Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • November 29, 2023
  • 579

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. विश्वव्यापी भोकमरी सूचकाङ्क (जिएचआई)–२०२३ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

 ६९ औँ

– जिएचआईले १२५ राष्ट्रमा गरेको अध्ययनमा नेपाल ६९ औँ स्थानमा रहेको । अघिल्लो वर्ष नेपाल ८१ औँ स्थानमा रहेको थियो ।

– यस अध्ययनमा बालबालिकामा हुने कुपोषण, पुड्कोपन, ख्याउटेपन र बालमृत्युदरलाई भोकमरीको सूचक मानिएको ।

– नेपालमा १५ प्रतिशत जनसङ्ख्याले पेटभर खान नपाउने अवस्था रहेको अध्ययनले देखाएको ।

– सूचीको पहिलो स्थानमा बेलारुस रहेको ।

– सबैभन्दा बढी भोकमरी अर्थात् अन्तिम स्थानमा मध्य अफ्रिकी गणतन्त्र रहेको ।

– भारत सूचीको १११ औँ स्थानमा रहेको । चीन कम भोकमरीयुक्त देशको चौथो स्थानमा रहेको ।

– कम भोकमरी भएका १० राष्ट्र क्रमशः बेलारुस, बोस्निया हर्जगोभिना, चिली, चीन, क्रोएसिया, इस्टोनिया, जर्जिया, हङ्गेरी, कुवेत, लात्भिया ।

– बढी भोकमरी भएका राष्ट्र ः मध्य अफ्रिकी गणतन्त्र, मदगास्कर, यमन, डेमोक्रेटिक रिपब्लिक अफ कङ्गो, लेसोथो, नाइजर, चाड, गिनी बिसाउ, लाइबेरिया, हैटी

२.  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान कहिले मनाइन्छ ?

 नोभेम्बर २५–डिसेम्बर १०

– सन् २०२३ को नारा ः लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता –युनाइट ! इन्भेस्ट टु प्रिभेन्ट भायोलेन्स अगेन्स्ट वुमन एन्ड गल्र्स)

– सन् १९८० को दशकदेखि विभिन्न मुलुकले महिलामाथि हुने हिंसाविरुद्धको दिवस मनाउँदै आएका । सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले यस दिवसलाई अनुमोदन गरेको ।

– नेपाल सरकारले हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसाविरुद्ध राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने निर्णय गरेको ।

– मानव अधिकारको विश्वव्यापी घोषणापत्र १९४८ र महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव अन्त्य गर्ने महासन्धि १९७९ को नेपाल पक्ष राष्ट्र हो ।

३.  अन्तर्राष्ट्रिय पर्यटन शैक्षिक तथा व्यावसायिक एलायन्स –जिटिटिपी) को आयोजनामा चार दिवसीय अन्तर्राष्ट्रिय पर्यटन सम्मेलन कहाँ सम्पन्न भयो ?

 दुबई –सन् २०२३ नोभेम्बर)

– सम्मेलनमा ब्राजिल, क्यानडा, चीन, फ्रान्स, हङकङ, हङ्गेरी, भारत, आयरल्यान्ड, जमैका, केन्या, नेपाल, न्युजिल्यान्ड, ओमन, फिलिपिन्स, दक्षिण अफ्रिका, तान्जानिया र बेलायत गरी १७ राष्ट्रका करिब दुई सय जनाको सहभागिता रहेको ।

– कार्यव्रmममा आ–आफ्नो देशमा भएको नेसनल कन्फरेन्समार्फत हरेक देशबाट विजयी भएका दुई जना विद्यार्थी तथा एक जना शिक्षकसहितको टोलीले आफ्नो देशको प्रतिनिधित्व गर्दै सहभागिता जनाएका ।

४. अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार–२०२३ बाट सम्मानित हुने नेपाली अभियन्ता को हुन् ?

 सविता उप्रेती

– सामाजिक अभियन्ता एवं शिक्षासेवी उप्रेतीले विगत १३ वर्षदेखि विशेष स्कुुल तथा पुनस्र्थापना केन्द्र –एसएसडीआरसी) स्थापना गरी अटिजम भएका बालबालिकाको सेवामा तल्लीन रहेकी ।

– उनी जनसेवाश्री पदक, राष्ट्रिय युवा प्रतिभा पुरस्कारलगायतका पुरस्कारबाट समेत पुरस्कृत भएकी ।

५. राष्ट्रिय कर दिवस–२०८० को अवसरमा आयोजित कर सप्ताह समापन कार्यव्रmममा सर्वाधिक कर (व्यक्तिगत आयतर्फ) तिरी सम्मानित हुने उद्यमी को हुन् ?

 विजयकुमार शाह

– सर्वाधिक आयकर तिर्ने ः नेपाल टेलिकम

– निर्यात कारोबारबाट ः डाबर नेपाल प्रालि

– विशेष उद्योगबाट ः एसियन पेन्ट्स

– कृषि एवं पशुजन्यतर्फ ः ओसिबी फुड्स प्रालि

– सहकारी तथा लघुवित्तबाट ः घिमेक लघुवित्त

– बैङ्क तथा वित्तीय संस्थाबाट ः ग्लोबल आइएमई बैङ्क

– बिमातर्फ बाट ः लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल

– स्वास्थ्य तथा शिक्षाबाट ः नोबेल मेडिकल कलेज, टिचिङ हस्पिटल

– पर्यटनबाट ः मनकामना दर्शन प्रालि

– वस्तु व्यापारबाट ः भाटभटेनी सुपर मार्केट

– मध्यम स्तरीय करदाताबाट ः नेपाल स्टक एक्सचेन्ज

– ऊर्जाबाट ः भोटेकोशी पावर कम्पनी

– रेमिट्यान्सबाट ः आइएमई लिमिटेड

– व्यक्तिगत आयतर्फ ः विजयकुमार शाह

– संस्थागततर्फ ः सूर्य नेपाल प्रालि

६. मुलुकको पहिलो केबुलकार सेवा कुन हो ?

 मनकामना केबुलकार

– विसं २०५५ मङ्सिर ८ देखि सञ्चालनमा आएको यो केबुलकार सेवा २५ वर्ष पूरा गरी २६ औँ वर्षमा प्रवेश गरेको ।

– केबुलकारले एनालग प्रविधिलाई नवीनतम डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने कार्य अघि बढाएको ।

– अस्ट्रियाको डोपलमेयर कम्पनीको डि–कनेक्ट भनिने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने पहिलो चरणको काम सम्पन्न भई बाँकी काम २०८१ भदौ÷असोजमा सम्पन्न हुने जनाइएको ।

७. एसियाली तथा प्रशान्त क्षेत्रका निर्माण व्यवसायीको छाता सङ्गठन (इफाप्का) को ४६ औँ सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

 विसंं २०८० मङ्सिर ३–७ (सन् २०२३ नोभेम्बर

२१–२५), काठमाडौँ

– सम्मेलनको नारा ः दिगो पूर्वाधारमा साझेदारी

– उद्घाटन ः राष्ट्रपति रामचन्द्र पौडेल

– स्वदेश तथा विदेशका ४५० भन्दा बढी प्रतिनिधि सहभागी ।

– सम्मेलनले १४ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको ।

– प्राकृतिक विपत्तिसँग जुध्ने खालको संरचना निर्माण एवं भौतिक पूर्वाधार निर्माणमा समग्र परियोजना चक्रलाई नै ध्यान दिनुपर्ने घोषणापत्रमा उल्लेख ।

– जलवायु अनुकूल पूर्वाधार निर्माण, कार्बन उत्सर्जनमा कटौती, परियोजनाका तयारीमा उपयुक्त अन्तर्राष्ट्रिय अभ्यासलगायतका बुँदा घोषणापत्रमा समेटिएको ।

८. त्रिमूर्ति निकेतनद्वारा लेखनाथ काव्य पुरस्कार (२०८०) कसलाई प्रदान गरियो ?

 प्रा मुकुन्दशरण उपाध्याय

– बालकृष्ण सम पुरस्कार ः हरिबहादुर थापा

– देवकोटा काव्य पुरस्कार ः जय पाण्डे

– पुरस्कार राशि जनही एक लाख रुपियाँ रहेको ।

९. दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

 वरिष्ठ कथाकार तथा आख्यानकार भागिरथी श्रेष्ठ

– त्यस्तै दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कार, २०८० बाट पत्रकार धर्मेन्द्र झा सम्मानित भएका ।

– पुरस्कार राशि क्रमशः ५१ हजार र २५ हजार

रुपियाँ रहेको ।

– प्रदान गर्ने ः दधिराज सुवेदी पुरस्कार प्रतिष्ठान ।

१०. रमेश विकल साहित्य प्रतिष्ठानद्वारा रमेश विकल वाङ्मय पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

 प्राडा वासुदेव त्रिपाठी

– रमेश विकल–सुशीला समाज सेवा पुरस्कार ः परोपकार संस्था, काठमाडौँ

– रमेश विकल सिर्जना पुरस्कार ः माधव काफ्ले (रौतहट)

– रमेश विकल बाल सहित्य पुरस्कार ः रामबाबु

सुवेदी (कास्की)

– रमेश विकल–सुशीला सङ्घर्षशील नारी पुरस्कार ः सत्यदेवी खड्का (दैलेख)

११. चोभार सुक्खा बन्दरगाह सञ्चालन तथा व्यवस्थापनको जिम्मा कसलाई दिइएको हो ?

 ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी

– ट्रान्स नेपाल फ्रेट सर्भिस जेभी नेपाल र भारतका कम्पनीको संयुक्त उपक्रम रहेको कम्पनी हो । जसमा नेपालको ट्रान्स नेपाल फ्रेट सर्भिस र भारतको टिआरएस लिफ्ट एन्ड सिफ्ट प्रालि रहेका ।

– कम्पनीले पाँच वर्षका लागि सञ्चालन तथा व्यवस्थापनको जिम्मा पाएको ।

– सुक्खा बन्दरगाह २०७८ चैत २२ देखि नेपाल इन्टर मोडेल यातायात विकास समितिले सञ्चालन तथा व्यवस्थान गर्दै आएको थियो ।

१२. सन् २०२३ नोभेम्बरमा न्युयोर्कमा सम्पन्न ५१ औँ संस्करणको एमी अवार्डमा अन्तर्राष्ट्रिय एमीनिर्देशन अवार्डबाट सम्मानित प्रतिभा को हुन् ?

 निर्मात्री तथा निर्देशक एकताकपुर (भारत)

– यो सम्मानबाट सम्मानित हुने एकता पहिलो भारतीय महिला हुन् ।

एमी अवार्ड २०२३

उत्कृष्ट अभिनेता ः मार्टिन फ्रिम्यान (रिस्पान्डर)

उत्कृष्ट अभिनेत्री ः मेक्सिकन अभिनेत्री कार्जासुजा (ला कौडा)

उत्कृष्ट निर्देशक ः एकताकपुर

उत्कृष्ट टेलिभिजन मुभी मिनी सिरिज ः ला कौडा

उत्कृष्ट टेलिनोभेला ः फ्यामिली सिवे्रmट

उत्कृष्ट डकुमेन्ट्री ः मेरियोपोल ः द पिपुल स्टोरी

उत्कृष्ट लाइभएक्सन ः हार्ट ब्रेक

उत्कृष्ट फ्याक्चुअल तथा मनोरञ्जन ः बिल्ट टु सर्भाइब

उत्कृष्ट सर्ट फिल्मसिरिज ः डेस जेन्स बिएन आर्डिनेयर्स

उत्कृष्ट नन स्व्रिmप्टेड इन्टरटेनमेन्ट ः ए पोइन्ट–द ब्रिजब्रासी

उत्कृष्ट स्पोर्ट्स डकुमेन्ट्री ः हार्ले रकाता

उत्कृष्ट आर्ट प्रोग्रामिङ ः बफी सेन्ट–म्यारी क्यारी इट अन

उत्कृष्ट कमेडियन अवार्ड ः वीर दास (ल्यान्डिङ)

उत्कृष्ट ड्रामा सिरिज ः द इम्प्रेस

१३. हालै अर्जेन्टिनाको राष्ट्रपतिमा निर्वाचित हुने राजनीतिज्ञ को हुन् ?

 जेभियर मिलेई

१४. ओस्कार अवार्डका लागि पठाइएको नेपाली फिल्म कुन हो ?

 हल्कारा

१५. मिस युनिभर्स–२०२३ मा पहिलो प्लस साइज मोडेलको कीर्तिमान रच्ने सुन्दरी को हुन् ?

 जेन दीपिका गारेट (नेपाल)

१६. सात राजनीतिक दल र नेकपा माओवादीबिच विस्तृत शान्ति सम्झौता कहिले भएको हो ?

 विसं २०६३ मङ्सिर ५

१७. राष्ट्रिय जलवायु सम्मेलन कहिले सम्पन्न भएको हो ?

 विसं २०८० मङ्सिर (काठमाडौँ)

– सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा अनुकूलन योजना २०२१–२०५० र जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना लोकार्पण गरिएको ।

१८. राष्ट्रिय सभामा २०८० फागुन २० मा अध्यक्षसहित कति सांसदको कार्यकाल सकिने भएको छ ?

  २०

– राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासहित २० जना सांसदको कार्यकाल २० फागुनमा सकिने । पद रिक्त हुनु ३५ दिनअगावै निर्वाचन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार १५ माघभित्र रिक्त सदस्यको पदपूर्तिका लागि निर्वाचन सम्पन्न गरिसक्नुपर्ने ।

– कार्यकाल सकिन लागेका २० जना सांसद २०७४ मा निर्वाचन भई गोलाप्रथाबाट छ वर्ष पदावधि प्राप्त गरेकाहरू हुन् ।

– निर्वाचनका लागि २०७८ को जनगणना अनुसार नयाँ मतभार कायम गरिएको । जस अनुसार एक प्रदेश सांसदको ५३ र एक पालिका प्रमुख उपप्रमुख तथा अध्यक्ष–उपाध्यक्षको १९ मतभार कायम ।

– यसअघि प्रदेश सांसदको ४८ र स्थानीय तहका प्रमुख र उपप्रमुखको १८ मतभार रहेको ।

– राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सांसद, नगरपालिका प्रमुख–उपप्रमुख र गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष मतदाता हुने ।

१९. नेपाल चिकित्सक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भएको हो ?

 विसं २०८० मङ्सिर १०–११, काठमाडौँ

२०. शङ्कर कोइराला आख्यान पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

 नारायण ढकाल

– त्यस्तै कुमार सरस्वती पुरस्कार–२०८० प्राडा दयाराम श्रेष्ठलाई प्रदान गरिएको ।

– यसै वर्षबाट प्रदान गर्न थालिएको ‘चूडामणि व्याकरण कोश पुरस्कार’ भाषाविद् शरच्चन्द्र वस्तीलाई प्रदान गरिएको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 85
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 336
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 278
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 306
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 429
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA