Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others Nepal Police

महिला प्रहरीको सेवा र सहभागिताको कालक्रमिक तालिका (प्रहरी लोकसेवा blog #१)

  • Ajnabee Khadka
  • May 23, 2026
  • 1735

महिला प्रहरीको सेवा र सहभागिताको कालक्रमिक तालिका (प्रहरी लोकसेवा blog #१)

Chronological table of women police service and participation (Police Public Service #1)
  • हाल नेपाल प्रहरीमा महिलाहरूको मौजुदा संख्या ९,२९९ (१२.४५ प्रतिशत) रहेको,
मिति (वि.सं./सन्)
मुख्य कोशेढुङ्गा / विवरण
वि.सं. २००८/०३/०१
चैत्यमाया डंगोल नेपाल प्रहरीको इतिहासमा पहिलो महिला कर्मचारीको रूपमा भर्ना हुनुभएको,
वि.सं. २०१२/०८/२९
पविता देवी कुइकेल नेपाल प्रहरीको पहिलो महिला प्रहरी निरीक्षक (Inspector) बन्नुभएको,
वि.सं. २०२५
महिला प्रहरी कर्मचारीहरू साडी युनिफर्ममा ट्राफिक व्यवस्थापन लगायतका परिचालन ड्युटीहरूमा सक्रिय रूपमा संलग्न हुन थालेका,
वि.सं. २०३५/०२/२५
केन्द्रीय प्रहरी तालिम केन्द्र (CPTC), महाराजगञ्जमा दोस्रो महिला प्रहरी तालिम कम्पनीको दीक्षान्त समारोह सम्पन्न भएको,
वि.सं. २०४०/१०/२३
१३१ जना महिला प्रहरीहरू सम्मिलित नेपालकै पहिलो महिला प्रहरी गुल्म (Female Police Company) को स्थापना भएको,
वि.सं. २०४१
महिला प्रहरी ब्याण्ड (Women Police Band) र प्रहरी परिवार महिला संघ (हाल नेपाल प्रहरी श्रीमती संघ) को स्थापना भएको,
वि.सं. २०५०
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा पहिलो पटक महिला प्रहरीको सहभागिता सुरु भएको (हालसम्म ८५२ जनाले सहभागिता जनाइसकेका,)
वि.सं. २०५३/११/१५
५५ जनाको दरबन्दी सहितको महिला प्रहरी ट्राफिक इकाई (Women Police Traffic Unit) स्थापना भएको,
वि.सं. २०६०
महिला तथा बालबालिका सेवा केन्द्र (Women & Children Service Center) को स्थापना भएको,
वि.सं. २०६५/०८/११
पार्वती थापा नेपाल प्रहरीको पहिलो महिला प्रहरी नायव महानिरीक्षक (DIGP) पदमा बढुवा हुनुभएको,
वि.सं. २०६९
नेपाल प्रहरीको पहिलो लैङ्गिक नीति (Gender Policy) सार्वजनिक गरिएको,
वि.सं. २०७५/०७/२५
डा. दुर्गा थापा पुन नेपाल प्रहरीको पहिलो महिला (प्राविधिक) प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP) मा बढुवा हुनुभएको,
वि.सं. २०७९/०२/२३
पूजा सिंह नेपाल प्रहरीको जनपदतर्फ पहिलो महिला प्रहरी अतिरिक्त महानिरीक्षक (AIGP) मा बढुवा हुनुभएको,
वि.सं. २०८० 
"साझा जिम्मेवारी, समान प्रतिबद्धता: प्रहरी सेवामा उत्कृष्टताको सुनिश्चितता" भन्ने नाराका साथ पहिलो पटक राष्ट्रिय महिला प्रहरी सम्मेलन आयोजना गरिएको,
वि.सं. २०८१
नेपाल प्रहरीको लैङ्गिक नीति (Gender Policy) लाई समय सापेक्ष पुनरावलोकन र परिमार्जन गरिएको,
वि.सं. २०८२/०२/०५
प्रहरी नायव निरीक्षक कुन्जाङ छोपेल शेर्पा सगरमाथा आरोहण गर्ने नेपाल प्रहरीको पहिलो महिला प्रहरी अधिकारी बन्नुभएको,

 

Categories

  • Current Affairs 727
  • Gorkhapatra 329
  • Others 1125
  • Vacancy 1
  • Past Questions 110
  • Nepal Police 8

Latest Blogs

Nepal Engineering Service, Mechanics (Unlisted II) - 2083
Past Questions

नेपाल इन्जिनियरिङ्ग सेवा, मेकानिक्स (अनङ्कित द्वितीय) - २०८३

  • Jul 30, 2026
  • 32
Nepal Health Service, A.N.M. (ANM), 4th - 2083/04/12
Past Questions

नेपाल स्वास्थ्य सेवा, अ.न.मी. (ANM), चौथो - २०८३/०४/१२

  • Jul 30, 2026
  • 33
Andy Burnham appointed as new UK Prime Minister
Current Affairs

बेलायतको नयाँ प्रधानमन्त्री: एन्डी बर्नह्याम (Andy Burnham)

  • Jul 29, 2026
  • 58
New record set for youngest player to score half-century in international cricket
Current Affairs

अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कान्छो खेलाडीको नयाँ किर्तिमान कायम

  • Jul 29, 2026
  • 85
Continents and their nickname
Others

महादेश र तिनीहरूको उपनाम

  • Jul 29, 2026
  • 107
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA