Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान (२०७२) निर्माण प्रक्रियामा संविधान मस्यौदा समिति

  • Ajnabee Khadka
  • May 25, 2026
  • 719

नेपालको संविधान (२०७२) निर्माण प्रक्रियामा संविधान मस्यौदा समिति

Constitution Drafting Committee in the process of drafting the Constitution of Nepal (2072)
गठन र कानुनी आधार
  • गठन: दोस्रो संविधान सभा नियमावली, २०७० को नियम ६७ बमोजिम यो समिति गठन गरिएको,
  • मुख्य जिम्मेवारी: संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट प्राप्त भएका सहमतिहरू र संविधान सभाले गरेका निर्णयहरूलाई आधार मानी संविधानको एकीकृत मस्यौदा तयार गर्नु यसको मुख्य कार्य,
नेतृत्व र संरचना
  • सभापति: कृष्णप्रसाद सिटौला
  • सदस्य संख्या: यस समितिमा कुल ७३ जना सदस्यहरू रहेका,
  • मस्यौदा लेखन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन समिति अन्तर्गत ५ वटा उपसमिति र एउटा एकीकृत कार्यदल गठन गरिएको;
    • प्रस्तावना र परिभाषा उपसमिति: जितेन्द्र नारायण देव (संयोजक)
    • मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र आयोगहरू सम्बन्धी उपसमिति: इन्द्र सुन्दर नेम्वाङ (संयोजक)
    • न्यायपालिका उपसमिति: रमेश लेखक (संयोजक)
    • व्यवस्थापिका उपसमिति: भरतमोहन अधिकारी (संयोजक)
    • कार्यपालिका उपसमिति: हितराज पाण्डे (संयोजक)
    • संविधान मस्यौदा एकीकृत कार्यदल: कृष्णप्रसाद सिटौला (संयोजक)
प्रमुख कोशेढुङ्गा र कार्य प्रगति
  • पहिलो मस्यौदा प्रस्तुतीकरण: सभापति कृष्णप्रसाद सिटौलाले २०७२ असार १५ गते संविधान सभाको बैठकमा "नेपालको संविधानको पहिलो मस्यौदा" पेस गरेका,
  • जनताको राय सुझाव: मस्यौदामाथि देशभरबाट संकलन गरिएका सुझावहरूलाई नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले २०७२ साउन ११ गते सभामा पेस गरेको,
  • परिमार्जित विधेयक: प्राप्त राय सुझावहरू र दलहरूबीच भएको १६ बुँदे राजनीतिक सहमति समेतलाई समेटेर समितिले २०७२ भदौ ४ गते "नेपालको संविधानको परिमार्जित विधेयक" सभामा प्रस्तुत,
मस्यौदाको स्वरूप र परिमार्जन
  • प्रारम्भिक स्वरूप: समितिले तयार पारेको सुरुको मस्यौदामा ३७ भाग, ३०२ धारा र ९ अनुसूची रहेका,
  • अन्तिम स्वरूप: परिमार्जन र दफावार छलफलपछि संविधान सभाले पारित गर्दा संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूची कायम,
ऐतिहासिक उपलब्धि: समितिले तयार पारेको अन्तिम विधेयकलाई संविधान सभाका ५३२ सदस्यमध्ये ५०७ जनाले (दुई-तिहाइभन्दा बढी) समर्थन गरेपछि २०७२ असोज ३ गते ऐतिहासिक रूपमा नेपालको संविधान जारी,

Categories

  • Current Affairs 850
  • Gorkhapatra 352
  • Others 1200
  • Vacancy 1
  • Past Questions 156
  • Nepal Police 10

Latest Blogs

Integrated Chronological Current Affairs Table (First Seventh of Kartik Month of V.S. 2083)
Current Affairs

एकीकृत कालक्रमिक समसामयिक तथ्यतालिका (वि.सं. २०८३ को कार्तिक महिनाक पहिलो साता)

  • Oct 30, 2026
  • 54
An accurate and public service-relevant analysis of the Preamble to the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) को प्रस्तावनाको सटिक र लोकसेवा सान्दर्भिक विश्लेषण

  • Oct 30, 2026
  • 272
National Emblem of Nepal
Others

नेपालको निशान छाप

  • Oct 30, 2026
  • 209
Global Innovation Index (GII), 2026
Current Affairs

विश्व नवप्रवर्तन सूचकांक, २०२६

  • Oct 29, 2026
  • 275
Collection of questions and answers asked by the Public Service Commission in BS 2083 (Governance and Government)
Past Questions

लोकसेवा आयोगद्वारा वि.सं. २०८३ मा सोधिएको प्रश्नोतर संगालो (शासन पद्धति र सरकार)

  • Oct 29, 2026
  • 389
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA