Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • December 27, 2023
  • 648

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको शिलान्यास कहिले गरिएको हो ? 

  • वि.सं. २०८० भदौ १६ (रसुवा)

– यसको विद्युत् उत्पादन क्षमता २१६ मेगावाट रहेको छ ।

– सो जलविद्युत् आयोजना विसं २०८३ मङ्सिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

 

२. वि.सं. २०८० मा उत्तम शान्ति पुरस्कारबाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ? 

  • डा. नवराज केसी (कृति: शून्यको मूल्य)

– यो पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ ।

– यो पुरस्कार विसं २०४४ देखि प्रदान गरिँदै आएको छ ।

केसीको 'शून्यको मूल्य'लाई उत्तम शान्ति पुरस्कार - हिमालखबर :: HimalKhabar -  A Complete Nepali Political News Portal

 

३. नेपालले द्विपक्षीय हवाई सेवा सम्झौता गरेका मुलुकको सङ्ख्या कति पुगेको छ ? 

  • ४१ (४१ औँ राष्ट्र: रुवान्डा), २०८० पुस (सन् २०२३ डिसेम्बर)

 

४. भिजा पेमेन्ट एक्सिलेन्स अवार्ड–२०२३ बाट सम्मानित वाणिज्य बैङ्क कुन हो ? 

  • ग्लोबल आइएमई बैङ्क लिमिटेड (विसं २०८० पुस)

– भिजा इन्टरनेसनलले डेबिट कार्ड प्रवर्धनमा उत्कृष्ट बनेको भन्दै अवार्ड प्रदान गरेको हो ।

– बैङ्कले हालै मात्र भिजासँगको सहकार्यमा भिजा स्क्यान टु पे भुक्तानी प्रणाली सुरु गरेको छ । क्युआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्न सकिने उक्त प्रविधि नेपालमै पहिलो भएको बैङ्कले जनाएको छ ।

ग्लोबल आइएमई भिषा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित-Sutra News

 

५. नन् रेसिडेन्ट नेपाली एसोसिएसन (एनआरएनए) क्यालिफोर्निया अमेरिकाद्वारा प्रदान गरिँदै आएको अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार–२०२३ बाट सम्मानित हुने चिकित्साकर्मी को हुनुहुन्छ ? 

  • मेडिकल अङ्कोलोजिस्ट डा. अरुण शाही (पुरस्कार राशि: ५१ हजार रुपियाँ र ताम्रपत्र)

– यसअघि यो पुरस्कार डा. शेरबहादुर पुनलाई प्रदान गरिएको थियो ।

डा. शाहीले पाए 'अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार'

 

६. नेपालमा कति प्रकारको नागरिकता प्रदान गरिन्छ ? 

  • चार (वंशज, अङ्गीकृत, सम्मानार्थ र गैरआवासीय)

 

७. विवाह अघि स्नातक उत्तीर्ण गर्ने छात्रालाई एक लाख रुपियाँ प्रदान गर्ने स्थानीय तह कुन हो ? 

  • मरिण गाउँपालिका (सिन्धुली)

 

८. मिटरब्याजीलाई अपराध कायम गर्ने फौजदारी कानुन कहिलेदेखि कार्यान्वयनमा आएको हो ? 

  • वि.सं. २०८० वैशाख २०

मिटरब्याजीलाई ७ वर्षसम्म कैद गर्ने विधेयक पारित- समाचार - कान्तिपुर समाचार

 

९. भारतको हरित क्रान्तिका वैज्ञानिक स्वामिनाथको निधन कहिले भयो ? 

  • सन् २०२३ सेप्टेम्बर २८

हरित क्रांति के जनक महान कृषि वैज्ञानिक एमएस स्वामीनाथन का निधन - thinQ360

 

१०. संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद् सदस्यमा नेपाल कहिले निर्वाचित भएको हो ? 

  • वि.सं. २०२३ जुन ८ (चौथो पटक)

संयुक्त राष्ट्रसंघको आर्थिक सामाजिक परिषद् सदस्यमा नेपाल निर्वाचित -  हिमालखबर :: HimalKhabar - A Complete Nepali Political News Portal

 

११. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा कसले गर्दछ ? 

  • अर्थ मन्त्रालय

 

१२. नेपालमा जिउँदो सहिद भनी कसलाई चिनिन्छ ? 

  • टङ्कप्रसाद आचार्य

 

१३. विश्वको पहिलो स्वच्छ वाणिज्य आणविक रिएक्टर बनाउने देश कुन हो ? 

  • चीन

 

१४. पछिल्लो समय भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्ट कुन हो ? 

  • जेएन–१

– डब्लुएचओले यो भेरियन्ट ओमिक्रोन भेरियन्टको सन्तति भएको जनाएको छ ।

– यो भेरियन्टबाट भारतमा सङ्क्रमण फैलिरहेको साथै मृत्यु हुने क्रम पनि बढिरहेको बताइएको छ ।

– विश्व स्वास्थ्य सङ्गठनले यसलाई घातकताका हिसाबले न्यून घातक जनाएको छ ।

भारत र चीनमा देखिएको कोभिडको जेएन.१ प्रजातिबारे नेपालमा कस्तो सतर्कता? -  BBC News नेपाली

 

१५. नेपाल वायुसेवा निगमले अपाङ्गता भएका यात्रुलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय कहिले गरेको हो ?

  • वि.सं. २०८० मङ्सिर १७

– सुरुमा टिकट काट्ने दुई यात्रुलाई आन्तरिक उडानमा ५० प्रतिशत शुल्क छुट दिइने छ ।

– रातो, निलो र पहेँलो वर्गको अपाङ्गता परिचयपत्र भएकाले यो छुट पाउने छन् ।

अपाङ्गता भएका यात्रुलाई निगमले हवाई भाडामा छुट दिने - State Nepal News

 

१६. राष्ट्रिय लेखक पुरस्कार–२०८० बाट सम्मानित हुने स्रष्टा को हुनुहुन्छ ? 

  • वैरागी काइँला (पुरस्कार राशि : एक लाख रुपियाँ )

बैरागी काइँलालाई नागरिक अभिनन्दन गर्ने तयारी

 

१७. नेपालको दोस्रो ठुलो विद्युत् सबस्टेसन कहाँ निर्माण गरिएको छ ? 

  • सुनसरी

– सुनसरीको इनरुवामा निर्मित ४०० केभी क्षमताको इनरुवा सबस्टेसनको प्रधानमन्त्री पुष्पकमल दाहाल

‘प्रचण्ड’ ले २०८० पुस ६ मा उद्घाटन गर्नुभएको हो ।

– उद्घाटन भएसँगै ग्यास इन्सुलेटेड प्रणाली जिआइएसमा आधारित स्वचालित सबस्टेसन चालु भएको छ ।

 

१८. प्रदेश व्यवस्थापिका कति सदनात्मक हुने संवैधानिक प्रावधान छ ? 

  • एक (प्रदेश सभा)

 

१९. ओजोन तहमा प्वाल परेको पत्ता लगाउने भूउपग्रह कुन हो ? 

  • निम्बस

 

२०. मन्त्रीपरिषद्को २०८० पुस ५ को निर्णय अनुसार नेपालका कति जातजाति अल्पसङ्ख्यकको सूचीमा सूचीकृत भएका छन् ? 

  • ११५

– राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि मन्त्रीपरिषद्ले ११५ जातिलाई अल्पसङ्ख्यकको सूचीमा राखेको ।

– मन्त्रीपरिषद्को पुस ५ को बैठकले गृह मन्त्रालयको सिफारिसबमोजिम ०.५ प्रतिशतभन्दा कम जनसङ्ख्या रहेका जातजातिलाई अल्पसङ्ख्यकका रूपमा तोक्ने निर्णय गरेको हो । जातजातिको विवरण राजपत्रमा प्रकाशित भएपश्चात् सार्वजनिक हुने छ ।

– पछिल्लो जनगणना अनुसार नेपाल सरकारले अल्पसङ्ख्यकका रूपमा तोकेका जातजातिलाई निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि पहिचान गर्ने गरेको छ ।

No photo description available.

 

२१. बेलायतको पहिलो महिला प्रधानमन्त्री को हुन् ? 

  • मार्गरेट थ्याचर (कन्जरभेटिभ दलकी नेतृ)

 

२२. नेपाल सरकारले हडताल गर्न निषेध गरेका आवश्यक क्षेत्र कति रहेका छन् ? 

  • २५

– नेपाल सरकारले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी देहायका आवश्यक सेवामा हडताल गर्न निषेध (राजपत्रमा प्रकाशित मिति ः २०७० मङ्सिर २८) गरेको छ ः

१. डाँक, तार वा टेलिफोन सेवा,

२. जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा,

३. हवाई अड्डा वा हवाईजहाजको रेखदेख, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा,

४. हवाई ग्राउन्ड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसारपसार गर्ने वा राख्ने, झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धित सेवा,

५. प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी सेवा,

६. हातहतियार, खरखजाना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा,

७. सञ्चार सेवा,

८. आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा,

९. खानेपानीको सञ्चालन तथा वितरण सेवा,

१०. पर्यटन आवास, मोटेल, होटेल, रेस्टुराँ र रिसोर्टसम्बन्धी सेवा,

११. पेट्रोलियम पदार्थ (एलपी ग्याससमेत) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा,

१२. अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा (एम्बुलेन्स जस्ता सेवा),

१३. औषधी निर्माण तथा बिक्री वितरणसम्बन्धी सेवा,

१४. फोहोरमैला सङ्कलन, ढुवानी प्रशोधन, बिसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,

१५. बैङ्किङ सेवा,

१६. बिमा सेवा,

१७. विद्युत् सेवा,

१८. दैनिक उपभोग्य वस्तुहरू (खाद्यान्न, दाल, चामल, नुन, तेल) को पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा,

१९. मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा

पूर्वसूचना सेवा,

२०. मास्कसम्बन्धी सेवा,

२१. ह्यान्ड सेनिटाइजरसम्बन्धी सेवा,

२२. भेटेरिनरी सेवा,

२३. कन्सुलर सेवा विभागबाट प्रदान हुने सेवा,

२४. राहदानी विभागबाट प्रदान हुने सेवा,

२५. इन्टरनेट सेवा ।

 

२३. नातिकाजी राष्ट्रिय विशिष्ट सम्मान–२०८० बाट सम्मानित हुने प्रतिभा को हुनुहुन्छ ? 

  • गीतकार आनन्द अधिकारी, सुनील थापा, भूषणा पोखरेल, राम भट्टराई र वसन्त वित्यासी थापा, वाद्यवादक केशव सुनाम, कुमार सिंह र सुवर्ण लिम्बू, परम्परागत सङ्गीतकार धर्म मुनिकार र गायक सुदेश शर्मा

– नातिकाजी राष्ट्रिय सङ्गीतकार पुरस्कार : गीतकार विजय शिवाकोटी, गायक शिशिर योगी र बानिका प्रधान तथा सङ्गीतकार राजनराज शिवाकोटी

– नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार : गायक सञ्जय तुम्रोक, गायिका रचना रिमाल र सङ्गीतकार विक्रम थापा र प्रकाश मिश्र

– नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार : लोकगायक अमृत खाती

– नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार : शान्तिप्रिय र कृष्ण भट्टराई

नातिकाजी राष्ट्रिय स्रष्टा सम्मान तथा पुरस्कार-२०८०' घोषणा – Himalaya Times

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 117
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 139
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 124
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 94
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 105
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA