Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

३०औँ राष्ट्रिय चिया दिवस

  • Ajnabee Khadka
  • April 28, 2026
  • 504

३०औँ राष्ट्रिय चिया दिवस

30th National Tea Day

राष्ट्रिय चिया दिवस, २०८३ को आधारभूत तथ्य:

  • नेपालमा प्रत्येक वर्षको वैशाख १५ गते 'राष्ट्रिय चिया दिवस' मनाइन्छ,
  • संस्करण: ३०औँ राष्ट्रिय चिया दिवस
  • मूल नारा: "स्वस्थ चिया, दिगो बजार, समृद्ध नेपालको आधार"
  • ३०औँ राष्ट्रिय चिया दिवसको औपचारिक कार्यक्रम सूर्योदय नगरपालिका, फिक्कल, इलाममा आयोजना गरिएको;
    • कार्यक्रमको प्रमुख आकर्षणको रुपमा विभिन्न ७ वटा विधामा उत्कृष्ट चिया कृषक, उद्योग तथा सहकारीहरूलाई सम्मान गरिने र टि च्याम्पियन प्रतियोगिताका विभिन्न ५ वटा विधाका उत्कृष्ट चिया उत्पादकलाई पुरस्कृत गरिने,
  • नेपालमा राष्ट्रिय चिया दिवस मनाउन सुरुवात: वि.सं. २०५४ वैशाख १५

चिया सम्बन्धी विविध जानकारीहरू:

  • चियाको उत्पत्ति भएको देश: चीन 
  • सबैभन्दा बढी उत्पादन गर्ने देश: चीन
  • चियाको वैज्ञानिक नाम: Camellia sinensis
  • पानीपछि विश्वमा सबैभन्दा बढी पिइने पेय पदार्थ: चिया 
  • संयुक्त राष्ट्र संघद्वारा मे २१ लाई आधिकारिक रूपमा चिया दिवस घोषणा गरिएको,
  • नेपालमा सर्वप्रथम चिया भित्राउने व्यक्ति: बडाहाकिम गजराज सिंह थापा (उनले वि.सं. १९२० मा इलाममा पहिलो पटक चिया रोपेका,)
  • नेपालको पहिलो चिया बगान: इलाम चिया कमान (वि.सं. १९२० मा स्थापित,)
  • नेपालको निजी स्तरको पहिलो चिया बगान: बुधकरण चिया बगान (वि.सं. २०१६ मा स्थापित,)
  • नेपालको पहिलो चिया प्रशोधन कारखानाको स्थापना: वि.सं. २०३५ मा इलाममा 
  • "नेपाल चिया विकास निगम"को स्थापना: वि.सं. २०२३ असोज २३
  • "राष्ट्रिय चिया तथा कफी विकास बोर्ड"को स्थापना: वि.सं. २०५० जेष्ठ २०
  • चिया क्षेत्र घोषणा: वि.सं. २०३९ सालमा तत्कालीन राजा वीरेन्द्रले पूर्वाञ्चलका ५ जिल्ला (झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम) लाई 'चिया क्षेत्र' घोषणा गरेका,
  • नेपालको पहाडी जिल्लामा उत्पादन हुने चियाको प्रमुख प्रकार: अर्थोडक्स (Orthodox) चिया
  • नेपालको तराईका जिल्लामा उत्पादन हुने चियाको प्रमुख प्रकार: सिटिसी (CTC) चिया
  • चिया खेतीका लागि आवश्यक वातावरणीय अवस्था:
    • हावापानी: वार्षिक १२०० देखि १५०० मि.मि. वर्षा र १२ देखि ३० डिग्री सेल्सियस तापक्रम,
    • माटो: प्रशस्त प्राङ्गारिक पदार्थ भएको, पानी नजम्ने र ४.५ देखि ५.५ pH मान,
    • उचाइ: सिटिसीका लागि ५००–१००० मिटर र अर्थोडक्सका लागि १०००–२००० मिटरको उचाइ,
  • चियाका प्रकारहरू (प्रशोधनका आधारमा): ह्वाइट टी (White Tea), ग्रीन टी (Green Tea), ओलाङ टी (Oolong Tea) र ब्ल्याक टी (Black Tea)
  • नेपालमा मुख्यतया ३ प्रजातिका चिया खेती गरिन्छ: आसामी (Camelia asamica), कम्बोडियाली (Camelia asamica spp lasiocalyx) र चिनियाँ (Camellia sinensis)

नेपालको चिया क्षेत्रको पछिल्लो तथ्याङ्क (आ.व. २०८१/८२):

विवरण तथ्याङ्क / विवरण
कुल चिया रोपण क्षेत्र २०,६०२ हेक्टर
कुल तयारी चिया उत्पादन २,६१,२३,१११ केजी
CTC चिया उत्पादन १,८६,२६,७९५ केजी
Orthodox चिया उत्पादन ६३,३७,४६३ केजी
Green Tea उत्पादन ९,३५,५२८ केजी
अन्य चिया उत्पादन २,२३,३२६ केजी
प्रमुख उत्पादन जिल्ला (झापा) को कुल उत्पादन १,९५,६६,७९५ केजी
चिया खेती विस्तार भएका जिल्लाहरू ३१ जिल्ला
साना चिया कृषक संख्या १५,१३२ जना
ठूला चिया बगान (Estates) १७० वटा
प्रशोधन केन्द्र संख्या करिब १२० वटा
प्रत्यक्ष रोजगारी संख्या करिब ६०,००० श्रमिक
वार्षिक निर्यात परिमाण १,५५,९८,६६० केजी
वैदेशिक मुद्रा आर्जन (रुपैयाँमा) ४ अर्ब ५९ करोड ८ लाख ५६ हजार
प्रमुख निर्यात गन्तव्य (भारत) कुल निर्यातको ८६ प्रतिशत
 

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1136
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 27
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 11
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 52
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 71
Gandaki Pradesh, Fifth - 2083/04/23
Past Questions

गण्डकी प्रदेश, पाँचौ तह - २०८३/०४/२३

  • Aug 11, 2026
  • 287
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA