Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • October 11, 2023
  • 743

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. विश्व बैङ्कद्वारा सन् २०२३ अक्टोबर ३ मा प्रकाशित प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

 ३.९ प्रतिशत

– अक्टोबर ३ मा सार्वजनिक ‘नेपाल विकास अपडेट : निर्यातको प्रतिस्पर्धात्मकता पुनस्र्थापना’ प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको ।

– विश्व बैङ्कले सन् २०२५ सम्म नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत पुग्ने जनाएको । गत चैतमा विश्व बैङ्कले चालु आवको आर्थिक वृद्धिदर ४.९ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।

२. बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भूकम्प कहिले गएको हो ?

 विसं २०८० असोज १६

–  भूकम्पका कारण बझाङ र बैतडीमा दर्जनौँ मानिसको ज्यान जानुका साथै कैयौँ व्यक्ति घाइते भएका । भौतिक संरचनातर्फ पनि थुप्रै क्षति पुगेको ।

– सुदूरपश्चिम प्रदेशमा २०७९ कात्तिकदेखि हाल (२०८० असोज १६) सम्म ६ म्याग्निच्युडभन्दा माथिका तीन वटा र चार म्याग्निच्युडभन्दा माथिका झन्डै ५० वटा भूकम्प गएका ।

३. इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान–२०८० बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?

 प्रा. विधानाथ उपाध्याय भट्टराई

– त्यस्तै सरस्वती सम्मान नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे र कवि एवं व्यङ्ग्यकार लक्ष्मण नेवटियालाई संयुक्त रूपमा

प्रदान गरिएको ।

– नारायणगोपाल सङ्गीत सम्मान सङ्गीतकार एवं लोकगायिका झुमा लिम्बूलाई प्रदान गरिएको ।

४. सन् २०२३ मा चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कसलाई प्रदान गरियो ?

 अमेरिकी वैज्ञानिकद्वय काटालिन कारिको र ड्र्यु वेसम्यान

– (कोभिड–१९ विरुद्धको खोपका लागि मार्ग प्रशस्त गर्ने

‘एमआरएनए’ प्रविधिमा काम गरेबापत)

–  विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० मार्चमा कोभिडलाई महामारी घोषणा गरेको थियो र सोही वर्षको डिसेम्बरमा एमआरएनए खोपलाई कोभिड नियन्त्रणका लागि प्रयोग गर्न स्वीकृति दिइएको थियो ।

५. भौतिकशास्त्रतर्पmको नोबेल पुरस्कार २०२३ कसलाई प्रदान गरियो ?

 फ्रान्सका पिएरे अगोस्टिनी, हङ्गेरी–अस्ट्रियाली फेरेन्क क्राउज र फ्रान्सेली–स्विडिस एनी इलहुइलियर (पदार्थमा इलेक्ट्रोन गतिशीलताको अनुसन्धानका लागि प्रकाशको एटोसेकेन्ड पल्स उत्पन्न गर्ने प्रयोगात्मक विधिका लागि ।)

६. रसायनशास्त्रतर्पmको नोबेल पुरस्कार–२०२३ कसलाई प्रदान गरियो ?

 मुङ््गी बावेन्डी, लुइस ब्रस र एलेक्सी इकिमोभ

– (क्वान्टम डट्स भनी चिनिने अर्धचालक नानो क्रिस्टलमा अनुसन्धान गरेबापत ।)

७. अर्थशास्त्रतर्फको नोबेल पुरस्कार २०२३ कसलाई प्रदान गरियो ? 

 क्लाउडिया गोल्डिन

– श्रम बजारमा महिलाले पु¥याएको योगदानबारे विशिष्ट अध्ययन गरेबापत । अर्थशास्त्रतर्फ नोबेल पुरस्कार प्राप्त गर्ने उनी तेस्रो महिला हुन् ।

८. सरकारले कति करोडसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) बाट गर्न सक्ने व्यवस्था गरेको छ ?

 रु. ५० करोड

– सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसाय गर्न सक्ने व्यवस्था गरेको ।

– यसअघि विदेशी लगानीको सीमा दुई करोड रुपियाँ निर्धारण गरिएको थियो ।

– स्वचालित मार्गबाट विदेशी लगानी गर्न सक्ने विभिन्न सात क्षेत्रसमेत निर्धारण गरिएको ।

लगानीका लागि निर्धारण गरिएको सात क्षेत्र

१.ऊर्जामूलक उद्योग

२.कृषि तथा वन पैदावारमा आधारित उद्योग

३.पूर्वाधार उद्योग

४.पर्यटन उद्योग

५.सूचना प्रविधिमा आधारित उद्योग

६.सेवामूलक उद्योग र

७.उत्पादनमूलक उद्योग

९. सन् २०२३ मा अजरवैजानमा आयोजित फिल्म महोत्सवमा स्पेसल मेन्सन अवार्ड उपाधि जित्न सफल वृत्तचित्र कुन हो ?

 नो विन्टर होलिडेज

१०. चीनको हाङझाउमा सञ्चालित एसियाली खेलकुदमा रजत पदक जित्ने नेपाली खेलाडी को हुन् ?

  एरिका गुरुङ (कराँते)

– एरिका व्यक्तिगत स्पर्धामा रजत जित्ने नेपालकी दोस्रो खेलाडी हुन् । नेपालका लागि एसियाली खेलकुदमा पहिलो रजत सविता राजभण्डारीले सन् १९९८ को बैङ्कक एसियाडमा तेक्वान्दोबाट जितेकी थिइन् ।

– सन् २०१८ मा इन्डोनेसियामा भएको एसियाडमा नेपालले टिम इभेन्टस्मा रजत पदक जितेको थियो ।

११. नेपालले युरोपेली देश रोमानियासँग श्रम सम्झौता कहिले गरेको हो ?

 विसं २०८० असोज १९ (सन् २०२३ अक्टोबर ६)

– असोज १९ मा नेपाल र रोमानियाका श्रममन्त्रीहरूबिच सम्झौतामा हस्ताक्षर भएको ।

– नेपालले श्रम सम्झौता गरेको रोमानिया पहिलो युरोपेली देश हो । त्यस्तै असोज २३ मा युरोपकै अर्को देश जर्मनीसँग श्रम सम्झौता भएको ।

– श्रमिकका हकअधिकारलाई व्यवस्थित गर्न सम्झौताले सघाउने विश्वास लिइएको ।

१२. चन्दननाथ बाबाको तपोभूमि कहाँ हो ?

 जुम्ला

१३. प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलविरुद्ध भिषण आक्रमण कहिले गरेको हो ?

 सन् २०२३ अक्टोबर ७

– अक्टोबर ७ मा इजरायल र प्यालेस्टिनी लडाकु समूहबिच लडाइँ सुरु भएको ।

– इस्लामिक लडाकु समूह हमासको रकेट आक्रमणपछि इजरायलले जबाफी हमला सुरु गरेको थियो ।

– हमासले इजरायलको गाजा क्षेत्रमा २० मिनेट अवधिमै पाँच हजारभन्दा बढी रकेट आक्रमण गरिएको दाबी गरेको छ । उसले यो कारबाहीलाई ‘अपरेसन अल अक्सा फ्लड’ नाम दिएको । हमासका लडाकुहरूले गाजा क्षेत्रबाट सीमामा प्रवेश गरी सर्वसाधारणलाई आव्रmमण गर्दै

बन्दीसमेत बनाएको ।

१४. अमेरिकी पत्रिका फोब्र्सका अनुसार सन् २०२३ मा विश्वका धनाढ्य व्यक्तिहरूको सूचीमा पहिलो नम्बरमा पर्न सफल धनाढ्य को हुन् ?

 बनार्ड अर्नाल्ट (फ्रान्स)

– अर्नाल्ड फेसन ग्रुप एलभिएचएमको संस्थापक, अध्यक्ष तथा सबैभन्दा ठुला सेयर होल्डर पनि हुन् । अमेरिकी अर्बपति व्यापारी तथा विश्वप्रसिद्ध कार निर्माता कम्पनी टेस्लाका सोइओ एलन मस्क यो वर्ष दोस्रो नम्बरमा झरेका । मस्कको नेटवर्थ १८० विलियन डलरमा झरेको । मस्क २०२२ मा विश्वकै धनी थिए ।

१५. चीनको हाङझोङमा सम्पन्न १९ औँ एसियाडमा प्रथम द्वितीय र तृतीय हुने राष्ट्र कुन कुन हुन् ?

  क्रमशः चीन (२०१ स्वर्ण, १११ रजत, र ७१ कांस्यसहित ३८३), जापान (५२ स्वर्ण, ६७ रजत, ६९ कांस्यसहित १८८), दक्षिण कोरिया (४२ स्वर्ण, ५९ रजत र ८९ कांस्यसहित १९०)

– कोरोना महामारीका कारणले एक वर्ष ढिला भएको हाङझाउ एसियाड सन् २०२३ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म सञ्चालन भई सम्पन्न भएको ।

– हाङझाउ एसियाडमा ४५ राष्ट्रका १२,४१७ खेलाडीले ४० खेलमा सहभागिता जनाएका ।

– नेपालका २५३ खेलाडी (१२७ महिला र १२६ पुरुष) विभिन्न २९ खेलमा सहभागी भएका ।

– १९ औँ एसियाडमा नेपालले एक रजत र एक कांस्य पदक प्राप्त गरेको ।

– कराँते खेलाडी एरिका गुरुङले ऐतिहासिक रजत पदक र पहिलो पटक सहभागी भएको महिला कबड्डी टिमले कांस्य पदक जितेको ।

– नेपाल सन् १९५१ देखि एसियाली खेलकुदमा सहभागी

हुँदै आएको ।

– नेपालले एसियाडमा हालसम्म तीन रजत र २२ कांस्य पदक हासिल गरेको ।

– १९ औँ एसियाडमा नेपाल पदक तालिकाको ३३ औँ स्थानमा रहेको । १८ औँ एसियाडमा पनि नेपाल ३३ औँ स्थानमै रहेको थियो ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 67
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 314
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 265
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 295
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 405
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA