Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • October 18, 2023
  • 485

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न कहिलेदेखि सुरु गरेको हो ? 

 विसं २०८० असोज ३०

– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा प्रधानमन्त्री निवास बालुवाटारमा असोज ३० गते गैरआवासीय नागरिकता प्रदान गर्ने कार्यको शुभारम्भ गरिएको । पहिलो पटक गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुल आचार्य र कार्यकारी अध्यक्ष बद्री केसीलाई गैरआवासीय नागरिकता प्रदान गरिएको ।

– नेपालको संविधानको धारा १४ मा गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको ।

– २०८० कात्तिक १ गतेदेखि ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट गैरआवासीय नागरिकता वितरण गरिने ।

२. अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर कति कायम हुने प्रक्षेपण गरेको छ ?

 ०.८ प्रतिशत

– आइएमएफले गत अप्रिलमा सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । आइएमएफले सन् २०२४ मा भने नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने प्रक्षेपण गरेको ।

– सन् २०२३ मा नेपालमा मूल्य वृद्धि ७.८ प्रतिशत रहने आइएमएफले जनाएको ।

– सन् २०२३ अक्टोबरमा आइएमएफद्वारा गरिएको नयाँ प्रक्षेपण अनुसार सन् २०२३ मा एसियाको आर्थिक वृद्धि ४ प्रतिशत रहने । त्यसै गरी सन् २०२४ मा ४.२ प्रतिशत हुने आइएमएफले जनाएको ।

३. विश्व मानसिक स्वास्थ्य दिवस कहिले मनाइन्छ ?

 अक्टोबर १०

– सन् २०२३ को नारा – मानसिक स्वास्थ्य ः विश्वव्यापी मानव अधिकार

४. सेवाग्राहीहरूको सर्वोपरि हितका लागि नागरिक बडापत्रको अवधारणा ल्याउने व्यक्ति को हुन् ?

 बेलायतका प्रम जोन मेजर

– विश्वमा नागरिक बडापत्रको सुरुवात सन् १९९१ जुलाई २२ मा बेलायतबाट भएको ।

– नेपालमा नागरिक बडापत्रको प्रयोग विसं २०५६ देखि सुरु भएको ।

– नेपालमा क्षतिपूर्तिसहितको नागरिक बडापत्रको सुरुवात विसं २०७० वैशाख २ देखि भएको ।

५. एटिएम मेसिनको आविष्कार कसले गरेका हुन् ?

 जोन सेफर्ड बारोन

– एटिएम मेसिनको सुरुवात सन् १९६७ देखि भएको हो ।

– बेलायतको लन्डनस्थित एक बैङ्कमा पहिलो पटक सन् १९६७ मा यो मेसिन प्रयोगमा ल्याइएको थियो ।

– सुरुमा होल इन द वाल नामबाट चिनिने यो मेसिनमा चार अङ्कको पिन नं. प्रचलनमा रहेको छ ।

– नेपालमा पहिलो पटक एभरेस्ट बैङ्कले एटिएम प्रयोगमा ल्याएको हो ।

६. इतिहासमै पहिलो पटक प्रधानमन्त्रीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता कहिले गरियो ?

 विसं २०७६ साउन १५

– नेपालको राजनीतिक तहमा इतिहासमै पहिलो पटक प्रधानमन्त्री र मन्त्रीबिच कार्यसम्पादन सम्झौता भएको ।

– दिगो विकासको लक्ष्य पूरा गरी सन् २०३० भित्र देशलाई मध्यम आय भएको मुलुकका रूपमा रूपान्तरण गर्न सो खालको सम्झौता भएको बताइएको ।

– सम्झौता अनुरूप कार्यप्रगति भए, नभएको प्रधानमन्त्री कार्यालयले हेर्ने साथै कार्यसम्पादनका आधारमा पुरस्कृत र दण्डित गर्न सकिने प्रावधानसमेत रहेको ।

७. राणाकालीन समयमा निजामतीतर्फ सबैभन्दा उच्च पद कुन थियो ?

  बडाकाजी

– (राणाकालीन समयमा दज्र्यानी क्रममा माथिबाट तल क्रमशः बडाकाजी, काजी, सरदार, मिरसुब्बा, सुब्बा, नायबसुब्बा, खरिदार, डिट्ठा, मुखिया, पहिदार र नौसिन्दा रहेका ।)

८. प्राचीन ओलम्पिक खेलको सुरुवात ग्रिसको ओलम्पिकबाट भएको थियो भने आधुनिक ओलम्पिक खेलको सुरुवात कहाँबाट भएको हो ?

  ग्रिसकै एथेन्सबाट

९. संयुक्त राष्ट्रसङ्घीय खगोल युनियनद्वारा आफ्नो सयौँ वार्षिकोत्सवका अवसरमा सौर्यमण्डलबाहिर रहेको एक तारालाई के नामकरण गरिएको छ ?

 सगरमाथा (सन् २०१९ डिसेम्बर १७ मा)

– ज्म्ज्ञण्ण्ठठठ सङ्केतयुक्त सो तारा सूर्य जस्तै आकृतिको रहेको ।

– १७२ प्रकाश वर्ष टाढा रहेको सो तारा १.२ अर्ब वर्ष पुरानो रहेको अनुमान ।

– त्यसै गरी राष्ट्रसङ्घीय खगोल युनियनले ज्म्ज्ञण्ण्ठठठ ुद्यु सङ्केतयुक्त एक ग्रहलाई लालीगुराँस नामकरण गरेको ।

– सो ग्रह वृहस्पतिभन्दा १.१६ गुना ठुलो रहेको ।

– उक्त ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३८४ दिन लाग्ने ।

– सो ग्रहमा जीवको सम्भावना नरहेको ।

१०. कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?

 किलिमञ्जरो

– अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटीय गन्तव्य पनि हो ।

– यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको ।

– यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने ।

११. प्राचीन युद्ध अभ्यासको अभिनयका रूपमा पञ्चेबाजाको तालमा हतियार देखाई नाचिने नाच कुन हो ?

 सरायँ नाच

– खुँडा, खुकुरी, भाला, तरबारलगायतका विभिन्न घरेलु, हतियार देखाएर नाच्ने गरिएको सरायँ नाच सुरक्षाको दृष्टिकोणले हाल काठका हतियार, रुमाल, मयुरका प्वाँख र पूmलका साथ नाच्न थालिएको ।

– यो नाच विशेष गरी गुल्मी, अर्घाखाँची, स्याङ्जा, प्युठान, बागलुङलगायतका पहाडी जिल्लामा प्रचलनमा रहेको । यो क्षेत्रमा विशेष गरी विजयादशमीदेखि पूर्णिमासम्म सरायँ नाच आयोजना गर्ने गरिएको ।

१२. ग्लोबल हङ्गर इन्डेक्स २०२३ अनुसार विश्वव्यापी भोकमरी सूचकाङ्कमा नेपाल कति औँ स्थानमा रहेको छ ?

 ६९ औँ

– भोकमरी सूचकाङ्क सूचीमा पहिलो स्थानमा बेलारुस रहेको ।

– कुल १२५ देशको तथ्याङ्क रहेको सो सूचकाङ्कको अन्तिम स्थानमा मध्यअफ्रिकी गणतन्त्र रहेको ।

– सन् २०२२ मा ८१ औँ स्थानमा रहेको नेपालले सुधार गर्दै यस वर्ष ६९ औँ स्थानमा आइपुगेको ।

– विश्वमा सबैभन्दा कम भोकमरी भएको देश ः बेलारुस

– विश्वमा सबैभन्दा बढी भोकमरी भएको देश ः मध्य अफ्रिकी गणतन्त्र

१३. नेपाल–चीनबिच अन्तरसंसदीय सहयोग सम्झौता कहिले भएको हो ?

 विसं २०७९ भदौ २६

१४. विश्वको सबैभन्दा ठुलो सौर्य टेलिस्कोप सेट बनाउने मुलुक कुन हो ?

 चीन

१५. अल्पविकसित राष्ट्रहरूको पाँचौँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 सन् २०२३ मार्च ५–९, दोहा, कतार

१६. थोमस अल्भा एडिसनको जन्म कहिले भएको हो ?

 सन् १८४७ फेब्रुअरी ११

– उनको जन्म अमेरिकाको ओहायो राज्यमा भएको ।

– ग्रामोफोन, विद्युत् बल्ब, चलचित्र क्यामेरा, प्रोजेक्टरको आविष्कार गर्ने वैज्ञानिक थोमस अल्भा एडिसन हुन् ।

– टेलिफोनबाट सर्वप्रथम हेलो शब्द प्रयोग गर्ने वैज्ञानिक एडिसन हुन् ।

– हालसम्म सबैभन्दा धेरै आविष्कार गर्ने वैज्ञानिकका रूपमा एडिसनलाई चिनिन्छ ।

– थोमस अल्भा एडिसनको मृत्यु सन् १९३१ अक्टोबर १८ मा भएको ।

१७. नेपालमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ कहिले भएको हो ?

 विसं २०७५ फागुन १

१८. फोहोर शून्य अभियान सञ्चालन गरिएको राष्ट्रिय निकुञ्ज कुन हो ?

 चितवन राष्ट्रिय निकुञ्ज

१९. ‘मैले देखेको नेपाल’ नामक पुस्तकका लेखक को हुन् ?

 हर्क गुरुङ

२०. पहिलो विश्वकप फुटबल प्रतियोगिता कहिले भएको हो ?

 सन् १९३०

– पहिलो विश्वकप फुटबल प्रतियोगिता उरुग्वेमा भएको ।

– सो प्रतियोगितामा १३ राष्ट्रको सहभागिता रहेको ।

– फिफा विश्वकपमा सहभागी राष्ट्र सन् १९८२ मा २४ तथा सन् १९९८ मा ३२ पु¥याइएको ।

– सन् २०२६ को वल्र्डकपमा सहभागी हुने राष्ट्रको सङ्ख्या ः ४८ ।

२१. नेपाल उद्योग परिसङ्घ युवा उद्यमी मञ्च नेपालद्वारा नेपाल स्टार्टअप फेस्टको दोस्रो संस्करण कहिले गर्ने भएको हो ?

 सन् २०२३ डिसेम्बर २३

–  नेपाल स्टार्टअप फेस्टको पहिलो संस्करण सन् २०२२ मा सम्पन्न भएको ।

२२. १०/१०/१० अभियान केसँग सम्बन्धित रहेको छ ?

 जलवायु परिवर्तन

२३. नेपालमा वन्यजन्तुको डिएनए परीक्षण प्रयोगशाला कहाँ सञ्चालनमा ल्याइएको छ ?

  खुमलटारस्थित राष्ट्रिय विधिविज्ञान प्रयोेगशाला

– नेपालमा वन्यजन्तुको डिएनए परीक्षणको सुरुवात विसं २०७४ पुस ४ देखि भएको ।

– मान्छे र वन्यजन्तुको डिएनए परीक्षण गरिने (एउटै प्रयोगशालामा) यो दक्षिण एसियामै पहिलो प्रयोगशालाका रूपमा रहेको ।

२४. संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

 सन् १९९८

– संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८–२००६) हुन् ।

– हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका ।

२५. संयुक्त राष्ट्रसङ्घको कति औँ महासभाबाट नेपाल पहिलो पटक राष्ट्रसङ्घीय मानव अधिकार परिषद्मा निर्वाचित भएको हो ?

  ७२ औँ

– संयुक्त राष्ट्रसङ्घको मानव अधिकार परिषद्मा एसिया प्रशान्त क्षेत्रबाट नेपालसहित अफगानिस्तान, कतार र पाकिस्तान निर्वाचित भएका ।

– नेपाल सर्वाधिक १६६ मतका साथ चयन हुन सफल भएको ।

– निर्वाचित सदस्य राष्ट्रहरूको कार्यावधि सन् २०१८ जनवरी १ देखि २०२० डिसेम्बर ३१ सम्म (तीन वर्ष) रहेको ।

– मानव अधिकार परिषद्मा ४७ सदस्य राष्ट्र रहने प्रावधान ।

२६. विषखेला पर्व कुन जातिमा प्रचलित पर्व हो ?

 सतार

– (बिसखेला पर्व चौर वा खेल मैदान वरिपरि १० देखि १५ वटा समूहमा रहेका मन्त्र सिकेका समूहले मन्त्रमार्फत बाजागाजासहित आपूmतिर विष लागेको मानिसलाई तान्ने प्रयास गर्छन् । यसरी जसले आपूmतिर तानेर विष झार्न सक्छ, त्यो समूह वा समूहका धामी विजेता बन्ने चलन रहेको छ । सतारहरूको मौलिक परम्परा र संस्कारका रूपमा रहेको यो पर्व विशेष गरी झापा जिल्लामा प्रचलनमा छ ।)

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 70
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 317
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 268
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 298
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 410
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA