Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपाल सरकारको प्रशासनिक पुनर्संरचना, २०८३

  • Ajnabee Khadka
  • May 13, 2026
  • 457

नेपाल सरकारको प्रशासनिक पुनर्संरचना, २०८३

Administrative Restructuring of the Government of Nepal, 2083
पृष्ठभूमि र निर्णय
  • वि.सं. २०८३, वैशाख २८ गते बुधबार बसेको मन्त्रिपरिषद्को वैठकले "नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै संघीय मन्त्रालयहरूको संख्या साविकको २२ बाट घटाएर १८ वटामा सीमित गर्ने निर्णय गरेको,
  • नेतृत्व र आधार: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको सरकारले सचिव गोविन्दबहादुर कार्की नेतृत्वको पुनर्संरचना व्यवस्थापन सचिवालयको प्रतिवेदन र सरकारको "शासकीय सुधारसम्बन्धी १०० कार्यसूची" का आधारमा यो कदम चालेको,
  • मुख्य उद्देश्य: प्रशासनिक खर्च कटौती गर्ने, कार्यक्षेत्रको दोहोरोपन अन्त्य गर्ने र राज्य संयन्त्रलाई थप चुस्त र प्रभावकारी बनाउने यसको मुख्य लक्ष्य रहेको,

प्रमुख परिवर्तनहरू र मन्त्रालयहरूको एकीकरण:

  • यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हेर्दै आएको सूचना प्रविधिसम्बन्धी कार्य अब सीधै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहने,
  • प्रविधि र अनुसन्धानलाई प्राथमिकता दिन "विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय" नामक नयाँ मन्त्रालय गठन गरिएको,
  • शिक्षा मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयको खेलकुद शाखा मिलाएर "शिक्षा तथा खेलकुद मन्त्रालय" बनाइएको,
  • भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास र खानेपानी मन्त्रालयका केही कार्यहरू समेटेर एकीकृत "पूर्वाधार विकास मन्त्रालय’ प्रस्ताव गरिएको,
  • कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा वन तथा वातावरण मन्त्रालय गाभेर "कृषि, वन तथा पर्यावरण मन्त्रालय’ बनाइएको,
  •  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई एकीकृत गरी "भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय’ बनाइएको,
  • महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई विस्तार गर्दै "महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय’ बनाइएको,
  • श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय (सामाजिक सुरक्षा बाहेक) र युवा तथा खेलकुद मन्त्रालयको युवा शाखा मिलाएर "युवा, श्रम तथा रोजगार मन्त्रालय’ गठन गरिएको,
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट "जनसंख्या’ शब्द हटाई सरसफाइ र खाद्य स्वच्छतासम्बन्धी कार्य थपेर "स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय’ नामाकरण गरिएको,

खारेज/समायोजन गरिएका मन्त्रालयहरू:

  • नयाँ संरचना कार्यान्वयनमा आएसँगै निम्न ५ मन्त्रालयहरू स्वतन्त्र अस्तित्वबाट हटेका छन् वा अन्यमा गाभिएका;
    १.) युवा तथा खेलकुद मन्त्रालय
    २.) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
    ३.) शहरी विकास मन्त्रालय
    ४.) वन तथा वातावरण मन्त्रालय
    ५.) खानेपानी मन्त्रालय

पुनर्संरचित १८ संघीय मन्त्रालयहरूको सूची:

क्र.सं.
मन्त्रालयको नाम
१
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
२
गृह मन्त्रालय
३
अर्थ मन्त्रालय
४
परराष्ट्र मन्त्रालय
५
रक्षा मन्त्रालय
६
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
७
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
८
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
९
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
१०
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय
११
शिक्षा तथा खेलकुद मन्त्रालय
१२
सञ्चार मन्त्रालय
१३
युवा, श्रम तथा रोजगार मन्त्रालय
१४
भूमि, सहकारी तथा मानव संसाधन मन्त्रालय
१५
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय
१६
स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय
१७
पूर्वाधार विकास मन्त्रालय
१८
कृषि, वन तथा पर्यावरण मन्त्रालय

 

Categories

  • Current Affairs 741
  • Gorkhapatra 333
  • Others 1137
  • Vacancy 1
  • Past Questions 123
  • Nepal Police 8

Latest Blogs

Deserts of the world
Others

विश्वका मरुभूमिहरु

  • Aug 12, 2026
  • 34
International Youth Day, 2026
Current Affairs

अन्तराष्ट्रिय युवा दिवस, २०२६

  • Aug 12, 2026
  • 32
Importance of Legal Awareness: Topical Q&A (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

कानुनी सचेतनाको महत्व: विषयगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 16
Public Service Preparation Special: Objective Questions and Answers (27 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२७ साउन २०८३, बुधबार)

  • Aug 12, 2026
  • 91
New One Day (ODI) Captain of Nepali National Men's Cricket Team — Sandeep Lamichhane
Current Affairs

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको नयाँ एकदिवसीय (ODI) कप्तान — सन्दीप लामिछाने

  • Aug 11, 2026
  • 73
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA