Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions Nepal Police

सशस्त्र प्रहरी बल, नेपाल, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पद, द्वितीय पत्र, सामान्य ज्ञान (२०८३/२/८)

  • Ajnabee Khadka
  • May 23, 2026
  • 105

सशस्त्र प्रहरी बल, नेपाल, साधारण समूह, साधारण उपसमूह, सशस्त्र प्रहरी निरीक्षक पद, द्वितीय पत्र, सामान्य ज्ञान (२०८३/२/८)

Armed Police Force, Nepal, General Group, General Sub-Group, Armed Police Inspector Post, Second Paper, General Knowledge (2083/2/8)

1.जङ्गबहादुर राणाले युरोपको यात्रा कहिले गरेका थिए?

(A) सन् १८५०

(B) सन् १८४९

(C) सन् १८५१

(D) सन् १८५३

2. तल दिइएका पदवी र व्यक्तित्वका बिच जोडा मिलाउनुहोस् ।

पदवी व्यक्तित्व
a) फिस्टे महाराज i) जुद्ध शमशेर
b) राजर्षि महाराज ii) चन्द्र शमशेर
c) बुलेट महाराज iii) रण बहादुर शाह
d) स्वामी महाराज iv) राजा त्रैलोक्य

(A) a-iii, b-i, c-iv, d-ii

(B) a-ii, b-i, c-iv, d-iii

(C) a-i, b-ii, c-iii, d-iv

(D) a-iv, b-iii, c-ii, d-i

3. ट्रान्सपरेन्सी इन्टरनेशनल, २०२४ को प्रतिवेदन अनुसार Corruption Perception Index मा नेपालको प्राप्ताङ्क (Score) कति रहेको छ?

(A) १४

(B) २३

(C) ३४

(D) ४०

4. पृथ्वीनारायण शाहले नेपाललाई एकीकृत गर्नुभन्दा अगाडि नेपाल कति राज्यमा विभाजित थियो?

(A) ५०

(B) ५१

(C) ५२

(D) ५४

5. लिच्छवीकालमा प्रहरी प्रमुखलाई के भनिन्थ्यो?

(A) महासर्वदण्डनायक

(B) सर्वदण्डनायक

(C) दण्डनायक

(D) भटनायक

6. नेपालको समय ग्रिनविच मानक समय भन्दा कतिले छिटो छ?

(A) ५ घण्टा २५ मिनेट

(B) ५ घण्टा ३५ मिनेट

(C) ५ घण्टा ४५ मिनेट

(D) ५ घण्टा ५५ मिनेट

7. सार्क बडापत्रमा कतिवटा धारा रहेका छन्?

(A) १०

(B) १५

(C) २०

(D) ३०

8. सुमेरु महासागरले देहायका राष्ट्र मध्ये कुनलाई छुँदैन?

(A) क्यानाडा

(B) डेनमार्क

(C) एण्डोरा

(D) आयरल्याण्ड

9. नेपाल संयुक्त राष्ट्रसंघको कतिऔँ सदस्य राष्ट्र हो?

(A) ७० औँ

(B) ७२ औँ

(C) ५२ औँ

(D) ५० औँ

10. बेलायतले युरोपेली संघ (EU) बाट अलग हुने निर्णय कहिले गरेको थियो?

(A) सन् २०१५ जुन २३

(B) सन् २०१६ जुन २३

(C) सन् २०१७ जुन २३

(D) सन् २०१८ जुन २३

11. दक्षिण एशियाली खेलकुद संघको स्थापना कहिले भयो?

(A) सन् १९७०

(B) सन् १९७१

(C) सन् १९८०

(D) सन् १९८१

12. युरोपियन युनियन (EU) को अन्तिम सदस्य राष्ट्र कुन हो?

(A) बुल्गेरिया

(B) क्रोएसिया

(C) रोमानिया

(D) साइप्रस

13. ओलम्पिक खेलको इतिहासमा हालसम्म सबैभन्दा बढी स्वर्ण पदक कसले जितेका छन्?

(A) माइकल फेल्प्स

(B) उसेन बोल्ट

(C) सिमोन बाइल्स

(D) लारिसा लाटिनिना

14. विश्वमा सर्वप्रथम ओलम्पिक खेलकुद कुन देशमा आयोजना भएको थियो?

(A) फ्रान्स

(B) ग्रीस

(C) बेलायत

(D) स्वीडेन

15. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद् (UN Security Council) मा स्थायी सदस्यको संख्या कति रहेको छ?

(A) ५

(B) ७

(C) १०

(D) १५

16. सन् १२१५ मा जारी भएको "महाअधिकार पत्र"को नामले चिनिने म्याग्नाकार्टा संसोधन सहित कहिले पारित गरिएको थियो?

(A) सन् १२१५

(B) सन् १२२०

(C) सन् १२२५

(D) सन् १२३०

17. सुप्रसिद्ध भिक्टोरिया ताल कुन-कुन तीनवटा देशहरूसँग बाँडिएको छ?

(A) केन्या, युगान्डा, तान्जानिया

(B) इथियोपिया, सुडान, इजिप्ट

(C) रुवान्डा, बुरुन्डी, सुडान

(D) नाइजेरिया, क्यामरुन, चाड

18. चीनको Great Wall पर्खालको लम्बाई कति रहेको छ?

(A) २१,१९६ किमी

(B) २२,१९६ किमी

(C) २१,२९३ किमी

(D) २२,१९३ किमी

19. पूर्वी एसियाली राष्ट्रहरूको संगठन ASEAN का त्रिमूर्ति भनेर चिनिने राष्ट्रमा देहायका मध्ये कुन राष्ट्र पर्दैन?

(A) फिलिपिन्स

(B) थाइल्याण्ड

(C) मलेसिया

(D) इन्डोनेसिया

20. BIMSTEC को स्थापना कहिले भयो?

(A) सन् १९९५

(B) सन् १९९६

(C) सन् १९९७

(D) सन् १९९८

21. १३औँ दक्षिण एशियाली खेलकुदको उद्घाटन कुन मितिमा भएको थियो?

(A) २०७६ वैशाख १५

(B) २०७६ असार १५

(C) २०७६ कार्तिक १५

(D) २०७६ मंसिर १५

22. अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को मुख्यालय कहाँ रहेको छ?

(A) जेनेभा, स्विट्जरल्याण्ड

(B) न्यूयोर्क, अमेरिका

(C) ब्रसेल्स, बेल्जियम

(D) पेरिस, फ्रान्स

23. ग्रेट ब्यारियर रिफ कुन महादेशको समुद्री तटमा पर्दछ?

(A) एशिया

(B) अफ्रिका

(C) दक्षिण अमेरिका

(D) अष्ट्रेलिया

24. तलका मध्ये कुन देशमा राजतन्त्र रहेको छैन?

(A) जापान

(B) जर्मन

(C) डेनमार्क

(D) कुवेत

25. संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को अस्थायी सदस्यको पदावधि कति हुन्छ?

(A) १ वर्ष

(B) २ वर्ष

(C) ३ वर्ष

(D) ४ वर्ष

26. नेपाल अधिराज्यको संविधान, २०१५ तर्जुमा गर्न गठित मस्यौदा समितिको अध्यक्ष को थिए?

(A) सूर्य प्रसाद उपाध्याय

(B) ऋषिकेश शाह

(C) भगवती प्रसाद सिंह

(D) हरि प्रसाद प्रधान

27. नेपालको संविधानको प्रस्तावनामा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा पूरा गर्न आकांक्षा राखिएका विषयमा देहायका मध्ये कुन पर्दैन?

(A) दिगो शान्ति

(B) सुशासन

(C) सामाजिक न्याय

(D) विकास र समृद्धि

28. सशस्त्र प्रहरी विशेष अदालतले मुद्दामा साक्षी बुझेको मितिले सामान्यतया: कति दिनभित्र मुद्दाको किनारा गरिसक्नुपर्छ?

(A) ४५

(B) ६०

(C) ७५

(D) ९०

29. सशस्त्र प्रहरी सेवाका रिक्त पदहरूमा खुला प्रतियोगिताबाट पूर्ति गर्दा अमर सशस्त्र प्रहरी र अशक्त सशस्त्र प्रहरी कर्मचारीहरूको सन्ततिका लागि कति प्रतिशत पद छुट्ट्याइएको छ?

(A) २

(B) ३

(C) ४

(D) ५

30. सशस्त्र प्रहरी कर्मचारीको कार्यक्षमताको मूल्याङ्कनको लागि कूल अङ्क मध्ये कति अङ्क तालिम बापत प्राप्त हुने व्यवस्था रहेको छ?

(A) २०

(B) १३

(C) ८

(D) ५

31. नेपालको संविधानमा "अवशिष्ट अधिकार" को व्यवस्था कुन धारामा रहेको छ?

(A) धारा ४८

(B) धारा ५१

(C) धारा ५५

(D) धारा ५८

32. सशस्त्र प्रहरी बल, नेपालको भूमिकामा तलका मध्ये कुन पर्दैन?

(A) सीमा सुरक्षा गर्ने

(B) रेल्वे सुरक्षा गर्ने

(C) राजस्व, भन्सार तथा औद्योगिक सुरक्षा गर्ने

(D) समाजमा शान्ति, सुव्यवस्था कायम गर्ने

33. खुला प्रतियोगितामा हुने पदपूर्तिमा दलितलाई छुट्ट्याइएको प्रतिशत कति रहेको छ?

(A) २८

(B) २२

(C) १५

(D) ९

34. सशस्त्र प्रहरी नायब निरीक्षकको पदमा नियुक्ति गर्ने अधिकार कुन अधिकारीलाई रहेको छ?

(A) सशस्त्र प्रहरी नायब महानिरीक्षक

(B) सशस्त्र प्रहरी महानिरीक्षक

(C) सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक

(D) सशस्त्र प्रहरी उपरीक्षक

35. सशस्त्र प्रहरी ऐन, २०५८ मा सशस्त्र प्रहरीले कुनै राजनीतिक संगठन वा दलको सदस्यता लिएमा विभागीय सजायको अतिरिक्त देहायको मध्ये कुन सजाय हुने व्यवस्था रहेको छ?

(A) ७ वर्षदेखि १२ वर्षसम्म कैद

(B) ५ वर्षदेखि ७ वर्षसम्म कैद

(C) ३ वर्षदेखि ५ वर्षसम्म कैद

(D) विभागीय सजाय हुने तर कैद सजाय नहुने

36. सिदिङ्वा पर्वत कुन जिल्लामा पर्दछ?

(A) ताप्लेजुङ

(B) पाँचथर

(C) इलाम

(D) तेह्रथुम

37. नेपाललाई द्वापर युगमा के भनिन्थ्यो?

(A) तपोवन

(B) सत्यवती

(C) निपेन

(D) मुक्तिसोपान

38. सगरमाथा पर्यटकीय क्षेत्रभित्र तलका मध्ये कुन जिल्ला पर्दैन?

(A) सोलुखुम्बु

(B) खोटाङ

(C) ओखलढुङ्गा

(D) भोजपुर

39. "आमाको सपना" कसको कृति हो?

(A) सिद्धिचरण श्रेष्ठ

(B) माधव प्रसाद घिमिरे

(C) मोदनाथ प्रश्रित

(D) गोपाल प्रसाद रिमाल

40. जोडा मिलाउनुहोस् र सही विकल्प छनोट गर्नुहोस् ।

| a) एक हातको ताली | i) जगदीश घिमिरे |

| b) अन्तर्मनको यात्रा | ii) घनश्याम कँडेल |

| c) छापामारको छोरो | iii) युवराज नयाँघरे |

| d) धृतराष्ट्र | iv) महेश विक्रम शाह |

(A) a-iii, b-i, c-iv, d-ii

(B) a-i, b-ii, c-iv, d-iii

(C) a-ii, b-iv, c-i, d-iii

(D) a-iv, b-i, c-ii, d-iii

41. नेपाललाई जनसंख्या र भूगोलको आधारमा हाल कतिवटा निर्वाचन क्षेत्रमा विभाजन गरिएको छ?

(A) १६५

(B) १७५

(C) २६५

(D) २७५

42. स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार देहायका जिल्ला मध्ये कुन जिल्ला हिमाली जिल्लामा पर्दैन?

(A) संखुवासभा

(B) सोलुखुम्बु

(C) ओखलढुङ्गा

(D) सिन्धुपाल्चोक

43. राष्ट्रकवि माधव प्रसाद घिमिरेको जन्म कुन जिल्लामा भएको थियो?

(A) गोरखा

(B) लमजुङ

(C) कास्की

(D) पाल्पा

44. गोसाईंकुण्डको अवस्थिति समुद्र सतहबाट कति मिटर उचाईमा रहेको छ?

(A) ४२२०

(B) ४३००

(C) ४३६०

(D) ४४००

45. काठमाडौँमा सम्पन्न चारदेशीय अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप, २०२५ उपाधि कसले जितेको थियो?

(A) बंगलादेश

(B) म्यानमार

(C) कीर्गीस्तान

(D) नेपाल

46. मदन पुरस्कार, २०८० बाट सम्मानित कृति "मुकाम रणमैदान" का लेखक को हुन्?

(A) विवेक ओझा

(B) नवराज लम्साल

(C) भगिराज इङ्नाम

(D) मोहन मैनाली

47. बौद्ध धर्मका ६ वटा महाविहारमध्ये ताम्रशीला महाविहार देहायका मध्ये कुन स्थानमा रहेको छ?

(A) पाकिस्तान

(B) तिब्बत

(C) थाइल्याण्ड

(D) श्रीलंका

48. कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालमा औपचारिक भ्रमण कहिले भएको थियो?

(A) २०८१ वैशाख ११ र १२

(B) २०८१ श्रावण २९ र ३०

(C) २०८१ असोज १५ र १६

(D) २०८१ मंसिर ३ र ४

49. विश्वको सर्वाधिक लोकप्रिय खेल "विश्वकप फुटबल प्रतियोगिता" कति-कति वर्षमा आयोजना गरिन्छ?

(A) हरेक २/२ वर्षमा

(B) हरेक ३/३ वर्षमा

(C) हरेक ४/४ वर्षमा

(D) हरेक ५/५ वर्षमा

50. पृथ्वीनारायण शाहले वनारस यात्रा गर्दा कुन राजासँग सन्धि गरेका थिए?

(A) हरि शाह

(B) राम शाह

(C) प्रताप शाह

(D) रुद्र शाह

Categories

  • Current Affairs 634
  • Gorkhapatra 308
  • Others 1031
  • Vacancy 1
  • Past Questions 78
  • GK Loksewa Past Question Collection 0
  • Nepal Police 4

Latest Blogs

Detailed chronological table of educational history during the Rana period
Others

राणाकालीन शैक्षिक इतिहासको विस्तृत कालक्रमिक तालिका

  • May 26, 2026
  • 2679
The Fourth Five-Year Plan in the History of Nepal's Planned Development
Others

नेपालको योजनावद्ध विकासको इतिहासमा चौथो पञ्चवर्षीय योजना

  • May 26, 2026
  • 90
Historical development of the establishment of the United Nations
Others

संयुक्त राष्ट्र संघको स्थापनाको ऐतिहासिक विकासक्रम

  • May 26, 2026
  • 72
Titles of creators in the fields of Nepali literature, art, and music
Others

नेपाली साहित्य, कला र सङ्गीत क्षेत्रका स्रष्टाहरूका उपाधि

  • May 26, 2026
  • 2004
What is the Police Act, 2012? (Police Public Service Blog #3)
Nepal Police Others

के हो प्रहरी ऐन, २०१२? (प्रहरी लोकसेवा blog #3)

  • May 25, 2026
  • 62
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA