Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पारिस्थितिक पद्धतिबाट सोधिने प्रश्नहरु

  • Susmita Shrestha
  • January 01, 2024
  • 443

पारिस्थितिक पद्धतिबाट सोधिने प्रश्नहरु

पारिस्थितिक पद्धतिबाट सोधिने प्रश्नहरु

पारिस्थितिक पद्धतिबाट सोधिने प्रश्नहरु

नेपालमा कति प्रजातिका चराहरु संरक्षण गरिएका छन्‌ ? (खरिदार २०६८) ९ प्रजाति
पृथ्वी दिवस कहिले मनाइन्छ ? (खरिदार २०६८ ) अप्रिल २२
भिजन २००५ केसँग सम्बन्धित रहेको छ ? (नासु २०७१) पर्यटन
तलका मध्य कुन चाँही दिगो विकासको अवधारणा होइन्‌ ? (नासु २०७१ )

क. गुणस्तरीय विकास

ख. अन्तरपुस्ता विकास

ग. टिकाउ विकास

घ. सहस्राब्दी विकास

सहस्राब्दी विकास
कुनै पनि पारिस्थितिक पद्धतिमा भएका सम्पूर्ण हरिया वनस्पतिहरु जसले आफुलाई चाहिने खाना आफैँ तयार गर्छन , त्यस्ता बनस्पतिलाई के भनिन्छ ? उत्पादक
नेपालको जनगणना कति कति बर्षमा लिने गरिन्छ ? (खरिदार २०७०) प्रत्येक १० वर्षमा
जटायु भनेको के हो ? (नासु २०६९) गिद्ध संरक्षण र सम्बर्द्धन गर्ने कार्य
कुनै पनि वातावरणमा रहने बिभिन्न समुदाय तथा वातावरणबीचको अर्न्तरसम्बन्धलाई के भनिन्छ? पारिस्थितिक पद्दति
ओजन तह सतहबाट कति माथि रहेको छ ? (खरिदार २०६८) २५ देखि ४० कि.मि. सम्म
जैबिक विविधतालाई कति भागमा विभाजन गरिएको छ ? (खरिदार २०६९ ) ३ भागमा
नेपालमा संरक्षित स्तनधारी वन्यजन्तुको संख्या कति रहेको छ ? (नासु २०७१) २६ बटा (हाल इण्डियन सालक र चाइनिज सालकलाई एकै मानिएकोले २६ वटा)
सबैभन्दा पछि स्थापना गरिएको राष्ट्रिय निकुञ्ज कुन हो ? (शाखा अधिकृत २०७०) बाके राष्ट्रिय निकुञ्ज
पातहरु हल्लिदा कति डेसिबल ध्वनी उत्पन्न हुन्छ ? (नासु २०७०) १० डेसिबल
जैविक विविधता सम्बन्धी सन्धी कुन सम्मेलनमा प्रस्तुत गरियो?(नासु २०७०) रियो सम्मेलन
सर्वप्रथम एड्स कुन महादेशमा पत्ता लागेको थियो? (खरिदार २०६८ ) अफ्रिका
युरो १ केसँग सम्बन्धित रहेको छ ? (नासु २०७१ ) पर्यटन
जैबिक विविधतामा नेपाल विश्वको कतिऔँ स्थानमा रहेको छ ? (खरिदार २०७०) २५ औं स्थान
पारिस्थितिक पद्धतिका ३ जैबिक तत्वहरु के के हुन्‌ ? उत्पादन, उपभोक्ता, विच्छेदक
ग्रिन पिसको स्थापना कहिले भएको हो ? (खरिदार २०६८) सन् १९७१
मानव शरिरमा रातो रक्तकोषको कमिले कुन रोग लाग्दछ ? (खरिदार २०६९ ) रक्तअल्पता
सन्‌ १९८७ मा ब्रुटल्याण्ड कमिसनले पेश गरेको प्रतिवेदनको नाम के हो ? (नासु २०६९) हाम्रो साझा भविष्य

 

Categories

  • Current Affairs 678
  • Gorkhapatra 315
  • Others 1061
  • Vacancy 1
  • Past Questions 82
  • Nepal Police 7

Latest Blogs

World famous scientists and their birthplaces
Others

विश्वका ख्यातिप्राप्त वैज्ञानिकहरू र उनीहरूको मूल थलो (जन्मदेश)

  • Jun 15, 2026
  • 110
CTEVT Construction/Plumbing Assistant Trainer Written Exam (2083/02/30)
Past Questions

CTEVT निर्माण/प्लम्बिङ सहायक प्रशिक्षक लिखित परीक्षा (२०८३/०२/३०)

  • Jun 14, 2026
  • 138
Protected mammals, birds and reptiles in Nepal
Others

नेपालमा संरक्षित स्तनधारी, पंक्षी र घस्रने जन्तुहरू

  • Jun 14, 2026
  • 117
Major medical discoveries
Others

प्रमुख चिकित्सा सम्बन्धी आविष्कारहरू

  • Jun 14, 2026
  • 92
World Blood Donor Day, 2026
Current Affairs

विश्व रक्तदाता दिवस, २०२६

  • Jun 14, 2026
  • 103
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA