Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको जनगणना इतिहास (संक्षेपमा)

  • Ajnabee Khadka
  • April 02, 2026
  • 1046

नेपालको जनगणना इतिहास (संक्षेपमा)

Census History of Nepal (in brief)
  • नेपालको जनगणना इतिहासमा हालसम्म १२ वटा जनगणनाहरू सम्पन्न भएका,
  • वि.सं. १९६८ देखि १९९८ सम्मका गणनाहरूलाई सामान्य "टाउको गणना (Head Count)" भनिन्छ भने वि.सं. २००९/११ देखिको गणनालाई आधुनिक वा वैज्ञानिक जनगणना मानिन्छ,
क्रम
जनगणना वर्ष (वि.सं.)
कुल जनसङ्ख्या
मुख्य विशेषता/जानकारी
१
१९६८
५६,३८,७४९
 
  • नेपालको पहिलो जनगणना,
  • यस जनगणनाको मुख्य उद्देश्य, मालिक, कमारा–कमारी र बाँधाहरूको सूची तयार गर्नु,
  • यो जनगणना टाउको गणनामा मात्र सीमित र वैज्ञानिक परिभाषाको अभाव,
२
१९७७
५५,७३,७८८
  • इन्फ्लुएन्जा महामारी र पहिलो विश्वयुद्धमा नेपालीहरूको सहभागिताको कारण पहिलो गणनाको तुलनामा जनसङ्ख्या घटेको पाइएको,
३
१९८७
५५,३२,५६४
  • यस पटक पनि जनसङ्ख्या अघिल्लो गणनाको तुलनामा घटेको,
  • गणनामा "बाँधा" र "कमारा–कमारी" को विवरण समावेश गर्ने यो अन्तिम गणना,
४
१९९८
६२,८३,६४९
  • यस गणनाका लागि "जनसङ्ख्या गोश्वारा" नामक अस्थायी निकाय स्थापना गरिएको,
५
२००९/११
८२,५६,६२५
  • वि.सं. २००९ मा पूर्वी नेपाल र २०११ मा पश्चिम नेपालको गणना,
  • अन्तर्राष्ट्रिय मापदण्ड र वैज्ञानिक पद्धतिको प्रयोग गरिएको पहिलो जनगणना,
६
२०१८
९४,१२,९९६
  • केन्द्रीय तथ्याङ्क विभाग (वि.सं. २०१५ मा स्थापित) द्वारा सञ्चालित पहिलो गणना,
  • यसै समयदेखि जनगणनामा "असार ८" लाई सन्दर्भ मिति मान्न थालिएको,
७
२०२८
१,१५,५५,९८३
  • तथ्याङ्क प्रशोधनका लागि नेपालमा पहिलो पटक कम्प्युटर (IBM 1401) को प्रयोग गरिएको,
८
२०३८
१,५०,२२,८३९
  • जनगणनाको विश्वसनीयता जाँच्न पहिलो पटक "गणना जाँच सर्वेक्षण" (Post Enumeration Survey-PES) सुरु गरिएको,
९
२०४८
१,८४,९१,०९७
  • प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो जनगणना, 
  • जातजातिको विस्तृत विवरण सङ्कलन गर्ने पहिलो जनगणना,
१०
२०५८
२,३१,५१,४२३
  • पहिलो पटक जनगणनामा "नमुना छनौट विधि" (Sampling) अपनाइएको,
११
२०६८
२,६४,९४,५०४
  • "कोही नछुटुन्, कोही नदोहोरिउन्" भन्ने नाराका साथ सञ्चालित,
  • महिला गणकहरूको सहभागिता ४०% पुर्‍याउने लक्ष्य राखिएको,
१२
२०७८
२,९१,६४,५७८
  • सङ्घीयता पछिको पहिलो गणना,
  • काठमाडौँका ६ स्थानीय तहमा ट्याब्लेट (CAPI) र विदेशस्थित दूतावासमा ई–सेन्सस (CAWI) विधिको प्रयोग,

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 87
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 337
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 280
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 311
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 431
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA