Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

महानगरपालिका, उप-महानगरपालिका र नगरपालिकाको वर्गीकरण

  • Ajnabee Khadka
  • March 24, 2026
  • 1508

महानगरपालिका, उप-महानगरपालिका र नगरपालिकाको वर्गीकरण

Classification of metropolitan cities, sub-metropolitan cities and municipalities
  • स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८ ले नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका घोषणा गर्नका लागि आवश्यक पर्ने जनसंख्या, आयस्रोत र पूर्वाधार सम्बन्धी मापदण्डहरूको विस्तृत व्यवस्था गरेको,

१.) नगरपालिका (Municipality):

नगरपालिका घोषणा हुनका लागि देहायका शर्त र सुविधाहरू पूरा भएको हुनुपर्दछ:
  • स्थायी बासिन्दा (जनसंख्या):
    • हिमाली जिल्लाको हिमाली क्षेत्रमा: कम्तीमा १० हजार
    • हिमाली जिल्लाको पहाडी क्षेत्र र पहाडी जिल्लामा: कम्तीमा ४० हजार
    • भित्री मधेशका जिल्लामा: कम्तीमा ५० हजार
    • तराईका जिल्लामा: कम्तीमा ७५ हजार
    • काठमाडौं उपत्यकाका जिल्लामा: कम्तीमा १ लाख
  • आन्तरिक आय: पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरिक आय हिमाली क्षेत्रको भए कम्तीमा १ करोड रुपैयाँ र अन्य जिल्लाको भए कम्तीमा ३ करोड रुपैयाँ भएको हुनुपर्ने,
  • पूर्वाधार र शहरी सुविधा:
    • सडक, सडक पेटी, विद्युत, खानेपानी र सञ्चारको न्यूनतम सुविधा,
    • फोहोरमैला व्यवस्थापन र ल्याण्डफिल साइटको उचित प्रबन्ध,
    • प्रत्येक वडामा खुला क्षेत्र तथा पार्क वा उद्यान भएको,
    • कम्तीमा २५ शय्याको अस्पताल सुविधा,
    • यात्रु विश्रामस्थल र सार्वजनिक शौचालय सहितको बसपार्क,
    • बैंक तथा वित्तीय संस्थाको सेवा र सामुदायिक भवन तथा सभाहल,
    • बजार क्षेत्र, पशु वधशाला, शवदाह स्थल र खेलमैदान भएको,
    • नगर गुरुयोजना तयार भएको हुनुपर्ने,

२.) उपमहानगरपालिका (Sub-Metropolitan City):

 

उपमहानगरपालिका घोषणाका लागि देहायका मापदण्ड आवश्यक पर्दछन्:
  • स्थायी बासिन्दा: कम्तीमा २ लाख स्थायी बासिन्दा भएको,
  • आन्तरिक आय: पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा २५ करोड रुपैयाँ भएको,
  • पूर्वाधार र शहरी सुविधा:
    • कम्तीमा १०० शय्याको एक अस्पताल सहित कुल २०० शय्याको अस्पताल सुविधा,
    • नगरभित्रका प्रमुख सडकहरू पक्की भएको,
    • राष्ट्रिय स्तरको रङ्गशाला, व्यायामशाला र कभर्ड हल भएको,
    • उच्चस्तरीय शिक्षा तथा प्राविधिक शिक्षाको सुविधा भएको,
    • फोहोरमैला प्रशोधन तथा व्यवस्थापन प्रणाली र सार्वजनिक उद्यान,
    • आधुनिक पशु वधशाला र व्यवस्थित शवदाह स्थल,
    • सार्वजनिक प्रयोगका स्थल र भवनहरू अपाङ्गतामैत्री भएको,
    • पर्यटकीय स्तरको होटल, मोटल तथा रिसोर्ट भएको,

३.) महानगरपालिका (Metropolitan City):

महानगरपालिकाका लागि सबैभन्दा उच्च मापदण्डहरू तोकिएका छन्:

  • स्थायी बासिन्दा: कम्तीमा ५ लाख स्थायी बासिन्दा भएको,
  • आन्तरिक आय: पछिल्लो ५ वर्षको औसत वार्षिक आन्तरिक आय कम्तीमा १ अर्ब रुपैयाँ भएको,
  • पूर्वाधार र शहरी सुविधा:
    • सडक: कुल सडक लम्बाइको कम्तीमा ७५ प्रतिशत सडकहरू पक्की भएको,
    • यातायात: टर्मिनल सहितको बसपार्क, पार्किङ सुविधा, सब-वे, सडक पेटी र अपाङ्गतामैत्री शहरी सार्वजनिक परिवहन सेवा,
    • स्वास्थ्य: विशेषज्ञ सेवा सहितको अस्पताल, १०० शय्याको कम्तीमा एक साधारण अस्पताल सहित कुल ५०० शय्याको अस्पताल सुविधा,
    • शिक्षा: स्नातकोत्तर तहसम्मको अध्ययन संस्था र प्राविधिक शिक्षालय भएको,
    • खेलकुद र बजार: अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला र अन्तर्राष्ट्रिय स्तरको व्यापारिक प्रदर्शनी स्थल तथा सभाहल,
    • पर्यटन र संस्कृति: अन्तर्राष्ट्रिय स्तरको होटल सुविधा, संग्रहालय, नाचघर र सिर्जना ग्यालेरीहरू,
    • अन्य: अन्तर्राष्ट्रिय विमानस्थलसँगको आवागमनमा सहज पहुँच, सपिङ मलहरू, व्यवस्थित तरकारी तथा फलफूल बिक्री केन्द्र, पर्याप्त मनोरञ्जन स्थल, बाल उद्यान र ज्येष्ठ नागरिक मनोरञ्जन स्थल भएको,
    • आफ्नो क्षेत्रभित्र रहेका विशेष महत्त्वका सम्पदाहरूको संरक्षण र शहरी हरियाली तथा सौन्दर्य भएको हुनुपर्ने,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 89
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 342
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 284
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 315
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 434
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA