Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानको कालक्रमिक तालिका

  • Ajnabee Khadka
  • June 02, 2026
  • 261

राजा पृथ्वीनारायण शाहको एकीकरण अभियानको कालक्रमिक तालिका

Chronological table of King Prithvi Narayan Shah's unification campaign
वि.सं. साल
प्रमुख घटना तथा विजय अभियान
संक्षिप्त विवरण
१७९९
गोरखाको राजगद्दी आरोहण
२० वर्षको उमेरमा पिता राजा नरभूपाल शाहको निधनपछि पृथ्वीनारायण शाह गोर्खाका राजा बनेका,
१८००
नुवाकोटमा माथिको पहिलो आक्रमण (पराजय)
राजगद्दी सम्हालेलगत्तै नुवाकोट कब्जा गर्ने प्रयास गरेका तर तयारी र सैन्य सामर्थ्य नपुग्दा असफल भएका,
१८०१ आश्विन १५
नुवाकोट विजय
व्यापक तयारी, आधुनिक हतियार र छापामार शैली अपनाएर गोर्खाली फौजले नुवाकोटमाथि विजय प्राप्त गरेको; नुवाकोट विजय सामरिक र आर्थिक दृष्टिले अत्यन्तै फलदायी भएपछि पृथ्वीनारायण शाहले यसलाई आफ्नो राजधानी घोषणा गरेका,
१८११
सिन्धुपाल्चोक, चौतारा र नाल्दुम (नगरकोट क्षेत्र) विजय
यो क्षेत्रहरुको विजय सामरिक र आर्थिक नाकाबन्दीका दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिन्छ; यो क्षेत्रहरुको विजयसँगै काठमाडौँ उपत्यकालाई उत्तर-पूर्वी दिशाबाट घेर्न रचिएको एक अत्यन्तै ठूलो सैन्य र कूटनीतिक सफलता,
 
दोलखा क्षेत्रमा आधिपत्य
दोलालघाट-सन्धि भएपछि दोलखाका प्रधान (शासक) हरूले विना कुनै युद्ध पृथ्वीनारायण शाहको आधिपत्य स्वीकार गरेका,
१८१४ जेठ २८
कीर्तिपुर माथिको पहिलो आक्रमण (पराजय)
राजा पृथ्वीनारायण शाहका नेपाल एकीकरण अन्तर्गतको सबैभन्दा पीडादायी र लज्जास्पद पराजय; सेनापति काजी कालु पाँडेले वीरगति प्राप्त गरेका; राजा पृथ्वीनारायण शाहपनि आफ्नो ज्यान जोगाएर युद्धक्षेत्रबाट भागेका,
१८१६
शिवपुरी र काभ्रे क्षेत्रमाथिको विजय
शिवपुरी र काभ्रेको विजयले काठमाडौँ उपत्यकालाई उत्तर र पूर्वतर्फबाट घेर्न र उपत्यकाको आर्थिक नाकाबन्दीलाई थप प्रभावकारी बनाउन मद्दत पुर्‍याएको,
१८१९ भदौ ९
मकवानपुर विजय
काठमाडौँ उपत्यकाको दक्षिणमा अवस्थित रणनीतिक र आर्थिक रूपले अत्यन्तै शक्तिशाली मकवानपुरको सेन राज्य गोरखा राज्यको अधीनमा आएको,
१८१९
मीर कासिमको सेनासँग युद्ध
मकवानपुरको मद्दतमा आएका बङ्गालका नवाब मीर कासिमका सेनालाई गोर्खाली सेनाले पराजित गरेको; यो युद्धमा विजय प्राप्त गरेपछि गोर्खाली सेनाले मीर कासिमको फौजबाट ठूलो संख्यामा आधुनिक बन्दुकहरू, बारुद र अन्य हातहतियारहरू कब्जा गरेको; मीर कासिमको पराजयपछि प्राप्त भएका आधुनिक हतियारहरूको प्रयोग गरी पृथ्वीनारायण शाहले गोर्खाली सेनालाई थप संगठित र सुदृढ बनाएका; यसै युद्धको परिणामस्वरूप उनले श्रीनाथ, कालिबक्स, सबुज, गोरख र बज्रवाणी गरी पाँचवटा स्थायी सैन्य कम्पनीहरू खडा गरेका,
१८२१
कीर्तिपुर माथिको दोस्रो आक्रमण (पराजय)
गोर्खाली सेनाका लागि अर्को एउटा ठूलो सैन्य धक्का र पराजयको रूपमा रहेको; यस दोस्रो लडाइँमा पृथ्वीनारायण शाहका कान्छा भाइ सुरप्रताप शाहले आफ्नो एउटा आँखा गुमाउनुपरेको; पहिलो आक्रमण (वि.सं. १८१४) मा जस्तै यस पटक पनि गोर्खाली सेनाले कीर्तिपुरको अभेद्य किल्ला र त्यहाँका बासिन्दाहरूको कडा प्रतिकारका कारण सफलता प्राप्त गर्न सकेन,
१८२२ चैत ३
कीर्तिपुर विजय
प्रत्यक्ष आक्रमणबाट कीर्तिपुर जित्न असम्भव प्रायः देखिएपछि नै पृथ्वीनारायण शाहले आफ्नो रणनीति परिवर्तन गरी कीर्तिपुरलाई चारैतिरबाट घेरेर आर्थिक नाकाबन्दी गर्ने निर्णय गरेका र यसको फलस्वरूप पछि मात्र कीर्तिपुर गोर्खालीहरूको नियन्त्रणमा आएको,
१८२४ आश्विन २४
सिन्धुलीगढीको युद्ध 
काठमाडौँ उपत्यकालाई गोर्खाली सेनाले चारैतिरबाट नाकाबन्दी गरी घेरेपछि कान्तिपुरका राजा जयप्रकाश मल्ल अत्यन्तै संकटमा परेका; उनले आफ्नो राज्य बचाउनका लागि भारतमा रहेका अंग्रेज (British) शक्तिसँग सैन्य मद्दत मागेका; जयप्रकाश मल्लको गुहार स्वीकार गर्दै अंग्रेजहरूले क्याप्टेन किनलोक (Captain Kinloch) को नेतृत्वमा एउटा शक्तिशाली फौज नेपाल पठाएका; त्यस अंग्रेज सेनालाई गोर्खाली सेनाले रणनीतिक रूपमा पराजित गरेको; यो युद्ध आधुनिक हातहतियारले सुसज्जित, विश्व विजयी अभियानमा हिँडेको ब्रिटिस इस्ट इन्डिया कम्पनीको सेना र घरेलु हतियार बोकेका गोरखाली फौजबीच भएको थियो, जसमा गोर्खालीहरूले अद्भुत रणनीतिक विजय हासिल गरेका,
१८२५ आश्विन १३
कान्तिपुर (काठमाडौँ) विजय
राजा पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानमा कान्तिपुर (काठमाडौँ) विजय एउटा निर्णायक र ऐतिहासिक सफलताको रूपमा रहेको; इन्द्रजात्राको दिन कान्तिपुर विजय गरेपछि पृथ्वीनारायण शाहले क्रमशः यसलाई एकीकृत नेपालको राजधानी घोषणा गरेका र हनुमानढोका दरबारबाट शासन सञ्चालन सुरु गरेका,
१८२५ आश्विन २४
ललितपुर (पाटन) विजय
कान्तिपुर विजयको केही दिनपछि नै ललितपुर राज्य बिना कुनै ठूलो युद्ध गोरखामा गाभिएको,
१८२६
भक्तपुर विजय
कान्तिपुर र ललितपुर विजय भएको करिब एक वर्षपछि वि.सं. १८२६ को मंसिर महिनामा गोर्खाली सेनाले भक्तपुरमाथि पूर्ण विजय प्राप्त गरेको; भक्तपुरको पतनसँगै सिङ्गो काठमाडौँ उपत्यकाको एकीकरण सम्पन्न,
१८३० र १८३१ क्रमशः
चौदण्डी र विजयपुरको विजय
तत्कालीन समयमा पूर्वी नेपालको सेन राज्य मकवानपुर, चौदण्डी र विजयपुर गरी तीन राज्यमा विभक्त भएको; गोर्खाली सेनाले वि.सं. १८३० मा चौदण्डीमाथि विजय प्राप्त गरेको र चौदण्डी विजय गरेको एक वर्षपछि अर्थात् वि.सं. १८३१ मा गोर्खाली सेनाले विजयपुरमाथि पनि आफ्नो आधिपत्य जमाएको; पृथ्वीनारायण शाहले चौदण्डी र विजयपुर जस्ता पूर्वका शक्तिशाली सेन राज्यहरूलाई जितेर एकीकृत नेपालको नक्सामा गाभ्ने आफ्नो अठोट पूरा गरेका,
१८३१, माघ १
स्वर्गारोहण
आधुनिक नेपालको बलियो जग बसालेर ५२ वर्षको उमेरमा नुवाकोटको देवीघाटमा उनको निधन भएको,

 

Categories

  • Current Affairs 731
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 112
  • Nepal Police 8

Latest Blogs

Miss Nepal, 2026
Current Affairs

मिस नेपाल, २०२६

  • Aug 01, 2026
  • 115
Gandaki Province, H.A. (H.A.), Fifth - 2083
Past Questions

गण्डकी प्रदेश, एच.ए. (H.A.), पाँचौ - २०८३

  • Aug 01, 2026
  • 102
Second National Millet Day, 2083
Current Affairs

दोस्रो राष्ट्रिय कोदो दिवस, २०८३

  • Aug 01, 2026
  • 86
Nepal Health Service, A.H.W., Fourth - 2083/04/14
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.हे.व., चौथो - २०८३/०४/१४

  • Jul 31, 2026
  • 34
International Day Against Trafficking in Persons, 2026
Current Affairs

अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस, २०२६

  • Jul 31, 2026
  • 158
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA