Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालमा आदिवासी जनजातिहरूको वर्गीकरण

  • Ajnabee Khadka
  • March 31, 2026
  • 2472

नेपालमा आदिवासी जनजातिहरूको वर्गीकरण

Classification of indigenous peoples in Nepal
  • आदिवासी जनजाति भन्नाले आफ्नै मातृभाषा, परम्परागत रीतिरिवाज, छुट्टै सांस्कृतिक पहिचान, छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएका जाति वा समुदायलाई बुझिन्छ।
  • राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा आदिवासी जनजातिहरू कुल जनसङ्ख्या: १,०१,६८,८४४ (नेपालको कुल जनसङ्ख्याको ३४.८७ प्रतिशत)
  • जनसङ्ख्याका आधारमा सबैभन्दा ठूलो जाति मगर (२०,२३,३२५) हो भने सबैभन्दा कम जनसङ्ख्या भएको जाति कुसुन्डा (२५३)
  • आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन, २०५८ अनुसार हाल नेपालमा सूचीकृत आदिवासी जनजातिहरू: ६० वटा (वि.सं. २०७७ जेष्ठ ५ मा 'राना थारु' थपिएपछि हाल कायम रहेको संख्या ६० पुगेको,)

नेपालका आदिवासी जनजातिको वर्गीकरण:

  • नेपालका आदिवासी जनजातिहरूलाई उनीहरूको सामाजिक, आर्थिक र शैक्षिक अवस्था तथा साक्षरता दर, आवासको प्रकृति, भूमिको स्वामित्व, र रोजगारी जस्ता मानव विकासका सूचकहरूको आधारमा पाँचवटा समूहमा वर्गीकरण गरिएको,
समूह जनजातिहरू
लोपोन्मुख समूह (Endangered Group): कुसुन्डा, वनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुशवाडिया (१० जनजाति)
अति सिमान्तकृत समूह (Highly Marginalized Group): माझी, सियार, ल्होमी, थुदाम, धानुक, चेपाङ, सतार, झाँगड, थामी, बोटे, दनुवार र बरामो (१२ जनजाति)
सिमान्तकृत समूह (Marginalized Group): सुनुवार, थारु, रानाथारु, तामाङ, भुजेल, कुमाल, कोचे (राजवंशी), गन्गाई, धिमाल, भोटे, दराई, ताजपुरिया, पहरी, तोप्केगोला, डोल्पो, फ्री, मुगाली, लार्के, ल्होपा, दुरा र वालुङ (२१ जनजाति)
सुविधा वञ्चित समूह (Disadvantaged Group): गुरुङ, मगर, राई, लिम्बु, छैरोतन, ताङ्वे, तीनगाउँले, बाह्रगाउँले, मार्फाली, शेर्पा, याक्खा, छन्त्याल, जिरेल, व्यासी र ह्योल्मो (१५ जनजाति)
उन्नत समूह (Advanced Group): नेवार र थकाली (२ जनजाति)
 

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 87
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 337
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 281
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 312
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 431
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA