Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • June 05, 2024
  • 418

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१.  अर्थमन्त्री वर्षमान पुनद्वारा २०८१ जेठ १५ मा सङ्घीय संसद्मा प्रस्तुत आर्थिक वर्ष २०८१/८२ बजेटको राशि कति रहेको छ ? 

  •  रु. १८ खर्ब ६० अर्ब ३० करोड
  • कुल बजेट : १८ खर्ब ६० अर्ब ३० करोड
  • चालु खर्च : ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत)
  • पूँजीगत खर्च : तीन खर्ब ५२ अर्ब ३५ करोड (१८.९४ प्रतिशत)
  • वित्तीय व्यवस्थापन : तीन खर्ब ६७ अर्ब २८ करोड (१९.७४ प्रतिशत)

✪ आम्दानी स्रोत

  • राजस्व : १२ खर्ब ६० अर्ब ३० करोड
  • वैदेशिक अनुदान : ५२ अर्ब ३३ करोड
  • वैदेशिक ऋण : दुई खर्ब १७ अर्ब ६७ करोड
  • आन्तरिक ऋण : तीन खर्ब ३० अर्ब
  • पाँच उद्देश्य, पाँच प्राथमिकता, पाँच सुधारका रणनीति र पाँच रूपान्तरणकारी क्षेत्र,
  • आर्थिक वृद्धिदर छ प्रतिशत हुने अनुमान
  • मूल्य वृद्धि ५.५ प्रतिशत कायम गर्ने,
  • २०८१–२०९१ कृषिमा लगानी दशक
  • ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थप गरिने, राष्ट्रिय प्रणालीमा विद्युत् जडित क्षमता ४५०० मेगावाट पु¥याइने,
  • एक पालिका एक डाउनटाउन
  • प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम
  • बागमती नदी प्रणालीको ज्ञान, सभ्यताको उत्थान
  • हाम्रा बा–आमा हाम्रो जिम्मेवारी अभियान सञ्चालन गरिने,
  • एक वडा एक पार्क
  • १० वर्षमा ३० खर्बको आइटी निर्यात गर्ने, पाँच लाखलाई प्रत्यक्ष तथा १० लाखलाई अप्रत्यक्ष रोजगारी सिर्जना गर्ने,
  • खुमलटारमा १७ करोड लागतमा ज्ञान पार्क स्थापना गर्ने,
  • जनकपुरलाई वेडिङ र लुम्बिनीलाई बर्थिङ हब बनाउने,
  • भरतपुर–बुटवल–पोखरालाई समेटी गण्डकी आर्थिक त्रिभुज परियोजना बनाउने ।
  • एक अर्ब रुपियाँको स्टार्ट अप कोष
  • काभ्रेको बनेपामा चलचित्र छायाङ्कन स्टुडियो निर्माण गर्ने,
  • सातै प्रदेशमा विशिष्टीकृत आर्थिक केन्द्र (कोशी : उद्योग हब, मधेश : कृषि हब, बागमती : सूचना प्रविधि हब, गण्डकी : पर्यटन हब, लुम्बिनी : साना तथा मझौला उद्यम हब, कर्णाली : जडीबुटी हब र सुदूरपश्चिम : धार्मिक पर्यटन हब)
  • आव २०८१/८२ मा १६ लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्य,
  • हिमाल–पहाडमा ५० रोपनी र तराईमा १० विघाभन्दा बढी जमिनमा सामूहिक खेती, पशुपालन र जडीबुटी खेती गर्नेलाई ब्याज अनुदान र मेसिनरी आयातमा कर छुट,
  • १०० विघा ठुलो प्लटमा बासनादार धान खेती गर्ने सात नमुना परियोजनालाई मल, बिउ, प्राविधिक सेवा र सहुलियतपूर्ण कर्जा र बिमा प्रिमियममा छुट,
  • म्याग्दी, मुस्ताङ, मनाङ, गोरखा र धादिङमा कस्तुरी मृगको व्यावसायिक फार्म स्थापना,
  • कृषि बिमाको प्रिमियममा अनुदान दिन एक अर्ब ६५ करोड विनियोजन,
  • बचत तथा ऋण सहकारी संस्थाको नियमन गर्न नियामक निकाय स्थापना गर्ने, बचत तथा ऋण सहकारीलाई एकआपसमा गाभिन सहजीकरण गर्ने,
  • समस्याग्रस्त सहकारीका सञ्चालक र परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणबाट रु. पाँच लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्ने,
  • विप्रेषणलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सोभरेन वेल्थ फन्ड बनाउने,

✪ मन्त्रालयगत विनियोजित रकम

  • अर्थ : दुई खर्ब २२ अर्ब ८६ करोड छ लाख
  • शिक्षा : दुई खर्ब ३ अर्ब ६६ करोड २० लाख
  • गृह : एक खर्ब ९९ अर्ब २४ करोड ३४ लाख
  • भौतिक पूर्वाधार : एक खर्ब ५० अर्ब ५३ करोड २१ लाख
  • सहरी विकास : ९२ अर्ब ६३ करोड ५४ लाख
  • ऊर्जा : ८७ अर्ब ५५ करोड ९९ लाख
  • स्वास्थ्य : ८६ अर्ब २३ करोड ८९ लाख
  • रक्षा : ५९ अर्ब ८७ करोड १४ लाख
  • कृषि : ५७ अर्ब २९ करोड ५ लाख
  • खानेपानी : २६ अर्ब ६३ करोड ४७ लाख
  • वन : १५ अर्ब ७० करोड ९१ लाख
  • पर्यटन : ११ अर्ब ९१ करोड १५ लाख
  • उद्योग : नौ अर्ब २८ करोड २२ लाख
  • सङ्घीय मामिला : ९ अर्ब १७ करोड १४ लाख
  • श्रम : आठ अर्ब नौ करोड ९७ लाख
  • सञ्चार : सात अर्ब ३५ करोड २९ लाख
  • भूमि व्यवस्था : छ अर्ब ८२ करोड ६२ लाख
  • परराष्ट्र : छ अर्ब ७७ करोड ४२ लाख
  • खेलकुद : तीन अर्ब ५० करोड ४८ लाख
  • महिला : एक अर्ब ६० करोड ४५ लाख
  • कानुन : ५४ करोड ५३ लाख

२.  कुवेतका अमिर शेख मेसाल अल अहमद अल सवाहले नयाँ युवराजका रूपमा कसलाई घोषणा गरेका छन् ?

  • शेख सवाह खालिद अल–हमाद अल–सवाह
  • अमिरले सन् २०२४ जुन १ मा अल–सवाहलाई नयाँ युवराज घोषणा गरेका छन् ।
  • सन् २०११ देखि २०१९ सम्म विदेशमन्त्री र सन् २०२२ सम्म प्रधानमन्त्री भइसकेका ७१ वर्षीय शेख राजनीतिक एवं कूटनीतिक रूपमा अनुभवी व्यक्ति मानिन्छन् ।

३.  सरकारले कुन–कुन स्थान समेटी ‘गण्डकी आर्थिक त्रिभुज’ परियोजना घोषणा गरेको छ ?

  • बुटवल, पोखरा र भरतपुर 

४.  सरकारले कृषिमा लगानी दशकका रूपमा घोषणा गरेको अवधि कुन हो ?

  • वि.सं. २०८१–२०९१

५.  सरकारले काठमाडौँ उपत्यकाको कुन–कुन करिडोरमा स्काइ–वे तथा पडवे यातायात प्रणाली बनाउने घोषणा गरेको छ ?

धोवीखोला, बागमती र विष्णुमती करिडोर (बजेट २०८१÷८२) 

  • सुर्खेतको भेरीगङ्गा उपत्यकालाई पहाडी क्षेत्रको आधुनिक सहर बनाउने घोषणा गरिएको छ ।
  • डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने छ ।
  • बाराको सिम्रौनगढ, पर्साको ठोरी, मुस्ताङको ल्होमन्थाङ, उपल्लो डोल्पाको धो उपत्यका, हुम्लाको लिमी उपत्यका र कञ्चनपुरको चाँदनी–दोधारामा नयाँ नमुना बस्ती निर्माण गरी आर्थिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गरिने छ ।
  • प्रदेश राजधानीलाई मौलिक सहरका रूपमा विकास गरिने छ ।
  • एक वडा एक पार्क कार्यव्रmम घोषणा गरिएको छ ।

६.  राष्ट्रिय तथ्याङ्क कार्यालयको तथ्याङ्क अनुसार कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढी हिस्सा कुन प्रदेशको हुने अनुमान छ ?

  • बागमती प्रदेश (३६.४ प्रतिशत) 
  • कार्यालयको तथ्याङ्क अनुसार प्रदेशगत रूपमा सबैभन्दा धेरै हिस्सा बागमती प्रदेश र सबैभन्दा कम हिस्सा कर्णाली प्रदेश को रहेको छ ।
  • आव २०८०/८१ मा राष्ट्रिय वार्षिक कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा करिब ५७ खर्ब पाँच अर्ब रुपियाँ हुने अनुमान राष्ट्रिय तथ्याङ्क कार्यालयले गरेको छ ।

✪ अर्थतन्त्रको आकार र प्रदेशगत योगदान:

७. ५३ फिट अग्लो बुद्ध मूर्ति कहाँ निर्माण गरिएको छ ? 

  • मिक्लाजुङ (पाँचथर)
  • मिक्लाजुङ–४, जरिबुटेडाँडामा सो मूर्ति बनाइएको छ ।
  • धातुबाट निर्माण गरिएको सो मूर्ति नेपालकै सबैभन्दा अग्लो र ठुलो भएको दाबी गरिएको छ ।

८.  नेपालमा पहिलो पटक निर्यात दिवस कहिले मनाइयो ? 

  • वि.सं. २०७३ पौष २२

९.  नेपालको वर्तमान संविधान अनुसार ‘सङ्घीय’ एकाइ’ भन्नाले के बुझिन्छ ?

  • सङ्घ, प्रदेश र स्थानीय तह 

१०.  मिस नेपाल पिस २०२४ को उपाधि जित्ने सुन्दरी को हुन् ?

  • विधी लम्साल (काभ्रेपलाञ्चोक), २०८१ जेठ 
  • नर्स विधी लम्सालले अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै बेस्ट पर्सनालिटीसहित उपाधि चुमेकी छन् ।
  • उनले मिस ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने छन् ।
  • प्रतियोगितामा नयाँ ठिमी भक्तपुरकी अनिसा पराजुली फस्ट र सामाखुसी निवासी पला रेग्मी सेकेन्ड रनर्सअप भएकी छन् ।

११.  नेपालले विश्व फुटबल महासङ्घ (फिफा) को सदस्यता कहिले प्राप्त गरेको हो ?

  •  सन् १९७३

१२.  सार्जे हिमाललाई शान्ति पिक भनेर चिनिन्छ भने कञ्चनजङ्घा हिमाललाई के भनी चिनिन्छ ?

  • नेपाल पिक

१३.  मेलम्ची खानेपानी आयोजनाको मुख्य संरचना कुन जिल्लामा सञ्चालित छ ?

  • सिन्धुपाल्चोक

१४.  राष्ट्रिय महिला अधिकार दिवस कहिले मनाइन्छ ? 

  • जेठ १६
  • छैटौँ (२०८१) राष्ट्रिय महिला अधिकार दिवसको नारा : हाम्रो अभियान : आत्मनिर्भर छोरीको सम्मान,
  • २०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनस्र्थापित प्रतिनिधि सभाले आमा र बाबुमध्ये कसैको पनि नामबाट नागरिकता पाउने, एक तिहाई महिलालाई राज्यका सबै संरचनामा सहभागिताको ग्यारेन्टी गर्ने, विभेदकारी कानुनको खारेजी गर्ने, महिलाप्रति हुने हिंसाको अन्त्य गर्ने समेत चार अधिकारको प्रत्याभूतिका लागि सार्वजनिक महìवको प्रस्ताव पारित भएको दिनको स्मरण गर्दै जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवस मनाउने नेपाल सरकारको २०७६ सालको निर्णयबमोजिम सोही वर्षदेखि यो दिवस मनाउन थालिएको छ ।

१५.  सर्वसाधारण जनतालाई रेडियो राख्न अनुमति दिने राणा प्रधानमन्त्री को हुन् ?

  • मोहन शमशेर ज.ब.रा

१६.  संयुक्त राष्ट्रसङ्घीय लागुऔषधसम्बन्धी आयोगले गाँजालाई हानिकारक लागुऔषधको सूचीबाट कहिले हटाएको हो ? 

  •  सन् २०२० डिसेम्बर २

१७.  अन्तर्राष्ट्रिय सगरमाथा दिवस कहिले मनाइन्छ ? 

  •  मे २९
  • ७१ औँ (सन् २०२४) सगरमाथा दिवसको नारा: विश्वको सर्वोच्च शिखर सगरमाथा ः नेपालको पहिचान र गौरव (सगरमाथा, द हाइएस्ट पिक इन द वल्र्ड, आइडेन्टिटी एन्ड प्राइड अफ नेपाल)

१८.  पीइएफए केसँग सम्बन्धित छ ? 

  •  सार्वजनिक वित्तीय व्यवस्थापनको सुधार

१९  बिस्काः जात्रा र महाकाली नाच कुन ठाउँमा नाचिने नाच हुन् ? 

  • भक्तपुर

२०.  क्षेत्रफलका हिसाबले दोस्रो ठुलो महादेश अफ्रिका हो भने तेस्रो ठुलो महादेश कुन हो ?

  • उत्तर अमेरिका

२१.  कुन भाषालाई ताजपुरी भाषा पनि भनिन्छ ?

  • राजवंशी 

२२.  आव २०८१/८२ को बजेटमार्फत सरकारले कुन प्रदेशलाई सूचना प्रविधि हबका रूपमा विकास गर्ने घोषणा गरेको छ ? 

  • बागमती प्रदेश 
  • सरकारले सातै प्रदेशलाई विशिष्टीकृत आर्थिक केन्द्र बनाउने घोषणा गरेको छ ।

✪ कुन प्रदेश के को हब ?

  • कोशी : उद्योग हब
  • मधेश : कृषि हब
  • वागमती : सूचना प्रविधि हब
  • गण्डकी : पर्यटन हब
  • लुम्बिनी : साना तथा मझौला उद्यम हब
  • कर्णाली : जडीबुटी हब
  • सुदूरपश्चिम : धार्मिक पर्यटन हब

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 35
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 38
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 41
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA