Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

मिति २०८०/११/१५ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदको लागि लोक सेवा आयोगद्वारा सोधिएका सामान्य ज्ञानका प्रश्नहरु:

  • Ajnabee Khadka
  • March 01, 2024
  • 1111

मिति २०८०/११/१५ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदको लागि लोक सेवा आयोगद्वारा सोधिएका सामान्य ज्ञानका प्रश्नहरु:

मिति २०८०/११/१५ मा नेपाल प्रहरीको प्रहरी निरीक्षक (ईन्स्पेक्टर) पदको लागि लोक सेवा आयोगद्वारा सोधिएका सामान्य ज्ञानका प्रश्नहरु:

१. स्थानिय तहलाई दिने समानीकरण अनुदान कस्को सिफारिशमा दिने व्यवस्था छ ?
– राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग

२. National Forensic laboratory (NAST) कुन मन्त्रालय अन्तर्गत पर्दछ ?
– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय

३. राष्ट्रिय जनगणना, २०७८ अनुसार तल दिइएको कुन भनाई सही छ/छन् ?
(क) नगरपालिकामा बसोवास गर्ने जनसंख्या ६६.७ प्रतिशत रहेका छन् ।
(ख) सबैभन्दा कम जनसंख्या भएको प्रदेश कर्णाली हो ।
– दुबै सही

४. पन्ध्रौ योजनाले विपदका घटनाबाट प्रभावित हुने जनसंख्या प्रति हजार कतिमा झार्ने लक्ष्य लिएको
छ ?
– ९.८ प्रतिशत

५. नेपालको संबिधानको धारा १ मा के सम्बन्धि ब्यवस्था गरिएको छ ?
– संविधान मूल कानून

६. जाखिरा ताल कुन जिल्लामा पर्दछ ?
– कपिलबस्तु

७. कम्प्युटरको Algorithm भनेको के हो ?
– A list set of instructions, used to solve problems or perform tasks, based on the understanding of available alternatives.

८. भांवर प्रदेशले तराई प्रदेशको कति प्रतिशत भू-भाग ओगटेको छ ?
– ४.५%

९. आसियानको हालको महासचिव कुन देशको हुन् ?
– कम्बोडिया

१०. सन् २०२३ को रसायन शास्त्रमा नोवेल पुरस्कार के विषयमा प्राप्त गरेका थिए ?
– क्वान्टम डट्सको खोज र संश्लेषण को लागि

११. खुकुरी डण्डा क्रस र तिन तारा कसको दर्ज्यानी चिन्ह हो ?
– प्रहरी वरिष्ठ उपरीक्षक

१२. तिब्बतले कहिले देखि नेपाली सिक्का प्रचलनमा कुन सन्धिवाट बन्द गरेको हो ?
– बि.स. १८४६ को केरुङ सन्धि पछि

१३. सन् २०२४ को ओस्कर अवार्डका लागि मनोनित नेपाली चलचित्र कुन हो ?
– हल्कारा

१४. रुसी राज्य क्रान्तिसंग तलका मध्ये कुन बिशेषता मिल्दैन ?
– साम्राज्यबाद अन्त्य गर्नका लागि गरिएको क्रान्ति ( दिएका मध्ये)

१५. एशिया र युरोपमा फैलिएको घाँसे मैदान कुन हो ?
– स्टेप्स

१६. डि. एन. ए. मा तलको मध्ये कुन तत्व पर्दैन ?
– युरासिल

१७. डग फाइट केसंग सम्वन्धित छ ?
– प्लेनद्वारा हुने लडाई

१८. संयुक्त राष्ट्रसंघको विकास कार्यक्रम तलका मध्ये कुन चाँही होइन ?
– शरणार्थी व्यवस्थापन (यो कार्यक्रम UNHCR ले गर्दछ।)

१९. अन्नपुर्ण हिमश्रृंखला अन्तर्गत नपर्ने हिमाल दिएका मध्ये कुन हो ?
– मार्वी हिमाल

२०. क्याप्सियन तालको सबैभन्दा गहिरो भाग कुन हो ?
– The southern Caspian

२१. नेपाल प्रहरीले पहिलो युएन मिशन कुन देशमा कहिले गएको थियो ?
– पूर्वी युगोस्लाभिया सन् १९९२

२२. तलका मध्ये कुन जय प्रकाश मल्लसँग सम्बन्धित छैन् ?
– पशुपतिनाथको कोटर्लिङ्ग (दिएका मध्ये)

२३. कुन योजनावाट दिगो आर्थिक बृद्धि हासिल गर्ने लक्ष्य लिन थालिएको हो ?
– आठौं पञ्चवर्षिय योजनाबाट

२४. पहिलो पञ्चवर्षिय योजना कहिले देखि शुरु भएको हो ?
– बि.सं. २०१३ असोज १ गते

२५. इन्टरपोलको Red-Notice कुन अवस्थामा जारी हुन्छ ?
– फरार अपराधी पक्राउ

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 33
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 144
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 116
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 358
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA