लाई आदिवासी/जनजाति सूचीमा कहिले सूचीकृत गरिएको हो ?

  विसं २०७७ जेठ ५ (राजपत्रमा प्रकाशित)

– योसँगै आदिवासी जनजातिको सङ्ख्या ६० पुगेको ।

– मन्त्रीपरिषद्को विसं २०७६ माघ २० को

बैठकले रानाथारूलाई सो सूचीमा सूचीकृत गर्ने निर्णय गरेको ।

– रानाथारू विशेष गरी कैलाली र कन्चनपुर जिल्लामा बसोबास गर्ने ।

१९. विश्व बसोबास दिवस कहिले मनाइन्छ ? 

  अक्टोबर महिनाको पहिलो सोमबार

– (सन् २०२३ को नारा : समृद्धि एवं पुनर्लाभयुक्त सहर : उत्थानशील अर्थतन्त्रको आधार ।)

२०. नेपालको नैनीताल भनी चिनिने प्रसिद्ध धार्मिक स्थल कुन हो ?

 नवलपरासीको त्रिवेणीधाम

२१. अत्यधिक सन्तान उत्पादन, बाँच्नका लागि सङ्घर्ष, प्राकृतिक छनोट, परिवृत्ति र वंशज, नयाँ जातिको उत्पत्तिसम्बन्धी क्रम विकासको सिद्धान्तका प्रतिपादक को हुन् ?

  चाल्र्स डार्विन

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 62
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 304
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 254
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 292
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 396
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA