Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२३ असोज २०८१, बुधबार)

  • Ajnabee Khadka
  • October 09, 2024
  • 386

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२३ असोज २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२३ असोज २०८१, बुधबार)

१.  विश्वकै प्रतिष्ठित नोबेल पुरस्कार कहिलेदेखि प्रदान गर्न थालिएको हो ?

➤ सन् १९०१ 

  • अर्थशास्त्रतर्फको नोबेल पुरस्कार भने सन् १९६८ देखि दिन थालिएको हो ।
  • नोबेल शान्ति पुरस्कार नर्वेको राजधानी ओस्लोमा दिइन्छ भने अन्य विधाका पुरस्कार स्विडेनको राजधानी स्टकहोममा प्रदान गरिन्छ । 
  • नोबेल पुरस्कार संयुक्त रूपमा तीन जना सम्मले पाउन सक्छन् ।

 

२. विश्व बैङ्कले नेपालका सडक कालोपत्रे गर्न भित्र्याएको प्रविधिलाई के भनी चिनिन्छ ? 

➤ ओटासिल प्रविधि

 

३.  सर्वसाधारण जनतालाई रेडियो राख्न अनुमति दिने राणा प्रधानमन्त्री को हुन् ?

➤ मोहनशमशेर 

 

४.  सैपाल हिमाल र उराई भन्ज्याङ कुन जिल्लामा रहेका छन् ? 

➤ बझाङ

 

५.  पृथ्वी जस्तै आकार र तापक्रिम रहेको दाबी गरिएको रोस १२८ बी नामक ग्रह पत्ता लगाउने खगोलविद् को हुन् ? 

➤ क्यालिफोर्नियाका फ्रान्क एल्मोर रोस 

  • सन् २०१७ मा पत्ता लागेको सो ग्रह हाम्रो सौर्यमण्डल प्रणालीबाट ११ प्रकाश वर्ष टाढा रहेको वैज्ञानिकले बताएका छन् । 
  • उक्त ग्रहमा एलियन नामक जीव हुन सक्ने वैज्ञानिकहरूले अनुमान गरेका छन् । 
  • हालको प्रविधि अनुसार सो ग्रहसम्म पुग्न झन्डै एक लाख ४१ हजार वर्ष लाग्ने वैज्ञानिकहरूको ठम्याइ रहेको छ । 
  • सो ग्रहले रेड ड्वार्फ नामक तारालाई परिक्रिमा गरिरहेको खगोलविद्ले बताएका छन् । 

 

६.  अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को स्थापना कहिले भएको हो ?

➤ सन् १९०४ मे २१ 

  • यसको प्रधान कार्यालय स्विट्जरल्यान्डको ज्युरिचमा रहेको छ ।
  • पहिलो फिफा विश्वकप सन् १९३० मा उरुग्वेमा सम्पन्न भएको हो ।
  • फिफाको आदर्श वाक्य ‘फर द गेम, फर द वल्र्ड’ रहेको छ ।

 

७.  प्रसिद्ध वैज्ञानिक स्टेफन हकिङको जन्म कहिले र कहाँ भएको थियो ?

➤ सन् १९४२ जनवरी ८, बेलायत

  • ब्ल्याक होलको विस्फोटबाट ब्रह्माण्डको उत्पत्ति भएको अवधारणा उनले प्रस्तुत गरेका छन्, जसलाई 
  • ‘हकिङ रेडिएसन’ भनी चिनिन्छ ।
  • ब्रह्माण्डसम्बन्धी उनको चर्चित पुस्तक ‘अ ब्रिफ हिस्ट्री अफ टाइम’ (सन् १९८८ मा प्रकाशित) एक करोडभन्दा बढीप्रति बिक्रिी भइसकेको छ ।
  • उनी ‘मोटर न्युरोन’ नामक स्नायुसम्बन्धी रोगबाट पीडित (२१ वर्षको उमेरदेखि) थिए ।
  • उनको निधन सन् २०१८ मार्च १४ मा भएको थियो ।

★ उनका कृति;

  • अ ब्रिफ हिस्टोरी अफ टाइम (१९८८)
  • ब्लयाक होल एन्ड बेबी युनिभर्स (१९९३)
  • द युनिमर्स इन अ नटसेल (२००१)
  • अन द सोल्जर अफ जाएन्ट्स (२००२)
  • गड क्रिएटेड द इन्टिगर्स (२००५)
  • द ग्रान्ड डिजाइन (२०१०)
  • द ड्रिम द्याट स्टफ इज मेड (२०११)
  • माइ ब्रिफ हिस्टोरी (२०१३)

 

८.  मोबाइल एप्स, कम्प्युटर सफ्टवेयरलगायतका डिजिटल उत्पादनमा रहेका ‘बग’ अर्थात् सुरक्षाकमजोरी पत्ता लगाउन र ठुलो क्षतिबाट बच्न कम्पनीहरूले सञ्चालन गर्ने प्रोग्रामलाई के भनी चिनिन्छ ?

➤ बग बाउन्टी प्रोग्राम

  • कमजोरी पत्ता लगाउन ती कम्पनीहरूले बग बाउन्टी प्रतियोगिता राख्ने गर्छन् र त्यसका लागि निमन्त्रणा दिने गर्छन् ।
  • यस कार्यमा साइवर सुरक्षामा दिग्गज्ञ इथिकल ह्याकरदेखि भर्खर यस क्षेत्रमा रुचि राख्ने जो सुकैले सहभागिता जनाउन सक्छन् ।
  • यसरी, डिजिटल उत्पादनमा रहेका छिद्र वा कमजोरी भेटिएमा त्यस कम्पनीलाई खबर गरिन्छ र त्यस्तो कमजोरी भेट्टाउने पहिलो व्यक्ति बन्न सक्नेलाई सो कम्पनीले घोषणा गरेको रकम प्रदान गर्छ, जसलाई बग बाउन्टी रिवार्ड भनिन्छ । गुगल, फेसबुक, माइक्रोसफ्ट लगायतका टेक कम्पनीले नियमित रूपमा यस्तो प्रोग्राम सञ्चालन गर्ने गर्छन् ।

 

९.  हालै पूर्वी नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग कुन हो ?

➤ मुन्धुम पदमार्ग

  • (नेपाल पर्यटन बोर्डको सहयोग तथा मैयुङ–टेम्के–साल्पा–सिलिचुङ पर्यटन प्रवर्धन केन्द्रको सक्रियतामा विज्ञसहितको टोलीद्वारा खोटाङ, भोजपुर, सङ्खुवासभा एवं सोलुखुम्बु क्षेत्रको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ सो पदमार्गको अवधारणा अघि सारिएको हो ।)

 

१०.  द्रव्य शाहले गोरखा राज्यको स्थापना कहिले गरेका थिए ?

➤ वि.सं. १६१६ भदौ २५

 

११.  स्काइल्याब भन्नाले के बुझिन्छ ?

➤ पृथ्वीका बारेमा विविध प्रकारका अनुसन्धान गर्न अन्तरिक्षमा स्थापित प्रयोगशाला

 

१२.  मानव शरीरको सबैभन्दा ठुलो ग्रन्थी कुन हो ?

➤ कलेजो

 

१३.  पशुपतिनाथमा सन्ध्याकालीन आरतीको थालनी कहिलेदेखि गरिएको हो ?

➤ वि.सं. २०६४

 

१४.  एफटिटिएचको पूरा रूप के हो ?

➤ फाइवर टु द होम 

  • नेपाल टेलिकमले दु्रत गतिको इन्टरनेट सेवा एफटिटिएचको शुभारम्भ विसं २०७६ भदौ २३ गते रूपन्देहीको गैडहवास्थित सूर्यपुरा बजारमा गरेको हो । 
  • एफटिटिएच प्रविधिमार्फत परम्परागत तामाको तारको सट्टामा घरसम्म अप्टिकल फाइबर पु¥याइ ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट र भिडियो सेवाहरू प्रदान गर्न सकिने जनाइएको छ । 

 

१५.  फेसियल भेरिफिकेसन (मुहार प्रमाणीकरण) प्रयोगमा ल्याउने विश्वकै पहिलो राष्ट्र कुन हो ?

➤ सिङ्गापुर

  • सिङ्गापुरले आफ्नो नेसनल आइडेन्टिटी स्किम अन्तर्गत फेसियल भेरिफिकेसन पद्धति अपनाउने भएको छ । 
  • योसँगै सिङ्गापुर फेसियल भेरिफिकेसनमार्फत नागरिकको पहिचान गर्ने विश्वकै पहिलो मुलुक बनेको छ । उक्त वायोमेट्रिक सुविधाको प्रयोगबाट सिङ्गापुरका नागरिकले निजी र सरकारी सेवाहरू प्राप्त गर्न सक्ने छन् ।

 

१६.  सिरियाको द्वन्द्वग्रस्त क्षेत्रमा त्यहाँका नागरिकहरूको रक्षार्थ सञ्चालित स्वयंसेवी सङ्गठनलाई के भनी चिनिन्छ ?

➤ ह्वाइट हेल्मेट्स

 

१७.  राष्ट्रपति तथा उपराष्ट्रपति बन्नका लागि न्यूनतम उमेर हदको प्रावधान कति रहेको छ ?

➤ ४५ वर्ष (राष्ट्रपति र उपराष्ट्रपतिको पदावधि पाँच वर्ष हुने छ ।)

 

१८.  नेपाल र मौरिससबिच श्रम सम्झौता कहिले भएको हो ?

➤ सन् २०१९ जुन ११

  • मौरिसस नेपालसँग श्रमसम्झौता गर्ने पहिलो अफ्रिकी राष्ट्र रहेको ।

 

१९.  असंलग्न आन्दोलनको प्रथम शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

➤ सन् १९६१ सेप्टेम्बर १–६, वेलग्रेड (युगोस्लाभिया)

 

२०.  फाइनान्सियल एक्सन टाक्स फोर्स (एफएटिएफ) को पूर्ण सदस्यता प्राप्त गर्ने पहिलो अरब मुलुक कुन हो ?

➤ साउदी अरब 

 

२१.  विश्व कला परिषद्ले ललितपुर महानगरपालिकालाई कति औँ कला नगरीका रूपमा घोषणा गरेको हो ?

➤ ३५ औँ

 

२२.  इन्डोनेसियाको मुद्रालाई रुपियाँ भनिन्छ भने मलेसियाको मुद्रालाई के भनिन्छ ?

➤ रिङ्गिट 

 

२३.  ‘माड्साव’ उपनामले चिनिने नेपाली साहित्यकार को हुन् ?

➤ मदनमणि दीक्षित

 

२४.  मध्यकालमा सुदूरपश्चिममा बाइसे राज्यहरू थिए भने मध्य क्षेत्रमा कस्ता राज्य थिए ?

➤ चौबिसे राज्य

 

२५.  नेपालमा हुने साइबर अपराधसम्बन्धी गतिविधि विरुद्ध नेपाल र चीनद्वारा सञ्चालित अपरेसनलाई के भनी चिनिन्छ ?

➤ चार्ली फोक्स्टर 

 

२६.  नेपालमा पेट्रोल र डिजेलमा स्वचालित मूल्य प्रणाली कहिलेदेखि लागु गरिएको हो ?

➤ वि.सं. २०७१ आश्विन १३

 

२७.  विश्वका ५० देशका राष्ट्रिय गीत गाएर आफ्नो प्रतिभा प्रस्तुत गर्ने कलाकार को हुन् ?

➤ रामजी नेपाली (बागलुङ)

 

२८.  कुनै भौतिक परिमाण मापनका लागि बनाइएको स्टान्डर्ड परिमाणलाई के भनिन्छ ?

➤ एकाइ 

  • भौतिक परिमाणका एकाइहरूलाई आधारभूत एकाइ र तत्जन्य एकाइ गरी दुई भागमा विभाजन गरिएको छ ।

 

२९.  नेपालमा सर्वप्रथम कागजी मुद्रा कहिलेदेखि प्रचलनमा ल्याइएको हो ?

➤ वि.सं. २००२ असोज १

  • नेपालमा राणा प्रधानमन्त्री जुद्धशमशेरले एक अध्यादेश जारी गरी विसं २००२ असोज १ देखि कागजी मुद्रा प्रचलनमा ल्याएका थिए । 
  • पहिलो पटक एक सय, १० र पाँच रुपियाँ दरका कागजी नोट जारी गरिएको थियो ।
  • सदर मुलुकीखानाबाट जारी गरिएको ती नोटहरूमा दस्तखत गर्ने खजान्ची जनकराज थिए ।

 

३०.  ब्लु टुथ भन्नाले के बुझिन्छ ?

➤ छोटो दुरीको वायरलेस फाइल आदान–प्रदान गर्ने प्रविधि 

 

३१.  एसिया को–अपरेसन डाइलग (एसिडी) को स्थापना कहिले गरिएको हो ?

➤ सन् २००२ जुन १८

  • नेपाल सन् २०१६ मार्च १० मा एसिडीको सदस्य बनेका छे । हाल एसिडीमा नेपालसहित ३४ राष्ट्र रहेका छन् ।

 

३२.  अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस कहिलेदेखि मनाउन थालिएको हो ?

➤ सन् २००९ 

  • विश्वमै लोपोन्मुख अवस्थामा पुग्न लागेपछि यसको संरक्षणमा सहभागिता जुटाउन गिद्ध सचेतना दिवस मनाउन थालिएको ।
  • सिनो खाएर वातावरण सफा गर्ने भएकाले गिद्धलाई प्रकृतिको कुचीकार भनी चिनिने ।
  • गिद्ध विनासको प्रमुख कारण पशुको उपचारमा प्रयोग गरिने औषधी डाइक्लोफेनेक रहेको ।
  • नेपालमा गिद्ध संरक्षणका लागि गिद्धलाई शुद्ध आहारा उपलब्ध गराउन देशभर आधा दर्जनभन्दा बढी स्थानमा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको । 

 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 676
  • Gorkhapatra 315
  • Others 1057
  • Vacancy 1
  • Past Questions 81
  • Nepal Police 6

Latest Blogs

UEFA Champions League (2025-2026)
Current Affairs

युइएफए च्याम्पियन्स लिग (सन् २०२५-२६)

  • Jun 12, 2026
  • 31
Yashaswi Book Award, 2026
Current Affairs

यशस्वी बुक अवार्ड, २०२६

  • Jun 12, 2026
  • 28
Goldman Environmental Prize, 2026
Current Affairs

सन् २०२६ को गोल्डम्यान पर्यावरण पुरस्कार

  • Jun 12, 2026
  • 28
World Day Against Child Labour, 2026
Current Affairs

विश्व बाल श्रम विरुद्ध दिवस, २०२६

  • Jun 12, 2026
  • 28
Brief chronological history of Gorkhapatra
Gorkhapatra

गोरखापत्रको संशिप्त कालक्रमिक इतिहास

  • Jun 11, 2026
  • 101
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA