Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

लोकसेवा आयोगले २०८१/०१/२९ मा संघीय खरिदारलाई सोधेको प्रश्न र समाधान GK & IQ

  • Ajnabee Khadka
  • May 11, 2024
  • 582

लोकसेवा आयोगले २०८१/०१/२९ मा संघीय खरिदारलाई सोधेको प्रश्न र समाधान GK & IQ

लोकसेवा आयोगले २०८१/०१/२९ मा संघीय खरिदारलाई सोधेको प्रश्न र समाधान GK & IQ

अप्राविधिक तर्फको न्याय, प्रशासन, लेखापरीक्षण र संघीय संसद सेवा, राजपत्र अनंकित द्धितिय श्रेणी, खरिदार वा सो सरह पदको प्रथम चरणको खुला प्रतियोगितात्मक लिखित परीक्षा

मितिः २०८१/०१/२९

१. सिद्धार्थ गौतमको जीवनीसँग जोडिएर आउने मायादेवीलाई.. . नामले पनि सम्बोधन गरिन्छ।
A. महामाया
B. प्रजापति गौतम
C. यशोधरा
D. नन्दकुमारी

२. वि.स. २०१५ सालको आम निर्वाचनमा देशभर कति निर्वाचन क्षेत्र रहेका थिए ?
A. १०५
B. १०९
C. २०५
D. २६५

३. संगितको आधार देहायको मध्ये कुन बेदलाई मानिन्छ ?
A. ऋग्वेद
B. अथर्ववेद
C. यजुर्वेद
D. सामवेद

४. विश्व बैंकबाट सार्वजनिक गरिएको प्रतिवेदन अनुसार सन् २०२४ मा नेपालको आर्थिक वृद्धिदर कति प्रतिशतले हुने वृद्धि अनुमान गरेको छ?
A. ३.१३
B. ३.२
C. ३.३
D. ३.५

५. नेपालमा लाभ-लागत लगायतका विविध विश्लेषणको आधारमा आयोजना बैंक (Project Bank) निर्माण गर्ने कार्य तलको मध्ये कुन निकायको हो ?
A. प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
B. अर्थ मन्त्रालय
C. राष्ट्रिय योजना आयोग
D. लगानी बोर्ड नेपाल

६. नेपालमा बोलिने प्रमुख पाँच भाषाहरुमा बढीदेखि कमको कम तलका मध्ये कुन सही हो?
A. नेपाली, मैथली, भोजपुरी, तामाङ थारु
B. नेपाली, भोजपुरी, मैथली, थारु, तामाङ
C. नेपाली, मैथली, भोजपुरी, थारु, तामाङ
D. नेपाली, भोजपुरी, मैथली, तामाङ, थारु

वि.स.२०७९ सालको मदन पुरस्कार कुन कृतिलाई प्रदान गरिएको थियो ?
A. इजोरिया
B. चक्रव्युह
C. माटाको घर
D. ऐंठन

८. समूह I सँग समूह II को जोडा मिलाई सही विकल्प रोज्नुहोस् ।
समह I                                 समूह II
१) छिन्नमस्ता                        क) बाँके
२) चन्दननाथ मन्दिर             ख) जुम्ला
३) सतासी धाम                     ग) सप्तरी
४) बागेश्वरी मन्दिर                घ) झापा
A. १ – क, २-घ,३ – ख, ४- ग
B. १-क,२-ख,३-ग,४-घ
C. १-ख,२-घ,३-क, ४-ग
D. १-ग,२-ख, ३-घ, ४-क

९. सन् २०२४ को 29th United Nations Climate Change Conference कहाँ हुने तय भएको छ ?
A. बाकु, अजरबैजान
B. बेलेम, ब्राजिल
C. बोन, जर्मनी
D. लिमा, पेरु

१०. नेपालको राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको कति प्रतिशत १५ देखि ५९ बर्ष उमेरका रहेका छन् ?
A. ५६.९६
B. ५९.६६
C. ६१.६९ 
D. ६६.१९

११. दिगो विकासको लक्ष्य नं ४ के सँग सम्बन्धित छ?
A. गुणस्तरीय शिक्षा
B. स्वास्थय र समुन्नत समाज
C. लैङ्गिक समानता
D. स्वच्छ पानी तथा सरसफाई

१२. रतन्धो (Night Blindness) के को कमि भएमा लाग्छ ?
A. भिटामिन सि
B. भिटामिन डि
C. भिटामिन ए 
D. प्रोटिन

१३. मोवाइल फोनको आविष्कार कसले गरेका हुन् ?
A. माईकल फराडे
B. एडविन ल्यानु
C. मार्टिन कुपर
D. बुन्सेन

१४. सिमसार क्षेत्रको संरक्षण सम्बन्धी रामसार सूचीमा नेपालको तलका मध्ये कुन क्षेत्र सर्वप्रथम सूचीकृत भएको हो?
A. रारा ताल
B. फोक्सुण्डो ताल
C. गोसाइँकुण्ड
D. कोशी टप्पु वन्यजन्तु आरक्ष

१५. सही जोडा मिलाई विकल्प छान्नुहोस् ।
१) विश्व जनसंख्या दिवस               क) अप्रिल ७
२) विश्व पर्यटन दिवस                    ख) जुन ५
३) विश्व वातावरण दिवस                ग) जुलाई ११
४) विश्व स्वास्थ्य दिवस                   घ) सेप्टेम्बर २७
A. १ – क, २- ख, ३- ग, ४-घ
B. १-ख,२-ग,३-घ, ४-क
C. १-ग,२-घ,३ – ख, ४-क
D. १-घ, २- क, ३-ख, ४- ग

१६. Global Innovation Index, 2023 को सूचीमा नेपाल कति औं स्थानमा रहेको छ?
A. १०६ औं
B. १०७ औं
C. १०८ औं 
D. १०९ औं

१७. सबैभन्दा पहिले चीनको भ्रमण गर्ने नेपालका प्रधानमन्त्री तलका मध्ये को थिए ?
A. विश्वेश्वरप्रसाद कोइराला
B. डा. के. आई सिंह
C. टंकप्रसाद आचार्य 
D. डा. तुलसी गिरी

१८. संयुक्त राष्ट्र संघका विशिष्टिकृत संस्था र सम्बन्धित प्रधान कार्यालयको स्थानबीच जोडा मिलाई सही विकल्प छान्नुहोस्।
संयुक्त राष्ट्र संघका विशिष्टिकृत                   संस्था प्रधान कार्यालय रहेको स्थान
१) अन्तराष्ट्रिय हुलाक संघ                           क) जेनेभा, स्विटजरल्याण्ड
२) विश्व जलवायु संगठन                              ख) रोम, इटाली
३) विश्व पर्यटन संगठन                                ग) बर्न, स्विटजरल्याण्ड
४) अन्तराष्ट्रिय कृषि विकास कोष                 घ) मेड्रिड, स्पेन
A. १-ग,२- क, ३-ख, ४-घ
B. १-ग,२- क, ३-घ, ४- ख
C. १-ग,२-घ,३-क, ४- ख
D. १ – ख, २ – क, ३-ख, ४- ग

१९. संयुक्त राष्ट्र संघमा प्रवेश गर्ने पहिलो आसियान (ASEAN) राष्ट्र तलका मध्ये कुन हो ?
A. इण्डोनेशिया
B. मलेशिया
C. फिलिपिन्स
D. थाईल्याण्ड

२०. बंगलादेशका Ministry of Shipping का राज्यमन्त्री Khalid Mahmud Chowdhury स्थलमार्गबाट नेपाल कहिले आएका थिए ?
A. वि. स. २०७९ फागुन
B. वि.स.२०८० माघ
C. वि. स. २०८० फागुन
D. वि. स. २०८० चैत्र

२१. निम्न भनाईहरु अध्ययन गर्नुहोस् र सही विकल्प छान्नुहोस् ।
१) लुम्बिनी प्रदेशमा १२ जिल्ला रहेका छन् र यसको कुल क्षेत्रफल २२,२८८ वर्ग कि.मि. रहेको छ ।
२) क्षेत्रफलको आधारमा सुदूरपश्चिम प्रदेशको सानो जिल्ला बझाङ हो ।
A. १ र २ दुवै ठीक
B. १ ठिक तर २ बेठीक
C. १ बेठीक तर २ ठीक
D. १ र २ दुवै बेठीक

२२. क्षेत्रफलको आधारमा सानो महादेशबाट ठूलो महादेशको क्रममा कुन सही छ ?
A. युरोप, दक्षिण अमेरिका, अन्टार्कटिका, उत्तर अमेरिका
B. अन्टार्कटिका, युरोप, दक्षिण अमेरिका, उत्तर अमेरिका
C. युरोप, अन्टार्कटिका, दक्षिण अमेरिका, उत्तर अमेरिका
D. उत्तर अमेरिका, दक्षिण अमेरिका, अन्टार्कटिका, युरोप

२३. देश र महादेशको आधारमा जोडा मिलाउनुहोस् ।
१) लात्भिया                 क) अफ्रिका
२) लिविया                  ख) एसिया
३) टर्की                       ग) युरोप
A. १-ग,२- ख, ३ क
B. १-ख,२-ग, ३-क
C. १ – क, २-ग, ३-ख
D. १-ग,२-क,३-ख

२४. Caldera के सँग सम्बन्धित छ ?
A. भूकम्प
B. हिमनदी
C. ज्वालामुखी
D. सुनामी

२५. तलका भनाइहरु अध्ययन गर्नुहोस् र ठीक बेठीक छुट्याउनुहोस् ।
१) थार मरुभूमि युरोप महादेशमा पर्दछ।
२) एण्डिज पर्वत श्रृङ्खला दक्षिण अमेरिकामा पर्दछ।
A. १ र २ दुवै ठीक
B. १ र २ दुवै बेठीक
C. १ ठीक तर २ बेठीक
D. २ ठीक तर १ बेठीक

२६. एसिया महादेशमा कति वटा भूपरिवेष्ठित देशहरु रहेका
A. २
B. १२
C. १६
D. १८

२७. राणाकालमा फौजदारी प्रकृतिको मुद्दा मामिला हेर्ने, न्याय सम्पादन गर्ने अड्डालाई के भनिन्थ्यो ?
A. तेजारथ
B. कौशल
C. ईटाचपली
D. लिङ्बल

२८. फ्रान्सको राज्यक्रान्तिको नारा के थियो ?
A. समानता, स्वतन्त्रता र सुख
B. समानता, स्वतन्त्रता र भातृत्व
C. समानता, स्वतन्त्रता र न्याय
D. समानता, स्वतन्त्रता र समावेशीता

२९. पिरामिडको खास अर्थबारेमा तलका भनाइ अध्ययन गरी सही विकल्प छान्नुहोस् ।
१) तत्कालिन मिश्रका राजाहरुले नाइल नदीको किनारामा विकास गरेका सभ्यता
२) तत्कालिन मिश्रका राजाहरुको चिहान
A. १ मात्र ठीक
B. १ र २ दुवै ठीक
C. २ मात्र ठीक
D. १ र २ दुवै बेठीक

३०. जोडा मिलाई सही विकल्प छान्नुहोस् ।
१) वि.स. १९८८              क) दास प्रथाको उन्मुलन
२) वि.स. १९८७              ख) प्रचण्ड गोर्खा पर्व
३) वि.स.१९७७               ग) लाइब्रेरी पर्व
४) वि.स.१९८१                (घ) मकै पर्व
A. १ – ख, २- ग, ३-घ, ४-क
B. १-ग,२- ख, ३-घ, ४-क
C. १ – ख, २-ग, ३-क, ४-घ
D. १-ग,२-घ,३-क, ४-ख

IQ Part

1. तल मूलप्रतिमा दिइएको सूचना रूजुप्रतिमा पनि जस्ताको तस्तै हुनुपर्नेमा केही त्रुटिहरू देख्न सकिन्छ। त्यस्ता त्रुटिहरू कतिवटा रहेका छन् ? पत्ता लगाउनुहोस्

(A) २

(B) ३

(C) ४

(D) ५

2. तल (X) मा रहेको चित्रको हुबहु प्रतिलिपि (Photocopy) दिइएका मध्ये कुन हो?

(A)                    (B)                     (C)                    (D)

3. प्रश्न चिन्ह (?) भएको स्थानमा कुन विकल्प सही हुन्छ ?

शनिबार, आइतबार, मंगलबार, शुक्रबार, ?, आइतबार

(A) मंगलबार

(B) बुधबार

(C) बिहिबार

(D) शनिबार

Pattern: +1,+2,+3,+4,+5……..

 

4. प्रश्न चिन्ह (?) भएको स्थानमा कुन विकल्पको चित्र उपयुक्त हुन्छ?

Trick: सबै Row मा सबै प्रकारका टाउको, हात र खुट्टा हुनु पर्छ।

 

5. तल दिइएका विकल्पहरूमध्ये कुन विकल्प अरू विकल्पमध्ये फरक छ?

(A) ८६८८

(B) ४२८६

(C) ९६८७

(D) ७३९५

Trick: ४२८६ बाहेक अरु सबैलाई ३ ले भाग जान्छ।

 

6. तल दिइएका चित्रहरूमध्ये कुनै एउटा चित्र अरूभन्दा फरक छ भने त्यो कुन चित्र हो? पत्ता लगाउनुहोस् ।

Trick: (D) बाहेक सबैमा Triangle जोडिएका रेखा नजिक x मा उहि चित्र छैनन् ।

 

7. तल दिइए अनुसार प्रश्न चिन्ह (?) रहेको स्थानमा आउने अंक पत्ता लगाउनुहोस् ।

२५४ :: ४०, ५२६ :: ६०, ३७२ :: ?

(A) ३६

(B) ४०

(C) ४२

(D) ४८

Trick: सबै अकंहरुको गुणनफल: 3×7×2=42

 

8. तार्किकरूपमा सुहाउँदो सबैभन्दा उत्तम विकल्प रोज्नुहोस् जसले चित्रहरूबीचको सम्बन्ध देखाउँछ।

Ans: B

Trick: पहिलो को नतिजा दोस्रो हो। जस्तै सुई र धागो बाट सुईटर बने जस्तै Computer ले Report तयार गर्छ ।

 

9. निम्न फाईलक्रम भएका फाईलहरूलाई बढीबाट घटीक्रममा राख्दा दिएका विकल्पहरूमध्ये कुन उपयुक्त हुन्छ ?

१) २२९८३

२) २२९९५

३) २२९६५

४) २२९०६

५) २३९८३

(A) ५, २, १, ३, ४

(B) ३, १, ४, ५, २

(C) २, ४, ५, १, ३

(D) ४, २, ३, १,५

Trick: अरु नहेरि सुरुका २ अकं हेर्दा हुन्छ।

10. लोक सेवा आयोगमा दरखास्त पेश भएका निम्न नामहरू ध्यानपूर्वक अवलोकन गर्नुहोस् ।

१) कमल रायमाझी       २) कलम थापा        ३) कमल भण्डारी          ४) कमल पौडेल           ५) कमल नेपाल

माथि दिइएका नामहरू नेपाली वर्णमालाक्रम अनुसार अगाडिदेखि पछाडि हुने गरी क्रमबद्ध गर्नुहोस् र तल दिइएको कोडबाट सही फाईलिङक्रम छनौट गर्नुहोस् ।

(A) ५, ४, १, २, ३

(B) २, ४, १, ३, ५

(C) ४, २, ३, १,५

(D) ५, ४, ३, १, २

Trick : अन्तिममा २) हुनेछ।

 

11. तल दिइएका निर्देशनहरू पालना गरी दिइएको समस्या हल गर्नुहोस् । निर्देशनहरूः –

१) दिइएका अक्षरहरूको क्रम “इ ल म ग र न उ प र छ स ब ई ल आ ई भ न” मा अगाडि स्वर वर्ण र पछाडि व्यल्जन वर्णको बीचमा भएका व्यञ्जन वर्णहरूको संख्या गन्नुहोस् ।

२) सो संख्यालाई ५ ले गुणन गर्नुहोस् ।

समस्याः गुणनफल कति हुन्छ? [ खरिदार २०८१/०१/२९ ]

(A) १०

(B) १५

(C) २०

(D) ३

Trick: ३ वटा व्यन्जन वर्ण जसको अघि स्वर वर्ण र पछि व्यन्जन वर्ण छ : ल प भ
३ * ५ = १५ 

12. तल दिइएको भित्तेपात्रोमा गोलो चिन्ह लगाएको ठाउँलाई सार्वजनिक बिदा भनिएको छ। साथै, आइतबार र शनिबारको दिन पनि बिदा मानिएको छ। त्यस बाहेक अरू दिन कार्यालय खुला रहनेछ। उक्त भित्तेपात्रोलाई आधार मानी दिइएका प्रश्नहरूको उत्तर दिनुहोस् ।

बिदाको दिन गन्ति नगरी महिनाको चौथो बुधबारभन्दा पाँच दिन पहिले कति गते पर्छ ?

(A) ११

(B) १४

(C) १५

(D) १७

Hint: २३ गते बुधवार ५ दिन अघि विदा बाहेक १४ गते 

13. सुजन पूर्वतर्फ ५०० मिटर हिँड्छ र त्यसपछि बायाँ मोडिएर ६०० मिटर हिँड्छ। त्यहाँबाट उ दायाँतर्फ मोडिएर ९०० मिटर हिँड्छ र अन्तमा आफ्नो दायाँतिर फर्कन्छ र ६०० मिटर हिँड्छ भने शुरुवाट बिन्दुबाट उ कति टाढा पुगेको होला?

(A) ८०० मिटर

(B) १२०० मिटर

(C) १४०० मिटर

(D) १८०० मिटर

Trick:

 

14. तलको मेट्रिक्समा प्रश्नचिन्हहरू रहेको स्थानमा रहने उपयुक्त विकल्प कुन हो ?

 

Column मा +3 +5 र +7  हुदै गएको छ left to right.
11 + 3 = 14 +5 = 19 + 7 = 26 . Similar for all rows.

 

15. एक जनाले जम्मा १७२८ रुपैयाँ बाटो खर्च पाएछ। उसले यसबाट रु. ७२ को नास्ता गरेछ। त्यसपछि बचेको रकममध्ये १/८ भाग बस भाडामा खर्च गरेछ र बचेको मध्ये ४/९ भाग बास बस्नको लागि प्रयोग गरेछ। अब, उसले पाएको जम्मा पैसाको कति भाग बाँकी छ होला?

(A) ५/११

(B) १३/२९

(C) २०/४५

(D) ७/१५

Trick: (1728-72)×LaTeX: \frac{7}{8}×LaTeX: \frac{5}{9}= 805 तब बाकि भाग = LaTeX: \frac{805}{1728}LaTeX: \approx LaTeX: \frac{7}{15}

 

  1. BRANCH को कोड DTCLAF भए जस्तै निम्न मध्ये कुन मिल्छ?

(A) DPGGPF: FRIEND

(B) NORMAL: ALTFCD

(C) PCQAWG: RESCUE

(D) NATION: CYRGMK

Trick: +2,+2,+2,-2,-2,-2

 

  1. तल केही चित्रहरू र तिनका कोडहरू दिइएको छ। उल्लिखित वित्र र कोडको आधारमा निम्न चित्रहरूको कोड रहेको सही विकल्प रोज्नुहोस् ।

(A) 78264

(B) 78164

(C) 71854

(D) 851104

Trick: चित्रमा केरिएको अकं हेर्नुहोस

18. निम्न अक्षर म्याट्रिक्सलाई ध्यानपूर्वक अध्ययन गर्नुहोस् र प्रश्न चिन्ह (?) रहेको स्थानमा रहनुपर्ने अक्षर तार्किकरूपमा पत्ता लगाउनुहोस् ।

 

(A) S

(B) R

(C) O

(D) I

Trick: तलको Pattern मा Words बनाईएको छ

ORGAN, LIVER, LUNGS, HEART

19. तलको चित्रमा कतिवटा त्रिभुजहरू छन् ?

 

(A) १२

(B) १३

(C) १४

(D) १५

Trick: 8+2+2

20. टुंडिखेलमा एउटा घोडा थियो। पहिलो ड्रमको आवाजसँगै घोडा उफ्रियो र ४५ डिग्री घडी घुम्ने दिशातर्फ घुम्यो। दोश्रो पटकको ड्रमको आवाजसँगै घोडा उफ्रियो र ९० डिग्री घडी घुम्ने दिशाको उल्टो घुम्यो। तेश्रो पटकको ड्रमको आवाजसँगै घोडा उफ्रियो र १३५ डिग्री घडी घुम्ने दिशातर्फ घुम्यो र अहिले उत्तर दिशातर्फ फर्किएको छ भने शुरूमा घोडा कुन दिशा तर्फ फर्किएको थियो ?

(A) पूर्व

(B) दक्षिण-पूर्व

(C) पश्चिम

(D) उत्तर-पूर्व

Trick: 45°(CW)-90°(ACW) + 135°(CW) =90° CW त्यसपछि उत्तर दिशा भए सुरुको अवस्थाको लागि उत्तर बाट 90° ACW घुम्नु। होस। त्यसो A भए सुरुको दिशा पश्चिम हुनेछ। 

 

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 106
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 94
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 84
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA