एसीसी प्रिमियर कप, २०२६
- प्रतियोगिताको नाम: एसीसी प्रिमियर कप क्रिकेट (ACC Premier Cup Cricket)
- प्रतियोगिताको प्रकार: एकदिवसीय क्रिकेट (ODI Cricket)
- आयोजना मिति: सन २०२६ अगस्ट ३० देखि सेप्टेम्बर १२ सम्म
- आयोजक राष्ट्र: मलेसिया
- फाइनल खेलको स्थान: बायुमास ओभल मैदान, क्वालालम्पुर (मलेसिया)
- फाइनल खेल मिति: सन २०२६, सेप्टेम्बर १२ (वि.सं. २०८३ भदौ २७ गते)
- विजेता राष्ट्र: नेपाल — नेपालले लगातार दोस्रो पटक एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको,
- उपविजेता राष्ट्र: संयुक्त अरब इमिरेट्स (यूएई)
- फाइनल खेलमा नेपाल र यूएईबीच जीतको अन्तर: नेपालद्वारा यूएई ४४ रनले पराजित भएको,
- फाइनल खेलमा नेपालको प्राप्ताङ्क: ५० ओभरमा ९ विकेट गुमाएर ३१३ रन
- फाइनल खेलमा यूएईको प्राप्ताङ्क: ४९.१ ओभरमा सबै विकेट गुमाएर २६९ रन
- फाइनलका 'खेलका उत्कृष्ट खेलाडी (Player of the Match)': आशिफ शेख (१०६ बलमा १०२ रनको शतकीय पारी)
- प्रतियोगिताका 'खेल शृंखलाको उत्कृष्ट खेलाडी (Player of the Series)': कप्तान सन्दीप लामिछाने (कुल १७ विकेट र ५५ रन)
- नेपालको मख्य उपलब्धि: नेपाल अर्को वर्ष (सन् २०२७) बंगलादेशमा हुने एकदिवसीय एसिया कपका लागि छनोट भएको — यसअघि सन् २०२३ मा नेपाली टोलीले पहिलोपटक एसिया कपमा सहभागिता जनाएको,
- सन २०२७ को एसिया कपका सहभागी टोलीहरू: नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान