Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण

  • Prija Shrestha
  • November 12, 2023
  • 585

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसको नेपाल भ्रमण
  • वि.सं. २०८० कार्तिक १२ देखि १५ (सन्‌ २०२३ अक्टोबर २९ देखि नोभेम्बर १)
  • प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्ड राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुने क्रममा गुटेरेसलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
  • यसअघि बान की मुनले सन्‌ २००८ अक्टोबर अन्तिम साता संयुक्त राष्ट्रसंघको महासचिवको रूपमा नेपाल भ्रमण गरेका थिए ।
  • वानकी मुन आउँदा प्रधानमन्त्री प्रचण्ड थिए भने अहिले गुटेरेस आउँदा पनि प्रधानमन्त्री प्रचण्ड नै छन्‌ ।
  • गुटेरस नेपालमा
    • सगरमाथा आधारशिविर भ्रमण : कार्तिक १३ गते
    • लुम्बिनीको भ्रमण : कार्तिक १४ गते (अक्टोबर ३१)
    • नेपालको संसदलाई सम्बोधन : कार्तिक १४ गते

को हुन् गुटेरेस?

  • पूरा नाम : एन्टोनियो म्यानुअल डे ओलिभेरा गुटेरेस
  • जन्म : सन्‌ १९४९ अप्रिल ३० का दिन युरोपेली राष्ट्र पोर्चुगलमा
  • उनले सन्‌ २०१७ बाट राष्ट्रसंघको महासचिवको जिम्मेवारी सम्हालेका हुन्‌ । उनी संयुक्त राष्ट्रसंघको नवौँ महासचिव हुन्‌ ।
  • सन्‌ १९८१ मा कुर्ट वाल्डहेमपछि संयुक्त राष्ट्रसंघको महासचिवको जिम्मेवारी सम्हाल्ने गुटेरेस पहिलो युरोपेली हुन्‌ ।

संयुक्त राष्ट्रसंघको महासचिवमा गुटरेस पुन: नियुक्त

  • नियुक्ति मिति – २०२१ जून १८
  • घोषणा गर्ने – राष्ट्रसंघीय महासभाको ७५औं अधिवेशनका अध्यक्ष वोल्कन बोजकिरले
  • कुन कार्यकालको लागी ? – २०२२ जनवरी २१ देखि सन्‌ २०२६ डिसेम्बर ३१ सम्मका
  • यो उनको कतिऔं कार्यकाल हो ? – दोस्रो
  • दोश्रो कार्यकाल सुरु – २०२२ जनवरी १
  • उनको पहिलो कार्यकाल – २०१७ जनवरी १ देखि सुरु भएको र २०२१ को अन्त्यमा सकिनेछ ।
  • राष्ट्रसंघको महासचिवको कार्यकाल – ५ वर्ष हुन्छ

नेपाल तथा लुम्बिनी भ्रमण गर्ने संयुक्त राष्ट्रसंघको महासचिव

क्रसं. नेपाल भ्रमण गर्ने हासचिव मिति लुम्बिनी भ्रमण गर्ने महासचिव
१ ड्याग ह्यामरसोल्ड सन्‌ १९५९ मार्च १६ ड्याग ह्यामरसोल्ड
२ ऊ थान्त सन्‌ १९६७ अप्रिल १४ ऊ थान्त
३ कुर्त वाइल्ड हाइम सन्‌ १९८१ फेब्रुअरी १३ कुर्त वाइल्ड हाइम
४ हयामियर पेरिज द कोयर सन्‌ १९८९ मार्च ह्यामियर पेरिज द कोयर
५ कोफी अन्नान २००१ मार्च १२ –
६ बानकी मुन २००८ अक्टोबर ३१ बान की मुन
७ एन्टेनियो गुटेरेस २०२३ अक्टोबर २९ एन्टेनियो गुटेरेस

नोट:

  • उ थान्तले भ्रमण गरेपछि उनकै पहलमा लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय समिति गठन भएको थियो ।
  • उ थान्तले नै लुम्बिनी विकास गुरुयोजना बनाएर सोहीअनुसार अघि बढ्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेपछि जापानी वास्तुविद्‌ प्राध्यापक केन्जियो टांगेले सन्‌ १९७८ मा लुम्बिनी गुरुयोजना बनाएका थिए ।

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 81
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 329
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 274
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 302
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 424
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA