Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

कुन ग्रहमा दिन र वर्ष कति लामो हुन्छ र पृथ्वीसंग जोडिएका १५ रोचक तथ्य

  • Prija Shrestha
  • November 15, 2023
  • 833

कुन ग्रहमा दिन र वर्ष कति लामो हुन्छ र पृथ्वीसंग जोडिएका १५ रोचक तथ्य

कुन ग्रहमा दिन र वर्ष कति लामो हुन्छ र पृथ्वीसंग जोडिएका १५ रोचक तथ्य

कुन ग्रहमा दिन र वर्ष कति लामो? यस्ता छन् रोचक तथ्य

  • पृथ्वीले ३ सय ६५ दिनमा सूर्यको परिक्रमा गर्दछ भने केही ग्रह यस्ता पनि छन्‌ जसले सूर्यको एकपटक परिक्रमा गर्न १ सय वर्षभन्दा पनि धेरै समय लगाउँछन्‌ ।
  • सूर्यलाई परिक्रमा गर्ने ग्रहहरुको गतिका केही रोचक तथ्य यस्ता छन्‌:

१. बुध ग्रह : यो ग्रह आफ्नो अक्षमा निकै धिमा गतिमा परिक्रमा गर्दछ । पृथ्वीको ५९ दिन बराबर यहाँको एक दिन हुन्छ । यद्यपि यसले सूर्यको परिक्रमा भने निकै तिव्र रुपमा गर्दछ । पृथ्वीको ८८ दिनमा यसले सूर्यको
एक चक्कर पूरा गर्दछ ।
२. शुक्र ग्रह : हुनत बुध ग्रह सूर्यबाट सबैभन्दा नजिक छ, तर शुक्र ग्रह चाहीँ सबैभन्दा तातो ग्रह हो । यसलाई सूर्यको परिक्रमा गर्नका लागि २ सय २५ पृथ्वी दिन लाग्दछ । अर्को रोचक तथ्य चाहीँ शुक्र ग्रह आफ्नो
अक्षमा अन्य ग्रहको तुलनामा उल्टो घुम्दछ । साथै यसलाई आफ्नो अक्षमा एकपटक घुम्नका लागि २ सय ४३ दिन लाग्दछ । यसको अर्थ शुक्र ग्रहमा एक वर्ष भन्दा एक दिन लामो हुन्छ ।
३. मंगल ग्रह : यो ग्रहले ६सय ८७ दिनमा सूर्यको परिक्रमा गर्दछ । अर्थात्‌ मंगल ग्रहको एक वर्ष पृथ्वीको १.८८ वर्ष बराबर हुन्छ । नासाले मंगल ग्रहका दिनलाई सोल नामाकरण गरेको छ ।
४. बृहस्पति ग्रह : बृहस्पतिमा दिन निकै छोटा हुन्छन्‌ । सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हुनुका बाबजुत त्यहाँ केवल १० घण्टाको एकदिन हुन्छ । यद्यपि सूर्यबाट निकै टाढा भएका कारणले यसले सूर्यको परिक्रमा गर्न
पृथ्वीको १२ वर्ष लगाउँछ । सूर्यबाट बृहस्पतिसम्म प्रकाश पुग्नका लागि ४३ मिनेट लाग्दछ ।
५. शनि ग्रह : यो ग्रहमा पनि दिन निकै छोटो हुन्छ । यसले केवल १०.७ घण्टामा आफ्नो ध्रुवमा एक फन्को लगाउँछ । जबकि शनि ग्रहको एक वर्ष १० हजार ७५६ दिन बराबर हुन्छ । यो पृथ्वीको २९.४ वर्ष बराबर
हो।
६. अरुण ग्रह : अरुण ग्रहको एकवर्ष यति लामो हुन्छ कि सायद हामीमध्ये धेरैले यसको एक चक्र पूरा भएको नै देख्न पाउँदैनौँ । पृथ्वीको ८४ वर्षमा मात्र अरुणले सूर्यको परिक्रमा गर्दछ । यहाँको एक दिन १७.२ घण्टाको हुन्छ ।
७. वरुण ग्रह : यहाँ १६घण्टा बराबरको एक दिन हुन्छ । साथै यसले सूर्यको एकपटक परिक्रमा गर्नका लागि १६५ वर्ष लगाउँछ । अर्थात्‌ वरुण ग्रहमा कुनैपनि मानिसले एकवर्षको उमेर पनि पूरा गर्न सक्दैन ।

पृथ्वीसंग जोडिएका १५ रोचक तथ्य

१. पृथ्वी सूर्यको वरिपरी घुम्ने गर्दछ। सूर्यलाई एक पटकमा चारैतिर परिक्रमा गर्न पृथ्वीले २३ घण्टा ५६ मिनेट ४ सेकेण्ड समय लगाउँछ।
२. पृथ्वीको ७० प्रतिशत हिस्सा पानीले ढाकिएको छ। यही कारण पृथ्वी अन्तरीक्षबाट हेर्दा निलो रंगको देखिन्छ। निलो रंगका कारण पृथ्वीलाई ब्लू प्लानेट समेत भन्ने गरिन्छ।
३. पृथ्वी मुख्यतया: तीन पत्रले मिलेर बनेको छ। पृथ्वीको तलको पत्र फलाम र धातुले बनेको छ।
४. रेडियोधर्मी डेटिङ तथा धेरै खोज र अनुसन्धानहरुले पृथ्वीको आयु लगभग ४.५४ विलियन वर्ष रहेको देखाएको छ।
५. पृथ्वीको चारैतिर ओजोन तहले ढाकिएको हुन्छ। जसका कारण सूर्यबाट आउने हानिकारक किरण अल्ट्रा भायोलेट धर्तीसम्म पुग्न सक्दैन।
६. पृथ्वीलाई अहिले पनि मानिसहरु गोलाकार भनेर भन्ने गरेका छन्‌ तर वास्तवमा पृथ्वी अण्डा आकारमा रहेको छ।
७. सूर्यदेखि पृथ्वीको दूरी यति टाढा छ की सूर्यबाट निक्किउको किरण पृथ्वीमा आउन कम्तिमा ८ मिनेट २० सेकेण्ड लाग्छ।
८. पृथ्वीको एक तिहाइ भाग पानीले भरिए पनि पनि त्यसमध्ये पिउन लायक पानी भने ३ प्रतिशत मात्रै छ।
९. पृथ्वीमा रहेको गुरुत्वाकर्षण बलका कारण कुनै पनि पहाडको उचाई १५ किलोमिटर भन्दा माथि हुन सक्दैन।
१०. पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा हो । यदि चन्द्रमा नरहेको भए पृथ्वीमा एकदिन लगभग ३० घण्टा हुने थियो।
११. पृथ्वीको वायुमण्डलमा कुनै पनि आकाशीय पीण्ड प्रवेश गरेमा यति धेरै घर्षण हुन्छ की उक्त पीण्ड विस्तारै विस्तारे जल्न थाल्छ। गाउँघरमा त्यसमालाई मानिसहरुले ‘उल्का तारा’ भन्ने गर्दछन्‌ ।
१२. विश्वभर २२ अप्रिलमा ‘बर्ल्ड अर्थ डे’ अर्थात विश्व पृथ्वी दिवस मनाउने गरिन्छ।
१३. पुरै सौर्यमण्डलमा पृथ्वी मात्रै एउटा यस्तो ग्रह हो जसमा पानी तीन अवस्था(ठोस, तरल र ग्याँस)को रुपमा रहेको छ। यही कारण पृथ्वीमा जीवनको अस्तित्व कायम रहेको छ।
१४. विश्वभरमा जति पनि कृषियोग्य लगायतका खेती हुन्छ। त्यो पृथ्वीको करीब ११ प्रतिशत मात्र हुन आउँछ।
१५. कैयौ शताब्दी पहिले पुरै दुनियाँमा यो मान्यता थियो की पुरै धर्ती ब्रमाण्डको केन्द्रमा रहेको छ र सूर्य यसको चारैतिर परिक्रमा गर्दछ। तर महान वैज्ञानिक एवं खगोलविद निकोलस कोपर्निकसले जमिन होइन की सूर्य नै सौर्यमण्डलको केन्द्रविन्दु हो। साथै पृथ्वी सूर्यको परिक्रमा गर्ने गर्दछ। यही कारण पृथ्वीमा दिन र रात ह सम्भव भएको हो।

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 141
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 157
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 143
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 101
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 116
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA