Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष बस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • January 17, 2024
  • 510

लोक सेवा विशेष बस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष बस्तुगत प्रश्नोत्तर

१. सरकारले सेनाको व्यवस्थापनमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयमा नेसनल कोर्स (एनडिसी) कहिलेदेखि सुरु गर्ने भएको छ ?

  • वि.सं. २०८३
  • सोका लागि भौतिक पूर्वाधार निर्माण, पाठ्यक्रम तर्जुमाको कार्यलगायत सबै पक्षमा कार्य भइरहेको जनाइएको छ ।
  • २०८१ देखि नेसनल डिफेन्स कोर्स (एनडिसी) सुरु गर्ने भनिए पनि कोरोना र बजेटलगायतका कारण एनडिसी कोर्स सञ्चालन कार्य दुई वर्ष पछि धकेलिएको हो ।
  • नेपालमा यो कोर्स पहिलो पटक सञ्चालनमा ल्याउन थालिएको हो, जसमा सहायक रथी दर्जाका सैनिक अधिकृतले अध्ययनको मौका पाउने छन् । सहायक रथीबाट उपरथीमा बढुवाका लागि एनडिसी कोर्स अनिवार्य रहेको छ ।
  • सरकारले २०७६ फागुन १२ मा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ जारी गरेपश्चात् पूर्वाधारको कार्य सुरु भएको थियो ।
  • राष्ट्रिय सुरक्षा एवं प्रतिरक्षा सम्बन्धमा आवश्यक नीति एवं रणनीति तर्जुमा गर्ने, गहन खोज तथा अनुसन्धान एवं विश्लेषण गरी राष्ट्रिय सुरक्षालाई सुदृढ र समसामयिक बनाउन योगदान दिन सक्ने जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विश्वविद्यालय स्थापना भएको हो ।
  • सुरुमा एनडिसी सेनाका लागि मात्रै हुने र बिस्तारै निजामती सेवा तथा अन्य सुरक्षा निकायका अधिकृतलाई पनि राष्ट्रिय सुरक्षासम्बन्धी उच्च शिक्षा दिने लक्ष्य राखिएको सेनाले जनाएको छ ।
  • काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको पेरुङे डाँडामा ७५० रोपनी जग्गामा विश्वविद्यालयको पूर्वाधार निर्माण भइरहेको छ ।

२. विश्व बैङ्कले सन् २०२४ जनवरीमा सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ? 

  • ३.९ प्रतिशत
  • विश्व बैङ्कले गत आवमा नेपालले १.९ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गरेको अनुमान गरेको छ । आगामी वर्ष भने नेपालमा ५ प्रतिशतको आर्थिक वृद्धिदर हुने विश्व बैङ्कको प्रक्षेपण छ ।
  • सन् २०२४ मा विश्वको औसत आर्थिक वृद्धिदर २.४ प्रतिशत एवं दक्षिण एसियाको ५.६ प्रतिशत रहने अनुमान गरिएको छ ।
  • सन् २०२३ मा विश्वको औसत आर्थिक वृद्धिदर २.६ प्रतिशत र सन् २०२२ मा ३ प्रतिशत थियो ।
  • दक्षिण एसियामा यस वर्ष सबैभन्दा बढी आर्थिक वृद्धिदर भारत (६.४ प्रतिशत) र दोस्रोमा बङ्गलादेश (५.६ प्रतिशत) को हुने प्रक्षेपण रहेको छ ।

३. क्युआर कोड प्रयोगमा ल्याउने पहिलो नेपाली बैङ्क कुन हो ?

  • नबिल बैङ्क
  • विभिन्न सेवा पहिले सुरुवात गर्ने
  • एटिएम कार्ड : एभरेस्ट बैङ्क
  • क्रेडिट कार्ड : हिमालयन बैङ्क
  • इन्टरनेट बैङ्किङ : कुमारी बैङ्क
  • एसएमएस मोबाइल बैङ्किङ : लक्ष्मी बैङ्क
  • मल्टी करेन्सी कार्ड :सेन्चुरी बैङ्क
  • रोबोटको प्रयोग : एसबिआई बैङ्क

४. विश्व व्यापार सङ्गठन (डब्लुटिओ) को औपचारिक रूपमा स्थापना कहिले भएको हो ?

  • सन् १९९५ जनवरी १

५. विश्वव्यापी आतङ्कवाद सूचकाङ्क २०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ?

  • ३६ औँ

६. चर्चित सामाजिक सञ्जाल नेटवर्क ट्विटर (एक्स) ले आफ्नो लोगो कहिले परिवर्तन गरेको हो ?

  • सन् २०२३ जुलाई

साबिकको निलो चरालाई प्रतिस्थापन गरी अङ्ग्रेजी अक्षर ‘एक्स’ कायम गरिएको छ ।

७. गायन रियालिटी सो भ्वाइस अफ नेपाल सिजन–५ को उपाधि जित्ने प्रतिभा को हुनुहुन्छ ?

  • विनोद राई (२०८० पुस)
  • जितसँगै उहाँले २० लाख नगदसहित पुरस्कार प्राप्त गर्नुभएको छ ।
  • प्रतियोगितामा मकरबहादुर योन्जन फस्र्ट रनरअप, कुमारप्रयास राई सेकेन्ड रनरअप र नोगेन लिम्बू थर्ड रनरअप घोषित हुनुभएको छ ।

८. फ्रान्सका सबैभन्दा कान्छो प्रधानमन्त्रीका रूपमा चयन हुने राजनीतिकर्मी को हुन् ?

  • ग्रेब्रियल याटाल (३४ वर्षीय)
  • राष्ट्रपति इमानुयल माक्रोंनले सन् २०२४ जनवरी ९ मा नयाँ सरकारको प्रमुखमा याटालको नाम घोषणा गरेका हुन् ।
  • उनी २९ वर्षको उमेरमा सरकारका सबैभन्दा कम उमेरका मन्त्री बनेका थिए ।
  • फ्रान्समा यसअघि सन् १९८४ मा ३७ वर्षको उमेरमा लरेन्ट फाबियस प्रधानमन्त्री भएका थिए ।

९. नेपालमा एजेन्डा–२१ कार्यक्रम सुरुवात गरिएका जिल्ला कुन कुन हुन् ?

  • दाङ, सुर्खेत, कैलाली

१०. कोशी प्रदेशको प्रदेश सभामुखमा को चयन भएका छन् ?

  • अम्बरबहादुर विष्ट (वि.सं. २०८० पुस २४)
  • प्रदेश सभाका समानुपातिक सांसद विष्ट सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेसमेतको समर्थनमा सर्वसम्मत सभामुख चयन हुनुभएको हो ।
  • तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि १६ साउन २०८० यता कोशी प्रदेश सभामुखविहीन थियो ।

११. भुटानको संसद्लाई शोङ्दु भनिन्छ भने माल्दिभ्सको संसद्लाई के भनिन्छ ?

  •  मजलिस

१२. ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि कसले जित्यो ?

  • नेपाल पुलिस क्लब
  • नेपाल पुलिस क्लबले एपिएफ क्लबलाई हराउँदै उपाधि जितेको ।
  • प्रतियोगितामा गण्डकीले आर्मीलाई ३–१ सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।
  • प्रतियोगितामा नेपाल पुलिस क्लबका रविन चन्द सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।
  • उदीयमान खेलाडी पहल गहतराज चुनिनुभएको छ । त्यसै गरी पुलिस क्लबकै रविन नगरकोटी बेस्ट ब्लकर, एपिएफका हेमन्त मल्ल बेस्ट स्पाइकर, गण्डकीका जीवन सुनार बेस्ट सर्भर, पुलिस क्लबका भीम गाह बेस्ट लिबेरो र पुलिस
  • क्लबकै इम रानामगर बेस्ट सेटर घोषित
  • हुनुभएको छ ।
  • उपाधि विजेता नेपाल पुलिसले सिल्डसहित एक लाख रुपियाँ, उपविजेता एपिएफले ५० हजार र तेस्रो हुने गण्डकीले २५ हजार रुपियाँ प्राप्त गरेका छन् ।
  • १० टोली सम्मिलित सो प्रतियोगिता विसं २०८० पुस २०–२६ सम्म वीरेन्द्रनगरमा सञ्चालन भएको थियो ।

१३. सरकारले कुन फलफुललाई राष्ट्रिय फलफुल घोषणा गर्ने तयारी गरेको छ ?

  • सुन्तला
  • सङ्घ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को व्यवस्था अनुसार सुन्तलालाई राष्ट्रिय फलपूmल घोषणा गर्ने विषयमा तयारी भइरहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको ।
  • फलफुल विकास केन्द्रले २०७६÷७७ मा गरेको अध्ययन अनुसार नेपालमा २६ हजार ५९१ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । सो अध्ययन अनुसार नेपालमा सुन्तला खेतीको अवस्था :

१४. मिस इको इन्टरनेसनल नेपाल २०२४ घोषित हुने युवती को हुनुहुन्छ ?

  • फ्लाविया महर्जन
  • विजेता महर्जनले इजिप्टमा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस इको इन्टरनेसनल २०२४ मा नेपालको प्रतिनिधित्व गर्नुहुने छ ।
  • आगामी फेब्रुअरीमा आयोजना हुने प्रतियोगितामा ६० भन्दा बढी देशका इको सुन्दरीको सहभागिता रहने छ ।

१५. डेनमार्कमा राजकुमार फ्रेडरिक आन्द्रे हेनरिक त्यहाँको नयाँ राजा कहिले बनेका हुन् ?

  • सन् २०२४ जनवरी १४
  • ८३ वर्षीय महारानी मार्गरेथ द्वितीयाले आधिकारिक रूपमा सिंहासन छाडेपछि उनका छोरा फ्रेडरिक राजा बनेका हुन् ।
  • जनवरी १४ मा महारानी मार्गरेथले सिंहासन त्यागेको घोषणा गर्दै त्यागपत्रमा हस्ताक्षर गरेकी थिइन् । यससँगै प्रधानमन्त्री मेटे फ्रेडरिकसनले राजकुमार फ्रेडिरिक दसौँलाई नयाँ राजा घोषणा गरेका थिए।
  • महारानी मार्गरेथ द्वितीयाले सन् १९७२ जनवरी १४ मा आफ्ना श्रीमान् राजा फ्रेडरिक नवौँको निधनपछि सिंहासन सम्हालेकी थिइन् । ५२ वर्षपछि महारानीले सिंहासन त्यागेकी हुन् ।
  • बेलायतकी एलिजावेथ द्वितीयापछि मार्गरेथ युरोपमा सबैभन्दा लामो समय शासन गर्ने दोस्रो शासक हुन् ।

१६. कोतपर्व, भण्डारखाल पर्व तथा अलौ पर्व कुन राजाको पालामा भएका घटना हुन् ?

  • राजेन्द्र विक्रम शाह

१७. भिक्टोरिया फल्स कुन कुन देशको सीमामा पर्दछ ?

  •  जिम्बाबे र जाम्बिया

१८. फ्रान्ज बेकेनबाउर कुन खेलसँग सम्बन्धित खेलाडी हुन् ?

  • फुटबल 
  • जर्मन फुटबलका चर्चित खेलाडी तथा प्रशिक्षक बेकेनबाउरको सन् २०२४ जनवरी ७ मा निधन भयो ।
  • खेल कौशल र नेतृत्व क्षमताका कारण उनलाई ‘डेर कैजर’ (जसको अर्थ जर्मन भाषामा सम्राट् ) उपनाम बाट चिनिन्थ्यो ।
  • बेकेनबाउरले सन् १९७४ मा पश्चिम जर्मनीको कप्तानका रूपमा र १९९० मा प्रशिक्षकका रूपमा विश्वकप जितेका थिए । यो उपलब्धि हासिल गर्ने बेकेनबाउरसँगै ब्राजिलका मारियो जागालो र फ्रान्सका डिडियर डेसक्याम्प्स मात्रै हुन् ।
  • जर्मनीका लागि १०३ खेल खेलेका बेकेनबाउरले एक फुटबल खेलाडीका रूपमा प्रायः प्रतिष्ठित प्रतियोगिता जितेका छन् ।

१९. राष्ट्रिय लेखक पुरस्कार, २०८० कसलाई प्रदान गरियो ?

  • साहित्यकार बैरागी काइँला 
  • नेपाल राष्ट्रिय लेखक सङ्घद्वारा प्रदान गरिने पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।
  • हरेक वर्ष वैशाख १६ गते राष्ट्रिय लेखक दिवस मनाइन्छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 90
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 284
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 317
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 437
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA