Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • June 12, 2024
  • 736

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१.  विश्व वन्यजन्तु कोष नेपालले प्रकृति संरक्षण पुरस्कार कसलाई प्रदान गर्‍यो ?

  • धनगढी उपमहानगरपालिका (वि.सं. २०८१ जेठ)
  • हरियाली प्रवर्धन गर्दै स्वच्छ र सुन्दर धनगढी निर्माण अभियान सञ्चालन गरेका कारण धनगढी उपमहानगरपालिकालाई सो पुरस्कार प्रदान गरिएको हो ।
  • सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

२.  लुम्बिनी प्रदेश सरकारले नयाँ उद्यमी उत्पादन गर्ने, कृषि उत्पादन वृद्धि गर्ने र गाउँमा रोजगारी सिर्जना गर्ने अभियानका साथ सञ्चालनमा ल्याएको कार्यक्रम कुन हो ?

  • मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम 

३.  तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

  • वि.सं. २०८० चैत २३ र २४, काठमाडौँ 
  • पहिलो राष्ट्रिय अर्थशास्त्री सम्मेलन : २०७८ चैत ११–१२,
  • दोस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन : २०७९ फागुन २६–२७
  • तेस्रो राष्ट्रिय अर्थशास्त्री सम्मेलन : २०८० चैत, २३–२४
  • सम्मेलन राष्ट्रिय आर्थिक सरोकार समाज नेपालको आयोजनामा भएको हो ।

४.  विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस कहिले मनाइन्छ ?

  • मार्च २३ 
  • सन् २०२४ को नारा : “रिड योर वे”

५.  अमर भावना राष्ट्रिय स्रष्टा सम्मान–२०८० बाट सम्मानित स्रष्टा को हुन् ?

  • डा. भोला रिजाल 
  • अमर भावना राष्ट्रिय स्रष्टा सम्मान : डा. भोला रिजाल (राशि: एक लाख ५१ हजार रुपियाँ)
  • भैरवनाथ रिमाल वर्ष गीत पुरस्कार, २०८० : मदन माबो (गीत : आमा) र विष्णु भण्डारी (गीत : चाहना हो तिमी मेरो), (राशि : जनही.  २८ हजार पाँच सय रुपियाँ)
  • जगतमर्दन थापा वर्ष गीत पुस्तक पुरस्कार २०८० : पूर्णबहादुर साउद शिरीषद्वारा लिखित आधा आधी र जनक वाग्लेद्वारा लिखित मैना चरी कहाँ गई (राशि : जनही २८ हजार पाँच सय रुपियाँ)
  • विष्णु मनसरा मातृभाषा २०८० : मैथिली गीतकार अशोक दत्त (राशि : २५ हजार २५२ रुपियाँ)
  • वर्ष डायस्पोरा गीतकार सम्मान : पद्म लिंखा मगर (राशि : १५ हजार रुपियाँ)

६.  हालै राजधानी काठमाडौँमा जलवायु सम्मेलन कहिले सम्पन्न भयो ? 

  • वि.सं. २०८१ जेठ ९–१० (सन् २०२४ मे २२–२३) 

७.  गोपालप्रसाद रिमाल पुरस्कार २०८१ कसलाई प्रदान गरियो ?

  • प्राडा रामप्रसाद ज्ञवाली

८.  विश्व वातावरण दिवस कहिले मनाइन्छ ?

  • जुन ५ 
  • सन् २०२४ को नारा : हाम्रो भूमि, हाम्रो भविष्य (आवर ल्यान्ड, आवर फ्युचर )
  • सन् १९७२ मा वातावरण संरक्षणसम्बन्धी स्टक होम सम्मेलनबाट वातावरण संरक्षणका लागि अन्तर्राष्ट्रिय समुदायले ऐक्यबद्धता जनाए अनुसार संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम (युनेप) को आह्वानमा सन् १९७३ देखि हरेक वर्षको जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो । – भूमि पुनस्र्थापना, मरुभूमीकरण र खडेरी प्रतिरोध (ल्यान्ड रिस्टोरेसन, डिजर्टिफिकेसन एन्ड ड्राउट रिसाइलेन्स) भन्ने मुख्य मुद्दा (थिम) मा केन्द्रित रही यस वर्ष विश्व वातावरण दिवस मनाइयो।

९.  प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) अन्तर्राष्ट्रिय मुख्यालयको उपाध्यक्षमा चयन हुन सफल नेपाली को हुन् ?

  • सुमन पाण्डे 
  • नेपाल सन् १९७५ देखि पाटाको सदस्य रहँदै आएको छ ।
  • नेपालबाट पाटाको अन्तर्राष्ट्रिय मुख्यालयमा यो तहको प्रतिनिधित्व पहिलो पटक भएको जनाइएको छ ।
  • पाण्डे यसअघि सन् २०२० देखि २०२४ सम्म दुई कार्यकाल पाटाको सचिव तथा कोषाध्यक्षको भूमिकामा रहेका थिए ।
  • पाण्डे एक्सप्लोर हिमालय ट्राभल एन्ड एड्भेन्चरका अध्यक्ष हुन् ।
  • सन् २०२६ सम्म कार्यकाल रहने नौ सदस्यीय कार्यसमितिको अध्यक्षमा इन्डोनेसियाका पिटर सिमोन, उपाध्यक्षमा नेपालका पान्डे निर्वाचित भएका हुन् ।

१०.  राष्ट्रिय तथ्याङ्क कार्यालयले २०८१ जेठ ९ गते सार्वजनिक गरेको आव २०८०/८१ को प्रादेशिक कुल गार्हस्थ उत्पादन अनुमानसम्बन्धी तथ्याङ्क अनुसार सबैभन्दा कम प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन भएको प्रदेश कुन हो ?

  • मधेश प्रदेश 
  • कार्यालयले समष्टिगत आर्र्थिक सूचकमध्येको महìवपूर्ण सूचक प्रदेशस्तरको कुल गार्हस्थ उत्पादनको अनुमान गर्ने कार्य आव २०७५/७६ देखि सुरु गरेको हो ।

११.  नेपालमा हाल पाँचतारे होटलको सङ्ख्या कति रहेको छ ?

  • २२ (२०८१ जेठसम्म)

१२.  अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको निधन कहिले भयो ?

  • सन् २०२४ जुन ७

१३.  नेपालमा हालै देखिएको कोभिड–१९ को नयाँ भेरियन्ट कुन हो ? 

  • केपी १ र केपी २
  • हाल विभिन्न देशहरूमा देखिइरहेको भनिएको केपी १ र केपी २ नामक नयाँ २ भेरियन्ट नेपालमा पनि पुष्टि (२०८१ जेठ) भएको हो ।
  • यी नयाँ भेरियन्ट ओमिक्रोनका नयाँ सबभेरियन्ट भएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।
  • छिटो फैलिइरहेका कारण विश्व स्वास्थ्य सङ्गठनले केपी भेरियन्टलाई अन्डर मनिटरिङमा समेत राखेको छ । यी भेरियन्ट बढी सङ्व्रmामक भए पनि अत्यधिक जोखिमपूर्ण भने नरहेको विज्ञले जनाएका छन् ।

१४.  नेपालमा सार्वजनिक संस्थानहरूलाई कति क्षेत्रमा वर्गीकरण गरिएको छ ?

  • ६

१५.  बुद्ध जन्मस्थल लुम्बिनीको नगरपन्छीका रूपमा घोषणा गरिएको पन्छी कुन हो ?

  • सारस 

१६.  सन् २०२४ मे मा सम्पन्न युरोपा लिग फुटबलको उपाधि कसले जित्यो ?

एटलान्टा क्लब

  • एडेमोला लुकमनको तीन गोलप्रेरित एटलान्टाले बायर लेभरकुजनलाई ३–० ले हराएको छ ।
  • सन् १९७५ यता युरोपेली फुटबलको फाइनलमा ह्याट्रिक गर्ने पहिलो खेलाडी लुकमन बनेका छन् ।
  • एटलान्टाको यो पहिलो युरोपियन उपाधि हो ।

१७.  प्रथम महिला बालोन ‘डि ओर’ अवार्ड प्राप्त गर्ने खेलाडी को हुन् ?

  • एडा हेग वर्ग (नर्वे)

१८.  ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) को सुरुवात कुन देशबाट भएको हो ?

  • अमेरिका

१९.  इमेल प्राप्त गर्ने र इमेल पठाउने सफ्टवेयर प्रोग्रामलाई के भनिन्छ ?

  • ब्राउजर

२०.  कुन स्थानीय तहले थारू समुदायको परम्परागत भलमन्सा (बडघर) प्रथालाई कानुनी मान्यता दिएको छ ?

  • कैलारी गाउँपालिका (कैलाली)
  • भलमन्सालाई व्यवस्थित, मर्यादित तथा समुदायप्रति जिम्मेवार बनाउने गरी गाउँपालिकाले कानुनी मान्यता (विसं २०७८ मा) दिएको हो ।
  • गाउँ सभाको नवौँ अधिवेशनले कैलारी गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन पारित गरेको छ । भलमन्साको काम, कर्तव्य र अधिकार सो ऐनमा तोकिएको छ । गाउँपालिकाले बनाएको ऐनले कानुनको अधिनमा रहेर झैझगडा मिलाउने, पीडितले न्यायका लागि अनुरोध गरेमा गाउँमा छलफल गराउने, मेलमिलापका लागि सहजीकरण गर्ने, विवाद मिलाउँदा कानुन अनुसार क्षतिपूर्ति भराउन सक्ने अधिकार पनि भलमन्सालाई प्रदान गरिएको छ ।
  • भलमन्सा (बडघर) प्रथा थारू समुदायमा सदियौँदेखि प्रचलनमा रहेको प्रथा हो । थारू समुदायमा हरेक माघमा समुदायका व्यक्तिले गाउँका मुखियाका रूपमा भलमन्सा चयन गर्छन् । यो प्रथा अनुसार भलमन्सासँगै अघारी, चिरक्या, चौकीदार, गुरुवा, केसौको पनि चयन हुन्छ ।
  • अघारीले भलमन्साको अनुपस्थितिमा काम गर्ने, चिरक्या र चौकीदारले गाउँमा कुनै पनि कुराको जानकारी र सूचना प्रवाह गर्ने तथा गुरुवा र केसौकोले पूजापाठ गर्ने जिम्मेवारी सम्हाल्ने परिपाटी रहेको छ ।

२१.  हाल अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?

  • अफ्रिका 

२२.  नेपालको ‘माउन्ट फुजी’ भनी कुन हिमाललाई चिनिन्छ ?

  • मनास्लु 

२३.  नेपालमा डिजिटल भिसा प्रणालीको सुरुवात कहिलेदेखि भएको हो ?

  • वि.सं. २०७८ असार १४

२४.  राष्ट्रिय अपराध सूचना केन्द्रको उद्देश्य के रहेको छ ?

  • देशभरका सम्पूर्ण अपराधको एकीकृत तथ्याङ्क राख्ने ।
  • नेपालमा पहिलो पटक सबै निकायबाट हुने अपराधको अभिलेखलाई व्यवस्थित बनाउने योजना अन्तर्गत नेपाल प्रहरीद्वारा राष्ट्रिय अपराध सूचना केन्द्र स्थापना गर्न लागिएको हो । यसले अपराधमा संलग्न व्यक्तिहरूको सूचना आदानप्रदानमा सहजता हुुने विश्वास गरिएको छ ।
  • प्रहरीका अनुसार राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, वन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अध्यागमन विभाग जस्ता निकायबाट मुद्दा दायर भएका व्यक्तिहरूको समेत एकीकृत तथ्याङ्क राखिने छ । यसबाट एउटा निकायले खोजिरहेका व्यक्ति अन्य निकायको अनुसन्धानको क्रममा रहेको समेत हुन सक्ने भएकाले अनुसन्धान गर्ने निकायलाई सहज हुने बताइएको ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 45
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 35
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 38
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 41
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA