Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल अधिराज्यको संविधान, २०४७

  • Bikash Shrestha
  • June 27, 2025
  • 517

नेपाल अधिराज्यको संविधान, २०४७

Constitution of the Kingdom of Nepal, 2047

नेपाल अधिराज्यको संविधान, २०४७

२०४६ सालको ऐतिहासिक जनआन्दोलनको परिणामस्वरूप निरंकुश पञ्चायती व्यवस्था २०४६ साल चैत २६ गते अन्त्य भयो। त्यसपछि २०४७ साल वैशाख ६ गते नेपाली कांग्रेसका कार्यवाहक सभापति कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा ११ सदस्यीय अन्तरिम मन्त्रिपरिषद् गठन गरियो।

यही मन्त्रिपरिषद्को कार्यकालमा नेपालको पाँचौँ संविधानको रूपमा २०४७ साल कात्तिक २३ गते, शनिबारका दिन, "नेपाल अधिराज्यको संविधान, २०४७" जारी गरियो।

संविधान निर्माणको प्रक्रिया:

जनआन्दोलनपछि नयाँ संविधान निर्माण गर्न राजा वीरेन्द्रद्वारा २०४७ साल वैशाख २८ गते सर्वोच्च अदालतका न्यायाधीश विश्वनाथ उपाध्यायको अध्यक्षतामा ९ सदस्यीय "संविधान सुधार सुझाव आयोग" गठन गरियो। तर सो आयोगको गठनप्रति व्यापक विरोध भयो।

त्यसपछि प्रधानमन्त्रीको सुझाव र मन्त्रिपरिषद्को सिफारिस अनुसार २०४७ जेठ १६ गते पुनः विश्वनाथ उपाध्यायकै अध्यक्षतामा संविधान सुझाव आयोग गठन भयो, जसले तीन महिनाभित्र सुझाव पेश गर्नुपर्ने थियो।


संविधानका मुख्य विशेषताहरू:

यो संविधानले संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, संसदीय शासन प्रणाली, जनता स्वयंमा निहित सार्वभौमसत्ता, स्वतन्त्र र निष्पक्ष न्यायपालिकालाई स्थायी रूपमा स्थापित गर्‍यो। साथै नागरिकका मौलिक हक र स्वतन्त्रताको संरक्षणमा जोड दिइयो।

यस संविधानमा २३ भाग, १३३ धारा र ३ अनुसूची रहेका थिए।


प्रमुख व्यवस्थाहरू:

  1. संविधानलाई देशको मूल कानुनको रूपमा स्वीकार गरिएको।

  2. सार्वभौमसत्ता नेपाली जनतामा निहित भएको घोषणा।

  3. नेपाललाई बहुजातीय, बहुभाषिक, प्रजातान्त्रिक, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, हिन्दू, संवैधानिक राजतन्त्रात्मक अधिराज्यको रूपमा स्वीकार।

  4. नागरिकका मौलिक हक र स्वतन्त्रताको सुनिश्चितता।

  5. राज्यका निर्देशक सिद्धान्त र नीतिहरू स्पष्ट रूपमा उल्लेख।

  6. कार्यकारिणी अधिकार राजा र मन्त्रिपरिषदमा रहने व्यवस्था।

  7. स्वतन्त्र न्यायपालिकाको स्थापना र न्याय सम्पादनको अधिकार अदालतलाई प्रदान।

  8. संवैधानिक निकायहरूको व्यवस्था:

    • राजपरिषद्

    • लोकसेवा आयोग

    • महालेखा परीक्षक

    • निर्वाचन आयोग

    • अख्तियार दुरुपयोग अनुसन्धान आयोग
      यी सबै निकायहरूको कार्य, कर्तव्य र अधिकार स्पष्ट रूपमा निर्धारण गरिएको।

  9. राजनीतिक दलसम्बन्धी व्यवस्था:

    • हरेक दलले ५% महिला उम्मेदवार अनिवार्य रूपमा उठाउनुपर्ने,

    • राष्ट्रिय दलको मान्यता पाउन जम्मा मतको कम्तीमा ३% मत ल्याउनुपर्ने।

  10. सङ्कटकालीन अवस्थाको घोषणा गर्ने अधिकार राजालाई प्रदान गरिएको।

  11. संवैधानिक परिषद् र राष्ट्रिय सुरक्षा परिषद्को व्यवस्था गरिएको।

Categories

  • Current Affairs 428
  • Gorkhapatra 251
  • Others 734
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Administrative bodies of the Lichchhavi period
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Oct 19, 2025
  • 76
World Bank report shows Nepal's economic growth rate over three decades
Current Affairs

विश्व बैङ्कको प्रतिवेदनमा नेपालको तीन दशकको आर्थिक वृद्धिदर

  • Oct 19, 2025
  • 43
Ancient times (before 1825 AD)
Others

प्राचीन काल (वि.सं. १८२५ अगाडि)

  • Oct 17, 2025
  • 122
List of the world's billionaires, 2025
Current Affairs

विश्वका अर्वपतिहरुको सूची, २०२५

  • Oct 17, 2025
  • 62
Public administration of Nepal
Others

नेपालको सार्वजनिक प्रशासन

  • Oct 16, 2025
  • 70
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA