Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others Nepal Police

महिला प्रहरीको सेवा र सहभागिताको कालक्रमिक तालिका (प्रहरी लोकसेवा blog #१)

  • Ajnabee Khadka
  • May 24, 2026
  • 2020

महिला प्रहरीको सेवा र सहभागिताको कालक्रमिक तालिका (प्रहरी लोकसेवा blog #१)

Chronological table of women police service and participation (Police Public Service #1)
  • हाल नेपाल प्रहरीमा महिलाहरूको मौजुदा संख्या ९,२९९ (१२.४५ प्रतिशत) रहेको,
मिति (वि.सं./सन्)
मुख्य कोशेढुङ्गा / विवरण
वि.सं. २००८/०३/०१
चैत्यमाया डंगोल नेपाल प्रहरीको इतिहासमा पहिलो महिला कर्मचारीको रूपमा भर्ना हुनुभएको,
वि.सं. २०१२/०८/२९
पविता देवी कुइकेल नेपाल प्रहरीको पहिलो महिला प्रहरी निरीक्षक (Inspector) बन्नुभएको,
वि.सं. २०२५
महिला प्रहरी कर्मचारीहरू साडी युनिफर्ममा ट्राफिक व्यवस्थापन लगायतका परिचालन ड्युटीहरूमा सक्रिय रूपमा संलग्न हुन थालेका,
वि.सं. २०३५/०२/२५
केन्द्रीय प्रहरी तालिम केन्द्र (CPTC), महाराजगञ्जमा दोस्रो महिला प्रहरी तालिम कम्पनीको दीक्षान्त समारोह सम्पन्न भएको,
वि.सं. २०४०/१०/२३
१३१ जना महिला प्रहरीहरू सम्मिलित नेपालकै पहिलो महिला प्रहरी गुल्म (Female Police Company) को स्थापना भएको,
वि.सं. २०४१
महिला प्रहरी ब्याण्ड (Women Police Band) र प्रहरी परिवार महिला संघ (हाल नेपाल प्रहरी श्रीमती संघ) को स्थापना भएको,
वि.सं. २०५०
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पहिलो पटक महिला प्रहरीको सहभागिता सुरु भएको (हालसम्म ८५२ जनाले सहभागिता जनाइसकेका,)
वि.सं. २०५३/११/१५
५५ जनाको दरबन्दी सहितको महिला प्रहरी ट्राफिक इकाई (Women Police Traffic Unit) स्थापना भएको,
वि.सं. २०६०
महिला तथा बालबालिका सेवा केन्द्र (Women & Children Service Center) को स्थापना भएको,
वि.सं. २०६५/०८/११
पार्वती थापा नेपाल प्रहरीको पहिलो महिला प्रहरी नायव महानिरीक्षक (DIGP) पदमा बढुवा हुनुभएको,
वि.सं. २०६९
नेपाल प्रहरीको पहिलो लैङ्गिक नीति (Gender Policy) सार्वजनिक गरिएको,
वि.सं. २०७५/०७/२५
डा. दुर्गा थापा पुन नेपाल प्रहरीको पहिलो महिला (प्राविधिक) प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP) मा बढुवा हुनुभएको,
वि.सं. २०७९/०२/२३
पूजा सिंह नेपाल प्रहरीको जनपदतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP) मा बढुवा हुनुभएको,
वि.सं. २०८० 
"साझा जिम्मेवारी, समान प्रतिबद्धता: प्रहरी सेवामा उत्कृष्टताको सुनिश्चितता" भन्ने नाराका साथ पहिलो पटक राष्ट्रिय महिला प्रहरी सम्मेलन आयोजना गरिएको,
वि.सं. २०८१
नेपाल प्रहरीको लैङ्गिक नीति (Gender Policy) लाई समय सापेक्ष पुनरावलोकन र परिमार्जन गरिएको,
वि.सं. २०८२/०२/०५
प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा सगरमाथा आरोहण गर्ने नेपाल प्रहरीको पहिलो महिला प्रहरी अधिकारी बन्नुभएको,

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 34
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 149
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 119
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 250
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 358
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA