Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्राचीन नेपाल

  • Bikash Shrestha
  • September 23, 2025
  • 1086

प्राचीन नेपाल

Ancient Nepal

नेपालको प्राचीन इतिहास इसापूर्व हजारौँ वर्षदेखि सुरु भएको मानिन्छ। तर इस्वी संवत्को प्रारम्भअघिसम्मको इतिहास स्पष्ट छैन। किराँतकालभन्दा पहिलाको ठोस ऐतिहासिक प्रमाण भेटिएको छैन। त्यसबेला नेपालको राजनीतिक, आर्थिक र सामाजिक अवस्थाको केही झलक लिच्छविकालीन अभिलेखहरूबाट मात्र पाइन्छ। इस्वी संवत्को सुरुवातसँगै लिच्छविकाल सुरु भए पनि नेपालबारेका प्रमाणिक विवरण इस्वीको पाँचौँ शताब्दीपश्चात् मात्र विश्वासिलो बनेका छन् ।


२.४.१ गोपालवंशी शासकहरू

नेपालका पहिलो शासक गोपालवंशी राजा थिए। “गोपाल” भन्नाले गाईपालक समुदायलाई जनाउँछ। काठमाडौं उपत्यकाको पानी बाहिर फालिएपछि बसोबास गर्न योग्य भएपछि दक्षिणतर्फका “नीप जातिका” गोपालहरू यहाँ आए। उनीहरूको आगमनसँगै प्राचीन नाग जातिसँग भिडन्त भयो र नाग जाति पराजित भएर दक्षिणतर्फ हटे। यसपछि उपत्यकामा गोपालहरूको शासन स्थापित भयो । वंशावलीहरूमा उल्लेख भएअनुसार, गोपालवंशी राजा भूमिगुप्त (भुक्तमान) पहिलो राजा थिए। उनी टेँकु दोभानमा तपस्या गरेका ‘ने’ मुनीको आशीर्वादले राजा बनेका हुन्। गोपालवंशी राजा आठ जना रहेका छन्— भूमिगुप्त, जयगुप्त, धर्मगुप्त, हर्षगुप्त, भीमगुप्त, मणिगुप्त, विष्णुगुप्त र जितगुप्त । तिनीहरूले करिब ५०५ वर्षसम्म (केही वंशावलीअनुसार ४९१ वा ५२१ वर्ष) शासन गरेका थिए ।


२.४.२ महिषपालवंशी (आभीर) शासकहरू

गोपालवंशका अन्तिम राजा जितगुप्तलाई पराजित गरी महिषपाल वा आभीरहरूले नेपालमा शासन सुरु गरेका थिए । “गाईपाल्ने” लाई गोपाल भनेझैं “भैंसीपाल्ने” लाई महिषपाल भनिन्थ्यो। कतिपय इतिहासकारका अनुसार गोपाल र आभीर एउटै वंशका थिए, तर पेशागत आधारमा दुई समुदायमा विभाजित भएका थिए । महिषपालवंशका प्रथम राजा वरसिंह थिए। त्यसपछि जयसिंह र भूवनसिंह गरी तीन राजा भए ।
गोपालवंशावलीअनुसार—

  • वरसिंहले ४९ वर्ष,

  • जयसिंहले ७१ वर्ष २ महिना,

  • भूवनसिंहले ४१ वर्ष शासन गरे।

कुल १६१ वर्ष २ महिना महिषपालवंशको शासन रहेको उल्लेख पाइन्छ।


२.४.३ किराँतवंशी शासकहरू

महिषपालपछि उपत्यकामा किराँतवंशी राजाहरूको शासन सुरु भयो। गोपालवंशावलीअनुसार किराँतहरूको मूल स्थान तामाकोशी र सुनकोशीबीचको भूभाग थियो । महिषपालवंशका अन्तिम राजा भूवनसिंहलाई पराजित गरी यलम्बर (यलुङ) ले किराँतवंशको शासन स्थापित गरेका थिए। कतिपय वंशावलीअनुसार नेपालमा ऐतिहासिक घटनाक्रमको सुरुवात किराँतकालदेखि मानिन्छ ।

किराँत राजाहरूको संख्या वंशावलीअनुसार भिन्न पाइन्छ—

  • गोपालवंशावली : ३२ जना

  • भाषा वंशावली : २७ जना

  • राइट वंशावली : २९ जना

प्रमुख किराँत शासकहरू:

  • यलम्बर (यलुङ): किराँत राजवंशका संस्थापक। वीर शासक मानिन्छन्।

  • हुमति (हँति): छैटौँ राजा। कतिपय वंशावलीमा उनलाई महाभारत युद्धकालीन शासक भनिएको छ।

  • जितेदास्ती: सातौँ राजा। वंशावलीमा भनिएअनुसार गौतम बुद्धको काठमाडौं आगमन उनीकै समयमा भएको भनिन्छ।

  • स्थुंको: उनको शासनकालमा भारतका सम्राट अशोककी छोरी चारुमती काठमाडौं आएको भनाइ पाइन्छ, तर यसलाई ऐतिहासिक प्रमाणले पुष्टि गर्दैन।


२.४.४ लिच्छवि काल

किराँतहरूपछि नेपालमा लिच्छविहरूको शासन सुरु भयो। वंशावली र पुराणका आधारमा सूर्यवंशी क्षत्रीयहरूले किराँतलाई पराजित गरी नयाँ शासन व्यवस्था कायम गरेका हुन् । लिच्छविहरू भारतको वैशाली क्षेत्र (हालको बिहार, मुजफ्फरपुर) बाट आएका थिए। त्यहाँ अजातशत्रुद्वारा पराजित भई इस्वीको पहिलो शताब्दी तिर नेपालमा प्रवेश गरेका थिए। यहाँ आएका लिच्छविहरूले भुरे-टाकुरे राजाहरूलाई पराजित गरी सत्ता कब्जा गरे ।

लिच्छविकालीन शासन स्थापनाका सुरुवाती प्रमाणमध्ये—

  • सन् ४६४ मा राजा मानदेवको चाँगुनारायण अभिलेख महत्वपूर्ण छ।

  • आठौँ शताब्दीमा राजा जयदेव द्वितीयको पशुपति अभिलेख पनि प्रमाणिक स्रोत हो।

प्रसिद्ध लिच्छवि शासकहरू:

  • सुपुष्प (सुपुष्पदेव): प्रारम्भिक लिच्छवि राजा। उनले वर्णव्यवस्था कायम गरेका, पशुपतिको मन्दिर निर्माण गरी सुनको छाना र गजुर राखेका भनाइ पाइन्छ ।

  • मानदेव (वि.सं. ५२१–५६२ / इ.सं. ४६४–५०५): प्रथम प्रमाणिक राजा मानिन्छन्। ४१ वर्ष शासन गर्दै उनले मुद्रा प्रचलन, दरबार निर्माण, कला र विद्याको विकास गरेका थिए ।

  • अंशुवर्मा (इ.सं. ६०५–६२१): शक्तिशाली शासक, पहिलो “महाराजाधिराज” उपाधिप्राप्त। उनले कैलाशकुट दरबार निर्माण, परराष्ट्र नीति सुदृढ (तिब्बत र चीनसँग) गरेका थिए। उनकी कन्या भृकुटीको विवाह तिब्बती राजा स्रोङचङगम्पोसँग भएको चर्चा प्रसिद्ध छ ।

  • नरेन्द्रदेव (इ.सं. ६४५–६७९): कुशल प्रशासक। चीन र तिब्बतसँग व्यापारिक सम्बन्ध स्थापना गरी नेपाललाई अन्तर्राष्ट्रिय व्यापारिक केन्द्र बनाए ।

  • जयदेव द्वितीय (इ.सं. ७१३–७२३): कविराजा, “परचक्रकाम” उपनामले चिनिने। उनको कविता पशुपति शिलालेखमा भेटिन्छ ।

Categories

  • Current Affairs 735
  • Gorkhapatra 331
  • Others 1134
  • Vacancy 1
  • Past Questions 118
  • Nepal Police 8

Latest Blogs

Yanki Ukyab appointed as Chief Executive Officer (CEO) of Investment Board
Current Affairs

लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (CEO) मा याङ्की उक्याब नियुक्त

  • Aug 06, 2026
  • 44
Gandaki Province, Lab Technician, 5th Level - 2083/04/20
Past Questions

गण्डकी प्रदेश, ल्याब टेक्निसियन, ५औँ तह - २०८३/०४/२०

  • Aug 06, 2026
  • 62
Gandaki Province, Kaviraj Post, 2083/04/18
Past Questions

गण्डकी प्रदेश, कविराज पद, २०८३/०४/१८

  • Aug 06, 2026
  • 41
Common Rights of the Union and the States: Question and Answer (20 July 2083, Wednesday)
Gorkhapatra

सङ्घ र प्रदेशका साझा अधिकार : विषयगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 52
Public Service Preparation Special: Objective Questions and Answers (20 Shrawan 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (२० साउन २०८३, बुधबार)

  • Aug 05, 2026
  • 82
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA