Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • December 06, 2023
  • 545

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. द इन्टरनेसनल बुकर प्राइज, २०२३ बाट सम्मानित हुने स्रष्टा को हुन् ?

 जिओर्जी गोस्पोडिनोभ (बुल्गेरिया) (उपन्यास : टाइमसेल्टर)

– पुस्तकलाई एन्जेला रोडेलले अङ्ग्रेजीमा अनुवाद गरेका हुन् ।

– बेलायतको म्यान ग्रुपले प्रदान गर्ने यस पुरस्कारको राशि ५० हजार पाउन्ड स्टर्लिङ रहेको छ ।

– सन् २००४ जुनमा स्थापित यो पुरस्कार सन् २००५ देखि प्रदान गर्न थालिएको हो ।

२. नेल्सन मन्डेला पुरस्कार, २०२३ कसलाई प्रदान गरियो ?

 क्यारोल सेवेल

३. काठमाडाैँ महानगरपालिकाले कहिलेदेखि सुर्तीजन्य पदार्थ बिक्रीवितरणमा पूर्ण प्रतिबन्ध गर्ने निर्णय गरेको छ ?

 विसं २०८० मङ्सिर २७

– महानगरपालिकाले मङ्सिर २७ गतेदेखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने भएको छ ।

– शिक्षण संस्था, सरकारी कार्यालय, पुस्तकालय,तालिम तथा जनस्वास्थ्यसम्बन्धी संस्था, सार्वजनिक सवारीसाधन, वृद्धाश्रम, विमानस्थल, बालकल्याण गृह, क्लब, सार्वजनिक शौचालय, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, सार्वजनिक प्रतीक्षालयलगायत स्थलमा सुर्तीजन्य पदार्थ सेवन र बिक्रीवितरण गर्न नपाइने व्यवस्था गरिएको छ ।

– सार्वजनिक स्थलमा सेवन गरे सय रुपियाँ जरिबाना गरिने छ ।

– अटेर गरे पाँच हजारदेखि एक लाख रुपियाँसम्म जरिबाना गर्ने व्यवस्था छ ।

४. जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त अरब इमिरेट्सतर्फ कहिले जानुभएको हो ?

 विसं २०८० मङ्सिर १३

– जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा पारेको प्रभावको एजेन्डा लिएर नेपाली प्रतिनिधिमण्डलसहित प्रधानमन्त्री प्रचण्ड त्यसतर्फ लाग्नुभएको हो ।

– प्रधानमन्त्री प्रचण्ड मङ्सिर १५ र १६ मा वल्र्ड क्लाइमेट एक्सन समिट अन्तर्गत ‘हाइलेभल सेग्मेन्ट’ मा सहभागी हुनुभएको हो ।

– प्रधानमन्त्रीद्वारा सन् २०२३ डिसेम्बर २ मा सम्मेलनलाई सम्बोधन गरिएको हो ।

५. काठमाडौँको बबरमहलस्थित जेब्रा क्रसमा बटुवाले नै बटन थिचेर रातो बत्ती बाल्ने र बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम कहिलेदेखि सञ्चालनमा आएको हो ?

 विसं २०८० मङ्सिर ११

– जेब्राक्रसको छेउमा रहेको पोलमा बटन राखेर ‘पोलिकन क्रसिङ लाइट’ जडान गरिएको हो । लाइट थिच्दा

सवारीसाधन आइरहेको साइडमा रातो र जेब्राक्रसिङपट्टि हरियो बत्ती बल्छ । एक पटक बटन थिचेपछि ३० सेकेन्डसम्म बत्ती बल्ने र उक्त समय सकिएको दुई मिनेटसम्म पुनः बटन थिच्दा बत्ती नबल्ने सिस्टम सेट गरिएको छ ।

– ट्राफ्रिक व्यवस्थालाई व्यवस्थित बनाउने क्रममा आवश्यकता अनुसार यो समयमा केही फेरबदल पनि हुन सक्छ ।

– महनगरले बबरमहलबाहेक ३५ स्थानमा यस प्रकारका लाइट जडानको तयारी गरेको छ ।

– यस्तो लाइट यसअघि कालीमाटी चोक, सुन्धारा, भृकुटीमण्डप, सर्वोच्च अदालत र त्रिचन्द्र क्याम्पस अगाडि जडान गरिएको थियो तर मर्मत सम्भार नगर्दा र निरन्तरता नदिँदा प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेका छन् ।

६. सरकारले तेस्रो लगानी सम्मेलनको आयोजना कहिले गर्ने भएको छ ?

 विसं २०८१ वैशाख ९–१०

– सम्मेलनमा धेरै जनालाई सहभागी गराउनेभन्दा सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको छ ।

– सरकारले दुईपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको जनाइएको छ ।

७. विश्व एड्स दिवस कहिले मनाइन्छ ? 

 डिसेम्बर १

–  ३६ औँ एड्स दिवस (२०२३) को नारा ‘समुदायको नेतृत्वमा एड्स अन्त्य गरौँ’ रहेको छ ।

– दिगो विकास लक्ष्य अन्तर्गत नेपालले सन् २०३० सम्म एड्स महामारी अन्त्य गर्ने प्रतिबद्धता जनाएको छ ।

– नेपालमा सन् २०१० देखि २०२२ सम्ममा नयाँ एचआइभी सङ्क्रमण दर करिब ७७ प्रतिशतले घटेको तथा एड्सबाट हुने मृत्यु ८० प्रतिशतले घटेको देखिएको छ ।

– ९५–९५–९५ अभियान एचआइभी एड्ससँग सम्बन्धित रहेको छ ।

८. युरोपेली सङ्घ (इयु) ले नेपाललाई कहिलेदखि सुरक्षा सूची (कालो सूची) मा राखेको हो ?

 सन् २०१३ डिसेम्बर ५

– इयुले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विसं २०८० मङ्सिर १३ मा कालोसूचीमा निरन्तरता दिनुको कारणसहितको पत्र पठाएको छ । यससँगै पछिल्लो एक दशकदेखि युरोप उडान गर्न नपाएको नेपाली जहाजको युरोप यात्रा अनिश्चित नै रहेको छ ।

– इयुले नेपालमा २०८० भदौ २५ देखि २९ सम्म स्थलगत अवलोकन तथा मूल्याङ्कन गरेको छ । सोही प्रतिवेदन कात्तिक २८ गते ब्रसेल्समा भएको सुनुवाइका आधारमा तयार पारिएको प्रतिवेदनका आधारमा नेपालले यस वर्ष पनि कालोसूचीमा निरन्तरता पाएको हो ।

– इयुले कालोसूचीबाट हट्न सरकारको प्रतिबद्धता तथा नेपालको हवाई सुरक्षामा प्राप्त उपलब्धिलाई निरन्तरता दिई भविष्यमा अझ बढी परिणाममुखी बनाउन राजनीतिक नेतृत्व एवं सरकारको रचनात्मक भूमिका अपरिहार्य रहेकोसमेत प्रतिवेदनमा औँल्याएको छ ।

९. राष्ट्रिय सभा सदस्यको रिक्त पदका लागि निर्वाचन कहिले हुने भएको छ ?

 विसं २०८० माघ ११

– निर्वाचन आयोगको परामर्श अनुसार २०८० मङ्सिर १३ को मन्त्रीपरिषद् बैठकले सो निर्णय गरेको हो ।

– निर्वाचित १९ र राष्ट्रपतिबाट मनोनीत एक गरी फागुन २० गते राष्ट्रिय सभाका २० सदस्यको पदावधि सकिने छ ।

– पदावधि सकिनुभन्दा ३५ दिनअगावै निर्वाचन हुनुपर्ने भएकाले सरकारले माघ १५ भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान अनुरूप सो मिति तय गरेको हो ।

१०. नेपालको संविधानमा व्यवस्था भएबमोजिम नागरिकताका प्रकार कति छन् ?

 चार (वंशज, अङ्गीकृत, गैरआवासीय र सम्मानार्थ)

११. बर्कसायरले सार्वजनिक गरेको प्रतिवेदन अनुसार सन् २०२४ को भ्रमणका लागि सुरक्षित गन्तव्य सूचीको पहिलो नम्बरमा रहेको राष्ट्र कुन हो ?

 क्यानडा

– वर्कसायरले सार्वजनिक गरेको सूचीमा यसअघि पहिलो स्थानमा नेदरल्यान्ड्स थियो ।

प्रतिवेदन अनुसार सुरक्षित गन्तव्यहरू

– पहिलो ः क्यानडा, दोस्रो ः स्विट्जरल्यान्ड, तेस्रो ः नर्वे, चौथो ः आयरल्यान्ड, पाचौँ ः नेदरल्यान्ड्स,

छैटौँ ः बेलायत, सातौँ ः पोर्चुगल, आठौँ ः डेनमार्क, नवौँ ः आइसल्यान्ड, दसौँ ः अस्ट्रेलिया, ११ औँ ः न्युजिल्यान्ड, १२ औँ ः जापान, १३ औँ ः फ्रान्स, १४ औँ ः स्पेन,

१५ औँ ः ब्राजिल

– विश्व पर्यटन सङ्गठनका अनुसार गत वर्ष विश्वभर नौ करोड ६० लाखभन्दा बढीले यात्रा गरेका छन् ।

१२. ‘सबैका लागि शिक्षा’ विषयक विश्व सम्मेलन कहिले र कहाँ भएको थियो ?

 सन् १९९०, थाइल्यान्डको जोम्टिन

१३. नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि भएको हो ?

 विसं २०७६ जेठ ६

– ‘डिजिटल पूर्वाधार समृद्धिको आधार ः हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको हो ।

– अप्टिकल फाइबरमार्फत उच्च गतिको व्यान्डविथ प्रवाह गर्न सकिने छ ।

१४. विसं २०८० मङ्सिरमा सम्पन्न प्रथम केपी ओली कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ?

 मधेश प्रदेश (उपविजेता : त्रिभुवन आर्मी)

– सञ्चालन मिति : विसं २०८० मङ्सिर ७–१६

– स्थान : पोखरा

– आयोजक : मदन भण्डारी स्पोर्ट्स एकेडेमी

– सहभागी टोली : ११ (सात प्रदेश, नेपाल आर्मी, नेपाल पुलिस, एपिएफ र आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमी ।)

– पुरस्कार राशि : प्रथम – पाँच लाख रुपियाँ, द्वितीय – दुई लाख ५० हजार रुपियाँ

१५. अस्ट्रेलियाले आफ्नो बैङ्क नोटमा बेलायतको नयाँ राजाको तस्बिर नछाप्ने घोषणा कहिले गरेको हो ? 

 सन् २०२३ फेब्रुअरी २

– अस्ट्रेलियाको केन्द्रीय बैङ्कको यस निर्णयसँगै हालै राजसिंहासनमा रहेका बेलायतका राजा चाल्र्स तृतीयको फोटो नोटमा नछापिने भएको हो ।

– चाल्र्स तृतीय संवैधानिक राजतन्त्रात्मक लोकतान्त्रिक मुलुक अस्ट्रेलियाका पनि राष्ट्राध्यक्ष हुन् । सन् १९९९ मा भएको जनमत सङ्ग्रहमा गणतन्त्र झिनो मतले पराजित भएको थियो ।

१६. नेपालको सबैभन्दा पुरानो राजमार्ग कुन हो ?

 त्रिभुवन राजपथ

१७. जोन बिट्स क्लार्क अवार्ड, २०२३ कसलाई प्रदान गरियो ?

 ग्याब्रियल जुकम्यान

–  यो पुरस्कार ४० वर्षभन्दा कम उमेर समूहका युवा वैज्ञानिक तथा अर्थशास्त्रीलाई प्रदान गरिन्छ ।

– यसलाई बेबी नोबेल पुरस्कार भनेर पनि चिनिन्छ ।

– अमेरिकन इकोनोमिक्स एसोसिएसनद्वारा प्रदान गरिन्छ ।

– सन् २०२२ मा ओलेग इत्सखोकी (युनिभर्सिटी अफ क्यालिफोर्निया) लाई प्रदान गरिएको थियो ।

१८. आणविक हतियारमा प्रतिबन्ध लगाउनेसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सन्धि औपचारिक रूपमा कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

 सन् २०२१ जनवरी २२

–  संयुक्त राष्ट्रसङ्घद्वारा यो सन्धि सन् २०१७ मा अनुमोदन गरिएको हो ।

– यस सन्धिमा १२० भन्दा बढी मुलुकले समर्थन जनाएका छन् ।

– नेपालका तर्फबाट सन् २०१७ मा आणविक हतियारलाई प्रतिबन्ध लगाउने सन्धिउपर समर्थन जनाउँदै हस्ताक्षर भएको छ ।

१९. नेपाल विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को सदस्य कहिले बनेको हो ?

 सन् १९७५

– विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को स्थापना सन् १९७५ जनवरी २ मा भएको हो ।

– यसको प्रधान कार्यालय स्पेनको मेड्रिडमा रहेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 86
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 336
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 279
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 310
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 429
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA