Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल वायुसेवा निगम

  • Ajnabee Khadka
  • October 23, 2023
  • 336

नेपाल वायुसेवा निगम

नेपाल वायुसेवा निगम

नेपाल वायुसेवा निगम नेपालको राष्ट्रिय ध्वजावाहक विमान सेवा कम्पनी हो। २०१५ सालमा शाही नेपाल वायुसेवा निगमका रूपमा स्थापित निगम नेपालको सबैभन्दा पुरानो विमान सेवा प्रदायक हो। यसले काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक सहित अन्तर्राष्ट्रिय मध्यम दूरीका कुल ३६ गन्तव्यहरूमा निगमले नियमित उडान सञ्चालन गर्दछ। डगलस डिसी-३ ‘डकोटा’ विमानबाट आन्तरिक र भारतका केही गन्तव्यमा उडान सुरु गरेको निगमले वि.सं २०२८ मा आफ्नो पहिलो जेट विमान, बोइङ ७२७ लाई सेवामा ल्याएको थियो। २०७७ असार २९ सम्ममा निगमद्वारा कुल ७ विमान सेवामा प्रयोग गरिएको छ। वि.सं २०६९ देखि निगम लगायत नेपालका सबै वायुसेवा प्रदायक युरोपेली सङ्घद्वारा प्रतिबन्धित वायुसेवाका सूचीमा समावेश छन्।

इतिहास

वि.सं २०१३ देखि २०२२ सम्म: सुरुवाती वर्षहरू

वि.सं २०१३ मा शाही नेपाल वायुसेवाका रूपमा एउटा डगलस डिसी-३ विमानका साथ निगमको स्थापना भएको थियो। सुरुमा निगमको सेवा आन्तरिकतर्फ सिमरा र पोखरा तथा भारतका पटना, कोलकाता र दिल्लीसम्म मात्र सीमित थियो। वि.सं २०१७ मा पिलाटस पोर्टर र २०१९ मा १२ यात्रु क्षमता भएको चिनियाँ फेङ सोउ-२ हार्वेस्टर विमानलाई प्रयोगमा ल्याएपश्चात् देशका दुर्गम क्षेत्रलाई विमान सेवा सञ्जालमा जोडिएको थियो।

नेपालको भू-राजनीतिक परिस्थितीका कारण निगमका जहाजहरू खासगरी जहाज निर्माता मुलुकहरूबाट अनुदानका रूपमा उपलब्ध गराइएका थिए। वि.सं २०१४ र २०२० का बीच थप ७ डगलस डिसी-३ विमान भित्रिएको थिए। त्यसैगरी, चीनद्वारा दुईवटा फेङ सोउ-२ हार्वेस्टर विमान प्रदान गरिएता पनि ती विमानहरू नियमित सेवामा भने प्रयोग गरिएको थिएन। सिङ्गापुरबाट चार्टर उडानका निम्ति बेल हेलिकप्टर पनि भाडामा ल्याइएको थिए। रुसबाट पनि दुर्गम भेगमा नियमित उडानका लागि दुईवटा एमआई-४ हेलिकप्टर ल्याइएको थिए। आन्तरिक उडानको सञ्जाल व्यापक रूपमा विस्तार हुँदै गर्दा अन्तर्राष्ट्रिय तर्फ पनि तत्कालिन पूर्व पाकिस्तानको ढाकामा उडानको सुरुवात गरिएको थियो।२०२२ मा फोक्कर एफ२७ टर्बोप्रप विमानलाई सेवामा प्रवेश गराइएको थियो।

२०२४ देखि २०४५; जेट युग र आर्थिक समृद्धि

२०२६ मा शाही नेपाल वायुसेवा निगमले आफ्नो पहिलो हकर सिड्डली एचएस ७४८ विमान सेवामा प्रवेश गराएको थियो। यसपश्चात् २०२७ मा ट्विन अटर र २०२८ मा बोइङ ७२७ विमानहरू सेवामा ल्याइएका थिए। २०४३ मा बोइङ ७५७ ले बोइङ ७२७ लाई प्रतिस्थापित गरेको थियो। २०४१ मा नेपाल भित्रिएका कुल १८१,००० पर्यटकमध्ये ८० प्रतिशत हवाइ मार्गबाट आएका थिए। शाही नेपाल वायुसेवाले तीमध्ये ३८ प्रतिशत यात्रुलाई सेवा दिएको थियो। तर यो सङ्ख्या २०३५ को उच्चतम ५० प्रतिशत बजार हिस्साभन्दा निकै काम थियो। शा.ने.वा.नि.को मुख्य प्रतिस्पर्धी इन्डियन एयरलाइन्स थियो, तर यसबाहेक सिङ्गापुर एयरलाइन्स र लुफ्थान्सा जस्ता वायुसेवा प्रदायक पनि नेपाली बजारमा प्रवेश गरिसकेका थिए। लुफ्थान्साले २०४३ मा काठमाडौँ र फ्रान्कफर्ट बीच सिधा उडान थाले पश्चात् अन्य वायुसेवाहरू पनि नेपालमा आफ्नो बजार बढाउन इच्छुक बनेका थिए।

त्यस समयमा शाही नेपाल वायुसेवाको सञ्जाल ३८ आन्तरिक र १० अन्तर्राष्ट्रिय गन्तव्यमा फैलिएको थियो। सन् १९८८ मा शा.ने.वा.नि.ले बेलायती सेनामा कार्यरत गोर्खालीहरू बसोबास गर्ने हङकङमा बोइङ ७५७बाट सिधा उडानको थालनी गरेको थियो भने पछि शा.ने.वा.नि. र चीनको नागरिक उड्डयन प्रशासनको सहकार्यमा काठमाडौँ र चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा बीच सिधा उडान सुरु गरिएको थियो।

वि.सं २०४४-४५ मा ५.४३ करोड अमेरिकी डलरको कारोबार भएको निगमले १.७ करोड अमेरिकी डलरको नाफा कमाएको थियो। २,२०० कर्मचारीलाई रोजगार प्रदान गरेको निगम देशकै सबैभन्दा ठुलो रोजगारदाताका साथसाथै विदेशी मुद्रा कमाउने सबैभन्दा ठूलो संस्था थियो। निगमले करिब १.५ करोड डलर विदेशबाट भित्र्याएको थियो। निगमका कुल यात्रुमध्ये ७५ प्रतिशत विदेशी थिए। त्यस समयमा लन्डन, दुबई, कराची र मुम्बई पनि उडान सञ्जालमा जोडिएका थिए।

२०४६ देखि २०६६ ; भ्रष्टाचार

२०४८ मा हवाई सेवा निजी क्षेत्रका लागि खुला गरिएको थियो, र तत्पश्चात ने.वा.नि.को प्रतिस्पर्धाको रूपमा नेकोन एयर, कस्मिक एयर, एभरेष्ट एयर, बुद्ध एयर, यती एयरलाइन्स र सिता एयर जस्ता वायुसेवा कम्पनीको उदय भएको थियो। नेपाल वायुसेवाको बोइङ ७२७ को अन्तिम उडान २०४८ मा भएको थियो। २०५३ सम्ममा यी चार प्रतिस्पर्धीले नेपाली आकाशमा ७० प्रतिशत बजार हिस्सा ओगटेका थिए।

नयाँं सहस्राब्दि नजिकिदैँ गर्दा निगम भित्र भ्रष्टाचारका आरोपहरू पनि बढ्दै गएको थियो। त्यस्तै एक भ्रष्टाचारको मुद्दामा दिनेश धमिजा संलग्न थिए, जो पछि गएर इ-बुकर्स नामक इन्टरनेट यात्रा वेबसाइट संस्थापक भएका थिए।[७] धमिजालाई निगमको युरोपेली सञ्चालन विभागको निर्देशकको पद तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँगको घनिष्ठताका कारण प्राप्त गरेको आरोप लगाइएको थियो। यी आरोपहरू विरुद्ध निकै ठूलो अदालती कार्वाही पश्चात् धमिजाले निगमसँग ठोस सम्झौता सहित मुद्दा जितेका थिए।

२०५६ अस्ट्रियाको लाउडा एयरको बोइङ ७६७ विमान भाडामा लिए पश्चात् एक ठूलो घोटाला भएको थियो[९], र सो विमान वायुसेवाका कर्मचारी तथा सरकारी अधिकारीहरूद्वारा विरोध गरिएतापनि सेवामा प्रवेश गराइएको थियो। सरकारका अनुसार नेपाल वायुसेवाले भइरहेका दुई बोइङ ७५७ को अधिकतम प्रयोग गर्न नसकिरहेको बेलामा यो सम्झौता अनावश्यक थियो। यसका अतिरिक्त लाउडा एयरको विमानको प्रतीघन्टा शुल्क ५००० अमेरिकी डलर थियो, जुन करारपत्रमा तोकिएकोभन्दा ११५० डलर बढी थियो। शा.ने.वा.नि.का अध्यक्ष हरिभक्त श्रेष्ठ लगायत अन्य पदाधिकारीलाई अनुसन्धानका निम्ती निलम्बित गरिएको थियो भने नेपालका पर्यटन तथा नागरिक उड्डयन मन्त्री तारिणीदत्त चटौतले पनि केही समयमा रजिनामा गरेका थिए।

२०६० मा नेपाल सरकारले नेपाल वायुसेवाको ४९ प्रतिशत सेयर निजी क्षेत्रलाई बेची कम्पनीको व्यवस्थापन पनि जिम्मा लगाउने र आफुले बाँँकीको ५१ प्रतिशत सेयर राख्ने खबर बाहिरिएको थियो। यसो गर्दा वायुसेवालाई बढ्दो ऋणबाट जोगाउन चाहिने लगानी उठाउन सरकारलाई मद्दत पुग्ने अनुमान गरिएको थियो।

२०६८ भदौ २९ मा, नेपाल वायुसेवाका पूर्व अध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदीलाई भ्रष्टाचारको मुद्दामा जेल चलान गरिएको थियो।

२०६४ भदौ १९ निगमद्वारा जारी एक विज्ञप्तीमा जहाजमा रहेका केही प्राविधिक खराबीका कारण देवतालाई खुशी पार्न दुईवटा बाख्राको बलि चढाइएको कुराको पुष्टि गरिएको थियो। निगमका अनुसार ती जनवरको बलि त्रिभुवन विमानस्थलमा राखिएको एक बोइङ ७५७ जहाजका अगाडि चढाइएको थियो। निगमका अनुसार यस समारोह पश्चात् सो जहाजले हङकङका लागि सफल उडान गरेको थियो। निगमका प्रवक्ताले, “विमानमा रहेका खराबी ठीक भई जहाजले उडान सुचारु गरिसकेको बताएका थिए”। निगमले प्राविधिक खराबीका बारेमा केही नबताएपनि स्थानिय सञ्चारमाध्यमका अनुसार जहाजमा केही विद्युतीय खराबी थियो।

२०४६ देखि २०६६ का बीच निगमका विमान कुनै पनि दुर्घटनामा परेन। निगमको इतिहासमै कुनै पनि घटना नभएको यो सबैभन्दा लामो समयावधि थियो।

२०६६ देखि हालसम्म; एयरबस जहाजको आगमन

२०६६ निगमले मध्यपूर्व र दक्षिण-पूर्वी एसियामा उडान गर्ने योजनासहित एयरबससँग दुईवटा एयरबस ए३२०-२०० विमान खरिद गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो।[१४]

२०७० सालमा, निगमले चीनको एभिआइसी कम्पनीबाट उपहार स्वरूप एक सियान एमए-६० जहाजको डेलिभरी लिएपछि नयाँं पोशाक अनावरण गरेको थियो। रातो र नीलो धर्का भएको पुरानो पोशाकलाई नेपालको झण्डासँग मेल खाने पोशाकद्वारा प्रतिस्थापन गरिएको थियो।

२०७१ माघ २५ नेपाल वायुसेवाले आफ्नो पहिलो एयरबस ए३२० जहाज ‘सगरमाथा’ प्राप्त गरेको थियो। २०७२ वैशाख १७ मा निगमको दोस्रो एयरबस ए३२० जहाज ‘लुम्बिनी’ काठमाडौँमा अवतरण गरेको थियो। सो विमान वि.सं. २०७२ को महाभूकम्पको उद्दारकार्यका लागि प्रयोग गरिने ५ टन राहत सामग्रीसहित एयरबसको ह्यम्बर्गस्थित कारखानाबाट सिधा काठमाडौँ आएको थियो। दुबै विमान निगमको नयाँं पोशाक रङाइएका थिए।

सोही वर्षमा, नेपाल वायुसेवामार्फत २५३,५६८ यात्रुले यात्रा गरेका थिए, जुन पछिल्लो वर्षको २०६,४३० यात्रुभन्दा २२.८७ प्रतिशत बढी थियो। त्यसैगरी, निगमले ४२,५३५ यात्रुलाई आन्तरिकतर्फ सेवा प्रदान गरेको थियो, जुन पछिल्लो वर्षभन्दा २१.६० प्रतिशतले बढी थियो।

२०७३ मा निगमको एक बोइङ ७५७-२०० (९एन-एसीए, कर्णाली) लाई निरन्तर तीन दशकको सेवा पश्चात् नाफारहित सञ्चालन र उच्च मर्मतखर्चका कारण बीबी एयरवेजलाई बेचिएको थियो। २०७४ साउन १ मा निगमले अन्तर्राष्ट्रिय उडानका लागि अन्लाइन बुकिङको सेवा सुरु गरेको थियो।

२०७५ मा नेपाल वायुसेवाले हाई फ्लाई र एएआर निगम मार्फत् दुईवटा एयरबस ए३३०-२०० विमानलाई सेवामा भित्राएको थियो। ती दुई विमान सोही वर्षको असार १४ र जुलाई २६मा काठमाडौँमा अवतरण गरिएको थियो। यी दुई वाईड-बडी विमानबाट निगमले सियोल-इन्चेन, टोकियो र सिड्नी जस्ता सहरमा सिधा उडान विस्तार गर्ने योजना बनाएको थियो। २०७५ कात्तिक २६ आएको एक खबर अनुसार नेपाल वायुसेवाले आफ्नो पुनर्गठनपूर्व इथियोपियाली एयरलाइन्ससँग रणनीतिक साझेदारी गर्ने योजना बनाएको थियो।

सोही वर्षको फागुन महिनामा, निगमले आफ्नो बाँकी रहेको बोइङ ७५७-२००एम विमानलाई तीन दशकको सेवा पश्चात् प्रतिस्थापन गरी एयरबस विमान मात्र रहने गरी आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको थियो। निगमले अहिले आफ्नो अन्तर्राष्ट्रिय उडान दुई एयरबस ए३२०-२०० र दुई एयरबस ए३३०-२००बाट सञ्चालन गरिरहेको छ।

२०७६ चैत देखि नेपालमा जारी कोरोना विषाणु महामारीका कारण निगमले आफ्नो सबै नियमित उडान अनिश्चितकालका लागि बन्द गरेपनि उद्दार तथा चार्टर उडान भने सञ्चालन गरिआएको छ।

२०७७ साउन ३ मा, निगमका चीनबाट प्राप्त एमए-६० र हार्बिन वाई-१२ विमानलाई नेपालमा उडानका लागि अनुपयुक्त भएको भन्दै सेवाबाट हटाइएको थियो।

 

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 171
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 161
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 152
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 105
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 121
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA