Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

छैटौँ महासचिवका रूपमा लुम्बिनी जाँदै गुटेर्रेस

  • Ajnabee Khadka
  • October 30, 2023
  • 465

छैटौँ महासचिवका रूपमा लुम्बिनी जाँदै गुटेर्रेस

छैटौँ महासचिवका रूपमा लुम्बिनी जाँदै गुटेर्रेस

गुटेर्रेस राष्ट्रसङ्घको छैटौँ महासचिवका रूपमा लुम्बिनी आउन लाग्नुभएको हो । यसअघि राष्ट्रसङ्घका पाँच जना महासचिवले लुम्बिनीको भ्रमण गरिसक्नुभएको छ । जस अनुसार ड्याग ह्यामरसोल्डले सन् १९५९ मार्चमा, ऊ थान्तले सन् १९६७ अप्रिलमा, कर्ट वाल्डहाइमले सन् १९८१ फेब्रुअरीमा, ह्याभियर पेरिज द कोयरले सन् १९८९ र बान कि मुनले सन् २००८ नोभेम्बरमा लुम्बिनीको भ्रमण गर्नुभएको थियो । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाका अनुसार तीनदिने नेपाल बसाइका क्रममा गुटेर्रेसले सोमबार लुम्बिनीको पनि भ्रमण गर्ने कार्यक्रम तय भएको हो ।

लुम्बिनी गुरुयोजना र लुम्बिनीको विकास तथा प्रवर्धनका लागि अन्तर्राष्ट्रिय स्तरको समिति गठन गर्ने कार्यमा पनि संयुक्त राष्ट्रसङ्घकै भूमिका रहेको छ । सन् १९६७ को अप्रिलमा राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तले लुम्बिनीको भ्रमण गर्नुभयो ।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्राध्यापक टाँगेले तयार पार्नुभएको लुम्बिनी गुरुयोजना ४५ वर्ष बितिसक्दासमेत अधुरो छ । अहिलेसम्म ८५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ । यतिबेला केही योजनाका काम अगाडि बढेका छन् ।

विश्वका शान्तिप्रेमी मानवको पवित्र थलो भएकाले सन् १९६७ मा संयुक्त राष्ट्रसङ्घका तत्कालीन महासचिव ऊ थान्तको लुम्बिनी भ्रमणपछि यसलाई पर्यटकीय एवं तीर्थस्थल बनाउने योजना अन्तर्राष्ट्रिय स्तरमै तय गरियो । राष्ट्रसङ्घको टोलीले १० डिसेम्बर १९६७ देखि ९ जनवरी १९६८ सम्म लुम्बिनी विकासका पूर्वाधारहरू यातायात, पिउने पानी, विद्युत्, आवास आदिबारे विशेष परामर्श दिएको थियो ।

ऊ थान्तले बुद्ध जन्मस्थल लुम्बिनीको विकास नभएको देखेर तत्कालीन राजा महेन्द्रसँगको भेटमा लुम्बिनी विकासका लागि आफू सहयोग गर्न तयार रहेको बताउनुभयो ।

यसरी आफूले भ्रमण गरेको लुम्बिनी क्षेत्रको विकासका लागि आफैँले के सहयोग चाहिन्छ भनेर सोध्ने अन्तर्राष्ट्रिय जगत्को माथिल्लो ओहोदाको पहिलो व्यक्ति पनि संयुक्त राष्ट्रसङ्घको महासचिव ऊ थान्त नै हुनुहुन्छ । लुम्बिनीको भ्रमण गरेपछि लुम्बिनीको योजनाबद्ध विकासको सुरुवात भएको हो । त्यसैकारणले अहिलेसम्म पनि संयुक्त राष्ट्रसङ्घका महासचिव तथा पदाधिकारीले लुम्बिनीलाई विशेष महत्वसाथ हेर्दै आएका छन् ।

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 72
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 321
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 271
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 298
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 413
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA