Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान (२०७२) मा नागरिकता सम्बन्धी प्रावधानहरू

  • Ajnabee Khadka
  • March 19, 2026
  • 1264

नेपालको संविधान (२०७२) मा नागरिकता सम्बन्धी प्रावधानहरू

Citizenship provisions in the Constitution of Nepal (2072)
  • नेपालको संविधानको भाग २ अन्तर्गत धारा १० देखि १५ सम्म नागरिकता सम्बन्धी प्रावधानहरू रहेका,
  • नेपालको संविधानमा मुख्यतया ४ प्रकारका नागरिकताको व्यवस्था गरिएको,

नेपालको संविधानमा व्यवस्था गरिएको ४ प्रकारका नागरिकताहरु:

क्रम नागरिकताको प्रकार व्यवस्था र विवरण
१.) वंशजको आधारमा नागरिकता (Citizenship by descent)
  • कुनै व्यक्तिको जन्म हुँदाका बखत निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने,
  • नेपालभित्र फेला परेको र बाबु-आमाको ठेगान नभएको प्रत्येक नाबालकलाई पनि वंशजको नागरिक मानिने व्यवस्था,
  • नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको नागरिकता पाउने,
२.) अङ्गीकृत नागरिकता (Naturalized citizenship)
  • नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम अङ्गीकृत नागरिकता लिन सक्ने,
  • नेपाली महिला नागरिक र विदेशी बाबुबाट जन्मेको सन्तान नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले अङ्गीकृत नागरिकता पाउने,
  • नेपाल सरकारले संघीय कानून बमोजिम अन्य विदेशीलाई पनि अङ्गीकृत नागरिकता प्रदान गर्न सक्ने,
३.) सम्मानार्थ नागरिकता (Honorary citizenship)
  • नेपाल सरकारले अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट योगदान पुर्‍याई ख्याति प्राप्त गरेका विदेशी व्यक्तिलाई संघीय कानून बमोजिम नेपालको सम्मानार्थ नागरिकता प्रदान गर्न सक्ने,
४.) गैरआवासीय नेपाली नागरिकता (Non-Resident Nepali Citizenship)
  • दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य राष्ट्र बाहेकका देशको नागरिकता प्राप्त गरेको र साविकमा वंशजको वा जन्मको आधारमा आफू वा बाबु-आमा, बाजे-बज्यै नेपालको नागरिक रही पछि विदेशी नागरिकता लिएका व्यक्तिलाई यो नागरिकता दिइने,
  • यस्तो नागरिकता प्राप्त व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउनेछन् तर राजनीतिक अधिकार नपाउने,
   

नेपालको संविधान (२०७२) मा नागरिकता समबन्धी गरिएको अन्य महत्वपूर्ण संवैधानिक प्रावधानहरू:

  • नागरिकताबाट वञ्चित नगरिने: कुनै पनि नेपाली नागरिकलाई नागरिकता प्राप्त गर्ने हकबाट वञ्चित गरिने छैन भनी संवैधानिक ग्यारेन्टी गरिएको,
  • लैंगिक पहिचान र बाबु/आमाको नाम: वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैंगिक पहिचान सहितको नागरिकताको प्रमाणपत्र पाउन सक्ने हक सुनिश्चित गरिएको,
  • बाबु-आमा फेला नपरेका नाबालक: नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको प्रत्येक नाबालक निजको बाबु वा आमा फेला नपरेसम्म वंशजको आधारमा नेपालको नागरिक मानिने व्यवस्था,
  • बाबुको पहिचान हुन नसकेको सन्तान: नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नागरिकता दिइने, तर, पछि बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता संघीय कानून बमोजिम अङ्गीकृत नागरिकतामा परिणत हुने प्रावधान,
  • क्षेत्र गाभिएका कारण हुने नागरिकता : नेपालको सिमानाभित्र गाभिने गरी कुनै नयाँ क्षेत्र प्राप्त भएमा त्यस्तो क्षेत्रभित्र बसोबास गर्ने व्यक्तिहरू संघीय कानूनको अधीनमा रही नेपालको नागरिक हुने,
  • गैरआवासीय नेपाली नागरिकताको अधिकार : गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिले आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग गर्न पाउनेछन् तर राजनीतिक अधिकार भने नपाउने,
  • संघीय कानून बमोजिम हुने : नागरिकताको प्राप्ति, पुनः प्राप्ति र समाप्ति सम्बन्धी अन्य व्यवस्थाहरू तथा नागरिकताको प्रमाणपत्र सम्बन्धी अन्य विवरणहरू संघीय कानून बमोजिम हुने गरी अधिकार प्रत्यायोजन गरिएको,

 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 90
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 284
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 316
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 435
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA