Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • November 08, 2023
  • 645

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेस नेपालको चार दिने भ्रमणका क्रममा कहिले काठमाडौँ आएका हुन् ?

 विसं २०८० कात्तिक १२

– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसद्वारा विसं २०८० कात्तिक १४ (सन् २०२३ अक्टोबर ३१) मा प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा सम्बोधन भएको ।

– संसद्मा गुटेर्रेसले जलवायु परिवर्तनविरुद्ध नेपालको सङ्घर्ष र यहाँको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका ।

– त्यस्तै नेपालको शान्ति प्रक्रिया अन्तर्गत बाँकी रहेको सङ्व्रmमणकालीन न्यायको काम पूरा गर्न राष्ट्रसङ्घले सहयोग गर्ने प्रतिबद्धता जनाएका ।

– गुटेर्रेसले अक्टोबर ३१ मै बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर दर्शन गर्दै विश्व शान्तिको

कामना गरेका ।

– भ्रमणका क्रममा गुटेर्रेस सगरमाथा आधार शिविर र अन्नपूर्ण आधार शिविरसमेत पुगेका ।

– गुटेर्रेसले कात्तिक १३ मा विश्वको शिखर सगरमाथा क्षेत्रबाट हिमाल, हिउँ र हिमनदी बचाउन जलवायु परिवर्तनको असर न्यूनीकरण गर्ने प्रतिबद्धता कार्यान्वयन गर्न विश्व समुदायमा आह्वान गरेका ।

२. जाजरकोटको बारेकोट गाउँपालिका, रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प कहिले गएको हो ? 

 विसं २०८० कात्तिक १७

– भूकम्पले जाजरकोट र रुकुमपश्चिममा जनधनको ठुलो क्षति भएको ।

– मध्यरात (११ बजेर ४७ मिनेट) मा गएकाले पनि सो भूकम्पका कारण धेरै जनधनको क्षति हुन पुगेको ।

– भूकम्पका कारण १६० भन्दा बढीको मृत्यु तथा ३७५ घाइते भएका ।

– भूकम्पले जाजरकोटमा चार हजार एवं रुकुम पश्चिममा दुई हजार घर पूर्ण रूपमा ध्वस्त भएका ।

३. सरकारद्वारा स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको घोषणा गरिएको कैलालीको गेटा अस्पताल कहिलेदेखि सञ्चालनमा आएको हो ?

 विसं २०८० कात्तिक १

४. जलवायु परिवर्तनका कारण समुद्री सतह बढ्दै जाँदा देश समुद्रमा विलीन हुन सक्ने सम्भावना औँल्याउँदै ‘डिजिटल राष्ट्र’ बन्ने तयारीमा रहेको राष्ट्र कुन हो ?

  टुभालु

– टुभालुको सरकारले यस शताब्दीको अन्त्यसम्ममा आफ्नो टापु मुलुकको सबै भू–भाग पानीमुनि डुब्न सक्ने खतरा औँल्याउँदै आफ्नो भूभाग नभए पनि देश सदा सर्वदा अस्तित्वमा रहने दाबी गर्दै

‘डिजिटल राष्ट्र’ को अवधारणाका साथ संविधान संशोधन गरेको । नयाँ प्रावधान सन् २०२३ अक्टोबर १ देखि लागु भएको ।

– डिजिटल राष्ट्रमा रूपान्तरण भएपश्चात् मुलुक डुबिसकेपछि अन्य मुलुकमा छरिएर बस्ने आफ्ना नागरिकलाई सेवा प्रदान गर्न र सांस्कृतिक परम्परा संरक्षण गर्न सक्ने बताइएको ।

– टुभालुले आफ्ना टापुको थ्रिडी संस्करण सिर्जना गर्नेबारे सोच बनाएको, जसमा वेब प्रयोगकर्ताले परिभ्रमण गर्न सक्ने जनाइएको ।

– टुभालुको संवैधानिक परिवर्तनले टुभालुको समुद्री सीमा उसको राज्यको मान्यताका साथ कायमै रहने बताइएको । टुभालु सरकार छिमेकी र अन्य राष्ट्रले उसका विशेष आर्थिक क्षेत्र सदा रहने कुरा स्वीकार गरून् भन्ने चाहने ।

– टुभालुको केही वा सबै भूभाग डुब्ने सम्भावना औँल्याइए तापनि डुबिहाल्ने निश्चित भएको चाहिँ होइन ।

५. टी–२० क्रिकेटमा पाँचौँ विकेटका लागि सर्वाधिक ठुलो साझेदारीको विश्व कीर्तिमान कायम गर्ने नेपाली क्रिकेटर जोडी को हुन् ?

 कुशल मल्ल र दीपेन्द्र सिंह ऐरी (२०८० कात्तिक)

–  काठमाडौँको मूलपानीस्थित क्रिकेट मैदानमा हङकङविरुद्धको खेलमा मल्ल र ऐरीको जोडीले सो कीर्तिमान कायम गरेका ।

– यसअघि यो कीर्तिमान न्युजिल्यान्डका मार्क च्यापमान र जेम्स निसम (रावलपिण्डीमा भएको पाकिस्तानविरुद्धको खेल, २०२३) मा थियो । उनीहरूले पाँचौँ विकेटका लागि १२१ रनको अविजित साझेदारी गरेका थिए ।

– १९ औँ हाङझोउ एसियाड–२०२३ मा कुशलले सर्वाधिक छिटो शतक र दीपेन्द्रले सर्वाधिक छिटो अर्धशतक (मङ्गोलियाविरुद्धको खेलमा) को विश्व कीर्तिमान कायम गर्न सफल भएका ।

६. नेपाल टी–२० विश्वकपमा दोस्रो पटक कहिले चयन भएको हो ?

 विसं २०८० कात्तिक १७ (सन् २०२३ नोभेम्बर ३०)

– नेपाल एक दशकपछि टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा चयन हुन सफल भएको ।

– नोभेम्बर ३ मा भएको आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र क्वालिफायरको सेमिफाइनलमा चिरपरिचित प्रतिस्पर्धी युएईलाई आठ विकेटले हराई विश्वकप यात्रामा पुनरागमन गरेको ।

– नेपालले यसअघि सन् २०१४ मा बङ्गलादेशमा भएको टी–२० विश्वकप खेलेको थियो ।

– नोभेम्बर ३ मा नै भएको अर्को सेमिफाइनलमा बहराइनलाई हराएर ओमान पनि विश्वकपका लागि चयन भएको ।

– आठ टिम सहभागी यस छनोट प्रतियोगिताको फाइनल पुग्ने दुई टोली सन् २०२४ मा हुने टी–२० विश्वकप खेल्न पाउने प्रावधान रहेको ।

७. आइसिसी टी–२० विश्वकप एसिया क्षेत्र क्वालिफायर, २०२३ को उपाधि जित्न सफल राष्ट्र कुन हो ? 

 ओमान (उपविजेता ः नेपाल)

– विश्वकप टी–२० सन् २०२४ जुन ४–३० सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने । सो प्रतियोगितामा अहिलेसम्मकै सबैभन्दा बढी २० टिमकोे सहभागिता रहने ।

८. एसियाली पारा खेलकुदमा नेपाललाई पहिलो पल्ट पदक दिलाउने खेलाडी को हुन् ?

 पलेशा महर्जन

– पलेशाले चीनको हाङझाउमा भएको चौथो एसियाली पारा खेलकुदको तेक्वान्दोमा नेपाललाई कांस्य

पदक दिलाएकी ।

– उनले के–४४ क्याटेगोरीको महिला ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जितेकी ।

९. युनेस्कोको रचनात्मक सहरमा छनोट हुन सफल नेपालको महानगर कुन हो ?

  काठमाडौँ महानगर (विसं २०८० कात्तिक)

– चलचित्र विधाबाट युनेस्कोको रचनात्मक सहर सञ्जाल (क्रिएटिभ सिटिज नेटवर्क) मा काठमाडौँ महानगर छनोट भएको ।

– सञ्जालमा आबद्ध हुन शिल्प तथा लोककला, सङ्गीत, चलचित्र, साहित्य, ग्यास्ट्रोनमी (खानाका परिकार), मिडिया कला र डिजाइन (सात क्षेत्र) मध्ये कुनै एउटा विधालाई छान्नुपर्ने प्रावधान रहेको ।

– सञ्जालमा जोडिएपछि अन्तर्राष्ट्रिय स्तरबाट बलियो सहयोग प्राप्त हुने, विकास योजना तथा नीतिमा संस्कृति एकीकृत हुने, सांस्कृतिक र रचनात्मक उद्योग बलियो हुने अपेक्षा गरिएको ।

१०. संयुक्त राष्ट्रसङ्घ दिवस कहिले मनाइन्छ ?

 अक्टोबर २४

११. बेलायत सरकारको स्वामित्व रहेको युके एक्सपोर्ट फाइनान्सले नेपालमा कति रकम लगानी गर्ने घोषणा गरेको छ ?

 रु. दुई खर्ब ४२ अर्ब

– नेपाली दूतावासको आयोजनामा सन् २०२३ अक्टोबर ३१ मा बेलायतमा सम्पन्न लगानी समेलनमा युके एक्सपोर्टले सो घोषणा गरेको ।

– लगानी विशेष गरी जलविद्युत्, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा गरिने ।

– बेलायतका बैङ्क तथा वित्तीय संस्था, दातृ निकाय तथा लगानीकर्ताबाट नेपालको जलविद्युत्लगायतका पूर्वाधार आयोजनामा लगानी भित्र्याउने उद्देश्यसहित लगानी सम्मेलन आयोजना गरिएको थियो ।

१२. नेपालमा पुतलीका बारेमा खोज र अनुसन्धानमा जीवन बिताएका बेलायती नागरिक कोलिन स्मिथको निधन कहिले भएको हो ? 

 विसं २०८० कात्तिक १८ (सन् २०२३ नोभेम्बर ४)

– ‘पुतली बाजे’ का नामले परिचित कोलिनको ८७ वर्षको उमेरमा निधन भएको ।

– युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी अध्ययन गरेका उनी युनाइटेड मिसन टु नेपालमार्फत पढाउन भन्दै विसं २०२२ माघमा नेपाल आएका ।

– स्मिथले नेपालका ४० जिल्ला पुगेर २५ हजारभन्दा बढी पुतली सङ्कलन गरेका ।

– स्मिथले नेपालमा पाइने करिब ६२० प्रजातिका पुतलीमध्ये ५८७ प्रजातिका पुतली सङ्कलन

गरेका । उनले सङ्कलन गरेका पुतली पृथ्वीनारायण क्याम्पस पोखराको हाताभित्र रहेको म्युजियममा रहेका ।

– यसको सञ्चालन अन्नपूर्ण प्रकृति संरक्षण कोषले गर्दै आएको ।

– नेपालमा पुतलीको अध्ययन र खोजमा विशेष योगदान दिएका स्मिथको शिरमा प्रायः ढाका टोपी हुन्थ्यो ।

– स्मिथले विसं २०७६ मङ्सिरमा मानार्थ नेपाली नागरिकता प्राप्त गरेका ।

– उनका पुतली र झ्याउँकिरीसम्बन्धी ३० भन्दा बढी पुस्तक प्रकाशित छन् ।

१३. आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानले विसं २०८० को षडानन्द राष्ट्रिय पुरस्कार कसलाई प्रदान ग¥यो ? 

 प्राध्यापक विद्यानाथ भट्टराई

– सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको ।

– त्यसै गरी षडानन्द क्षेत्रीय पुरस्कार २०८० साहित्यकार परशु प्रधानलाई प्रदान गरिएको ।

– यस पुरस्कारको राशि ५१ हजार रुपियाँ रहेको ।

१४. विश्व स्वास्थ्य सङ्गठनले प्रदान गरेको स्वास्थ्य पुरस्कार (सन् २०२३) प्राप्त गर्ने नेपाली संस्था कुन हो ?

 निक साइमन्स इन्स्टिच्युट

– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सिफारिसमा निक साइमन्स इन्स्टिच्युटले सो पुरस्कार प्राप्त गरेको ।

– पुरस्कार राशि रु. २० हजार डलर रहेको ।

– विश्व स्वास्थ्य सङ्गठनले प्रत्येक वर्ष विश्वमा रहेका मानिसको स्वास्थ्य सुधार्न उल्लेखनीय योगदान पु¥याउने व्यक्ति तथा गैरसरकारी संस्थालाई प्रोत्साहन गर्ने उद्देश्यले सासाकावा स्वास्थ्य पुरस्कार प्रदान गर्दै आएको ।

१५. नेपाल हरित हाइड्रोजन सम्मेलन कहिले सम्पन्न भएको हो ?

 विसं २०७९ आश्विन २४–२५

– (नारा ः नेपाल हरित हाइड्रोजन सम्मेलन, पग्लँदै गरेको हिमालका लागि एन्टिडोट)

१६. आर्थिक सर्वेक्षण, २०७९/८० अनुसार २०७९ फागुनसम्म विद्युत्को पहुँच पुगेको जनसङ्ख्या कति प्रतिशत रहेको छ ?

 ९५ प्रतिशत

– हालसम्म जडित विद्युत् क्षमता २०७९ असारको तुलनामा २१.७ प्रतिशतले बढेर २६६६ मेगावाट पुगेको ।

१७. चौथो मिस्टर इन्टरनेसनल नेपाल २०२३ को उपाधि चुम्ने युवा को हुन् ?

 अभिषेक चुडाल

– चुडालले फिलिपिन्सको बागुयो सहरमा आयोजित पुरुष अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर इन्टरनेसनल २०२३ मा मिस्टर कन्जिनियालिटीको अवार्ड प्राप्त गरेका ।

– विभिन्न ३५ देशका प्रतिस्पर्धीहरू सहभागी प्रतियोगितामा स्पेनका जोस एन्टोनियो क्याम्पोस केलले मुख्य उपाधि प्राप्त गरेका ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 144
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 159
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 143
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 103
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 116
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA