Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • January 24, 2024
  • 772

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. जापानको राष्ट्रिय अन्तरिक्ष एजेन्सी (जाक्सा) ले पठाएको स्मल लुनार ल्यान्डिङ डेमोन्स्ट्रेटर (स्लिम) यान चन्द्रमामा कहिले अवतरण गर्‍ यो ?

  • सन् २०२४ जनवरी २०
  • मानवरहित यान चन्द्रमामा अवतरण भएको जाक्साले जनाएको छ ।
  • अवतरणपश्चात् चन्द्रमामा धेरै समय रहनका लागि तयार पारिएको सोलार ब्याट्रीको रिचार्ज हुन नसकेपश्चात् यानमा रहेको व्याकअपको सहयोगमा चन्द्रमाका तस्बिर, चट्टान सङ्कलन तथा अनुसन्धानका अन्य गतिविधि भइरहेको जाक्साले जनाएको छ ।
  • स्लिमको अवतरणसँगै अमेरिका, सोभियत सङ्घ, चीन र भारतपछि जापान चन्द्रमामा अवतरण गर्ने पाँचौँ मुलुक बनेको छ ।

२. फिफा सर्वश्रेष्ठ फुटबलर–२०२४ घोषित हुन सफल खेलाडी को हुन् ?

  • पुरुष तर्फ : लियोनल मेसी र महिला तर्फ : आइतावा बोनमती 

३. सशस्त्र प्रहरीमा डिएसपी बढुवा हुन कुन विषयमा पोस्ट ग्य्राजुएट डिप्लोमा अनिवार्य गरिएको छ ?

  • विपत् व्यवस्थापन 
  • सशस्त्र प्रहरी बलमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा हुन सुरक्षा तथा विपत् व्यवस्थापन अध्ययनमा पोस्ट ग्य्राजुएट डिप्लोमा गर्नुपर्ने भएको छ ।
  • इन्स्पेक्टरबाट डिएसपीमा बढुवा हुन पोस्ट ग्य्राजुएट डिप्लोमा इन सेक्युरिटी डिजास्टर म्यानेजमेन्ट स्टडिज कक्षा सञ्चालन गरिएको छ ।
  • यसअघि सशस्त्र प्रहरीमा डिएसपीमा बढुवाका लागि कम्पनी कमान्ड एन्ड स्टाफ कोर्स (सिसिएसी) राखिएको थियो । यस पटकबाट भने कम्पनी कमान्ड र विपत् व्यवस्थापन दुवै कक्षा एकै पटक भइरहेको छ ।

४. ‘मैले छिचोलेका कुइनेटा’ नामक कृतिका लेखक को हुनुहुन्छ ?

  • डा. मुकेशकुमार चालिसे

५. ट्राभल वेबसाइट ट्रिप एडभाइजरद्वारा प्रकाशित विश्वका उत्कृष्ट १० प्राकृतिक गन्तव्य (सन् २०२४) मध्ये पहिलो नम्बरमा पर्न सफल गन्तव्य कुन हो ?

  • काठमाडौँ

६. काठमाडौँ महानगरपालिकाले वार्षिक तीन करोड लिटर पानी पुनःभरण हुने प्रणाली कुन ठाउँमा निर्माण गरेको छ ?

  • बालाजु
  • यो प्रणाली बर्खामा आकाशबाट परेको पानी जमिनमुनि पठाउने प्रणाली हो ।
  • बर्खाको पानी बगेर खेर जाने र हिउँदमा पानीको अभाव हुने हुँदा यसलाई सन्तुलन गर्न पानी पुनःभरण प्रणालीको प्रवर्धन गरिएको हो ।
  • तीव्र सहरीकरणका कारण अत्यधिक भूमिगत पानी दोहन हुन थालेको छ । अव्यवस्थित भवन निर्माण र सडकले सतहको पानी जमिनमुनि जानुको सट्टा बगेर गएको छ । पछिल्लो समय बर्षात् छोटो अवधिमा अधिक हुने हुनाले प्राकृतिक रूपमा पानी पुनःभरणमा समस्या सिर्जना भएको छ ।

७. नेपाली गायन जगत्का उज्ज्वल नक्षत्र योगेश वैद्यको निधन कहिले भएको हो ?

  • वि.सं. २०८० माघ ५
  • उहाँका ‘सपना भुलाइ सारा आँसु पिएर जाउ’, ‘आँखैमा रात गले, बाटोमा हुरी चले’, ‘मेरो आँसुमा नहाँसे, घायल यो दिल के हाँस्थ्यो’, ‘नेपाल मेरो तिमीलाई’ लगायतका गीत चर्चित छन् । उहाँले नेपाल भाषाका पनि थुप्रै गीत गाउनुभएको छ ।
  • वनस्पतिशास्त्रमा एमएस्सी गर्नुभएका योगेश करिब ३३ वर्ष सरकारी सेवामा संलग्न रही २०६१ सालमा सहसचिव पदबाट अवकाश हुनुभएको थियो ।
  • उहाँले यही माघ १ गते मात्रै गंकी धुस्वाँ बसुन्धरा प्रतिष्ठानद्वारा प्रदान गरिएको धुस्वाँ सायमी सिर्जना पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँले छिन्नलता गीत पुरस्कार, विख्यात त्रिशक्तिपट्टलगायत प्रख्यात पुरस्कार प्राप्त गर्नुभएको छ । उहाँका विभिन्न कृतिसमेत प्रकाशित छन् ।
  • उहाँका दुई छोरी र एक छोरा छन् ।

८. असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरूको १९ औँ शिखर सम्मेलनमा सहभागी हुने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कहिले युगान्डातर्फ प्रस्थान गर्नु भयो ?

  • वि.सं. २०८० माघ ४ (माघ ७ मा स्वदेश फिर्ता)

९. पहिलो साक्षर घोषित प्रदेश कुन हो ?

  • बागमती प्रदेश (दोस्रो : गण्डकी)
  • बागमती प्रदेश साक्षर घोषित : विसं २०७८ असोज ११
  • गण्डकी प्रदेश साक्षर घोषित : विसं २०७८ असोज २४

१०. हेन्ली पासपोर्ट इन्डेक्स–२०२४ मा नेपाल कति औँ स्थानमा रहेको छ ?

  • १०३औँ 

११. हाल राष्ट्रसङ्घको स्थायी प्रतिनिधिमा को रहनुभएको छ ? 

  • लोकबहादुर थापा
  • उहाँ पन्ध्रौँ स्थायी प्रतिनिधि हुनुहुन्छ ।
  • यसअघि राष्ट्रसङ्घको प्रतिनिधि अमृतबहादुर थापा हुनुहुन्थ्यो ।
  • नेपालको पहिलो स्थायी प्रतिनिधि ऋषिकेश शाह हुनु भयो ।

१२. बुकर पुरस्कार–२०२३ कसलाई प्रदान गरियो ?

  • पाउल लिन्च (आयरल्यान्ड)
  • ‘प्रोफेट सङ्ग’ उपन्यासका लागि यो अवार्ड प्रदान गरिएको हो ।
  • सन् १९६९ बाट प्रदान गर्न थालिएको यस पुरस्कारको राशि ५० हजार पाउन्ड रहेको छ ।

१३. जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता लागु गर्ने पहिलो सार्क राष्ट्र कुन हो ?

  • माल्दिभ्स

१४. नेपाली स्याटेलाइट ‘नेपाली स्याट १’ कति दिन अन्तरिक्षमा रहेर पृथ्वीमा खसेको थियो ?

  • ८४१ दिन

१५. कँगो वेसिन क्लेड, क्लेड वान, क्लेड टु ए, क्लेड टु बी कुन रोगका भेरिएन्ट हुन् ?

  • मङ्की पक्स

१६. महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको उद्घाटन कहिले गरिएको हो ?

  • वि.सं. २०७९ असोज १४

१७. कृषि तथा वन क्षेत्रको रूपान्तरण गर्न तर्जुमा गरिएको कन्ट्री प्रोग्रामिङ फ्रेमवर्कको अवधि कुन हो ? 

  • सन् २०२३–२०२७

१८. अन्तर्राष्ट्रिय युवा वैज्ञानिक पुरस्कार–२०२३ बाट सम्मानित हुने नेपाली को हुनुहुन्छ ?

  • डा. घनश्याम ज्ञवाली

१९. राष्ट्रिय योग दिवस कहिले मनाइन्छ ?

  • माघ १
  • नवौँ राष्ट्रिय योग दिवस (२०८०) को नारा : गरौँ योग – रहौँ निरोग
  • वि.सं २०७२ साउन २८ को मन्त्रीपरिषद् बैठकले माघ १ गतेका दिन राष्ट्रिय योग दिवस मनाउने निर्णय गरेको थियो ।
  • सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घ महासभाले जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने घोषणा गरेको हो ।

२०. ७५ औँ संस्करणको एमी अवार्ड–२०२४ मा ‘आउट स्ट्यान्डिङ ड्रामा’ को उपाधि जित्न सफल फिल्म कुन हो ?

  • सक्सेसन 
  • अवार्ड समारोहमा फिल्म सक्सेसन र द वियरले सर्वाधिक छ÷छ अवार्ड जितेका छन् ।
  • आउटस्ट्यान्डिङ ड्रामा : सक्सेसन
  • उत्कृष्ट अभिनेता : म्याथु म्याकफेडेन (सक्सेसन)
  • उत्कृष्ट निर्देशक : मार्क माइलड (सक्सेसन)
  • प्रमुख अभिनेता : काइरन कल्किन (सक्सेसन)
  • प्रमुख अभिनेत्री : सारा स्नोक (सक्सेसन)
  • उत्कृष्ट लेखन : जेसी आमस्ट्रङ (सक्सेसन)
  • आउटस्ट्यान्डिङ कमेडी सिरिज : द वियर
  • लेखन र निर्देशन : क्रिस्टोफर स्टोरर (द वियर)
  • प्रमुख अभिनेता : जेरेमी एलिन ह्वाइट
  • प्रमुख अभिनेत्री : आयो एडिविरी
  • हअभिनेता : इबोन मोस बाचाराच

२१. महानगरपालिका हुनका लागि कति जनसङ्ख्या हुनुपर्ने प्रावधान छ ?

  • पाँच लाख
  • कम्तीमा पाँच लाख स्थायी बासिन्दा,
  • पछिल्लो पाँच वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा एक अर्ब रुपियाँ,
  • कुल सडक लम्बाइको कम्तीमा ७५ प्रतिशत पक्की भएको,
  • विशेषज्ञसहितको अस्पताल, कम्तीमा १०० शय्याको एक अस्पतालसहित कम्तीमा ५०० शय्याको अस्पताल सुविधा,
  • अन्तर्राष्ट्रिय सभाहल तथा अन्तर्राष्ट्रिय स्तरको व्यापारिक प्रदर्शनी स्थल,
  • सङ्ग्रहालय भएको, प्राविधिक शिक्षालय भएको,
  • अन्तर्राष्ट्रिय स्तरको होटल सुविधा भएको,
  • अन्य सहरी सुविधा भएको,

२२. त्रिभुवन विश्वविद्यालयको पहिलो कुलपति को हुनु भयो ?

  • कान्ति राज्यलक्ष्मी देवी शाह
  • (पहिलो उपकुलपति : सुवर्णशमशेर जबरा)

२३. पन्ध्रौँ योजनामा उल्लिखित दीर्घकालीन लक्ष्य अनुसार विसं २१००/०१ सम्ममा नेपालीको प्रतिव्यक्ति आय कति पुर्‍ याउने लक्ष्य रहेको छ ?

  • १२,१०० अमेरिकी डलर 

२४. आदिकवि भानुभक्त पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • प्राध्यापक घनश्याम कँडेल (पुरस्कार राशि : एक लाख २५ हजार रुपियाँ)

२५. नेपालमै पहिलो पटक पोथी हात्तीको शल्यक्रिया गरी बच्चाको जन्म कहिले गराइयो ? 

  • वि.सं. २०७९ फागुन २५
  • सौराहाको खोरसोरमा अवस्थित हात्ती प्रजनन केन्द्रमा गण्डकीकली नामक ढोईको शल्यक्रिया गरी बच्चा जन्माइएको हो ।
  • छावाको नाम विजयगज राखिएको थियो ।

२६. विदेशमा बस्ने नेपालीलाई ध्यानमा राखी निःशुल्क टेलिमेडिसन सेवाको सुरुवात कहिले गरिएको हो ?

  • वि.सं. २०७९ चैत १५

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 91
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 285
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 317
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 437
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA